• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सत्याग्रह देख्ने कोही त छन् जो बोल्छन्

64x64
ऋग्वेद शर्मा बुधबार, असोज १४, २०७७  १९:३२
1140x725

काठमाडौं- हरेक साँझ पाटन दरबार क्षेत्र चलायमान बन्छ। मन्दिरअघिका डबलीमा निस्कनेहरु निकै हुन्छन्। कोरोनाका कारण लामो समय घरमा थुनिएकाहरु केही फुक्काफाल हुन पाएपछि त अझ स्वच्छन्द घुमिरहेका छन्। सधैँ उस्तै हुने पाटन बुधबार भने केही फरक देखियो।

मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी १९औँ सत्याग्रहमा छन्। बुधबार सत्याग्रहको १७ दिन भइसक्यो। तर उनी छन् भन्नेमा सरकारलाई वास्ता छैन। आफैले गर्छु भनेका र गर्नुपर्ने कामकै लागि डा केसी आफ्नै जीवनको वेवास्ता गरिरहेका छन् भन्ने सरकारलाई बुझ्न मन छैन। यसैले सरकारको शैलीको विरोध गर्दै डा. केसीको समर्थनमा कलाकारहरुले पाटन दरबार क्षेत्रमा नाटकसँगै चित्रकला प्रदर्शन गरे।

डा. केसीले आम मानिसको स्वास्थ्य सुरक्षाको सहज अवसरका लागि लामो समयदेखि मौन रहँदै जुन आवाज उठाइरहेका छन् त्यसलाई कलाकारहरुले मानवीय सम्भावना फराकिलो बनाउने विशालतासँग तुलना गरेका छन्। यसैले आफूले सक्ने रुपमा सहि र गलत छुट्याउन सक्ने र सहिलाई साथ दिनसक्ने आँट हरेक नागरिकमा देखिनुपर्छ। 

धेरैले बाँच्न नसकेको जीवन डा. केसीले निस्वार्थ रुपमा देखाइरहेका छन्। तर हरेक सत्तामा केसी कुदृष्टिमा परिरहेका छन्। सत्ताले सधैँ उनलाई आफ्नो विरोधि देखिरहेको छ। त्यसलाई कलाकारहरु उज्यालोसँग शासक डराएको रुपमा बुझ्छन्। यसैले त सत्ता उज्यालो निभाउने प्रयत्नमा छ। 

मानिसका दुःख र असहायतामा कान थुनिरहेका शासक सत्याग्रहीको शक्तिसँग डगमगाइरहेको छ। आफैले गरेका सम्झौता पनि बिर्सिएर धोका दिइरहेको छ। त्यो डा. केसीमाथिको धोका मात्र होइन नागरिक स्वास्थ्यमाथिको धोका र वेवास्ता हो। यसैले नागरिकको वेवास्तामा मस्त रहेको सरकारलाई झकझक्याउन कलाकारहरु आफ्ना कलामार्फत अगाडि आए। 

डा. गोविन्द केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउन सोलिडारिटी फर डा केसी अलायन्सको आयोजनामा शिल्पी थिएटरका कलाकारले नाटक प्रदर्शन गरे। नाटकमार्फत उनीहरु भनिरहेका थिए– हरेक समय नाकामीमा रमाइरहेको सत्ता अहिले अश्लिल देखिएको छ। कवितात्मक शैलीमा वाचन गरिएको आवाजसँगै कलाकार घिमिरे युवराजले पाटन डबलीमा नाटक देखाए। 

घिमिरेको नाटक डा. केसीप्रतिको सम्मान र साथ मात्रै होइन कालो–सेतोको परिधिभन्दा बाहिर निस्किएर सत्य आवाजको उठान हो। आवाज उठाउनुपर्छ, हरेकले आफ्नो शैलीमा बोल्नुपर्छ भन्ने आग्रह हो। यसैले घिमिरेले प्रस्तुत गरेको अमूर्त लाग्ने कला मूर्त बनिरहेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो प्रस्तुति सकिएपछि राम्रो कामका लागि कलामार्फत केही बोल्न सकेकोमा कलाकार घिमिरे सन्तुष्ट देखिए। ‘सबैको सरोकारको विषयमा आम मानिस पनि जाग्नुपर्छ। अहिले ठूलो भिड गर्न नहुने समयमा शान्तिपूर्ण रुपले सानो समयमा हामीले आफ्नो शैलीमा आवाज उठायौँ, यो डा. केसीप्रति हाम्रो ऐक्यबद्धता हो। 

उनी भन्छन्– ‘आज जो सत्तामा छन् कुनै समय उनीहरु आन्दोलनमा हुँदा पनि कलाकारले साथ दिएकै हौँ, यसैले जे भनेर परिवर्तनका लागि आवाज उठे पनि केही परिवर्तन भएन। उहाँहरु बिलासी जीवनमा हुनुहुन्छ र दायित्व बिर्सनुभएको छ।’

शिल्पीका कलाकारले नाटक प्रदर्शन गरेसँगै राखिएको थियो औंठा छापका दुई चित्र। जसमा नाटक चलिरहँदा कलाकारले थपिदिए– महात्मा केसी। डा. केसी आफूले केही गरिरहेको छु भन्ने जश कहिल्यै चाहँदैनन्। आफ्नो पछि कोही लागुन् भन्ने पनि चाहँदैनन्। उनका मागहरु सर्वाहारा कम्युनिष्ट भनिने सत्ताले स्वयम अनुभूत गरेर पूरा गर्नुपर्ने कामहरु हुन्। तर पनि उनी बारम्बार हार्छन् र पुनः उहि सत्याग्रहको चरण दोहो¥याउन बाध्य भइरहन्छन्। 

यसैले अब डा. केसीले जे माग गरिरहेका छन् त्यसमा नागरिकले विचार गर्नैपर्छ। उनले भनेका कुरा ठीक हुन् या अनावश्यक हुन् ती माग पढ्ने जो कसैले बुझ्न सक्ने विषय हो। सत्ताका चाकडीमा लाभको आश गरिरहेकाले उनलाई जति नै दुत्कार्य पनि निस्वार्थी सत्याग्रहीको जित नागरिकको जित हो। आखिर उनले आफ्ना लागि के मागेका छन् र? मृत बनिरहेको सहरमा स्वास फेरिरहेकाहरुले मानिस बनेको प्रमाण कहिले देलान्!

तस्बिरमा हेर्नुहोस्-

 

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्