काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टामा थप १० कोरोना संक्रमितको मृत्यु, ४९१ पुगे मृतक, काठमाडौं उपत्यकामा ९३४ सहित १ हजार ५१३ जनामा संक्रमण, ७६ हजार २५८ पुगे संक्रमित
२) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ः उपकरण जडानका लागि ३५ चिनियाँ प्राविधिकले पाए नेपाल आउने अनुमति, ९५ प्रतिशत उपकरण निर्माणस्थलमा आइपुगे
३) कृषि व्यवसायमा सहुलियतपूर्ण कर्जाको सीमा दोब्बर बढ्यो, ३२ व्यवसाय गर्न ब्याज अनुदान, महिला उद्यमीलाई दिइने ब्याज अनुदानको दर घट्यो
४) सरकारले अप्ठेरो पारेको भन्दै एमनेस्टी इन्टरनेशनलले भारतमा काम रोक्यो, सरकारले वर्षको सुरुवातमा बैंक खाता रोकिदिएको र त्यसपछि संस्थाले धेरै कर्मचारी कटौती गर्नुपरेको आरोप
५) र, इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलको सहज जित, लगातार तेस्रो जित निकालेको लिभरपुलद्वारा आर्सनल ३–१ गोलअन्तरले पराजित
पूरा समाचार भिडियोमा:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।