• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोरोना महामारीकै बीच कसरी बढ्यो रेमिट्यान्स?

बढ्यो भनेर मख्ख पर्ने बेला होइन : विज्ञ
64x64
निर्मला घिमिरे मंगलबार, असोज १३, २०७७  १९:३२
1140x725
प्रतीकात्मक तस्बिर

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा विदेशमा रहेका नेपालीले ९२ अर्ब ७१ करोड रेमिट्यान्स पठाएका छन्। नेपाल राष्ट्र बैंककाअनुसार चालु आवको पहिलो महिनामा प्राप्त रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको रेमिट्यान्सभन्दा २३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह २ प्रतिशतले मात्रै बढेको थियो। 

अमेरिकी डलरमा हेर्ने हो भने विप्रेषण आप्रवाह १४ दशमलव ५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको साउनमा यस्तो आप्रवाह ०.७ प्रतिशतले मात्रै बढेको थियो। 

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९ दशमलव २ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको साउनमा यस्तो संख्या १९ प्रतिशतले मात्र घटेको थियो। 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउनमा ८० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या १ दशमलव ३ प्रतिशतले घटेको थियो।

महामारीको सुरुवाती अवस्थामा विश्व बैंकले कोभिडका कारण नेपाल भित्रिने रेमिट्यान्समा १४ प्रतिशतसम्म गिरावट आउने आँकलन गरेको थियो भने नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाहमा १० प्रतिशत गिरावट आउन सक्ने बताएको थियो। 

तर नतिजा भने आँकलनविपरीत आएको छ। अर्थात अघिल्लो सोही अवधिको रेमिट्यान्सको तुलनामा यस वर्ष रेमिट्यान्स बढेको छ।

कसरी बढ्यो रेमिट्यान्स? 
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण एकातिर वैदेशिक रोजगारी ठप्प जस्तै छ भने अर्कातिर श्रमिकहरु रोजगारी गुमाएर फर्किने क्रम बढेको छ। यस्तो अवस्थामा रेमिट्यान्स कसरी बढ्यो? भन्ने प्रश्न उब्जिएको छ। रेमिट्यान्स तत्कालका लागि बढेजस्तो देखिए पनि फेरि घट्न सक्ने अर्थविद्हरु बताउँछन्। 

अर्थविद् ज्ञानेन्द्र अधिकारी भूकम्पको बेलामा पनि केही समय रेमिट्यान्स बढेको जस्तो देखिएका थियो। त्यसकारण महामारीको लगत्तै पछि केही रेमिट्यान्स बढ्नुलाई स्वाभाविक भएको बताउँछन् उनी। 

Ncell 2
Ncell 2
nimb
nimb

‘महामारीका समयमा रेमिट्यान्स बढेको जस्तो देखिन्छ। यस्तो किन देखिन्छ भने जो काम गर्न देशबाहिर जानु भएको छ। उहाँहरुले आफ्नो परिवारलाई अप्ठ्यारो परेको छ भनेर सकिनसकी ऋण तथा सापटी लिएर भए पनि पैसा पठाउनुहुन्छ। त्यो कारणले रेमिट्यान्स बढेको देखिएको छ,’ अर्थविद् अधिकारीले नेपाल लाइभसँग भने। 

वैदेशिक रोजगारीमा कोरोना महामारीको प्रभाव नै नपरेर रेमिट्यान्स बढेको नभएर श्रमिकहरुले ऋण तथा सापटी लिएर रकम पठाएका कारण यो तत्कालका लागि बढेजस्तो देखिए पनि सन्तुलनमा आउने क्रममा रेमिट्यान्स घट्न सक्ने उनको अनुमान छ। 

अर्का अर्थविद् तुलसी अधिकारी अघिल्लो आर्थिक वर्षको साउन महिनाको रेमिट्यान्ससँग तुलना गर्दा चालु आर्थिक वर्षको साउन महिनाको रेमिट्यान्स २३ प्रतिशतले बढेको भएपनि अघिल्ला महिनाहरूसँगको तुलना गर्दा विप्रेषण आप्रवाह घटबढ भइरहेको बताउँछन्। 

२०७७ जेठमा ९४ अर्ब रेमिट्यान्स भित्रिएको थियो। ०७७ असारमा १ सय १ अर्ब रेमिट्यान्स भित्रियो। ०७७ साउनमा भने जेठ र असारको तुलनामा अझ घटेर ९२ अर्ब रेमिट्यान्स मात्रै भित्रियो। यो तथ्यांक हेर्दा भने साउन महिनामा अघिल्ला दुई महिनामा भन्दा विप्रेषण आप्रवाहमा गिरावट आएको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा मात्र रेमिट्यान्स बढेको देखिन्छ। 

Xtrem

Xtrem

डलरको मूल्य बढेका कारण पनि नेपाली रुपैयाँमा देखाउने रेमिट्यान्स बढेको उनको भनाई छ। 

‘विश्व बैंक, राष्ट्र बैंकदेखि हामीले गरेका विभिन्न अध्ययनले पनि रेमिट्यान्स घट्छ भन्ने जुन अनुमान गरेको थियो। ४ लाख आप्रवासी नेपाली श्रमिकहरु रोजगारी गुमाएर स्वदेश फर्कन्छन् भन्ने अनुमान थियो। तर अनुमान गरेजति नेपाली श्रमिकहरु स्वदेश फर्किएका छैनन्,’ अर्थविद् तुलसी अधिकारी भन्छन्, ‘सरकारले पनि महामारी फैलिएको लामो समयपछि मात्रै समस्यामा परेकाहरुको उद्धार सुरु गर्यो। जसले गर्दा त्यो बिचमा अप्ठ्यारो परेर स्वदेश फर्कने तयारीमा रहेका श्रमिकहरु पनि रोकिए।’

महामारीकै बिचमा गन्तव्य मुलुकहरुले आप्रवासी श्रमिकहरुको कोरोना परीक्षण तथा उपचारकोे काम भएको र अधिकतम हदमा कोरोना नियन्त्रण आएसँगै गत जुलाई देखि नै नेपाली श्रमिकहरुका प्रमुख गन्तव्य मुलुकहरुमा आर्थिक गतिविधिहरू सञ्चालन हुन थालेपछि श्रमिक कटौती कम भई रेमिट्यान्समा खासै असर नपरेको उनको भनाइ छ। 

राष्ट्र बैंकले प्रतिवेदनमा कुन देशबाट कति रेमिट्यान्स आयो भन्ने अवस्था प्रष्ट नदेखाएकाले रेमिट्यान्स बढ्नुको कारण यही हो भनेर अझ यकिन गर्न सक्ने अवस्था नरहेको अर्थविदहरुले उल्लेख गरेका छन्।

'पछिल्लो समय अमेरिका, जापान, लगायत केही मुलुकहरुले त्यहाँ वैधानिक हैसियतमा कार्यरत आप्रवासीहरुलाई आर्थिक सहयोग गरेका छन्। त्यसले गर्दा पनि रेमिट्यान्स बढेको हो कि भन्ने छ। तर रेमिट्यान्सको वास्तविक चित्र अझै आइसकेको छैन,’ अर्थविद् अधिकारी भन्छन्। 

महामारीका कारण अनौचारिक च्यानल हुन्डीलगायत प्रक्रियामार्फत् रेमिट्यान्स आउन ठप्प भएका कारण पनि औपचारिक च्यानलमार्फत रेमिट्यान्स आउँदा बढेको देखिएको उनको भनाइ छ। 

आप्रवासीहरुले कमाइको २० प्रतिशतको हाराहारिमा रकम आफ्नै लागि खर्च गर्ने गरेको र महामारीका कारण त्यो खर्च कम भएका कारण पनि रेमिट्यान्स बढेको हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै भूकम्पको समयमा पनि रेमिट्यान्स बढेकाले महामारीको समयमा आफ्नो व्यक्तिगत खर्च कटाएर श्रमिकहरुले परिवारलाई रकम पठाएका कारण पनि रेमिट्यान्स बढेको हुनसक्ने अर्थविद् तुलसी अधिकारीको भनाइ छ। 

‘विदेशमा रहेकाहरुले आफ्नो परिवारको आवश्यकता बुझेर आफ्नो खर्च कटाएर पनि पठाएका कारण यस्तो देखिएको हुन सक्छ। भूकम्पका बेला पनि रेमिट्यान्सको फ्लो बढेको थियो। मान्छेहरुले विभिन्न तरिकाबाट आफ्नो खर्च कटौती गरेर रकम पठाउने संभावना रहेका कारण रेमिट्यान्स बढेको हुन सक्छ,’ अर्थविद् अधिकारीले भने। 

रेमिट्यान्स बढ्यो भनेर मख्ख हुने अवस्था छ? 
कोरोना महामारीपछि जुन दरमा रेमिट्यान्समा गिरावट आउने आँकलन थियो। तर नतिजा आँकलन विपरीत देखिएको छ। यो नतिजापछि सरकारी अधिकारीहरुले कोरोनाले वैदेशिक रोजगारीमा खासै असर नपरेको टिप्पणी गर्न थालेका छन्। 

अब रेमिट्यान्स घट्ने सम्भावना खासै नरहेकाले स्थिति भयावह हुन सक्ने अवस्था नरहेको उनीहरुको धारणा छ। तर अहिले रेमिट्यान्स बढ्यो भनेर मख्ख हुने अवस्था छ त? 

‘रेमिट्यान्स बढ्यो भनेर मख्ख पर्नुपर्ने अवस्था छैन। रेमिट्यान्स भनेको आफैँमा राम्रो कुरा होइन। यो देशका लागि ‘स्लो पोइजन’ जस्तै हो,’ अर्थविद् ज्ञानेन्द्र अधिकारी भन्छन्। 

रेमिट्यान्स आउँदा ठूलो परिमाणमा देखिए पनि उसैगरी गइरहेकाले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्ससँग ढुक्क हुनेभन्दा पनि देशमा रोजगारीका अवसर सिर्जना तर्फ सरकार केन्द्रित हुन आवश्यक रहेको उनको भनाई छ। 

‘रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिति दरलाई मात्रै पोजिटिभ देखाएको छ। केही साना मध्यम व्यवसाय सञ्चालनमा सहयोग पुर्याएपनि यसले खासै अर्थतन्त्र विकासमा टेवा पुर्‍एको छैन,’ उनले भने। 

त्यसमाथि पनि अहिलेको समयमा रेमिट्यान्स बढेको नभएर बढेको जस्तो मात्र देखिएकाले पनि अहिलेको असर केही समयपछि देखिन थाल्ने उनको भनाई छ। 

अहिले रेमिट्यान्स बढेको जस्तो मात्र देखिएकाले भविष्यमा रेमिट्यान्स घट्ने अवस्था रहेको उनले बताए। 

अर्थविद् तुलसी अधिकारी पनि रेमिट्यान्सको वृद्धि कसरी भएको भन्ने वास्तविक कुरा नआएसम्म रेमिट्यान्स बढेकै हो भनेर एनालाइसिस गर्न नमिल्ने बताउँछन्। 

‘तर एउटा आश्चर्य चाहिँ के हो भने चालु आर्थिक वर्षमा २८ देखि २९ प्रतिशत रेमिट्यान्स कम हुन सक्छ कि भन्ने हाम्रो अनुमान थियो। तर हामी त्यो दिशातिर गइरहेका छैनौँ। अहिलेको अवस्था हेर्दा हामी राम्रै पोजिसनमा छौँ। त्यस्तो ठूलो गिरावट आउने देखिँदैन,’ उनी भन्छन्। 

गन्तव्य मुलुकहरुमा आर्थिक गतिविधि सञ्चालन हुन थालेको र नेपाली श्रमिक पुनः काममा आबद्ध हुन थालेकाले रेमिट्यान्समा खासै ठूलो गिरावट अब आउने सम्भावना कम रहेको उनको भनाइ छ। 

तर सरकार रेमिट्यान्स बढ्यो भनेर मख्ख पर्नुभन्दा पनि आत्मनिर्भरतातिर अग्रसर हुनुपर्नेमा विज्ञहरुको जोड छ। ‘यस सन्दर्भमा साउथ कोरिया र फिलिपिन्सको उदाहरण पनि नेपालका लागि महत्वपूर्ण बन्न सक्छ,’ अर्थविद् ज्ञानेन्द्र अधिकारी भन्छन्, ‘रेमिट्यान्सका कारण फिलिपिन्स पहिलेदेखि विकसित थियो, जतिबेला साउथ कोरिया गरिब थियो। फिलिपिन्स अहिलेसम्म पनि रेमिट्यान्सकै भर परेर उहीँ स्थानमा छ। दक्षिणकोरिया आत्मनिर्भरता तर्फ अग्रसर हुन थाल्यो अहिले अरुलाई रोजगारी दिन थालेको छ।’ 

नेपाल रेमिट्यान्समा निर्भर मुलुक हो। अन्य मुलुकहरुले रेमिट्यान्समाथिको निर्भरता घटाउँदै लगेको देखिए पनि नेपालले भने कुल गार्हस्थ उत्पादन (जिडिपी)मा रेमिट्यान्सको योगदान बढाउँदै लगेको देखिएको छ। 

नेपाल राष्ट्र बैंकको नेपालमा विप्रेषण आप्रवाहको स्थिति विषयक अध्ययन प्रतिवेदन २०७६ ले पनि विगत १० वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको औषत अनुपात २५ दशमलव ४ प्रतिशत रहेको देखाएको छ।

आव २०६५/०६६ मा कुल विप्रेषण आप्रवाहको कुल गार्हस्थ उत्पादनसँगको अनुपात २१ दशमलव २ प्रतिशत रहेकामो यस्तोे अनुपात क्रमश वृद्धि हुँदै आव २०७२/०७३ मा २९ दशमलव ६ प्रतिशत पुगेको थियो। आव २०७५/०७६ मा भने सो अनुपात २५ दशमलव ४ प्रतिशत रहेको छ।

नेपालमा प्राप्त हुने रेमिट्यान्स मध्ये ५० प्रतिशत रेमिट्यान्स खाडी मुलुकहरुबाट आउँछ। १५ प्रतिशत मलेसियाबाट प्राप्त हुन्छ भने बाँकी ३५ प्रतिशत रेमिट्यान्स अमेरिका, अस्टेलिया, दक्षिण कोरिया, जापान र युरोपलगायतका मुलुकबाट प्राप्त हुने गर्दछ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  १९:३२
  • #Remittance

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्