काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा आज पनि बालुवाटारमा छलफल जारी छ। दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा सवा १२ बजेदेखि छलफल सुरु भएकाे हाे।
मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुवै अध्यक्षबीच निरन्तर छलफल चल्दै आएको छ। गत बिहीबार, शुक्रबार, आईतबार र साेमबार गरी चार दिन यही विषयमा छलफल भईसकेको छ। आज मंगलबार पनि सोही विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको हो।
दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा निरन्तर छलफल भए पनि सहमति हुन सकेकाे छैन। मन्त्री कसलाई बनाउनेभन्दा पनि कुन–कुन मन्त्रीलाई हटाउने विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनबारे सहमति हुन नसकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।