काठमाडौं–समाजवादी विद्यार्थी युनियनले अनसनरत डा गोविन्द केसीको जीवनरक्षा गर्दै उनको जीवनरक्षा गर्न सरकारसँग माग गरेको छ।
युनियनले आज विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले जीवनरक्षा गर्न माग गरेको हो।
डा गोविन्द केसीको जीवनमाथि राजनीतिक अभिष्ट राख्दै खेलबाड नगर्न पनि युनियनले चेतावनी दिएको छ। ‘डा केसीले उठाउनु भएको दुर्गम भेगका जनतालाई शिक्षा र स्वास्थ्यमा सहज पहुँच हुनुपर्छ भन्ने माग सही र जनहितमा भएको उल्लेख गर्दै उनका मागप्रति ऐक्यबद्धता रहेको युनियनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।