• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
विगत होइन भविष्य हेरेर शेयर बजारमा लगानी गर्नुपर्छ 
अरुण लामा  आइतबार, असोज ११, २०७७  ११:३७
1140x725

नेपाल लगायत विदेशका जुनसुकै सेयर बजारमा प्राविधिक विश्लेषणले काम गर्छ। स्टक मार्केट मात्रै नभई मनीफोरेक्समार्केट, कमोडिटी बजारलगायतमा पनि यसले काम गरिरहेको छ। प्रावधिक विश्लेषणले आम मानिसको मनोविज्ञानलाई चित्रण गर्ने प्रयत्न गरेको हुन्छ। जसले गर्दा लगानीकर्ताहरुले के सोचिरहेका छन् भन्ने थाहा पाउन सकिन्छ। तिनै आम मानिसको मनोविज्ञान हेर्ने प्रणाली भएकाले पनि यसले काम गरेको हो। 

धेरै विकसित भईसकेको बजारमा अल्गोरिद्मिक ट्रेडिङ्गहुनेगरेकोछ। यो भनेको कम्प्युटरले नै कारोबार गर्नु हो। कम्प्युटरमा एकपटक सेट अप गरिसकेपछि मानिसले अर्डर दिनु पर्दैन। नेपालमा प्राविधिक विश्लेषणले काम गर्दैन भनेर आलोचना गरिन्छ। आलोचना गर्नु अगाडि प्राविधिक विश्लेषण बुझ्न जरुरी छ। हाम्रोमा कसैले फेसबुकमा धर्सो तानेर बनाइएका चार्टलाई हेरेर यही नै प्रावधिक विश्लेषण हो भन्ने गरिन्छ। जबकी उसैलाई प्राविधिक विश्लेषणको ज्ञान हुँदैन। 

विदेशमा प्रावधिक विश्लेषण थप विकसित हुँदै गईरहेका छन्।सन् १९९० को दशक सम्मचार्ट प्याट्रन, क्यान्डलस्टिक प्याट्रनजस्ता परम्परागत विधि बढी प्रयोग हुन्थ्यो भने १९९० यता 'म्याथम्याटिकस्' बढी प्रयोग हुन थालेको छ। कसैले हिजोका दिनमा प्रयोग भएका टेक्निकल एनालाइसिस प्रयोग गर्‍यो भने काम नगर्न सक्छ। तर पछिल्लो समय विकास भएको 'क्वनटिटेटिभविश्लेषण' बढी विश्वसनीय मानिन्छ। 

क्वान्टिटेटिभ ट्रेडरले गणितीय प्रणालीमार्फत् कम्प्युटरबाटै कारोबार परीक्षण गर्न मिल्छ। सब्जेक्टिभ कुरा कम्प्युटरमा टेस्ट गर्न मिल्दैन।

जस्तो सुकै फर्मुला बनाए पनि इलेक्ट वेभजस्ता बिधिहरु डिटेक्ट गर्न गाह्रो पर्छ। अब्जेक्टिभ स्ट्रयाटिजी प्रयोग गर्‍यो भने राम्रो हुन्छ। प्राविधिक विश्लेषणको अवधारणा विश्वव्यापी हुन्छ। लगानीकर्ताको मनोविज्ञानको हिसाबले हेर्ने हो भने बाहिरको बजार र नेपालको बजारमा खासै धेरै फरक छैन। त्यहाँ पनि ओभर रियाक्सन हुन्छ। अन्डर रियाक्सन हुन्छ।ट्रेडरहरु इमोशनल हुन्छन जुनहालको बजारको स्थितिलेपनिजनाउँछ। प्राय मानिसहरूले विदेशमा टेक्निकल एनालइसिसले काम गरे पनि नेपालको बजारमा गर्दैन भन्छन्। तर यो हुँदै होइन। 

विकसित देशका शेयरबजार नेपालको भन्दा बढी इफिसियन्ट हुन्छ। इफिसियन्ट मार्केटमा सूचना लगभग सबैलाई थाहा हुन्छ। प्राय सबैजना वित्तीय रूपमा साक्षर हुन्छन्। जसले गर्दा त्यस्ता बजारमा तीव्र प्रतिस्पर्धा हुन्छ। बढी प्रतिस्पर्धा हुँदा पैसा कमाउन गाह्रो हुन्छ। 

कुनै सेयर ५ सयमा कारोबार भइरहेको छ तर  विश्लेषणले सात सय रुपैयाँ भन्छ भने बजारमा अन्डर भ्यालु भइरहेको जनाउँछ। यदि तपाईंले पाँच सयमा किन्नु भयो र पछि बढेर ७ सय पुग्यो भने तपाईंले कमाउनु हुन्छ। तर इफिसियन्ट मार्केटमा तपाईंले थाहा पाउनुभन्दा अगाडि नै सात सय पुगिसकेको हुन्छ।  किनभने त्यस्ता बजारमा सचेत मान्छे धेरै हुन्छन् र उनीहरूले किनिसकेका हुन्छन। उनीहरूले पहिला नै सात सय पुग्छ भनेर एनालाइसिस गरिसकेका हुन्छन्। तर नेपालको बजारमा त्यस्तो अलि कम होला। त्यसैले नेपालको सेयर बजारमा कमाउने अवसर धेरै हुन्छ। 

मानिसहरुले रिसर्च गरेर तथ्याङ्कको आधारमा बोलेको नहुन पनि सक्छन्। आधारभूत तथ्यांक हेरेर सेयर किन्ने भन्छन् तर उनिहरुले आज सेयर किनेर एक हप्तापछि बेचिरहेका छन्। जबकी त्यस अवधिमा कुनै पनि आधारभूतसूचकहरुमा परिवर्तन भएको हुँदैन। कतिपय लगानीकर्ताहरु फन्डामेन्टल विश्लेषण हेर्छनतर अल्पकालीन कारोबार गरिरहेका छन्। कतिपयले आधारभूत बिस्लेषण पनि गलत तरिकाले गरिरहेका हुन्छन। उसले गएको /त्रैमासिक र बार्षिक वित्तीय विवरण हेरेर काम गरिरहेको हुन्छ। सेयर बजारमा हिजोका दिनको बित्तिय विवरण भन्दा पनि भोलिको बित्तिय अवस्था कस्तो हुन सक्छ भनेर अनुमान लगाउन सक्नु पर्दछ।

Ncell 2
Ncell 2

बजार टेक्निकल्ली चल्ने होइन। बजार चलाउने भनेको होकम्पनीकाआधारभूत सूचकहरु, देशको आर्थिक अवस्था र राजनीतिक कुराहरु जस्तै विभिन्न सूचनाले नै हो। प्राविधिक विश्लेषण भनेको चाहिँ के हो भने त्यो न्युज, फन्डामेन्टल, म्याक्रो इकोनोमिक्स गतिविधि जसले गर्दा बजार मुभ हुन्छ त्यसलाई चार्टमा हेर्ने हो। टेक्निकलले बजार चलाउने होइन। बजार अरु नै कारणले चलिरहेको हुन्छ। तर बजारको त्यो चाललाई प्राविधिक विश्लेषकहरूले हेर्ने हो। 

घटना घटिसकेपछि बल्ल शेयर मूल्यमा रिफ़्लेक्ट हुने भएकोले केही हदसम्म टेक्निकल एनालाइसिस केही ढिलो पनि हुन्छ। तर ढिलो भएपनि कन्फरमेशन पाइसकेपछि भने आफूसहि हुने सम्भावना प्रबल हुँदै जान्छ।

नेपालमा अझै पनि प्रायलगानीकर्ताले रिसर्च गरेर लगानी गर्दैनन्। नेपाली लगानीकर्ताहरुले कम्पनीको आधारभूत भन्दा पनि राजनीतिक पाटोलाइ बढी ध्यान दिएको पाइन्छ। सबै जनाले हुन सक्ने घटनाको परिकल्पना गर्छन्। वस्तुगत रूपमा अब यस्तो हुन्छ उस्तो हुन्छ भन्दै विश्लेषण गरिन्छ। दुई तीन जनाले भनेपछि हो कि क्या हो जस्तो लाग्ने र त्यसैअनुसार निर्णय लिने चलन देखिन्छ। त्यस्ता वस्तुगत विश्लेषणले लगानीकर्ताहरुलाई डुबाउँछ। वास्तविक तथ्यांकमा रहेर विश्लेषण गर्न सिक्नुपर्दछ। 

यदि दीर्घकालीन लगानीकर्ता हो भने अहिले उसले मजाले सेयर किन्छ। उसले दीर्घकालीन साइकल हेर्छ। लगभग तीन वर्ष बजार तल झरिसक्यो। अहिले हामी बटमतिर छौं। यदि यो सोचेर दिर्घकालीन लगानीकर्ताले मजाले सेयर किन्छ भने उसलाई कुनै जोखिम छैन। तर जो बजारमा रातो हरियो हेरेर आफ्नो निर्णय गर्छन् उनीहरू निश्चयनै जोखिममा पर्छन्। बजार हरियो देखेपछि जोसिँदै किनेको किन्यै र घट्न थालेपछि आत्तिएर बेच्न थाल्ने। यस्ता मान्छे राम्रैसँग गुमाउँछन्। 

shivam cement

shivam cement

यस्तो बेला टेक्निकल विश्लेषण हेरेर कमाउन पनि सकिन्छ। यसका लगानी लगानीकर्ताको एउटा निश्चित रणनीति हुनुपर्छ। मैले किनेको सेयरमा कति नाफा भयो भने बुक गर्ने र कतिमा चाँहि स्टप लस गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ। 

नेपालको शेयर बजारको चक्र
नेपालको सेयर बजारले उच्चतम बिन्दु सन् २०००, २००८ र २०१६ मा बनाएको थियो। यसमा ८ वर्षको फरक देखिन्छ। यसलाई हेर्दा नेपालको सेयर बजार सबैभन्दा उच्चतम बिन्दु करिबसन् २०२४मा हुने देखिन्छ। हरेक उच्चतम बिन्दुपछि लगातार तीन चार वर्षसम्म झर्ने गरेको पाइन्छ। २०१६ पछि  तीन वर्षसम्म तल झरिसक्यो। केहि समय यता कोरोना भाइरसको आतंकले बिश्व शेयर बजार घटिरहेको बेलामा नेप्से परिसूचक पनि घटेको छ। यस्तो समयमा लगानीकर्ताहरु बढिनै त्रसित हुने भएकोले कुनै तर्क वा बिस्लेषणले संकेत गरे भन्दा बढी झर्ने गर्दछ जसलाई ओभर रियाक्सन भनिन्छ। सामान्यत यस्ता घटनाहरु साम्य भई सकेपछि बजार एकदम छिटो रिकभर हुने अन्तरास्ट्रिय र नेपालमा पनि त्यस्तो प्रबृत्ति देखिन्छ।  यो बढ्ने क्रम सन् २०२४ सम्म रहन सक्छ भन्ने अनुमान मात्र गर्न सकिन्छ। 

प्राविधिक रुपमा हेर्दा सन् २०२४ सम्ममा तीन हजार नाघ्ने देखिन्छ। केहीसाथीहरूले ६ हजारसम्म पुग्ने अनुमान गरेका छन्। त्यो पनि असम्भव नहोला तर धेरै अपेक्षा नराखी तीन हजारसम्म मज्जाले पुग्न सक्ने म देख्छु। 

यसमा मेरो कुनै अन्य विश्लेषण छैन। मैले विशुद्ध रुपमा ‘साइक्लिकल एनालइसिस’ मात्रै गरेको हुँ। प्राविधिक रुपमा ट्रेन्ड लाइन भन्ने हुन्छ। यस अगाडिको पिक बिन्दु २००२, २००८ र २०१६ लाई विश्लेषण गरिएर बनेको लाइन मात्र हो। यस  अगाडिका  नेप्से सूचकको अधिकतम बिन्दुलाई विश्लेषण गर्दा तीन हजार पुग्ने देखिएको हो।

बजारमा लगानीकर्ताको सहभागिता बढिरहेको छ। यससँगै अर्थतन्त्रको आकार पनि ठूलो हुँदैछ। मान्छेको खल्तीमा पैसा बढ्दै गैरहेको छ। पहिलाको भन्दा पर्चेजिंग पावर बढेको छ। यसका साथै बजार सुधार हुनलगानीकर्ताको मनोविज्ञान महत्वपूर्ण हुन्छ। केही समय अगाडि बजार बढ्दैन भन्दै गर्दा १६ सय अंक पनि त नाघ्दो रहेछ नि। मानिसहरूको स्वभाव लोभीहुन्छ। बजार बढ्छ भन्ने लाग्यो भने पैसा जहाँबाट पनि खोजेर ल्याउँछन्। 

बजारमा जब ठूलो उतारचढाव हुन्छ त्यतिबेला कारोबार बढ्छ। फाइनान्सियल भाषामा यसलाई बिटा भनिन्छ। जसको ‘हाइ बिटा’ हुन्छ त्यसको धेरै कारोबार हुन्छ। हाम्रोमा माइक्रोफाइनान्स इन्स्योरेन्स कम्पनीमा यस्तो हुन्छ। त्यसैले ‘हाइ गेन’ भनेको ‘हाइ रिस्क’ पनि हो।

वाणिज्य बैंक बढी सुरक्षित देखिन्छन्। जसमा कम जोखिम र कम आम्दानी हुन्छ। हामीले यति बुझ्नु पर्छ बजारलाई चलायमान बनाउने भनेको बैंकिङ सेक्टरले नै हो। तर अलि धेरै जोखिम लिएर अलिकति बढिनै कमाउछु भन्यो भने बीमा कम्पनी र माइक्रोफाइनान्स ठीक देखिन्छ। अर्को कुरा जब कारोबार बढी हुन्छ त्यतिवेला धेरैम मानिसहरु सेयर बजारमा आउन चाहिरहेका हुन्छन्। सेयर बजारको सकारात्मक समाचार आउने बित्तिकै सबैलाई सेयर किन्न मन लाग्छ। सबैले सेयर किन्न थाल्छ। जसले गर्दा कारोबार रकम बढ्छ। कुनै न कुनै कुराले आशावादी बनाउदै गर्दा कारोबार बढाउन थाल्छ। 

पोर्टफेलियो व्यवस्थापन 
पोर्टफोलियो व्यवस्थापन गर्दा कम्तीमा पनि सबै सेक्टरमा लगानी गर्नैपर्छ। एउटा सेक्टर घट्दै गर्दा अर्को सेक्टर बढिरहेको हुन्छ। यसले औषत प्रस्तुति दिन्छ। एउटै सेक्टरमा लगानी गर्‍यो भने एउटा सेक्टर बढ्दै गर्दा मालामाल र उक्त सेक्टर घट्यो भने डुब्ने अवस्था आउछ। त्यसैले लगानीमा विविधता ल्याउनु पर्छ। 

सुरक्षित सेक्टर जस्तै वाणिज्य बैंकहरुमा अलि बढी लगानी गर्ने त्यस पछि धेरै नै जोखिम भएकामा कम कम गर्दै लगानी गर्नु पर्छ। यदि तपाईं जोखिम लिन सक्ने लगानीकर्ता हुनुहुन्छ भने धेरै उतारचढाव हुने सेक्टरमा लगानी गर्न सक्नु पर्छ। जसको ‘हाइबिटा’ हुन्छ त्यस्तो सेक्टरमा धेरै उतार चढाब हुन्छ। हाम्रोमा माइक्रोफाइनान्स इन्स्योरेन्स कम्पनीमा यस्तो हुन्छ। तर  ‘हाइगेन’ भनेको ‘हाइरिस्क’ पनि हो भनेर बुझ्नु पर्दछ।

पहिलो कुरा ऋण लिएर लगानी गर्नु खतरनाक कुरा हो। हामीले सहज रूपमा लिए पनि ऋणलाई अन्डरस्टिमेट गर्नु हुँदैन। यदि कसैले ऋण लिएर लगानी गर्छ भने यो उचित समय हो। किनेभने अहिलेको बजार अल टाइम हाइ भन्दा धेरै तल छौं। भर्खर भर्खर बाउन्स ब्याक भएर करेक्सन पनि भइरहेको छ। अहिले राम्रोसँग व्यवस्थापन गर्ने हो भने यो राम्रो समय हो।

लगानीकर्ताले सूचक हेर्ने कि कम्पनी?
सूचकलाई जतिसुकै हेरे पनि अन्तिममा लगानी कम्पनीमै गर्ने हो। तर सूचक त्यतिकै बनाएको होइन। सूचक समग्र सेयर बजारको प्रस्तुती हेर्न बनाइएको हो। बजारमा दुई सयभन्दा धेरै कम्पनी छन्। एउटा एउटा कम्पनी हेर्नु अगाडि समग्र सेयर बजारको अवस्था के छ भनेर हेर्नका लागि सूचक हेर्नुपर्छ।  

नेपालमा मात्रै नभई विदेशमा पनि सूचकलाई नै विश्लेषण गरिन्छ। सूचकले गलत सूचना दिन्छ भन्ने पनि होइन। तर सूचक कुन आधारमा बनाइएको छ र त्यसको गणना विधि के छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। तर नेपालमा अलि व्यवस्थित छैन। सूचक यस्तो बनाउनु पर्छ जसले समग्र सेयर बजारकै अथवा कुनै निश्चित सेक्टरको प्रतिनिधित्व गर्न सकोस्। विदेशमा स्मल क्याप, लार्ज क्याप जस्ता अन्य कयौँ  इन्डेक्स तयार पारिएको हुन्छ। सूचकले सेन्टिमेन्ट दिन्छ। 

'टपटुबटम' र'बटमटुटप' भन्ने अवधारणा पनि छ। कसैले कम्पनीको विश्लेषणबाट सुरु गर्छन्। त्यसपछि सेक्टरको विश्लेषण गरिन्छ र त्यसपछि अर्थतन्त्रको बिस्लेषण गर्छन। 'टपटुबटम' बिस्लेषणमा सुरुमा समग्र अर्थतन्त्र हेर्छ। त्यसपछि समग्र सेक्टर हेर्छन्।म आफै भने नेप्से सूचकबाट विश्लेषण सुरु गर्छु। जब समग्र बजारले सपोर्ट गरेको छैन भने एउटा कम्पनी बढे पनि त्यो लामो समय टिक्न सक्दैन। बढ्दो कम्पनीको संख्या घट्दो कम्पनीको भन्दा बढि हुन्छ भने बजार बलियो र टिकाउ हुन्छ। यसलाई हामी मार्केट ब्रेथ भन्छौं।

सूचकले समग्र बजारबारे जानकारी दिन्छ। सूचकपछि सेक्टरको विश्लेषण गर्नुपर्छ। कुन सेक्टरले राम्रो प्रतिफल दिन सक्छ भन्ने हेर्नुपर्छ। त्यसपछि प्राविधिक र आधारभूत विश्लेषण गर्नुपर्छ। 

विश्वका ठूलाठूला स्टक मार्केट अर्थतन्त्रको अवस्थासँगै चलाएमान हुन्छन्। त्यहाँ कुनै न्यूज आयो भने सबैतिर असर गर्छ। तिनीहरूको अर्थतन्त्र एका आर्कामा अन्तर्निभर हुन्छन्। अमेरिकामा कुनै नराम्रो घटना भयो भने त्यहाँको व्यापारिक सम्बन्धका कारण चीनको सेयर बजारमा समेत असर पुर्‍याउँछ। 

हाम्रो अर्थतन्त्र विदेशी बजारसँग त्यति धेरै अन्तर्निर्भर छैनौं। ती देशका अर्थतन्त्रमा कुनै अल्पकालीन समस्या आउँदा नेपालमा खासै फरक नपर्ने भएकोले अन्तरसम्बन्धितन देखिएको हो।

शेयर बजार जुवाघर हो?
जो जुवा खेल्नै भनेर आएका हुन् उनीहरूलाई जुवाघर नै हो।जसले व्यवस्थित तरिकाले कारोबार गर्छ उनीहरूका लागि पेसा हो। जसले अध्ययन गर्छ उनिहरूले आफ्नो लगानीलाई सुरक्षित बनाउन खोजिरहेको हुन्छ। 

सेयर बजारमा जे पनि हुन सक्छ। जसले पनि कमाउने मात्रै सोचिरहेका हुन्छन्। गुमाइन्छ भन्ने सोच्दै नसोची धेरै लगानी गर्‍यो भने उनीहरूले झन् धेरै गुमाउछन्। बजार नबुझी लगानी गर्दा किनेपछि घट्छ बेचेपछि बढ्छ अनि उसले सेयर बजारलाई जुवाघर भन्न थाल्छ। 

यो एउटा व्यवसाय पनि हो। संसारभरि शेयर बजारमा फन्ड म्यानेजमेन्ट, इन्भेष्टमेन्ट बैंकिङको काम गरिरहेका छन्। यदि जुवाघर भएको भए उनीहरूले पनि यस्तो क्षेत्रमा समय खर्च गर्दैनथे होला। कम्पनी खोलेर अर्बौं डलर पैसा भित्र्याउन सफल भएका छन्। यसमा व्यवस्थित तरिकाले कुनै योजनाका साथ लगानी गरियो भने राम्रो आम्दानी हुन्छ। यसले ‍तरलता र पुँजी जुटाउन मद्दत गर्छ। कारोबारीहरूलाई लिक्विड एसेट चाहिन्छ त्यसैले पनि दोस्रो बजार अनिवार्य चाहिन्छ। 

(लामाले नेपालको शेयर बजारमा लामो समयदेखि प्राविधिक विश्लेषण गर्दै आएका छन्।)

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्