• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

महँगोमा मुद्दती निक्षेप उठाएर आधारदर बढाउँदै बैंक

64x64
अरुण सापकोटा बिहीबार, असोज ८, २०७७  ११:४२
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले एक वर्षभन्दा लामो अवधिको व्यक्तिगत कर्जामा स्थिर ब्याजदर कायम गरेसँगै आधार ब्याजदर बढाउन बैंकहरू बीच महँगो दरको मुद्दती निक्षेपमा प्रतिस्पर्धा हुन थालेको छ। तरलता बढ्दै गएपछि बचतको ब्याजदर घटाइरहेका बैंकहरू मुद्दती निक्षेपका लागि नयाँ-नयाँ अफर जारी गरिरहेका छन्। 

अहिलेकै अवस्थामा निश्चित अवधिको व्यक्तिगत कर्जा प्रवाह गर्दा बैंकहरूको नाफामा दीर्घकालीन असर पर्ने एक बैंकर बताउँछन्। नेपाल राष्ट्र बैंकले चलाखीपूर्वक यस्तो नीति जारी गर्दा बैंकहरू दबाबमा परेका हुन्। बैंकहरूले सुरुमा ६/७ प्रतिशतमा घर कर्जा तथा गाड‍ी कर्जाका लागि अफर गर्ने र केही समयपछि चरमरूपमा ब्याजदर बढाउँदा ऋणी मर्कामा पर्ने अवस्था थियो। 

यसका लागि राष्ट्र बैंकले कुनै नीतिमार्फत् बैंकहरूलाई च्याप्न सकेको थिएन। ब्याजदर करिडोरमार्फत् स्थिरताको प्रयास गरेको भए पनि त्यसले पनि प्रभावकारी रूपमा काम गरेको छैन। 

तर गभर्नर महाप्रसाद अधिकारीले सर्वसाधारणको आवाज संबोधन गर्ने क्रममा एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत कर्जामा ब्याजदर स्थिर गर्नुपर्ने नीति ल्याए। यसलगत्तै बैंकहरू रणनीतिकरूपमा दीर्घकालीन प्रकृतिको निक्षेप जुटाउन लागेका हुन्। अहिलेको अवस्थामा केही महँगो ब्याजदरको अफर गरेर पैसा तान्ने र लामो अवधिको स्रोत जुटाउने रणनीतिमा बैंक लागेका हुन्। 

निक्षेपको बलियो स्रोत भएको नबिल बैंक ९ प्रतिशतको मुद्दती निक्षेपको स्किम लिएर बजारमा आएको छ। सिभिल बैंकले दुई वर्षभन्दा लामो अवधिको मुद्दती निक्षेपका लागि ८.७५ प्रतिशत ब्याजदर दिएको छ। सेञ्चुरी बैंकको मद्दती निक्षेपको ब्याजदर ८.५० प्रतिशत छ। नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बंगलादेश बैंकको मुद्दती निक्षेपको ब्याजदर ८.२५ प्रतिशत रहेको छ।

नयाँ कर्जाको माग नहुँदा अधिक तरलता भएपछि बैंकहरू साधारण निक्षेपको ब्याजदर घटाइरहेका छन्। यसले तत्कालका लागि फाइदा भए पनि अहिले यही दरमा कर्जा लगानी गर्नुपरेपछि बैंकहरू नयाँ रणनीति बनाउन लागिपरेका हुन्। साधारण निक्षेपको ब्याजदर बढाएर आधार ब्याजदर बढाउन खोज्दा बैंकहरूको तत्कालै नाफा घट्छ। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सिसिडि रेसियो ८० प्रतिशतबाट ८५ प्रतिशत पुर्‍याउँदा बैंकहरूसँग लगानीयोग्य रकम बढिरहेको छ। पहिलाकै सिसिडी अनुपात हुँदा नै बैंकहरूसँग पर्याप्ता तरलता थियो। अझ सीमा बढाइदिँदा बैंकहरू कर्जा लगानी गर्नु पर्ने दबाबमा छन्। पछिल्लो व्यवस्थाका कारण अहिलेकै अवस्थामा बैंकहरूसँग दुई खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम छ। 

बैंकहरूमा एसेट लायबिलिटी मिसम्याच बढी छ। यसलाई संबोधन गर्न राष्ट्र बैंकले पनि सकेको छैन। तीन-चार महिनाका लागि लिएको निक्षेपलाई १० औँ वर्षका ठूला आयोजनामा कर्जा लगानी गर्न खोज्दा मिसम्याचको अवस्था आएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले पनि बैंकहरूको अर्बौँ रूपैयाँ लगानी जलविद्युत आयोजनामा छ। त्यस्ता क्षेत्रबाट कर्जा असुल हुन अझै वर्षौँ कुर्नु पर्ने हुन्छ। तर बैंकहरू एक-दुई वर्ष अवधिको मुद्दती निक्षेप, दुई-तीन महिना अवधिको साधारण निक्षेपको पोर्टफाेलियाेका आधारमा कर्जा लगानी गरिरहेका छन्। अल्पकालीन निक्षेप लिएर दीर्घकालीन कर्जा प्रवाह गर्ने बैंकको चरित्रका कारण सर्वसाधारण सबैभन्दा धेरै पीडित छन्। 

लगानीयोग्य रकम धेरै हुँदा आधार ब्याजदरभन्दा तलमा पनि कर्जा दिने तरलता संकुचन हुँदै गएपछि १७/१८ प्रतिशतसम्म पुर्‍याउने गरेका कैयौँ उदाहरण छन्। बैंकहरूले दीर्घकालीन प्रकृतिका स्रोत जुटाउन नसक्दा सबैभन्दा धेरै समस्या देखिएको नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। निक्षेपको दर कम भएको बेलामा ऋणपत्र तथा धेरै अवधिको मुद्दती निक्षेप उठाउन सकेका खण्डमा बजारमा ब्याजदरको अधिक उतारचढाव कम हुने उनको विश्लेषण छ। 

अर्कोतर्फ सरकारले प्राथमिकताप्राप्त क्षेत्रमा आधार ब्याजदरमै कर्जा दिन सकिने प्रावधान बनाएको छ। यसका लागि पनि बैंकहरू आधार ब्याजदर उच्च राख्न चाहिरहेका छन्। सरकारले दिएका सहुलियतपूर्ण कर्जाका लागि पनि आधार ब्याजदर धेरै भएमा बैकलाई फिर्ता पर्छ। यसै कारणले गर्दा बैंकहरू ब्याजदर बढाउन खोजिरहेका छन्। 

व्यवसायीहरूले कोरोना अगाडि बैंकहरूको ब्याजदर एक अंकमा हुनुपर्नै भन्दै जोडदार माग गर्दै आएका थिए। उनीहरूको माग कोरोनाका कारण पुरा त भयो तर नयाँ कर्जाको माग नै गर्न नसक्ने अवस्थामा। नेपालको ब्याजदर खहरे खोलाजस्तो असार साउनमा घट्ने र पुस लागेपछि बढ्ने हुन्छ। अहिलेको अवस्थामा नयाँ कर्जाको माग नहुँदा तरलता पर्याप्त छ। 

बैंकहरू कर्जाका नयाँ नयाँ स्किम ल्याउन थालेका छन्। साथै रणनीतिक रुपमा केही बैंकहरू दीर्घकालीन स्रोत जुटाइरहेका छन्। कोभिडपीडितका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत् केही राहातका स्किम ल्याउन सक्ने आँकलन गर्दै अहिलेदेखि नै बैंकहरू आधार ब्याजदर उच्च राख्ने रणनीतिमा छन्। 

सबै कर्जा आधार ब्याजदरका आधारमा मात्रै पनि जाँदैन। स्प्रेडदरले पनि नियन्त्रण गर्ने भएकाले अहिलेदेखि नै आधार ब्याजदर नियन्त्रण गर्नु खासै औचित्यपूर्ण नरहेको केही बैंकरहरू बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्से २०.२७ अंकले घट्यो, कारोबार रकम ४ अर्ब नाघ्यो सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२७ अङ्कले घटेर २७३५.१४ बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार, जेठ २५, २०८३
१३ अङ्कले घट्यो सेयर बजार सो कमीपछि नेप्से परिसूचक २७६६ अंकमा कायम भएको छ । साढे १२ बजेपछि बजारले आज ओरालो गति लियो । बिहीबार, जेठ २१, २०८३
सेय बजार २.६६ अंकले वृद्धि १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २६ करोडको कारोबार भएकोमा आज ५... बुधबार, जेठ २०, २०८३
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्