काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज मंगलबार बोलाइएको सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक मंगलबार मध्यान्ह साढे १२ बजे बालुवाटारमा बस्ने जानकारी दिएका हुन्।
आइतबार सचिवालयको बैठक पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो। अर्को बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्ने तय भए पनि पछि स्थगित गरिएको थियो।
नेकपा गठन भएयता सचिवालय तथा स्थायी कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो। केही पटक पार्टी कार्यालय धुम्बाराहीमा बसेको भए पनि तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा भने बैठक बसेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।