• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आत्महत्या गरेका सुवेदीको मुद्दामा विशेषको पूर्णपाठ : प्रमाणै नपुगी भ्रष्टाचारी ठहर गर्न मिल्दैन

64x64
दुर्गा दुलाल सोमबार, असोज ५, २०७७  १४:५०
1140x725

विशेष अदालतले एक हजार घुस लिएको आरोपमा ४२ दिन हिरासत रहेर भ्रष्टाचार मुद्दामा १ हजार धरौटीमा छुटेपछि आत्महत्या गरेको रामहरि सुवेदीको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ। विशेष अदालतले सुवेदीको पूर्णपाठ सोमबार सार्वजनिक गरेको हो।

न्यायाधीशद्वय चन्द्रबहादुर सारु र रवी शर्मा आर्यालको इजलाशले सुवेदीलाई असार ३० गते सफाइ दिने फैसला सुनाएको  थियो। दुई महिनापछि तयार भएको पूर्णपाठमा अदालतमा पेश भएका तथ्य, प्रमाण र अदालतवाट निर्माण भएका सिद्धान्तले समेत एक हजार घुस लिएर भ्रष्टाचार गरेको पुष्टि नभएको भनिएको छ।

४२ दिन हिरासत अनि धरौटीमा छुटेपछि आत्महत्या
अख्तियारले भ्रष्टाचारी खोज्ने भन्दै २०७५ चैतदेखि स्टिङ अप्रेसन टिम बनाए परिचालन गरेको थियो। २०७५ पुस १५ गते मालपोत कार्यालय कलंकीमा रामहरी सुवेदीको सरुवा भएको थियो। २०७६ साउन दोस्रो हप्ता एक सेवाग्राही कृष्णप्रसाद घिमिरे र सुवेदी चिया पसलमा गएका थिए। उक्त चिया पसलमा समेत सिसिटिभीको निगरानी राखिएको थियो। उक्त चिया पसलमा सुवेदीले घुस लिएको भन्दै २०७६ साउन २१ गते अख्तियार उपस्थित हुन पत्र आयो।

घरमा समेत अख्तियार छिरेर आउने काम भएकाले ढिला हुन्छ भनेका सुवेदी अख्तियारकै हिरासमा पुगे। उनलाई पक्राउ पुर्जी दिँदै अख्तियारले हिरासतमा राख्यो। २०७६ भदौ ३० गते उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो। भदौ ३१ गते उनले बयान गरे।

उनलाई  सिसिटिभी फुटेजमा सेवाग्राहीसँग एक हजार लिएको देखिएको आधारमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको थियो। उनी अख्तियारको हिरासतमा ४२ दिन  बसेका थिए। अदालतमा मुद्दा दायर भएपछि भदौ  ३१ गते एक हजार धरौटीमा रिहा भए।

२०७६ साउन २२ गते पक्राउ परेका उनी अदालतबाट छुटेर घर पुगे लगत्तै २०७६ असोज ६ गते आफ्नै घरको भर्‍याङमा झुन्डिएर आत्महत्या गरे। उनले आफूले भ्रष्टाचारमा सफाइ पाएको देख्न पाएनन्।  अख्तियारले पेस गरेको प्रमाणमा भ्रष्टाचार पुष्टि हुने आधार नभएको विशेषको पूर्णपाठमा भनिएको छ। 

विशेषको ठहर 
‘सुवेदी उपर लगाइएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(३) बमोजिमको भ्रष्टाचारजन्य कसुर हुनको लागि प्रतिवादी कृष्ण प्रसाद घिमिरेले प्रतिवादी रामहरि सुवेदीबाट कुनै काम गर्न, गराउन वा नगर्न, नगराउनको लागि घुस रिसवत दिएको पुष्टि भएको देखिनु पर्दछ’, विशेषको पूर्णपाठमा भनिएको छ, ‘प्रतिवादी कृष्णप्रसाद घिमिरे सेवाग्राहीको रुपमा मालपोत कार्यालय, कलंकीमा खरिदार पदमा कार्यरत सुवेदी समक्ष निजको कानुनी कर्तव्यसँग सम्बन्धित कुनै काम गराउन गएको, सो काम गर्न वा गराउनको लागि रिसवत दिएको, सुवेदीले आफ्नो कर्तव्यसँग सम्बन्धित काम गर्न वा गराउनको लागि प्रतिवादी कृष्ण प्रसाद घिमिरेसँग घुस माग गरी लिएको प्रत्यक्ष र स्वतन्त्र प्रमाणबाट पुष्टि भएको हुनुपर्दछ।’

घिमिरेले प्रतिवादी खरिदार सुवेदीसँग के, कुन काम गर्न, गराउन मालपोत कार्यालय कलंकीमा गएका हुन्? अनुसन्धानबाट खुल्न आएको नदेखिएको फैसलाको पूर्णपाठमा देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘खरिदार सुवेदी समक्ष गएको, सो काम गर्न गराउन निजलाई रिसवत दिएको भन्ने व्यहोरा ठोस प्रमाणबाट पुष्टि हुन सकेको छैन’, फैसलामा भनिएको छ, ‘मौकामा बयान गर्दा खरिदार सुवेदीले कृष्णप्रसाद घिमिरेको पुर्जा बनाईदिए बापत खाजा खान एक हजार दिएको’ भन्नेसम्म उल्लेख देखिन्छ।’

घिमिरेले  फर्पिङमा जग्गा किन्नको लागि मोठ भिडाउनको लागि एक हजार दिएको भन्ने व्यहोरा पनि बयानमा उल्लेख भएकाले यी दुई बयान आपसमा बाझिएको विशेषको फैसलामा उल्लेख छ। सुवेदीमाथि यस्तो आरोप लागे पनि बयान अनुसारको काम कार्य मालपोत कार्यालय कलंकीमा भए नभएको वा कार्बाहीयुक्त अवस्थामा रहेको र सो कार्य गर्ने जिम्मेवारी रामहरि सुवेदीको भएको भन्ने सम्बन्धमा अनुसन्धानबाट केही नखुलेको फैसलामा उल्लेख छ।

‘यस स्थितिमा बिना प्रयोजन घिमिरेले खरिदार सुवेदीलाई रिसवत दिने र उनले लिने अवस्थै रहँदैन’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘ सिसिटिभी फुटेजको दृश्य अवलोकन गर्दा घिमिरेले खरिदार सुवेदीलाई एक हजारको नोट दिएको प्रष्ट रुपले देखिँदैन।’

अख्तियारले जुन प्रमाणको रुपमा पेश गरेको थियो, त्यसलाई विशेषले ठाडै खारेज गरिदिएको छ। ‘घुस लिए/दिएको अन्य सर्वसाधारण समेतले देखेको भन्ने व्यहोरा आरोप पत्रको पृष्ठ ३ मा उल्लेख भएकोमा प्रत्यक्षदर्शी भनिएका मानिसहरुको अनुसन्धानको क्रममा कागज गराउँदा दाबीलाई पुष्टि गराउन समेत नेपाल सरकारले सकेको देखिदैन’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यसरी सुवेदीमाथि नेपाल सरकारले शंकारहित तवरले सप्रमाण पुष्टि गर्न नसकेको अवस्थामा दोषी ठहर गर्न नमिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।

‘सेवाग्राही भनिएका घिमिरेले पाँच सय दिएको भनी गरेको बयानकै भरमा भ्रष्टाचार जस्तो गम्भीर कसुरमा  कसुरदार ठहराउन न्यायसम्मत हुने देखिँदैन’, फैसलामा भनिएको छ, ‘भ्रष्टाचारको कसुर स्थापित हुनको लागि प्रतिवादीले आफू वा अरु कुनै व्यक्तिलाई गैर कानुनी लाभ पुर्‍याएको भन्ने कुरा प्रत्यक्ष, सार्थक र विश्वासपरक प्रमाणबाट शंकारहित तवरले पुष्टि भएको हुनु पर्दछ।’

रामहरि सुवेदीले अख्तियारमा दिएको बयान
म मालपोत कार्यालय कलंकीमा २०७५ साल पौष १५ गतेदेखि कार्यरत छु, मेरो उक्त कार्यालयको २ नं फाँटमा कीर्तिपुर नगरपालिका लगायतको मोठ रोक्का, भिडाउने, मिसिल दा.खा. गर्ने, पुर्जी बनाउने, रोक्का फुकुवा गर्ने काममा महत्त्वपूर्ण भूमिका रहने गर्दछ, भिडियो फुटेजमा सँगै बसी गफ गरिरहेका मानिस कृष्णप्रसाद घिमिरे हुन्, फुटेजमा देखिए बमोजिम मैले कृष्णप्रसाद घिमिरेको पुर्जा बनाई दिए वापत खाजा खान निजबाट पाएको रकम रुपैयाँ एक हजार हो, अफिसको काम छिटो छरितो गरिदिए बापत खुसीले खाजा खानको लागि दिएको रकम हो।

सुवेदीले अदालतमा गरेको बयान
म कार्यरत रहेको कार्यालयको च.नं. ४३७ मिति २०७६/४/२१ को पत्रसाथै लिई मिति २०७६/४/२२ गते म समेतलाई अनुसन्धान गर्नका लागि भनी पक्राउ पुर्जी दिई हिरासतमा राखेका हुन्। प्रतिवेदन व्यहोरा भ्रामक, कपोलकल्पित एंव झुठा लाग्यो। म कार्यरत कार्यालयमा मेरो सन्दर्भमा मैले कहिल्यै पनि कोही कसैसँग घुस र रिसवत मागे लिएको तथा लेनदेन गरेको होइन, छैन। मिसिलमा उल्लेखित सेतो सर्त, घिउ रंगको क्याप र निलो रंगको पाइन्ट लगाएको तस्बिरको फोटो मेरो हो। उक्त फोटो कार्यालय गएको दिन खाजा खाने सन्दर्भमा खिचेको फोटो हुनुपर्छ। को कसले किन खिचेका हुन् मलाई थाहा भएन। फोटोमा उल्लेखित अन्य व्यक्तिमध्ये मसँग कुरा गरी बसेका अन्य व्यक्ति यसै मुद्दाका प्रतिवादी कृष्ण प्रसाद हुन जस्तो लाग्छ। फोटोबाट एकिन गर्न सकिएन। बिगो रु १,०००/- कायम गरी भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१)र दफा (३) को उपदफा (१)को खण्ड (क) बमोजिम सजाय तथा बिगो असुल गरी जफत गरी पाउँ भनी म उपर लगाइएको झुठा आरोप खारेज गरी सफाई पाउँ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष... मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा... मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहँदा पार्टीभित्रको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली, बैठक सञ्चा... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्