• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आत्महत्या गरेका सुवेदीको मुद्दामा विशेषको पूर्णपाठ : प्रमाणै नपुगी भ्रष्टाचारी ठहर गर्न मिल्दैन

64x64
दुर्गा दुलाल सोमबार, असोज ५, २०७७  १४:५०
1140x725

विशेष अदालतले एक हजार घुस लिएको आरोपमा ४२ दिन हिरासत रहेर भ्रष्टाचार मुद्दामा १ हजार धरौटीमा छुटेपछि आत्महत्या गरेको रामहरि सुवेदीको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ। विशेष अदालतले सुवेदीको पूर्णपाठ सोमबार सार्वजनिक गरेको हो।

न्यायाधीशद्वय चन्द्रबहादुर सारु र रवी शर्मा आर्यालको इजलाशले सुवेदीलाई असार ३० गते सफाइ दिने फैसला सुनाएको  थियो। दुई महिनापछि तयार भएको पूर्णपाठमा अदालतमा पेश भएका तथ्य, प्रमाण र अदालतवाट निर्माण भएका सिद्धान्तले समेत एक हजार घुस लिएर भ्रष्टाचार गरेको पुष्टि नभएको भनिएको छ।

४२ दिन हिरासत अनि धरौटीमा छुटेपछि आत्महत्या
अख्तियारले भ्रष्टाचारी खोज्ने भन्दै २०७५ चैतदेखि स्टिङ अप्रेसन टिम बनाए परिचालन गरेको थियो। २०७५ पुस १५ गते मालपोत कार्यालय कलंकीमा रामहरी सुवेदीको सरुवा भएको थियो। २०७६ साउन दोस्रो हप्ता एक सेवाग्राही कृष्णप्रसाद घिमिरे र सुवेदी चिया पसलमा गएका थिए। उक्त चिया पसलमा समेत सिसिटिभीको निगरानी राखिएको थियो। उक्त चिया पसलमा सुवेदीले घुस लिएको भन्दै २०७६ साउन २१ गते अख्तियार उपस्थित हुन पत्र आयो।

घरमा समेत अख्तियार छिरेर आउने काम भएकाले ढिला हुन्छ भनेका सुवेदी अख्तियारकै हिरासमा पुगे। उनलाई पक्राउ पुर्जी दिँदै अख्तियारले हिरासतमा राख्यो। २०७६ भदौ ३० गते उनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो। भदौ ३१ गते उनले बयान गरे।

उनलाई  सिसिटिभी फुटेजमा सेवाग्राहीसँग एक हजार लिएको देखिएको आधारमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको थियो। उनी अख्तियारको हिरासतमा ४२ दिन  बसेका थिए। अदालतमा मुद्दा दायर भएपछि भदौ  ३१ गते एक हजार धरौटीमा रिहा भए।

२०७६ साउन २२ गते पक्राउ परेका उनी अदालतबाट छुटेर घर पुगे लगत्तै २०७६ असोज ६ गते आफ्नै घरको भर्‍याङमा झुन्डिएर आत्महत्या गरे। उनले आफूले भ्रष्टाचारमा सफाइ पाएको देख्न पाएनन्।  अख्तियारले पेस गरेको प्रमाणमा भ्रष्टाचार पुष्टि हुने आधार नभएको विशेषको पूर्णपाठमा भनिएको छ। 

विशेषको ठहर 
‘सुवेदी उपर लगाइएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(३) बमोजिमको भ्रष्टाचारजन्य कसुर हुनको लागि प्रतिवादी कृष्ण प्रसाद घिमिरेले प्रतिवादी रामहरि सुवेदीबाट कुनै काम गर्न, गराउन वा नगर्न, नगराउनको लागि घुस रिसवत दिएको पुष्टि भएको देखिनु पर्दछ’, विशेषको पूर्णपाठमा भनिएको छ, ‘प्रतिवादी कृष्णप्रसाद घिमिरे सेवाग्राहीको रुपमा मालपोत कार्यालय, कलंकीमा खरिदार पदमा कार्यरत सुवेदी समक्ष निजको कानुनी कर्तव्यसँग सम्बन्धित कुनै काम गराउन गएको, सो काम गर्न वा गराउनको लागि रिसवत दिएको, सुवेदीले आफ्नो कर्तव्यसँग सम्बन्धित काम गर्न वा गराउनको लागि प्रतिवादी कृष्ण प्रसाद घिमिरेसँग घुस माग गरी लिएको प्रत्यक्ष र स्वतन्त्र प्रमाणबाट पुष्टि भएको हुनुपर्दछ।’

घिमिरेले प्रतिवादी खरिदार सुवेदीसँग के, कुन काम गर्न, गराउन मालपोत कार्यालय कलंकीमा गएका हुन्? अनुसन्धानबाट खुल्न आएको नदेखिएको फैसलाको पूर्णपाठमा देखिन्छ।

Ncell 2
Ncell 2

‘खरिदार सुवेदी समक्ष गएको, सो काम गर्न गराउन निजलाई रिसवत दिएको भन्ने व्यहोरा ठोस प्रमाणबाट पुष्टि हुन सकेको छैन’, फैसलामा भनिएको छ, ‘मौकामा बयान गर्दा खरिदार सुवेदीले कृष्णप्रसाद घिमिरेको पुर्जा बनाईदिए बापत खाजा खान एक हजार दिएको’ भन्नेसम्म उल्लेख देखिन्छ।’

घिमिरेले  फर्पिङमा जग्गा किन्नको लागि मोठ भिडाउनको लागि एक हजार दिएको भन्ने व्यहोरा पनि बयानमा उल्लेख भएकाले यी दुई बयान आपसमा बाझिएको विशेषको फैसलामा उल्लेख छ। सुवेदीमाथि यस्तो आरोप लागे पनि बयान अनुसारको काम कार्य मालपोत कार्यालय कलंकीमा भए नभएको वा कार्बाहीयुक्त अवस्थामा रहेको र सो कार्य गर्ने जिम्मेवारी रामहरि सुवेदीको भएको भन्ने सम्बन्धमा अनुसन्धानबाट केही नखुलेको फैसलामा उल्लेख छ।

‘यस स्थितिमा बिना प्रयोजन घिमिरेले खरिदार सुवेदीलाई रिसवत दिने र उनले लिने अवस्थै रहँदैन’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘ सिसिटिभी फुटेजको दृश्य अवलोकन गर्दा घिमिरेले खरिदार सुवेदीलाई एक हजारको नोट दिएको प्रष्ट रुपले देखिँदैन।’

अख्तियारले जुन प्रमाणको रुपमा पेश गरेको थियो, त्यसलाई विशेषले ठाडै खारेज गरिदिएको छ। ‘घुस लिए/दिएको अन्य सर्वसाधारण समेतले देखेको भन्ने व्यहोरा आरोप पत्रको पृष्ठ ३ मा उल्लेख भएकोमा प्रत्यक्षदर्शी भनिएका मानिसहरुको अनुसन्धानको क्रममा कागज गराउँदा दाबीलाई पुष्टि गराउन समेत नेपाल सरकारले सकेको देखिदैन’, फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यसरी सुवेदीमाथि नेपाल सरकारले शंकारहित तवरले सप्रमाण पुष्टि गर्न नसकेको अवस्थामा दोषी ठहर गर्न नमिल्ने फैसलाको पूर्णपाठमा उल्लेख छ।

‘सेवाग्राही भनिएका घिमिरेले पाँच सय दिएको भनी गरेको बयानकै भरमा भ्रष्टाचार जस्तो गम्भीर कसुरमा  कसुरदार ठहराउन न्यायसम्मत हुने देखिँदैन’, फैसलामा भनिएको छ, ‘भ्रष्टाचारको कसुर स्थापित हुनको लागि प्रतिवादीले आफू वा अरु कुनै व्यक्तिलाई गैर कानुनी लाभ पुर्‍याएको भन्ने कुरा प्रत्यक्ष, सार्थक र विश्वासपरक प्रमाणबाट शंकारहित तवरले पुष्टि भएको हुनु पर्दछ।’

रामहरि सुवेदीले अख्तियारमा दिएको बयान
म मालपोत कार्यालय कलंकीमा २०७५ साल पौष १५ गतेदेखि कार्यरत छु, मेरो उक्त कार्यालयको २ नं फाँटमा कीर्तिपुर नगरपालिका लगायतको मोठ रोक्का, भिडाउने, मिसिल दा.खा. गर्ने, पुर्जी बनाउने, रोक्का फुकुवा गर्ने काममा महत्त्वपूर्ण भूमिका रहने गर्दछ, भिडियो फुटेजमा सँगै बसी गफ गरिरहेका मानिस कृष्णप्रसाद घिमिरे हुन्, फुटेजमा देखिए बमोजिम मैले कृष्णप्रसाद घिमिरेको पुर्जा बनाई दिए वापत खाजा खान निजबाट पाएको रकम रुपैयाँ एक हजार हो, अफिसको काम छिटो छरितो गरिदिए बापत खुसीले खाजा खानको लागि दिएको रकम हो।

सुवेदीले अदालतमा गरेको बयान
म कार्यरत रहेको कार्यालयको च.नं. ४३७ मिति २०७६/४/२१ को पत्रसाथै लिई मिति २०७६/४/२२ गते म समेतलाई अनुसन्धान गर्नका लागि भनी पक्राउ पुर्जी दिई हिरासतमा राखेका हुन्। प्रतिवेदन व्यहोरा भ्रामक, कपोलकल्पित एंव झुठा लाग्यो। म कार्यरत कार्यालयमा मेरो सन्दर्भमा मैले कहिल्यै पनि कोही कसैसँग घुस र रिसवत मागे लिएको तथा लेनदेन गरेको होइन, छैन। मिसिलमा उल्लेखित सेतो सर्त, घिउ रंगको क्याप र निलो रंगको पाइन्ट लगाएको तस्बिरको फोटो मेरो हो। उक्त फोटो कार्यालय गएको दिन खाजा खाने सन्दर्भमा खिचेको फोटो हुनुपर्छ। को कसले किन खिचेका हुन् मलाई थाहा भएन। फोटोमा उल्लेखित अन्य व्यक्तिमध्ये मसँग कुरा गरी बसेका अन्य व्यक्ति यसै मुद्दाका प्रतिवादी कृष्ण प्रसाद हुन जस्तो लाग्छ। फोटोबाट एकिन गर्न सकिएन। बिगो रु १,०००/- कायम गरी भ्रष्ट्राचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१)र दफा (३) को उपदफा (१)को खण्ड (क) बमोजिम सजाय तथा बिगो असुल गरी जफत गरी पाउँ भनी म उपर लगाइएको झुठा आरोप खारेज गरी सफाई पाउँ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की सो विश्वविद्यालयका कुलपति समेत रहेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई कुलपति नराख्ने गरी ऐनमा परिमार्जन गर्न सरकारले शिक्षा,... बुधबार, मंसिर २४, २०८२
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनको भनाइ छ। नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग... बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल ७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रि... बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर बुधबार, मंसिर २४, २०८२
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु बुधबार, मंसिर २४, २०८२
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्