काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि मंगलबारका लागि सरेको छ।
गृहकार्य नपुगेको भन्दै मंगलबार दिउँसो साढे १२ बजेका लागि सारिएको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को सचिवालयले जनाएको छ। यसअघि बैठक आज दिउँसो १ बजे बस्ने तय भएको थियो।
आईतबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो। बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायको नियुक्ति र पार्टी एकताका बाँकी कामका विषयमा एजेण्डा तय गरेको थियो।
अब मंगलबार बस्ने सचिवालय बैठकमा यिनै एजेण्डामा छलफल हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।