• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनए कोरियामा ७औँ समितिको एक वर्ष, के के भए महत्वपूर्ण काम?

64x64
शिव भुसाल आइतबार, असोज ४, २०७७  १८:२०
1140x725

सिओल- गैरआवासीय नेपाली संघ दक्षिण कोरियामा सातौं कार्य समिति निर्वाचित भएको एक वर्ष पूरा भएको छ। संघमा गत वर्षको सप्टेम्बरमा यज्ञराज सुवेदीको नेतृत्वमा नयाँ समिती निर्वाचित भएको थियो। 

एक वर्षको अवधिमा समितीले यहाँका नेपालीका हरेक समस्यामा सहयोगी बन्दै हातेमालो गर्दै काम गरिरहेको दाबी गरेको छ।

समितिका अधिकांश पदाधिकारीहरुले आ-आफ्नो ठाउँबाट यहाँका नेपालीका समस्या समाधानका लागि सक्दो सहयोग गर्दै आएको बताएका छन्। 

‘हाम्रा अधिकांश पदाधिकारीहरु यहाँका नेपालीहरुसँग सधैं सम्पर्कमा रहिरहनुभएको छ, कोरियाका सरकारी निकाय र नेपाली दूतावाससँग सहकार्य गर्दै यहाँका नेपालीको समस्या समाधानमा खटिइरहनुभएको छ।’ संघका अध्यक्ष सुवेदीले भने। 

संस्थाले एक वर्ष पुरा गरिसक्दा यहाँका नेपालीको सहयोग र समर्थन पाएको सुवेदीको दाबी छ। 

उनले थपे, ‘कतिपय अवस्थामा एनआरएनएका केही पदाधिकारी र यहाँका केही नेपाली संस्थाका पदाधिकारीका  बीचका आपसी असमझदारीको विषयलाई तोडमोड गरी संस्थामाथि प्रहार गर्न खोजिएपनि संस्थाले सकारात्मक काम गरेकै कारण यहाँका नेपालीको माया पाइरहेका छौँ।’

नयाँ समिती निर्वाचित भएयता पहिलाका समितीले गरेका सकारात्मक कामहरुलाई निरन्तरता दिँदै संस्थाको वैधानिकतादेखि धेरै कामहरु सम्पन्न भएको संस्थाका महासचिव विमल सुवेदीले जानकारी दिए। 

संस्थामा नयाँ समिति निर्वाचित भए पश्चात नोभेम्बरमा संस्थाले वैधानिकता पाएको थियो। कोरियाको आधिकारीक सरकारी निकायमा सम्पुर्ण प्रक्रिया पुरा गरी संघको स्थापनाका १४ वर्षपछि २०१९ नोभेम्बर १९ का दिन संस्था दर्ता गरिएको संस्थाको तथ्याङकमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

व्यक्तिको निजी बैंक खाताबाट चल्दै आएको संस्था दर्ता भइसकेपछि संस्थाकै नाममा खाता सञ्चालन भएको छ। यसअघिका समितिलाई आर्थिक अपारदर्शिताका आरोप लाग्दै आएकोमा अब भने संस्थाका सबै आर्थिक गतिविधि संस्थाकै खाताबाट गरिने भएकाले सबै विवरण लिन सजिलो हुने बताइएको छ। 

यसअघिको छैठौं कार्यसमितिमा भएको भनिएको आर्थिक अपचलनको विषय व्यक्तिको  खातामा संस्थाका गतिविधि गरिएको हुनाले बैंक विवरण लिन नपाइएको गुनासो नयाँ समितिको छ। 

संस्थाले वैधानिकता पाएपश्चात् यसअघि वषौँदेखि कार्यालयबिनै चलेको संस्थाको २०२० जनवरी १ देखि कोरियाको राजधानी सिओलमा सभा हलसहितको व्यवस्थित कार्यालय सञ्चालन गरिएको छ। उक्त कार्यालयमा कर्मचारीको व्यवस्था गरी सञ्चालनमा ल्याइएको छ। 

त्यस्तै  डिसेम्बरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको ‘राष्ट्रिय युवा परिषद्’सँग युवाहरुलाई उद्यमी बनाउने उद्देश्यले सिपमुलक तालिम उपलब्ध गराउन एमओयुमा हस्ताक्षर गरी काम अगाडि बढाइएको छ। जसअन्तर्गत नेपालबाट युवाहरुलाई कोरिया ल्याई यहाँको सरकारसँगको समन्वयमा आवश्यक सीप तथा तालिमहरु उपलब्ध गराई नेपालको विकासमा लगाइने उल्लेख छ। कोरोनाका कारण रोकिएको उक्त कामले कोरोना महामारी सकिनासाथ निरनतरता पाउने बताइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विगतका वर्षहरुमा संस्थाको अधिवेशनका बखत प्रतिव्यक्ति २० हजार वन शुल्क लिएर सदस्यता वितरण गरिँदै आएकोमा सो झण्झटलाई हटाउँदै अनलाइन मार्फत फाराम भराई निःशुल्क रुपमा सदस्यको ईमेलमै स्मार्ट कार्ड उपलब्ध गराउने परिपाटीको सुरुवात गरिएको छ।

त्यस्तै संस्थाले महाविर पुनको सक्रियतामा नेपालमा  सञ्चालित राष्ट्रिय आविस्कार केन्द्रका लागि कोरियामा सहयोग संकलन गरी ७८ लाख १५ हजार कोरियन वन  सहयोग रकम उपलब्ध गराएको जनाएको छ।

त्यसैगरी कोरियामा ब्रेन ट्युमरको समस्या भई  उपचार गराइरहेका नेपाली युवा  संजय खत्रीका लागि संस्थाको तर्फबाट ६ लाख ५० हजार वन सहयोग गरिएको बताइएको छ। 

नेपालमा कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलगायत संक्रमितकालागि स्वास्थ्य सामग्री सहयोग गर्ने हेतुले सञ्चालित ‘एक व्यक्ति एक किट अभियान’का लागि यहाँका नेपालीबाट संकलित १४ करोड ९६ लाख ७५ हजार ७ सय ७९ कोरियन वन रकमबाट आवश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको उल्लेख छ। 

संस्थाले कोरोना महामारी सुरु हुनुभन्दा पहिले नै नेपाल गएका नेपाली ईपियस श्रमिक महामारीका कारण कोरिया फर्किन नपाई समस्यामा परेको र उनीहरुको रोजगारी गुम्ने अवस्था आएको भन्ने गुनासो आएपछि उनीहरुलाई फर्काउन नेपाल सरकारसँग नीतिगत निर्णय गराई कोरिया फर्काएको थियो।

रोजगारी गुम्ने अवस्थामा पुगेका ७ सयभन्दा धेरै नेपाली ईयिस श्रमिक कोरिया फर्काएर रोजगारी सुनिश्चित गर्न सहयोग पुगेको संस्थाको भनाइ छ। 

त्यस्तै कोरोना महामारीका कारण कोरियाबाट नेपाल फर्किन नपाएका नेपालीका लागि स्वदेश फर्काउने विषयमा सरकारसँग पहल गरी तीन पटकसम्म स्वदेश फर्काउने विषयमा समन्वय समेत गरेको जनाएको छ। 

कोरोना महामारीका कारण स्वदेश फिर्ता हुन नपाएका नेपालीलाई लक्षित गरी संस्थाले सिओल, सुवन र किम्हेमा आवासगृह सञ्चालनमा ल्याएको उल्लेख छ। 

महामारीकै समयमा कोरियामा रहेका नेपालीलाई सचेतना र संयमताका लागि यहाँका सरकारी निकायमा आवद्ध विज्ञहरुलाई ल्याई तीन पटकसम्म भिडियो सचेतना कार्यक्रम गरिएको संस्थाले उल्लेख गरेको छ। 

त्यस्तै कोरोना महामारीभन्दा पहिले नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० सफल पार्नका लागि दूतावाससँगको सहकार्यमा कोरियामा नेपाल चिनाउने कार्यक्रमहरु गरिएको बताइएको छ। 

त्यस्तै दूतावाससागको सहकार्यमा देशका विभिन्न ठाउँमा स्वदेश फिर्ती, गुनासाहरू सुन्नेलगायतका कार्यक्रमहरु गर्दै आएको संस्थाले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्