• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

पुँजीगत लाभकरको दर घटाउँदा पनि शेयर लगानीकर्ताले बुझाए १ अर्ब लाभकर 

सरकारले करको दर घटाउँदा पुँजीगत लाभकर संकदन ५९ प्रतिशतले बढ्यो
64x64
अरुण सापकोटा आइतबार, असोज ४, २०७७  १२:४१
1140x725

काठमाडौं-शेयर बजारका लगानीकर्ताले गत आर्थिक वर्ष २०७६/७७ मा ९७ करोड २१ लाख रूपैयाँ पुँजीगत लाभकर बुझाएका छन्। सरकारले पुँजीगत लाभकर ५० प्रतिशतले घटाउँदा पनि लाभकर भने ५९ प्रतिशतले बढेको हो। 

शेयर बजार सुधार हुन थालेसँगै लगानीकर्ताहरूले तीन आर्थिक वर्ष यताकै सबैभन्दा धेरै लाभकर तिरेका हुन्। पुँजीगत लाभकर नाफामा मात्रै भुक्तानी गर्नुपर्छ।

तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ मा पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्‍याएका थिए। लाभकर बढाएकै वर्ष भने खासै बढ्न सकेन। त्यस वर्ष ६१ करोड २ लाख रूपैयाँ पुँजीगत लाभकर उठेको थियो। लगानीकर्ताको चर्को विरोधपछि खतिवडाले गतवर्ष २०७६/७७ मा लाभकर घटाएर ५ प्रतिशतमै झार्दा भने ५९ प्रतिशतले बढेर ९७ करोड २१ लाख रूपैयाँ उठेको छ।

गत वर्ष दोस्रो बजारमा कारोबार संख्याले नयाँ रेकर्ड बनाएको छ। गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा धेरै १८ लाख ४८ हजार ७४५ वटा कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जले कारोबारलाई अनलाइन बनाएसँगै कारोबार संख्या बढेको हो। 

कारोबार संख्यासँगै कारोबार कित्तामा पनि नयाँ रेकर्ड बनेको केन्द्रीय निक्षेप प्रणाली 'सिडिएससी'का प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। गत वर्ष ४२ करोड ८२ लाख कित्ताको शेयर खरिद बिक्री भएको थियो। संख्या धेरै भए पनि कारोबार रकम भने एक खर्ब ४९ अर्ब रूपैयाँको मात्रै भएको छ। 

अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार आर्थिक वर्ष २०७३/७४ मा दुई खर्ब चार अर्ब रूपैयाँको भएको थियो। त्यसै वर्ष सरकारले सर्वाधिक पुँजीगत लाभकर एक अर्ब ४४ करोड रूपैयाँ प्राप्त गरेको थियो। जतिबेला नेप्से सूचक सर्वाधिक धेरै १८८१ अंकसम्म पुगेको थियो।

सूचक धेरै हुँदा अधिकांश कम्पनीको शेयर मूल्य भने सबैभन्दा धेरै रहेको हुन्छ। त्यतिबेला जति पनि शेयर बिक्री हुन्छ अधिकतम नाफामा बिक्री भएको हुन्छ। त्यसैले गर्दा लाभकर सर्वाधिक धेरै उठेको हो। 

त्यसलगत्तै शेयर बजार लगातार ओरालो झरेको थियो। बजार ओरालो झर्दा लगानीकर्ताले नोक्सानमा शेयर बिक्री गरिरहेका हुन्छन्। जसले गर्दा त्यस लगत्तै पुँजीगत लाभकर ५० करोड ६७ लाख रूपैयाँमा झरेको थियो। 

Ncell 2
Ncell 2

पछिल्लो समय शेयर बजार सबैभन्दा तल्लो विन्दु ११०० अंकमा झरेर सुधार भइरहेको छ। त्यसैले गर्दा गत वर्ष लाभकर योग्य कारोबार पनि बढेको हो।

ब्रोकरको आम्दानी बढ्यो
गत आर्थिक वर्षमा शेयर कारोबार गराउने ब्रोकर कम्पनीको आम्दानी ३५ प्रतिशतले बढेको छ। उनीहरूले ब्रोकर कमिसनमार्फत् एक अर्ब ५८ करोड रूपैयाँ आम्दानी गरेका हुन्। 

सूचक लगातार ओरालो झर्ने क्रममा कारोबार रकम पनि घटेको थियो। अघिल्लो वर्ष एक खर्ब ९ अर्ब रूपैयाँ मात्रै कारोबार हुँदा ब्रोकर कमिसनमा पनि भारी गिरावट आएको हो। लगानीकर्ताले शेयर खरिद-बिक्री गर्दा ब्रोकर कमिसनको रुपमा न्युनतम ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म भुक्तानी गर्दै आएका छन्।

सेयर कारोबार गर्दा ५० हजारसम्म ०.६० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाखसम्म ०.५५ प्रतिशत र ५ लाखदेखि २० लाखसम्म कारोबारमा ०.५० प्रतिशतसम्म लगानीकर्ताले कमिसन तिर्नुपर्दछ। 

यसैगरी, २० लाखदेखि १ करोडसम्म ०.४५ प्रतिशत र १ करोडभन्दा माथिको कारोबार गर्दा ०.४० प्रतिशत लगानीकर्ताहरूले ब्रोकरहरूलाई कमिसन तिर्दै आएका छन्। यो ब्रोकर कमिसनमध्ये नेप्सेले २० प्रतिशत र नेपाल धितोपत्र बोर्डले ०.६० प्रतिशत लैजान्छ।  

चालु वर्षमा लाभकर बढ्ने
चालु आर्थिक वर्षको सुरुवातदेखि नै शेयर बजार सुधार भइरहेको छ। गएका तीन वर्षमा शेयर बजार धेरै नै तल्लो विन्दुमा भएकाले यसको फाइदा नेपाल सरकारले यस वर्ष लिन सक्ने देखिएको हो। सस्तोमा शेयर खरिद गरेर मंहगोमा शेयर बिक्री गर्नेबित्तिकै पुँजीगत लाभकर योग्य हुनेछ। त्यसैले गर्दा यस वर्षको बढ्दो क्रमको शेयर बजारबाट सरकारले उचित फाइदा लिने भएको हो।

गएका दिनमा शेयर बजार ११०० देखि १४०० सयको बीचमा धेरै कारोबार भएको छ। साथै हरेक कम्पनीको शेयर मूल्य पनि बढ्दो क्रममा छ। बजारबाट उचित फाइदा लिने ट्रेडरका कारण दोस्रो बजारमा कारोबार रकम पनि तीन देखि चार अर्बको बीचमा भइरहेकाे छ। गएका वर्षमा अधिकांश समय औसत ३० करोड रूपैयाँको बीचमा शेयर कारोबार भइरहेको थियो। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीको विकास गरेसँगै दोस्रो बजारमा हुने कारोबार रकमको नयाँ रेकर्ड बन्ने क्रम जारी छ। 
 

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
प्रचण्ड आजै रुकुमपूर्व जाने सोमबार, माघ ५, २०८२
सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार सोमबार, माघ ५, २०८२
लहान पुगेर बालेनले गरे मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण सोमबार, माघ ५, २०८२
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा सोमबार, माघ ५, २०८२
नेपाल प्रहरीका ४८ एसपीको सरुवा (नामावलीसहित) सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्