• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोभिडविरूद्ध बन्ने क्रममा छन् यी ८ भ्याक्सिन

64x64
नेपाल लाइभ शनिबार, असोज ३, २०७७  १८:४४
1140x725

विश्वभर करिब १ सय ५० भन्दा बढी कोभिड-१९ विरूद्धका भ्याक्सिनहरू निर्माणका क्रममा परीक्षणमा छन्। यिनीहरूसँग मानिसहरूले आशसमेत गरेका छन्। यसलाई सफल बनाउनका लागि धेरै कसरतहरू भइरहेका छन्। अमेरिकाको अपरेसन वार्प स्पीड इनिसियटिभले सन् २०२१ को जनवरीसम्ममा ३ करोड प्रभावकारी तथा सुरक्षित भ्याक्सिन निर्माण गर्नका लागि १० अर्ब अमेरिकी डलर सहयोग गरिसकेको छ।

विश्व स्वास्थ्य संगठनले पनि सन् २०२१ को अन्त्यसम्ममा २ अर्ब भ्याक्सिन निर्माणका लागि विश्वभर चलिरहेका विभिन्न परीक्षणलाई सहयोग तथा सञ्चालन गरिरहेको छ। 

अहिले विश्वमा चलिरहेका कतिपय भ्याक्सिनहरू कोभिडको-१९ जिनेटिक म्याटेरिललाई मध्यनजर गर्दै निर्माण भइरहेका छन्, जसले गर्दा हाम्रो शरीरभित्र रहेका कोषिकाहरूले कोरोना भाइरसविरूद्ध लड्नका लागि आवश्यक प्रोटिन उत्पादन गर्छन् जसले गर्दा शरीरको इम्युन प्रणाली बलियो हुन्छ र यसबाट सजिलै छुटकारा पाउन सकिन्छ।

साधारणतया भ्याक्सिन निर्माण भएर बजारमा आउन १० देखि १५ वर्ष लाग्छ। सन् १९६० मा अहिलेसम्मकै सबैभन्दा छिटो समयमा निर्माण भएको मुम्सको भ्याक्सिन बजारमा पुग्नका लागि ४ वर्ष लागेको थियो।

भ्याक्सिन निर्माण गर्ने क्रममा विभिन्न चरणहरू पार गर्दै जानुपर्ने हुन्छ। सुरूमा भ्याक्सिनको परीक्षण गर्दा थोरै मानिसमाथि प्रयोग गरिन्छ। 

यदि त्यस्ता परीक्षण सफल भए र सुरक्षित तथा प्रभावकारी सावित भए भने दोस्रो चरणमा परीक्षण गर्नुपर्ने मानिसहरूको संख्या पनि बढाउँदै लागिन्छ, जसमध्ये केही संक्रमित र केही स्वस्थ व्यक्तिमाथि प्रयोग गर्ने गरिन्छ।

तेस्रो चरणमा हजारौं मानिस माथि भ्याक्सिनको परीक्षण गर्ने गरिन्छ। त्यस्तोबेलामा छुट्टाछुट्टै उमेर समूहका मानिसमा समेत परीक्षण गर्ने भएकाले उमेर नै पिच्छे फरक प्रभाव परिरहेको हुन्छ। यस्तो बेलामा परीक्षण गरिएका मानिसहरूको दीर्घरोगदेखि लिएर विभिन्न शारीरिक, मानसिक समस्याले पनि प्रभाव पारिरहेको हुन्छ। त्यसपछि मात्र आधिकारिक निकायमा भ्याक्सिन पठाइन्छ। त्यसैले पनि यो प्रक्रिया एकदमै लामो हुने गर्छ।

भ्याक्सिन निर्माण भइसकेपछि पनि यसको वितरणलाई लिएर केही समस्याहरू निम्तन सक्ने हुन्छ। सुरूमा कस्ता प्रकारका बिरामीका लागि यस्तो भ्याक्सिनको प्रयोग गर्न दिने र कति मूल्यमा वितरण गर्ने भन्ने विषयमा पनि विभिन्न समस्या निम्तन सक्ने विज्ञहरू बताउँछन्। यसपछिको चरणलाई भ्याक्सिनको चौथो चरण पनि भन्ने गरिन्छ, जसमा नियमित रूपमा प्रयोग भइरहेको भ्याक्सिनबाट उत्पन्न हुने साइड इफेक्टलाई मध्यनजर गर्ने गरिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले विश्वभरिबाट थुप्रै कम्पनीहरूले भ्याक्सिन बनाउनका लागि प्रयत्न गरिरहेका छन्। कसले सफलता पाउने हो भन्ने विषयमा अहिले नै भन्न मुश्किल छ। अहिलेसम्म तेस्रो चरणमा पुगेका भ्याक्सिनको विवरण यसप्रकार छ:

मोडेर्ना थेराप्युटिक्स
नाम : एमआरएनए-१२७३
कम्पनी : म्यासाचुसट्समा अवस्थित बायोटेक कम्पनी
-नेसनल इन्स्टिच्युट्स अफ हेल्थको समन्वयमा निर्माण हुन लागेको।

यो भ्याक्सिनले कसरी काम गर्छ?
एमआरएनएको सन्दर्भमा यो भ्याक्सिनले शरीरभित्र मानव कोषिकामा रहेका भाइरसको जिनेटिक मटेरियल्सको स-साना कणलाई प्रभाव पार्छ। शरीरमा यसले भाइरल प्रोटिनको उत्पादन गर्ने भएकाले कोरोना भाइरसको नक्कल गरेर इम्युन सिस्टमलाई भाइरसलाई पहिचान गर्न सहयोग पुर्‍याउँछ। यस्तो प्रकारको प्रविधि अहिलेसम्म कुनै पनि रोगको उपचारका लागि प्रयोग गरिएको छैन। यदि यो सफल भयो भने विश्वकै पहिलो एमआरएनए भ्याक्सिन सावित हुनेछ। (एमआरएनए भ्यनक्सिनले कसरी काम गर्छ?)

फाइजर
नाम : बिएनटी १६२बी२ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कम्पनी : अमेरिकाको न्यूयोर्कमा अवस्थित यो कम्पनी विश्वको सबैभन्दा ठूला फर्मास्युटिकल कम्पनीमध्येको एक कम्पनी हो। यसले जर्मन बायोटेक कम्पनी बायोएनटेकसँगको समन्वयमा काम गरिरहेको छ।

यो भ्याक्सिनले कसरी काम गर्छ?
फाइजर र बायोएनटेकले पनि मोडेर्नाको जस्तै एआरएनए भ्याक्सिन निर्माणका लागि काम गरिरहेका छन्। जर्मन कम्पनीले भरखरैमात्र क्यान्सर भ्याक्सिनका लागि गरेको यस्तो प्रकारको भ्याक्सिनमा आधारित भएर उनीहरूले निर्माणको काम गरिरहेका छन्। फाइजरले अमेरिकी सरकारसँग सन् २०२० को डिसेम्बरसम्ममा १० करोड डोज भ्याक्सिनका लागि करीब २ अर्ब अमेरिकी डलरको सम्झौता गरेको छ।

यूनिभर्सिटी अफ अक्सफोर्ड
नाम : चाडोक्स१ एनकोभ-१९

कम्पनी : बेलायतमा अवस्थित विश्वविद्यालय। यूनिभर्सिटी अफ अक्सफोर्डले बायोफर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकासँगको समन्वयमा भ्याक्सिन निर्माण गरिरहेको छ।

यो भ्याक्सिनले कसरी काम गर्छ? 
यूनिभर्सिटी अफ अक्सफोर्डले निर्माण गरिहेको भ्याक्सिनलाई भाइरल भेक्टर भ्याक्सिनका रूपमा पनि बुझिएको छ। यो भ्याक्सिनले मानव शरीरभित्र इस्पाइक प्रोटिनले इम्युन सिस्टम बलियो बनाउन सहयोग गर्नेक किसिमको हुन्छ। एस्ट्राजेनेका र अक्सफोर्डले सो भ्याक्सिनको अर्बौं डोज निर्माण गर्ने सहमति गरिसकेका छन्।

सिनोभ्याक
नाम : कोरोना भ्याक

कम्पनी : यो चिनियाँ बायोफर्मास्युटिकल कम्पनी हो। यसले ब्राजिलियन रिसर्च सेन्टर बुटन्टनसँगको समन्वयमा कोभिडविरूद्धको भ्याक्सिन निर्माण गरिरहेको छ।

यो भ्याक्सिनले कसरी काम गर्छ?
यो कोरोनाभ्याक इनयाक्टिभेटेड भ्याक्सिन हो। अर्थात् यसको प्रयोग संक्रमित नभएका व्यक्तिमा गरिन्छ। जब इनयाक्टिभेटेड प्याथोजेन्सले कुनै पनि रोगहरू उत्पादन गर्न सक्दैनन्। त्यसका साथै यसले अन्नुअल इन्फ्लुएन्जा भ्याक्सिनजस्तै इम्युन रेसपोन्सलाई पनि सक्रिय राख्न मद्दत गरिरहेको हुन्छ। गत जुलाई ३ मा ब्राजिल रेगुलेटोरी एजेन्सीले यो भ्याक्सिनलाई तेस्रो चरणमा परीक्षण गर्न अनुमति दिएको थियो।

सिनोफार्म
नाम : नोन
कम्पनी : यो चिनियाँ स्टेट-रन फर्मास्युटिकल कम्पनी हो। 

यो भ्याक्सिनले कसरी काम गर्छ?
सिनोफार्मले पनि सिनोभ्याकले जस्तै इनयाक्टिभेटेड सार्स-कोभ-२ भ्याक्सिन निर्माण गरिरहेको छ। सन् २०२० को अन्त्यसम्ममा तेस्रो चरणको परीक्षण सकिने र सार्वजनिक रूपमा वितरण गरिने कम्पनीले जनाएको छ। यो भ्याक्सिनको प्रारम्भिक चरणमा र्‍यान्डम परीक्षण गरिएको समाचार जामा नेटवर्कमा प्रकाशित गरिएको थियो।

त्यो चरणमा परीक्षण गरिएका सबैमा इम्युन सिस्टममा सकारात्मक सुधार आएको थियो। अहिलेसम्म यो भ्याक्सिनले कुनैपनि दीर्घकालीन असर देखाएको छैन।

मुर्दोख चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युट
नाम : ब्यासिलस कालमिट-ग्वेरिन ब्रेस ट्रायल (बिसिजी)

कम्पनी : यो अस्ट्रेलियाको सबैभन्दा ठूलो चाइल्ड हेल्थ रिसर्च इन्स्टिच्युट हो। अहिले यो कम्पनीले युनिभर्सिटी अफ मेलबर्नसँगको समन्वयमा भ्याक्सिनको निर्माण गरिरहेको छ।

यो भ्याक्सिनले कसरी काम गर्छ?
करीब सय वर्षअघि ट्युबरक्युलोसिसबाट सुरक्षित राख्नका लागि बिसिजी भ्याक्सिनको निर्माण गरिएको थियो। पछिल्ला वर्षहरूमा यो भ्याक्सिनले मानव शरीरमा इम्युन सिस्टमलाई बढाउने  र अन्य रोगसँग लड्न सक्ने क्षमतामा विकास गर्ने अनुसन्धानबाट पुष्टी भएको छ। अनुसन्धाताहरूले यो भ्याक्सिनले सार्स-कोभ-२ विरूद्ध समेत काम गर्नसक्ने भनी अनुसन्धान सुरू गरेका छन्। अस्ट्रेलियामा यो भ्याक्सिनको तेस्रो परीक्षण सुरू भएको छ। तर विश्व स्वास्थ्य संगठनले भने बिसिजी भ्याक्सिनले  कोरोना भाइरसको संक्रमणबाट मानिसलाई सुरक्षित बनाउने विषयमा अहिलेसम्म कुनै प्रमाण नभेटिएको जनाएको छ।

क्यानसिनो बायोलोजिक्स
नाम : एडि-एनकोभ

कम्पनी : चिनिया बायोफर्मास्युटिकल कम्पनी

यो भ्याक्सिनले कसरी काम गर्छ?
क्यानसिनोले पनि भाइरल भेक्टर भ्याक्सिनको निर्माण गरिरहेको छ। एडेनोभाइरसको कमजोर भर्सनलाई प्रयोग गरी सार्स-कोभ-२ पहिचान गर्नका लागि यसले स्पाइक प्रोटिन शरीरमा पठाउने काम गर्दछ। यसको परीक्षणको दोस्रो चरणको प्रारम्भिक नतिजा दी लान्सेटमा प्रकाशित भएको थियो। लनसेटमा प्रकाशित उक्त नतिजाअनुसार परीक्षण गरिएका धेरैजसो व्यक्तिमा यो भ्याक्सिनले महत्वपूर्ण र आधारभूल इम्युन निर्माण गरेको थियो। त्यसअनुसार यसले अहिलेसम्म कुनै प्रकारको साइड इफेक्ट नदेखाएको उल्लेख गरिएको थियो। चिनियाँ सरकारले भने यो भ्याक्सिन सेनाहरूले मात्र प्रयोग गर्न पाउने बताएको छ। क्यानसिनो मानिसमा भ्याक्सिनको प्रयोग गर्न पाउने अधिकार पाएको विश्वको पहिलो कम्पनी पनि हो।

दी गामालेया नेसनल सेन्टर अफ इपिटेमोलोजी एन्ड माइक्रोबायोलोजी
नाम : स्पुतनिक भी

कम्पनी : रसियन रिसर्च इन्स्टिट्युसन। अहिले स्टेट-रन रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँगको समन्वयमा भ्याक्सिन निर्माण गरेको।

यो भ्याक्सिनले कसरी काम गर्छ?
गमालेयाले पनि एडेनोभाइरसको कमजोर भर्सनको प्रयोगबाट भाइरल भेक्टर भ्याक्सिनको निर्माण गरेको छ। यसले पनि शरीरमा स्पाइक प्रोटिन सप्लाई गर्छ। यसले एडेनोभाइरसलाई दुई भागमा विभाजन गरेर प्रयोग गरेको छ। रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पहिलोपटक यो भ्याक्सिन प्रयोग गरेको २१ दिनपछि दोस्रो पटक त्यही भ्याक्सिनको प्रयोग गर्नुपर्दछ। तर अहिलेसम्म रूसले यसको क्लिनिकल डेटा भने प्रकाशित गरेको छैन। कुनै पनि आधिकारिक प्रमाणबिना नै रूसले यो भ्याक्सिन विश्वभर प्रयोग गर्न सकिने दाबी गर्नुका साथै कोभिड-१९ विरूद्धको भ्याक्सिनमध्ये सबैभन्दा पहिला बजारमा पुगेको आधिकारिक भ्याक्सिन भएको दाबीसमेत गरिरहेको छ। तर विश्व स्वास्थ्य संगठनले भने यो कम्पनीको प्रारम्भिक चरणको क्लिनिकल ट्रायललाई आफ्नो लिस्टमा समावेश गराएको छ। विभिन्न अनुसन्धाताहरूले पनि यो भ्याक्सिनले मानव शरीमा बलियो एन्टिबडी र सेलुलर इम्युन रेस्पोन्स दिने बताएका छन्।

(नेसनल जियोग्राफिकबाट प्रदीप खद्योतद्वारा अनुवादित।)

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्