• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कानुनको गलत व्याख्या गरी अयोग्यलाई राजस्व बोर्ड अध्यक्षमा नियुक्ति

64x64
सविन मिश्र बिहीबार, असोज १, २०७७  १४:३२
1140x725

काठमाडौं- सरकारले कानुनको अपव्याख्या गरी पूर्वसचिव महेश दाहाललाई राजस्व परामर्श विकास समिति (राजस्व बोर्ड)को अध्यक्ष नियुक्त गरेको छ। कानुनको गलत व्याख्या गरेर योग्यता नपुगेका व्यक्तिलाई राजस्व बोर्डमा नियुक्ति दिएको पाइएको हो।

झापाका दाहाललाई अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको भदौ १ गतेको बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवबाट अवकाशप्राप्त दाहाललाई सेवा निवृत्त भएको ६ महिना पनि नपुग्दै नियुक्ति दिइएको थियो। 

नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ अनुसार विद्यावारिधि गरी राजस्व सम्बन्धी क्षेत्रमा ५ वर्ष काम गरेको हुनुपर्ने वा स्नातकोत्तर तथा चार्टर्ड एकाउन्टेन्ट गरी १० वर्ष काम गरेको अनुभव भएका व्यक्ति मात्रै नियुक्तिका लागि योग्य हुन्छन्। यही प्रावधानअनुसार अध्यक्ष र सदस्यका लागि विज्ञापन गरिएको थियो। 

तर दाहाललाई नजिकबाट चिन्ने प्रशासकहरूका अनुसार उनले प्रत्यक्ष राजस्वका क्षेत्रमा जम्मा ३ वर्ष मात्र काम गरेका छन्। उनले स्नातकोत्तर गरे पनि राजस्वमा प्रत्यक्षरूपमा ५ वर्ष काम गरेका छैनन्।

दाहाल अर्थ मन्त्रालयअन्तर्गतको राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक र महानिर्देशक भएका थिए। त्यसैगरी अर्थ मन्त्रालयको राजस्व परामर्श महाशाखामा ४ महिना काम गरेका छन्। त्यतिबेला नै उनले राजस्व परामर्श समिति बसेर पनि काम गरेका थिए। उनी केही समय सह-महालेखानियन्त्रक पनि भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

'हामीले उहाँलाई बुझेअनुसार जम्माजम्मी ३ वर्ष राजस्वमा काम गर्नुभएको छ। उहाँले स्थानीय विकास मन्त्रालयअन्तर्गत रही स्थानीय विकास अधिकारीको रूपमा काम गर्दा अप्रत्यक्ष राजस्वको हिसाब गर्नुभयो होला,' अर्थ मन्त्रालयका एक अधिकारीले भने, 'त्यसबाहेक प्रत्यक्ष राजस्वमा उहाँको अनुभव ३ वर्षभन्दा धेरै छैन, १० वर्ष पुग्दै पुग्दैन।' 

दाहाल स्थानीय विकास मन्त्रालयका क्याडर कर्मचारी हुन्। उनले त्यहाँ बस्दा विभिन्न भूमिकामा काम गरेका छन्। उनी आफैँले पनि ५ वर्ष यस्तो भूमिकामा काम गरेको बताए। 'मैले स्थानीय निकायका राजस्व नीति, करका दर विषमा काम गरेको छु,' दाहालले भने, 'म आफैँले धेरै बोल्नेभन्दा पनि नियुक्त गर्ने अर्थ मन्त्रालयलाई नै यसबारेमा सोध्नुभयो भने राम्रो हुन्छ।' 

अर्थ मन्त्रालयले राजस्व बोर्डको अध्यक्ष नियुक्तिका लागि दुईपटक सार्वजनिक सूचना आह्वान गरेको थियो। पहिलोपटक अध्यक्षका लागि कसैले पनि आवेदन दिएका थिएनन् भने दोस्रोपटक दाहालले मात्रै आवेदन दिएका थिए। 

Xtrem
Xtrem

अर्थ मन्त्रालयले राजस्व सचिव रामशरण पुडासैनीको संयोजकत्वमा तीन सदस्सीय छनौट समिति गठन गरेको थियो। समितिमा पूर्वसचिव सूर्य आचार्य र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य थिए। समितिले गरेको सिफारिसअनुसार तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाको सिफारिसमा दाहाल अध्यक्ष नियुक्त भएका थिए। 

'राजस्व संकलन, राजस्व नीति तर्जुमालगायतका काममा उहाँले १० वर्षको अनुभव पुग्ने गरी काम गर्नुभएको छैन। राजस्व भनेपछि त भन्सार आन्तरिक राजस्व बुझिनुपर्ने हो। तर उहाँले त्यसमा काम गर्नुभएन,' स्रोतले भन्यो, 'स्थानीय विकास मन्त्रालयको अनुभवलाई मान्ने हो भने भोलि वन सचिवलाई यहाँ किन नल्याउने? उसले पनि वनको रोयल्टी संकलनमा काम गरेको हुन्छ!'

सरकारले विशिष्ट श्रेणी को कर्मचारी (सचिव) सरह सुविधा दिएर बोर्डमा अध्यक्ष नियुक्त गरेको छ। सदस्यलाई राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) सरहको सुविधा दिने भनिएको छ। तीन सदस्सीय बोर्डमा दाहालसँगै सदस्य निर्मलहरि अधिकारी नियुक्त भएका छन् भने अर्का एक सदस्य रिक्त छ। 

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १४:३२
  • #महेश-दाहाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्