• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कानुनको गलत व्याख्या गरी अयोग्यलाई राजस्व बोर्ड अध्यक्षमा नियुक्ति

64x64
सविन मिश्र बिहीबार, असोज १, २०७७  १४:३२
1140x725

काठमाडौं- सरकारले कानुनको अपव्याख्या गरी पूर्वसचिव महेश दाहाललाई राजस्व परामर्श विकास समिति (राजस्व बोर्ड)को अध्यक्ष नियुक्त गरेको छ। कानुनको गलत व्याख्या गरेर योग्यता नपुगेका व्यक्तिलाई राजस्व बोर्डमा नियुक्ति दिएको पाइएको हो।

झापाका दाहाललाई अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको भदौ १ गतेको बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवबाट अवकाशप्राप्त दाहाललाई सेवा निवृत्त भएको ६ महिना पनि नपुग्दै नियुक्ति दिइएको थियो। 

नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ अनुसार विद्यावारिधि गरी राजस्व सम्बन्धी क्षेत्रमा ५ वर्ष काम गरेको हुनुपर्ने वा स्नातकोत्तर तथा चार्टर्ड एकाउन्टेन्ट गरी १० वर्ष काम गरेको अनुभव भएका व्यक्ति मात्रै नियुक्तिका लागि योग्य हुन्छन्। यही प्रावधानअनुसार अध्यक्ष र सदस्यका लागि विज्ञापन गरिएको थियो। 

तर दाहाललाई नजिकबाट चिन्ने प्रशासकहरूका अनुसार उनले प्रत्यक्ष राजस्वका क्षेत्रमा जम्मा ३ वर्ष मात्र काम गरेका छन्। उनले स्नातकोत्तर गरे पनि राजस्वमा प्रत्यक्षरूपमा ५ वर्ष काम गरेका छैनन्।

दाहाल अर्थ मन्त्रालयअन्तर्गतको राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक र महानिर्देशक भएका थिए। त्यसैगरी अर्थ मन्त्रालयको राजस्व परामर्श महाशाखामा ४ महिना काम गरेका छन्। त्यतिबेला नै उनले राजस्व परामर्श समिति बसेर पनि काम गरेका थिए। उनी केही समय सह-महालेखानियन्त्रक पनि भएका थिए। 

Ncell 2
Ncell 2

'हामीले उहाँलाई बुझेअनुसार जम्माजम्मी ३ वर्ष राजस्वमा काम गर्नुभएको छ। उहाँले स्थानीय विकास मन्त्रालयअन्तर्गत रही स्थानीय विकास अधिकारीको रूपमा काम गर्दा अप्रत्यक्ष राजस्वको हिसाब गर्नुभयो होला,' अर्थ मन्त्रालयका एक अधिकारीले भने, 'त्यसबाहेक प्रत्यक्ष राजस्वमा उहाँको अनुभव ३ वर्षभन्दा धेरै छैन, १० वर्ष पुग्दै पुग्दैन।' 

दाहाल स्थानीय विकास मन्त्रालयका क्याडर कर्मचारी हुन्। उनले त्यहाँ बस्दा विभिन्न भूमिकामा काम गरेका छन्। उनी आफैँले पनि ५ वर्ष यस्तो भूमिकामा काम गरेको बताए। 'मैले स्थानीय निकायका राजस्व नीति, करका दर विषमा काम गरेको छु,' दाहालले भने, 'म आफैँले धेरै बोल्नेभन्दा पनि नियुक्त गर्ने अर्थ मन्त्रालयलाई नै यसबारेमा सोध्नुभयो भने राम्रो हुन्छ।' 

अर्थ मन्त्रालयले राजस्व बोर्डको अध्यक्ष नियुक्तिका लागि दुईपटक सार्वजनिक सूचना आह्वान गरेको थियो। पहिलोपटक अध्यक्षका लागि कसैले पनि आवेदन दिएका थिएनन् भने दोस्रोपटक दाहालले मात्रै आवेदन दिएका थिए। 

अर्थ मन्त्रालयले राजस्व सचिव रामशरण पुडासैनीको संयोजकत्वमा तीन सदस्सीय छनौट समिति गठन गरेको थियो। समितिमा पूर्वसचिव सूर्य आचार्य र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य थिए। समितिले गरेको सिफारिसअनुसार तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाको सिफारिसमा दाहाल अध्यक्ष नियुक्त भएका थिए। 

'राजस्व संकलन, राजस्व नीति तर्जुमालगायतका काममा उहाँले १० वर्षको अनुभव पुग्ने गरी काम गर्नुभएको छैन। राजस्व भनेपछि त भन्सार आन्तरिक राजस्व बुझिनुपर्ने हो। तर उहाँले त्यसमा काम गर्नुभएन,' स्रोतले भन्यो, 'स्थानीय विकास मन्त्रालयको अनुभवलाई मान्ने हो भने भोलि वन सचिवलाई यहाँ किन नल्याउने? उसले पनि वनको रोयल्टी संकलनमा काम गरेको हुन्छ!'

सरकारले विशिष्ट श्रेणी को कर्मचारी (सचिव) सरह सुविधा दिएर बोर्डमा अध्यक्ष नियुक्त गरेको छ। सदस्यलाई राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) सरहको सुविधा दिने भनिएको छ। तीन सदस्सीय बोर्डमा दाहालसँगै सदस्य निर्मलहरि अधिकारी नियुक्त भएका छन् भने अर्का एक सदस्य रिक्त छ। 

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १४:३२
  • #महेश-दाहाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड आइतबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ३ सय रुप... मंगलबार, माघ १३, २०८२
नेपाली रुपैयाँ निरन्तर कमजोर यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । मंगलबार, माघ १३, २०८२
नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकिङ पहुँच देशका सबै कुनाकापचासम्म... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरणमा प्राविधिक परीक्षण र थप प्रमाण संकलन गर्न निर्देशन मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्