• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना संकटमै यसरी हुन सक्छ महाधिवेशन

64x64
गगन थापा बिहीबार, असोज १, २०७७  ०७:१०
1140x725

नेपाली कांग्रेस १४औं महाधिवेशनको चरणमा छ। महाधिवेशन भनेको नयाँ पार्टी बनाएको वा शून्यबाट सुरु गरिने प्रक्रिया होइन। निरन्तरता भन्नासाथ अघिल्ला महाधिवेशनको शृंखलासँग पनि जोडिन्छ। पार्टी स्थापना भई यहाँसम्म आउँदा केही कुरामा निरन्तरता हुने भयो, केही कुरा भने एउटा अधिवेशनदेखि अर्को अधिवेशनसम्म पुग्दा बदलिएर जान्छ।

राष्ट्रियता,समाजवाद र लोकतन्त्रको आदर्श एवं सिद्धान्त अनुरुप हामीले केही माध्यम भनेका छौं। कुनै बेला हामीले संसदीय व्यवस्था राजतन्त्रको माध्यमबाट भन्थ्यौं। हाल, लोकतान्त्रिक संघीय गणतन्त्रमार्फत् 'समाजको परिवर्तन गर्छौं, गतिशील समाज बनाउँछौं' भन्छौं। दृश्य बदलिएको छैन, माध्यम बदलिन सक्छ। माध्यम बदल्ने काम पनि अधिवेशनबाट गरिन्छ।

२०१२ सालबाट कांग्रेसले देखेको बाटो प्रजातान्त्रिक समाजवाद हो। १२औं महाधिवेशनबाट राजतन्त्र छोड्ने निर्णय गर्‍यौं। अधिवेशनबाट कतिपय कुराहरु छोड्ने ठाउँ पनि हुन्छ। केही कुरा आफूलाई ‘रि-असर्ट’ गर्ने कुरा पनि हो। हामीसँग सिद्धान्तले दिएको चश्मा हुन्छ। त्यसबाट हामीले संसार समाजलाई हेर्छौं। लोकतन्त्र समाजवाद हेर्ने चश्मा त्यही भएपनि त्यसको दृष्टिमा फरक फरक हुनसक्छ।

महाधिवेशनले कार्यदिशा पनि तय गर्छ। महाधिवेशनको दोश्रो महत्वपूर्ण कार्य नेतृत्व चयन गर्नु हो। 

यसपटकको महाधिवेशनमा संसारभरि आएको नयाँ ‘ट्रेन्ड’ हेर्नुपर्नेछ। पहिले पहिले सैनिक विद्रोहबाट लोकतन्त्र खतरामा पर्ने स्थिति थियो। लोकतन्त्रको सबैभन्दा बढी सरल पक्ष आवधिक निर्वाचन हो। आवधिक निर्वाचनबाटै अधिनायकहरू आएर सत्ता कब्जा गर्ने ट्रेन्ड छ। यो ट्रेन्डलाई कांग्रेसले कसरी लिने? लोकतन्त्र पहिले पहिले ‘लेफ्ट ब्लक’बाट खतरा भएको ठाउँमा अहिले सबैभन्दा बढी ‘राइट ब्लक’बाट खतरा छ। नेपालको सन्दर्भमा कम्युनिस्ट सत्तामा दुवै कुरा एकै ठाउँमा मिसिन पुग्यो। यो परिस्थितिलाई कांग्रेसले कसरी हेर्ने? महाधिवेशनमा यिनै महत्वपूर्ण विषयमा छलफल हुनुपर्दछ।

महाधिवेशनले कार्यदिशा पनि तय गर्छ। अधिवेशन आवधिक हुन्छ। फागुनदेखि ४ वर्षपछिको फागुनलाई समयावधि तोकिएको हुन्छ। निर्धारित ४ वर्षको अवधिमा कांग्रेसलाई कुन दिशामा लिएर जाने? महाधिवेशनमा यावत् विषयमा छलफल हुन्छ नै। 

महाधिवेशनको दोश्रो महत्वपूर्ण कार्य नेतृत्व चयन गर्नु हो। टोल, वडादेखि केन्द्रसम्म कार्यकारिणी अधिकारसहितको सभापति चयन गर्छौं। यो महत्वपूर्ण जिम्मेवारी हामीले पूरा गर्नुपर्नेछ। 

आसन्न महाधिवेशनलाई विगतका महाधिवेशनसँग तुलना गरेर मात्रै पुग्दैन। पार्टीभित्र समस्या भएको हामीले मान्नै पर्दछ। पार्टीको केन्द्रीय तहमा विश्वासको ठूलो संकट छ। अधिवेशनको निष्पक्षतामाथि प्रश्न उठेको छ। विश्वासको संकटलाई हल गरेर महाधिवेशन गर्नुपर्नेछ। समस्या विगतमा पनि आएका थिए। विगतमा संवादबाट हल खोजेको विश्वास दिलाउँदै यसपटक पनि समाधान निकाल्ने जानुपर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

महाधिवेशनका लागि व्यवस्थापकीय कार्य गर्नुपर्नेछ। असार २२ मा केन्द्रीय समितिले समयोजित कार्यतालिकासहितको निर्णय सार्वजनिक गरेको थियो। साउन १० सम्म संगठन समायोजन सक्ने कार्यतालिका थियो। कोरोनासँग कार्यतालिकालाई जोडेर हेरियो भने अकर्मण्यतालाई ढाकछोप गरेको हुन्छ। व्यवस्थाकीय कुरामा कतिपय समस्या विगतदेखि नै थियो। त्यसैको निरन्तरता कार्यतालिका कार्यान्वयनमा पनि देखिएको हो। 

पुष ६ बाट तल्लो तहका अधिवेशनको कार्यतालिका छ। अहिलेको परिस्थिति हेर्दा निर्वाचन कार्यतालिका सबै प्रभावित हुने देखिइसकेको छ। कार्यतालिका प्रारम्भदेखि नै प्रभावित भएकाले फागुनमा महाधिवेशन हुने देख्दै देख्दिनँ। फागुनमै अधिवेशन हुनैपर्छ भन्दै रह्यो भने कम्तीमा जेठसम्म हुन्छ कि भन्ने तर्क रहला। फागुनमा हुनै नसक्ने महाधिवेशन हुन्छ/हुन्छ भन्दै गर्दा अरु कार्यतालिका पनि प्रभावित हुन्छ। 

फागुनमा महाधिवेशन नहुने अवस्था भएकाले तत्काल केन्द्रीय समितिको बैठक बसेर कार्यतालिकालाई समायोयन गर्नुपर्छ। वर्तमान टाइमलाइनमा हामी कहाँ कहाँ चुक्यौं, समीक्षा हुनुपर्दछ। नयाँ कार्यतालिका बनाएर मात्रै फेरि पनि हुँदैन, कार्यान्वयनको सुनिश्चितता हुनुपर्दछ। फेरि पनि धकेलिने गरी कार्यतालिका बनाउनु हुँदैन। 

हामीले ५० प्रतिशत क्रियाशील सदस्यता थप्ने निर्णय गर्‍यौं। त्यो ठीक गर्‍यौं। कुनै वडाले त्यसले पनि पुगेन भनी थप सदस्यता माग गर्‍यो भने थप्न सकिने निर्णय पदाधिकारी बैठकबाट भएको छ। यसलाई केन्द्रीय समितिले टुंग्याउनुपर्दछ। 

केही साथीहरुको तर्क भदौंसम्म हामीलाई समय छ भन्ने छ। संवैधानिक संकटकै विषयमा मलाई रत्तिभर पनि चिन्ता लागेको छैन। कागजी कार्य गरेर संवैधानिक संकटलाई पार लगाउने अनेकौं उपाय छन्। संवैधानिक संकट होइन, समयमा महाधिवेशन गर्न सकेनौं भने राजनीतिक संकट आउँछ। हामीसँग महाधिवेशनका लागि थौरै समय छ।

कोरोना संक्रमणको पक्षलाई हल गर्ने हाम्रो हातमा छैन। कोरोना संक्रमण कतातिर जान्छ कसैलाई पनि थाहा छैन। केही दिन अघिको डब्ल्युएचओका निर्देशकको ट्विटले आशावादी बनाएको छ। अबका केही महिनामा कोरोनाको भ्याक्सिन आउनसक्छ भन्ने थियो। आशावादी बनाएपनि संक्रमणको गति/अवस्था कतातिर जान्छ कसैलाई थाहा छैन। भ्याक्सिन बनाउनका लागि संसारकै ध्यान गएको छ। छिटो आउन सक्ने भन्न सकिएला, कसरी आउँछ भन्न सकिन्न। हाम्रो जस्तो देशमा भ्याक्सिन कहिले आउने अर्को जिज्ञासा रहन्छ। अबको कम्तिमा ५/६ महिना मास्क लगाऔं, भीडमा नजाऔं भनिने/गरिने क्रम रहन्छ नै।

कोभिड महामारीसँग जुध्न सरकारले पूर्वतयारी गरेन भनेर  हामी कांगेसले भन्यौं। महामारीको अनुमान नै गरेन भन्यौं। अनुमान नलगाएकै भएकाले तयारी गर्न नसकेको सरकारलाई पटकपटक भनिररह्यौं। पूर्वतयारी नभएकाले क्षति व्यहोर्नु पर्‍यो। यसलाई उल्टाएर कांग्रेसको महाधिवेशनलाई हेरौं। हामीले पूर्व तयारी गरेनौं भने के हुन्छ? कदाचित बैशाखमै महाधिवेशन हुने भयो रे, त्यसको दुई महिना अघि त प्रदेश महाधिवेशन सकिनु पर्दछ। तल्लो तहदेखि केन्द्रसम्म आठ चरणको निर्वाचन हुन्छ। वडा तहदेखि अधिवेशन पुसको ६ मा सुरु हुन्छ। केन्द्रसम्म आइपुग्दा फागुन ७ भेट्छ। 

उदाहरणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ६ को अधिवेशनलाई हेर्‍यौं भने नयाँ क्रियाशील सदस्यतासहित हजार जना हुने रहेछन्। कुनै वडामा कम होला। संख्या यही अनुरुप भेला हुनुपर्दछ। एउटा जिल्लाको अधिवेशनमा करिब २२ सयभन्दा बढी प्रतिनिधि भेला हुनुपर्दछ। काठमाडौं महानगरपालिकाको अधिवेशन गर्न करिब १० हजार संख्या एकस्थानमा जम्मा हुनुपर्दछ। 

कोरोना संक्रमणले एक ठाउँ जम्मा हुने अवस्था भएन भने वैकल्पिक विधि अपनाएर पनि कार्यतालिका अनुसार कार्य गर्नुपर्दछ। व्यक्ति भेला नभई अधिवेशन गर्ने विकल्प ल्याउनुपर्दछ।

अरु सबै कुरा ठिकठाक हुने, कार्यतालिका पनि नयाँ बन्ने भयो भने पनि एउटा कुरा ठिकठाक नहुन सक्छ। हामी एकै स्थानमा जम्मा हुने अवस्था नहुन सक्छ। महाधिवेशन गर्नुपर्नेछ, तर एकै स्थानमा भेला हुन सकिएन भने के गर्ने? सरकारले एकै स्थानमा जम्मा नहुन निर्देशन दिएको समय कांग्रेसको महाधिवेशन कारण भेला हुन्छौं भन्ने अवस्था रहँदैन।

कोरोना संक्रमणले एक ठाउँ जम्मा हुने अवस्था भएन भने वैकल्पिक विधि अपनाएर पनि कार्यतालिका अनुसार कार्य गर्नुपर्दछ। व्यक्ति भेला नभई अधिवेशन गर्ने विकल्प ल्याउनुपर्दछ। कुनै वडामा ५ सय क्रियाशील सदस्य छन् भने फरकफरक बुथ बनाई त्यसैबाट क्षेत्रीय र महाधिवेशन प्रतिनिधि छान्न सकिन्छ। एक क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि त्यसैबाट छानिन्छन्। त्यसै बुथबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिसँगै प्रदेश प्रतिनिधि पनि छानिन्छन्।

प्रदेश अधिवेशनका लागि पनि त्यस अन्तर्गतका जिल्लाको एकै स्थानमा नगरौं। प्रदेश क्षेत्रका लागि सबै जिल्लामा एकै दिन मतदान गर्ने व्यवस्था गर्न सकिन्छ। साथै, महाधिवेशनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र कुल १६५ स्थानमा एकै दिन २५/२५ जना भेला भएर त्यसै स्थानमा मतदान गर्ने व्यवस्था गर्न सकिन्छ। विकल्पमा जिल्लामा सबै भेला हुन पनि सकिएला। कानुन व्यवसायीहरुले गरेजस्तै अधिवेशनलाई विकेन्द्रीकरण गरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ।

महाधिवेशन गर्नका लागि यो विधि प्रयोग गर्न सम्भव छ। निर्वाचन समितिको प्रतिनिधि क्षेत्रीय अधिवेशनमा आउन पर्छ नै। अलिकति काम गर्ने तरिका बदल्ने मात्रै हो। यो विधि अबलम्बन गर्न सकियो भने संकटका बेलामा पनि अधिवेशन गर्न सकेसँगै देशभर उत्साहको सञ्चार पनि गर्छ। र, सरकारलाई पनि कांग्रेसले भन्न सक्छ, संकट छ भनी भाग्न पाइँदैन। कांग्रेसले सरकारलाई भन्ने आधार हामीले गरेको अधिवेशन हुन्छ। ‘हामीले संकटकै बेला अधिवेशन गर्‍यौं’ भन्न सकिन्छ। 

पार्टी भित्र कहीँकहीँ सुनिएको पनि छ, पुरानै महाधिवेशन प्रतिनिधिबाट गरौं। मैले भन्ने गरेको छु, ‘पुरानै महाधिवेशन प्रतिनिधिबाट हुने हो भने त केही पनि नगरौं।’ नयाँ प्रतिनिधि नखोज्ने हो भने परिणाम पनि किन नयाँ खोज्न पर्‍यो? हाम्रै कमजोरीले महाधिवेशन एक वर्ष सरिसकेको छ। समयमा महाधिवेशन गर्न सकेको भए कोरोनाको संकट नै थिएन। गर्नपर्ने समयमा अधिवेशन गरेनौं। क्रियाशील सदस्यता नवीकरण र वितरण गनुपर्ने समयमा गरेनौं। याो हाम्रै कमजोरी हो। हाम्रो कमजोरीको सजाय पार्टीमा नयाँ आउनेलाई बाटो बन्द गरिदिएर हुन सक्दैन। १३औं महाधिवेशनको क्रियाशील सदस्यबाट महाधिवेशन गर्दा कमजोरी अरु माथि थोपरेजस्तै हुन्छ।

थोरै प्रतिनिधिले मात्रै सभापति चुनिने व्यवस्था १५औं अधिवेशनमा अन्त्य गर्न सकिन्छ। हजारौं कांग्रेसका प्रतिनिधिले घर छेउको बुथबाट मतदान गरेर पनि नेतृत्व चयन हुने नजिर त हुन्छ नि। 

राजनीतिक, सांगठनिक प्रतिवेदन एक साताअघि प्रतिनिधिकहाँ पठाएर राय सुझाव लिन पनि सकिन्छ। महाधिवेशन नयाँ विधिबाट गर्न अवश्य सकिन्छ, त्यसका लागि सोंच अहिलेदेखि बनाउनुपर्दछ। वैकल्पिक तरिका अहिले सोच्यौं भने आवश्यक पर्दा गर्न सकिन्छ। 'नर्मल' बाटो नभएको अवस्थामा 'न्यू नर्मल' तरिकाबाट महाधिवेशन सम्पन्न गर्नलाई अहिलेदेखिकै तयारी चाहिन्छ। अहिले तयारी गरेनौं भने फागुनमा पुगेर पनि हात उठाउनुपर्छ। त्यसबेला कोरोना संकट नै देखाएर कागजी काम गरेर म्याद थप्न निर्वाचन आयोग गुहार्नुपर्दछ। त्यस दिशातिर नलागौं।  

(‘के हुन सक्छ, महामारीबीच महाधिवेशन गर्ने तरिका’ विषयमा कांग्रेस पाठशालाले आयोजना गरेको भर्चुअल संवादमा कांग्रेस नेता थापाले राखेको विचारमा आधारित)

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  ०७:१०
  • #कांग्रेस
  • #गगन-थापा
  • #अधिवेशन
  • #कोरोना-महामारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गगन थापा
लेखकबाट थप
जनस्वास्थ्य आपतकाल घोषणा गरियोस्
बन्द कोठामा भएको खासखुसले अदालत प्रभावित नबनोस्
विषय चुनावको होइन‚ संविधानको हो
सम्बन्धित सामग्री
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? सरकारले उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन गरेको दाबी गरिरहेको छ। सामाजिक सञ्जालमा सरकारी सक्रियताका तस्वीर र सूचना पनि आइरह... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्