• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बिमा समितिको अपरिपक्व कदमले कोरोना बिमाको मापदण्ड नै परिवर्तन

64x64
अरुण सापकोटा सोमबार, भदौ २९, २०७७  १७:२३
1140x725

काठमाडौं- बिमा समितिको अपरिपक्व कदमले कोरोना बिमाको पोलिसी नै परिवर्तन गर्नु परेको छ। बिमाको मूल्य मान्यता तथा सिद्धान्त बुझेको नियामक निकाय बिमा समितिले नै विश्वमै नभएको महामारीको बिमा गर्न खोज्दा समस्या आएको हो। विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमणको बिमा गर्न खोज्दा बिमा समिति असफल भएको छ। 

बिमा समितिले वैशाख ४ गते कोरोना बिमा पोलिसी जारी गरेको थियो। जतिबेला सरकारले कोभिड-१९ को संक्रमण तथा रोकथाम गर्ने भन्दै लकडाउन गरेको थियो। लकडाउनकै अवधिमा बिमा समितिले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को बिमा गर्ने र संक्रमित भएको खण्डमा बिमाङ्क रकम बराबरकै दाबी पाउने गरी कोरोना बिमाको मापदण्ड तयार पार्‍यो। जतिबेला कोरोना संक्रमितको संख्या एकदमै न्युन थियो। 

कोभिडको संक्रमणदर धेरै कम रहेको आँकलन गर्दै बिमा समितिले सामाजिक उत्तरदायित्वको दृष्टिकोणबाट यो पोलिसी जारी गर्‍यो। एक लाख रुपैयाँको बिमा गर्न ६ सय रुपैयाँ तिरे पुग्ने र कोरोना पुष्टि भएमा एक लाख रुपैयाँ नै पाउने भएपछि यो पोलिसीमा सर्वसाधारणको अत्यधिक आकर्षण देखियो। 

सर्वसाधारणको आकर्षणको अत्यधिक आकर्षणपछि सरकारले पनि यो पोलिसीलाई बजेटमा समावेश गरिदियो। सम्पुर्ण नेपालीको कोरोना बिमा गर्दा ५० प्रतिशत प्रिमियम सरकारले नै भुक्तानी गरिदिने। त्यस्तै राष्ट्र सेवक कर्मचारी तथा स्वस्थ्यकर्मीको पनि आफैंले बिमा गरिदिन भन्दै बजेट छुट्याइयो। 

सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७७/७८ मा कोरोना बिमाका लागि बजेट छुट्यायो तर जेठ २२ गते बिमा कम्पनीहरुले कोरोना बिमा नगर्ने निर्णय गरे।

सुरुवातमा बिमा समितिले पनि कम्पनीहरुलाई साथ दियो। तर तत्कालीन अर्थमन्त्रीले समितिका अध्यक्ष चिरञ्जीवी चापागाईसहित उच्च तहका कर्मचारी र बीमकहरुलाई बोलाएर पोलिसी जारी राख्न निर्देशन दिए। कोरोना बिमालाई बजेटमा नै समावेश गरिसकिएको भन्दै खतिवडाले आफ्नो बजेट असफल बनाउन खोजेको आरोप लगाए। 

खतिवडाको दबाबमुलक निर्देशनपछि निरीह हुँदै बिमा समितिका अध्यक्षसहित बिमा कम्पनीहरू पोलिसीलाई निरन्तरता दिन बाध्य भए। सुरुमा सस्तो प्रचारका लागि ल्याइएको यो पोलिसी अन्ततः बिमा समिति र बिमा कम्पनीलाई घाडो भयो। न विदेशी पुनर्बिमा कम्पनीले पुनर्बिमा गर्दिन्छन् न नेपाल पुनर्बिमा कम्पनीले पूर्ण रुपमा धान्न सक्छ।

अन्य माइक्रो पोलिसी जारी गरिएको जस्तै गरेर बिमा समितिले पुलमार्फत् चलाउने निर्णय गर्‍यो। मन्त्रालयको दबाबपछि यदि प्रिमियमले दाबी भुक्तानी गर्न सकिएन भने यसै पुलमा एउटा कोष बनाउने र उक्त कोषबाट दाबी तिर्ने निर्णय भयो। उक्त कोषमा निर्जीवन बिमा कम्पनीले एक अर्ब रुपैयाँ, नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब रुपैयाँ, बिमा समितिले एक अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको दैविक विपत्ति कोषबाट ५० करोड रुपैयाँसहित तीन अर्ब ५० करोड रुपैयाँको फण्ड बनाउने सहमतिपछि बिमा कम्पनी पनि यो पोलिसी जारी गर्न राजी भए। 

Ncell 2
Ncell 2
nimb
nimb

कम्पनीहरुले चुक्ता पुँजी भन्दा पनि दायित्व बढि बहन गर्नु पर्यो र यो पोलिसी अन्तर्राष्ट्रिय मान्यता भन्दा बिपरित रहेको भन्दै पोलिसी जारि नगर्न बिमा समितिलाई दवाव दिएका थिए। कोभिड बढ्दैन अलि अलि भए पनि प्रिमियम संकलन हुन्छ भन्ने लोभमा फसेका बिमा कम्पनी अन्तर ठुलै संकटमा पर्ने देखिएपछि तर्किएका हुन्। 

पछिल्लो समय दाबीको संख्या उल्लेख मात्रामा बढ्न थाले पछि बिमा समितिले निजी क्लिनिक तथा स्वस्थ्य संस्थामा गरिएको कोरोना परिक्षणलाई मान्यता नदिने निर्णय गर्‍यो। यो निर्णय पछि चौतर्फी विरोध भयो। सबैतिरबाट विरोध भए पछि मन्त्रालयले समितिलाई बोलाएर पोलिसीलाई नै परिवर्तन गर्न सुझाव दियो। तर पोलिसी बन्द नगर्न मन्त्रालयको दवाव कायम नै छ। 

मन्त्रालयका एक उच्च अधिकारीले भने 'नियामक निकायका उच्च अधिकारी नै बिमाको सिद्धान्त बुझ्दैनन् अनि समस्या आउदैन।' नल्याउनु पोलिसी ल्याइसके पछि पोलिसी नै परिवर्तन गर्न निर्देशन दिइएको उनले जानकारी दिए। मन्त्रालयले बिमा समितिका अध्यक्ष सहित केहि उच्च अधिकारीलाई बोलाए रै पटक पटक झपारिसकेको छ। 

समितिले यसलाई सामान्य रुपमा लिएर पोलिसी निर्माण गर्‍यो। यसको मापदण्ड तयार पार्दा विज्ञहरु राखेर संभावित जोखिमको मूल्याङ्कन गर्न सकेन। कति रुपैयाँसम्मको प्रिमियम लिने भन्ने कुरामा पनि खासै अनुसन्धान गरिएन। हचुवाका भरमा पोलिसी तयार भयो। दाबी प्रकृयाँमा हुन सक्ने बदमासीलाई वास्ता गरिएन। साथै भोलिका दिनमा कम्पनीले तिर्न नसक्दा के गर्ने भन्ने विषयमा अनुसन्धान नै भएन। पोलिसी बनाउन अनुसन्धान हुनुपर्छ। अनुसन्धानपछि यसमा बहस हुनुपर्छ अनि पो यो उपयोगी बन्न सक्छ। 

Xtrem

Xtrem

बिमा समितिका एक अधिकारीका अनुसार यो पोलिसी सुरुमा विपन्न वर्गलाई लक्षित गरेर ल्याइएको थियो। यो पोलिसीको लक्षित वर्ग कृषि तथा पशु बाली बिमाका बीमित जस्तै हुन्छन् भन्ने सोचियो। तर आम मानिसले आफ्नो जोखिम मूल्याङ्कन गर्दै थाहापाए जति सबैले बिमा गरे। 

कम्पनीहरु जति सबैले आफ्ना कर्मचारीको कोरोना बिमा गर्नेदेखि लिएर आम सर्वसाधारणले पनि चासो देखाए। यो मापदण्डमा समिति एक ठाउमा चुक्यो। कोरोना पोजेटिभ हुने बित्तिकै बिमाङ्क बराबरकै पैसा दिने। सरकारले कोरोना परिक्षणका लागि निजी अस्पताललाई पनि अनुमति दिएको छ। तर समितिले दाबी भुक्तानीको निवेदन बढेपछि निजी स्वस्थ्य संस्थामा ‍गरिएको परीक्षणलाई मान्यता नदिने भन्दै निर्णय गर्‍यो। यसले समितिको निर्णयप्रति चर्को विरोध भयो। 

विरोधपछि मन्त्रालयकै पहलमा पोलिसीको मापदण्ड नै परिवर्तन गर्ने निर्णय भयो। पहिला हचुवामा ल्याएको यो पोलिसीलाई स्वस्थ्य बिमाको जस्तै अवधारणामा विकसित गरिएको छ। यसअघि बिमाङ्क बराबरकै पैसा दिने व्यवस्थालाई २५ प्रतिशतमात्रै दिने व्यवस्था गरिएको छ। साथै एक लाखको ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सुविधा पाइनेछ। तर नियामक निकायको अपरिपक्व कदमले यस्तो अवस्था आउनु आफैंमा राम्रो भने होइन।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्