• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

काेराेना कहरमा सार्वजनिक सवारीपछि हवाई भाडा बढाउँदै सरकार

64x64
उत्तम काप्री आइतबार, भदौ २८, २०७७  २०:५३
1140x725

काठमाडौं- सरकारले हवाई भाडा बढाउने तयारी गरेको छ। प्रत्येक २/२ वर्षमा समायोजन हुने हवाई भाडा झन्डै ४ वर्षमा काेरोना महामारीका बीच बढाउने तयारी सरकारले गरेको हो।

प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाको संयोजकत्वमा बनेको हवाई भाडा अध्ययन कार्यदलले दिएको सुझावका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा बढाउने तयारी गरेको छ। मन्त्रालय उच्च स्रोतका अनुसार हवाई भाडा समायोजन गर्ने विषयमा मन्त्रालयमा एक चरण छलफलसमेत भइसकेको छ।

मन्त्री योगेशकुमार भट्टराईसँग भदौ २२ गते मन्त्रालयमा हवाई भाडा समायोजन गर्ने विषयमा छलफल भएको स्रोतको दाबी छ।प्राधिकरणले सरोकारवालासँग भएको छलफलमा स्टोल र ट्रंक रुटका आधारमा हवाई भाडा बढाउने गरी प्रस्ताव पेस गरेको थियो।

‘प्राधिकरणको प्रस्तावसँगै छलफलबाट हवाई भाडा समायोजन गर्ने विषयमा सबै पक्ष सहमत भएका छन्,’ छलफलमा सहभागी एक व्यक्तिले भने, ‘प्राधिकरणले ट्रंकमा १५ देखि २० प्रतिशत र स्टोलमा २५ प्रतिशतसम्म हवाई भाडा (अधिकतम) बढाउने प्रस्ताव भएको छ।’

प्राधिकरणको प्रस्तावमा पुनरावलाेकन गर्न र आवश्यक सबै काम गर्न भन्दै फाइल फिर्ता भएको स्रोतको भनाइ छ। ‘तर, भाडा भने स्वतः बढ्छ। अहिलेको प्रस्तावका केही प्रतिशत भने घट्न  सक्छ,’ स्रोतले भन्यो।

हवाई भाडा आन्तरिक उडान कहिलेबाट सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो। आन्तरिक उडान सुरु नहुँदै हवाई भाडा बढाउने विषय अगाडि बढ्दा विरोध हुने भन्दै पहिले आन्तरिक उडान सुरु गर्ने र त्यसपछि मात्रै हवाई भाडा बढाउने प्रस्तावमा निर्णय गर्ने सहमतिसमेत भएको स्रोतको दाबी छ। ‘दशै, तिहार र छठ अगाडि हवाई भाडा बढ्दैन,' स्रोतले भन्यो, ‘यसपछि भने हवाई भाडा बढ्छ। बढाउनु पर्ने बाध्यता पनि छ र बढनु पनि पर्छ।’

तर, हवाइ भाडा बढ्ने भन्ने बित्तिकै अहिले वायुसेवा कम्पनीले लिँदै आएको अधिकतम भाडामा सबैमा बढ्ने भने होइन। हवाई भाडामा (फेयर भाडा र इन्धन चार्ज) शीर्षक हुन्छ। सरकारले बढाउने भाडा भनेको फेयर भाडा मात्र हो। इन्धन चार्ज भाडामा भने हवाई सेवा प्रदायकहरुको छाता संगठनले इन्धनको मूल्य तलमाथि हुने बित्तिकै समायोजन गर्दै आउने गरेका छन्। सरकारले २०७३ सालमा समायोजन गरको हवाई भाडामा अब ट्रंकमा १५ देखि २० प्रतिशत र स्टोलमा २५ प्रतिशतसम्म बढाउने तयारी गरेको हो।

उदाहरणका लागि २०७३ सालमा हवाई भाडा समायोजन हुँदा विराटनगरको हवाई फेयर अधिकतम ४ हजार ९ सय ३४ रुपैयाँ थियो। अब यही भाडामा सरकारले १५ देखि २० प्रतिशत बढाउने तयारी गरेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

इन्धनको मूल्य समायोजन गर्न निगमलाई आग्रह गर्ने
साथै २२ गते नै मन्त्रालयमा भएको छलफलमा हवाई इन्धनको मूल्य पनि समायोजन गर्नका लागि नेपाल आयल निगमलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले हवाई इन्धनको मूल्य विश्व बजारमा भन्दा नेपालमा बढी भएकै कारण हवाई भाडा बढी भएको भन्दै इन्धनको मूल्य समायोजन गर्न आग्रह गर्ने निर्णय गरेको छ।

उक्त छलफलकै आधारमा हवाई इन्धनको मूल्य घटाउन आग्रह गर्ने प्रस्ताव  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाउने तयारी भएको मन्त्रालयले जनाकारी दिएको छ।

तर, नेपाल आयल निगमले भने आन्तरिक उडानका लागि तय भएको हवाई इन्धनको मूल्यमा कुनै फरक नरहेको र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा केही बढी भएको स्वीकार गर्दै आएको छ। यसअघि अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकेएल (किलोलिटर) ५० डलर मूल्य घटाउँदा पनि अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले भाडा नघटाएको भन्दै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य तत्काल नघटाउने बताउँदै आएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लकडाउन अगाडि नेपाललाइभले हवाई इन्धनको मूल्य किन नेपालमा बढी भएको हो? विश्व बजारको तुलनामा मूल्य समायोजन हुन सक्छ? भनेर प्रश्न गर्दा नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले अन्तर्राष्ट्रिय उडानका लागि निगमले बेच्दै आएको हवाई इन्धनको मूल्य तत्काल घटाउन नसक्ने बताएका थिए।

‘हामीले प्रतिकेएल ५० डलर मूल्य घटाउँदा समेत हवाई भाडामा कुनै परिर्वतन आएन,’ पौडेलले भनेका थिए, ‘इन्धनको मूल्य घट्दा हवाई भाडा घटने आधार सुनिश्चित नहुँदासम्म अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनको मूल्य घट्दैन।’

हवाई इन्धनबाट आउने फाइदाबाट नै सरकारले खाना पकाउने ग्यासको मूल्य कम गरेर जनातालाई राहत दिँदै आएको उनको तर्क थियो। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाउँदै त्यसको प्रत्यक्ष प्रभाव नेपाली उपभोक्तालाई नै पर्ने पौडेलको भनाइ छ।

नेपाल आयल निगमले अहिले आन्तरिक उडानको लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ६२ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई उडानको हवाई इन्धनको मूल्य प्रतिकेयल ८ सय ६८ डलर बिक्री गरिरहेको छ। यसरी बेच्दा निगमलाई अहिले अन्तरिक हवाई इन्धनको बिक्रीमा प्रतिलिटर १० रुपैयाँ ४६ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ४५.३९ रुपैयाँ फाइदा लिँदै आएको छ।

पाँच गन्तव्यमा मात्रै डलर फेयर
सरकारले नेपालका ५ पर्यटकीय गन्तव्यबाहेक अन्य गन्तव्यको डलर फेयर (विदेशी नागरिकसँग लिने हवााई भाडा) हटाउने तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ वटा गन्तव्यबाहेक अन्य गन्तव्यको डलर फेयर घटाएर नेपाली नागरिक सरह हवाई भाडा लागू गर्ने तयारी गरेको हो।

डलर फेयरका भाडा हटाउने निर्णय मन्त्रीस्तरीय बैठकबाट गर्न सकिने भएपनि विरोध हुन सक्ने भएकाले मन्त्रिपरिषदबाट गर्ने तयारी गरिएको छ।मन्त्रिपरिषदबाट निर्णय गराउँदा विरोध हुने संभावना कम भएकाले  मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पठाउन लागिएको मन्त्रालयको उच्च स्रोतले नेपाल लाइभसँग बताएको छ।

प्राधिकरणले पर्यटकीय गन्तव्यहरू कास्कीको पोखरा विमानस्थल, चितवनको भरतपुर विमानस्थल, सोलुखुम्बुको लुक्ला विमानस्थल, मुस्ताङको जोमसोम विमानस्थल र माउन्टेन उडानमा तत्काल डलर फेयर नहटाउने र अन्य सबै गन्तव्यको डलर फेयर हटाउनुपर्ने सिफारिस अध्ययन कार्यदलले गरेपछि सोही अनुसार व्यवस्था गर्न लागिएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि योगेश भट्टराईले विदेशी र नेपालीबीचको विभेदपूर्ण हवाई भाडा हटाउने बताउँदै आएका थिए। सोहीअनुसार मन्त्रालयले प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा संयोजकत्वमा डलर फेयर समायोजन गर्न एक कार्यदल गठन गरेको थियो।

कार्यदलमा पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल, प्राधिकरणकै उपप्रबन्धक हिराचन काफ्ले, चार्टर एकाउन्टेन सौरभ रिजाल र पर्यटन मन्त्रालयका पूर्व उपसचिव प्रभा वैद्य सदस्य थिए। त्यस्तै समितिमा वायुसेवा सञ्चालक संघका उपाध्यक्ष तथा यती एयरलाइन्सका सिइओ अनोज रिमाल र संघका महासचिव तथा समिट एअरका प्रबन्ध निर्देशक मनोज कार्की थिए।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  २०:५३
  • #airfare
  • #हवाई_भाडा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एनपीएलमा पहिलोपटक डीआरएस, नेपाली क्रिकेटमा नयाँ उपलब्धि मंगलबार, कात्तिक ३, २०८३
किम जोङ उनको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मंगलबार, कात्तिक ३, २०८३
आश्विन शुक्ल नवमी : महानवमी पर्व मनाइँदै मंगलबार, कात्तिक ३, २०८३
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
फ्रान्स आन्दोलन चर्काउन भारत, अमेरिका, बेलायती संजालको भूमिका : रिपोर्ट सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्