• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

काेराेना कहरमा सार्वजनिक सवारीपछि हवाई भाडा बढाउँदै सरकार

64x64
उत्तम काप्री आइतबार, भदौ २८, २०७७  २०:५३
1140x725

काठमाडौं- सरकारले हवाई भाडा बढाउने तयारी गरेको छ। प्रत्येक २/२ वर्षमा समायोजन हुने हवाई भाडा झन्डै ४ वर्षमा काेरोना महामारीका बीच बढाउने तयारी सरकारले गरेको हो।

प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाको संयोजकत्वमा बनेको हवाई भाडा अध्ययन कार्यदलले दिएको सुझावका आधारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा बढाउने तयारी गरेको छ। मन्त्रालय उच्च स्रोतका अनुसार हवाई भाडा समायोजन गर्ने विषयमा मन्त्रालयमा एक चरण छलफलसमेत भइसकेको छ।

मन्त्री योगेशकुमार भट्टराईसँग भदौ २२ गते मन्त्रालयमा हवाई भाडा समायोजन गर्ने विषयमा छलफल भएको स्रोतको दाबी छ।प्राधिकरणले सरोकारवालासँग भएको छलफलमा स्टोल र ट्रंक रुटका आधारमा हवाई भाडा बढाउने गरी प्रस्ताव पेस गरेको थियो।

‘प्राधिकरणको प्रस्तावसँगै छलफलबाट हवाई भाडा समायोजन गर्ने विषयमा सबै पक्ष सहमत भएका छन्,’ छलफलमा सहभागी एक व्यक्तिले भने, ‘प्राधिकरणले ट्रंकमा १५ देखि २० प्रतिशत र स्टोलमा २५ प्रतिशतसम्म हवाई भाडा (अधिकतम) बढाउने प्रस्ताव भएको छ।’

प्राधिकरणको प्रस्तावमा पुनरावलाेकन गर्न र आवश्यक सबै काम गर्न भन्दै फाइल फिर्ता भएको स्रोतको भनाइ छ। ‘तर, भाडा भने स्वतः बढ्छ। अहिलेको प्रस्तावका केही प्रतिशत भने घट्न  सक्छ,’ स्रोतले भन्यो।

हवाई भाडा आन्तरिक उडान कहिलेबाट सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो। आन्तरिक उडान सुरु नहुँदै हवाई भाडा बढाउने विषय अगाडि बढ्दा विरोध हुने भन्दै पहिले आन्तरिक उडान सुरु गर्ने र त्यसपछि मात्रै हवाई भाडा बढाउने प्रस्तावमा निर्णय गर्ने सहमतिसमेत भएको स्रोतको दाबी छ। ‘दशै, तिहार र छठ अगाडि हवाई भाडा बढ्दैन,' स्रोतले भन्यो, ‘यसपछि भने हवाई भाडा बढ्छ। बढाउनु पर्ने बाध्यता पनि छ र बढनु पनि पर्छ।’

तर, हवाइ भाडा बढ्ने भन्ने बित्तिकै अहिले वायुसेवा कम्पनीले लिँदै आएको अधिकतम भाडामा सबैमा बढ्ने भने होइन। हवाई भाडामा (फेयर भाडा र इन्धन चार्ज) शीर्षक हुन्छ। सरकारले बढाउने भाडा भनेको फेयर भाडा मात्र हो। इन्धन चार्ज भाडामा भने हवाई सेवा प्रदायकहरुको छाता संगठनले इन्धनको मूल्य तलमाथि हुने बित्तिकै समायोजन गर्दै आउने गरेका छन्। सरकारले २०७३ सालमा समायोजन गरको हवाई भाडामा अब ट्रंकमा १५ देखि २० प्रतिशत र स्टोलमा २५ प्रतिशतसम्म बढाउने तयारी गरेको हो।

उदाहरणका लागि २०७३ सालमा हवाई भाडा समायोजन हुँदा विराटनगरको हवाई फेयर अधिकतम ४ हजार ९ सय ३४ रुपैयाँ थियो। अब यही भाडामा सरकारले १५ देखि २० प्रतिशत बढाउने तयारी गरेको हो।

nimb
nimb
Ncell 2
Ncell 2

इन्धनको मूल्य समायोजन गर्न निगमलाई आग्रह गर्ने
साथै २२ गते नै मन्त्रालयमा भएको छलफलमा हवाई इन्धनको मूल्य पनि समायोजन गर्नका लागि नेपाल आयल निगमलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले हवाई इन्धनको मूल्य विश्व बजारमा भन्दा नेपालमा बढी भएकै कारण हवाई भाडा बढी भएको भन्दै इन्धनको मूल्य समायोजन गर्न आग्रह गर्ने निर्णय गरेको छ।

उक्त छलफलकै आधारमा हवाई इन्धनको मूल्य घटाउन आग्रह गर्ने प्रस्ताव  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाउने तयारी भएको मन्त्रालयले जनाकारी दिएको छ।

तर, नेपाल आयल निगमले भने आन्तरिक उडानका लागि तय भएको हवाई इन्धनको मूल्यमा कुनै फरक नरहेको र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा केही बढी भएको स्वीकार गर्दै आएको छ। यसअघि अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकेएल (किलोलिटर) ५० डलर मूल्य घटाउँदा पनि अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले भाडा नघटाएको भन्दै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य तत्काल नघटाउने बताउँदै आएको छ।

लकडाउन अगाडि नेपाललाइभले हवाई इन्धनको मूल्य किन नेपालमा बढी भएको हो? विश्व बजारको तुलनामा मूल्य समायोजन हुन सक्छ? भनेर प्रश्न गर्दा नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले अन्तर्राष्ट्रिय उडानका लागि निगमले बेच्दै आएको हवाई इन्धनको मूल्य तत्काल घटाउन नसक्ने बताएका थिए।

‘हामीले प्रतिकेएल ५० डलर मूल्य घटाउँदा समेत हवाई भाडामा कुनै परिर्वतन आएन,’ पौडेलले भनेका थिए, ‘इन्धनको मूल्य घट्दा हवाई भाडा घटने आधार सुनिश्चित नहुँदासम्म अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनको मूल्य घट्दैन।’

हवाई इन्धनबाट आउने फाइदाबाट नै सरकारले खाना पकाउने ग्यासको मूल्य कम गरेर जनातालाई राहत दिँदै आएको उनको तर्क थियो। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाउँदै त्यसको प्रत्यक्ष प्रभाव नेपाली उपभोक्तालाई नै पर्ने पौडेलको भनाइ छ।

नेपाल आयल निगमले अहिले आन्तरिक उडानको लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ६२ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई उडानको हवाई इन्धनको मूल्य प्रतिकेयल ८ सय ६८ डलर बिक्री गरिरहेको छ। यसरी बेच्दा निगमलाई अहिले अन्तरिक हवाई इन्धनको बिक्रीमा प्रतिलिटर १० रुपैयाँ ४६ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर ४५.३९ रुपैयाँ फाइदा लिँदै आएको छ।

पाँच गन्तव्यमा मात्रै डलर फेयर
सरकारले नेपालका ५ पर्यटकीय गन्तव्यबाहेक अन्य गन्तव्यको डलर फेयर (विदेशी नागरिकसँग लिने हवााई भाडा) हटाउने तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ वटा गन्तव्यबाहेक अन्य गन्तव्यको डलर फेयर घटाएर नेपाली नागरिक सरह हवाई भाडा लागू गर्ने तयारी गरेको हो।

डलर फेयरका भाडा हटाउने निर्णय मन्त्रीस्तरीय बैठकबाट गर्न सकिने भएपनि विरोध हुन सक्ने भएकाले मन्त्रिपरिषदबाट गर्ने तयारी गरिएको छ।मन्त्रिपरिषदबाट निर्णय गराउँदा विरोध हुने संभावना कम भएकाले  मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पठाउन लागिएको मन्त्रालयको उच्च स्रोतले नेपाल लाइभसँग बताएको छ।

प्राधिकरणले पर्यटकीय गन्तव्यहरू कास्कीको पोखरा विमानस्थल, चितवनको भरतपुर विमानस्थल, सोलुखुम्बुको लुक्ला विमानस्थल, मुस्ताङको जोमसोम विमानस्थल र माउन्टेन उडानमा तत्काल डलर फेयर नहटाउने र अन्य सबै गन्तव्यको डलर फेयर हटाउनुपर्ने सिफारिस अध्ययन कार्यदलले गरेपछि सोही अनुसार व्यवस्था गर्न लागिएको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि योगेश भट्टराईले विदेशी र नेपालीबीचको विभेदपूर्ण हवाई भाडा हटाउने बताउँदै आएका थिए। सोहीअनुसार मन्त्रालयले प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा संयोजकत्वमा डलर फेयर समायोजन गर्न एक कार्यदल गठन गरेको थियो।

कार्यदलमा पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल, प्राधिकरणकै उपप्रबन्धक हिराचन काफ्ले, चार्टर एकाउन्टेन सौरभ रिजाल र पर्यटन मन्त्रालयका पूर्व उपसचिव प्रभा वैद्य सदस्य थिए। त्यस्तै समितिमा वायुसेवा सञ्चालक संघका उपाध्यक्ष तथा यती एयरलाइन्सका सिइओ अनोज रिमाल र संघका महासचिव तथा समिट एअरका प्रबन्ध निर्देशक मनोज कार्की थिए।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  २०:५३
  • #airfare
  • #हवाई_भाडा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी बुधबार, असार ३, २०८३
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति बुधबार, असार ३, २०८३
मधेशका सांसदहरूसँग रास्वपा सभापति लामिछानेको परामर्श, प्रदेश अधिवेशनबारे छलफल बुधबार, असार ३, २०८३
प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या बुझ्न छैन : निश्कल राई बुधबार, असार ३, २०८३
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति बुधबार, असार ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्