• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपाली विज्ञहरूका ध्रुवीय मत : कोरोना जाँच्न एन्टिजिन प्रयोग गर्ने कि नगर्ने?

64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०७७  २१:३५
1140x725

काठमाडौं- कोरोना भाइरसको संक्रमण भए\नभएको थाहा पाउनका लागि नेपालमा अहिले पिसिआर प्रविधिको उपयोग गरिन्छ। विश्वले अरुभन्दा भरपर्दो ठानेको यो प्रविधिबाट जाँच गराउन आर्थिक रुपमा महँगो छ भने नतिजा प्राप्त गर्न समय लाग्ने खोट पनि छ। 

कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा जाँचको संख्या बढाउनुपर्छ। चाँडो नतिजा दिन सक्नुपर्छ। यस्तो अवस्थामा कम मूल्य पर्ने र नतिजा चाँडो आउने प्रविधिको खोजी विश्वले नै गरिरहेको छ। तीमध्ये आरडिटी र एन्टिजिन कम खर्चिलो प्रविधि हो। यी प्रविधिले चाँडै नतिजा दिन पनि सक्छन्। तर, यी प्रविधिहरुको नतिजामाथि प्रश्नहरु उठिरहन्छन्। आरडिटीको प्रयोग नेपालमा सुरु भएर पनि बन्द गर्नुपर्‍यो। किनकि यसको नतिजा भरपर्दो भएन। यतिबेला अर्को द्रुत जाँच प्रविधि एन्टिजिनको विषय उठान हुन थालेको छ। 

यही क्रममा दुई दिनअघि जनस्वास्थ्य विज्ञ डा समीरमणि दीक्षितले एन्टिजिनका विषयमा एउटा ट्विट गरे। 'भारतले नोबल कोरोना भाइरसको टेस्टिङ पर्याप्त मात्रामा बढायो। अहिले उपलब्ध उच्च सेन्सिटिभिटीसहित नयाँ एन्टिजिनमा आधारित र्‍यापिड टेस्टलाई धन्यवाद। पिसिआरको आवश्यकता बिना हामी सस्तो र छोटो समयमा धेरै जनाको जाँच गर्न सक्छौं। यो विषयमा सरकारलाई थाहा होला, इच्छुक होला?,' उनको ट्विटमा लेखिएको छ। 

— Sameer M Dixit, PhD?? (@smadixit) September 5, 2020

एन्टिजिन टेस्टिङ भनेको बिना पिसिआर गरिने द्रुत परीक्षण भएको भन्दै उनले खुलाए, 'यसमा भाइरसको खोलमा रहेको प्रोटिन पहिचान गरिन्छ, जसको उपस्थितिले भाइरस सक्रिय रहेको जनाउँछ। स्वाब लिए पुग्छ। ठूलो प्रयोगशाला पनि चाहिन्न। नतिजा घण्टौं होइन, मिनेटमा पाइन्छ। सस्तो पनि हुन्छ, धेरै लागे ५ सय रुपैयाँ।'

— Sameer M Dixit, PhD?? (@smadixit) September 5, 2020

त्यसपछि उनको यो विचारको पक्ष र विपक्षमा केही विज्ञहरु देखिए। केही जानकारहरूले पनि आफ्ना भनाइ बाँडे। डा दीक्षितको यो पोस्टलाई गम्भीर रुपमा लिएर दुई जना भने लामो बहसमा उत्रिएका छन्। उनीहरू हुन्–मेडिकल ल्याबरेटोरी साइन्टिस्ट द्रोण पाण्डेय र सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदी। दुवैजनाको मत एन्टिजिन भरपर्दो नरहेको तर्फ इंगित छ।

डा दीक्षितको ट्विटमुनि केही प्रतिक्रियासहित आफ्ना भनाइ राखेपछि पाण्डेयले केही घन्टाअघि आफ्नै टाइमलाइन एन्टिजिन टेस्ट गर्न किन हतारिनु हुँदैन? भन्ने विषयमा आफ्नो सारसंक्षेप भनाइ राखेका छन्। केही रिसर्चका नतिजासहित राखेर उनले लेखेका छन्, 'नोबल कोरोना भाइरसको र्‍यापिड एन्टिजिनका बारेमा केही तथ्यहरू। हावर्डका अनुसार अधिकतम ५० प्रतिशत फल्स नेगेटिभ आउँछ। निर्माणकर्ताको प्याकेजमा सबै नेगेटिभलाई पिसिआरबाट यकिन गर्न सिफारिस गरिएको छ। युएसएफडिएबाट अनुमतिप्राप्त टेस्ट किटमा पनि प्रशस्त फल्स पोजेटिभ भेटिन्छ। हामी उद्देश्यका लागि प्रयास गरिरहेका छौं?' 

— Drona Pandeya (@pandeya_drona) September 6, 2020

बहसकै क्रममा डा दीक्षितले एन्टिजिन सेन्सेटिभिटीलाई लिएर स्रोत नखुलेको एउटा टेबल सार्वजनिक गरेका छन्। जहाँ एन्टिजिनले पोजिटिभ देखाएका ११२ मध्ये पिसिआरले १११ नेगेटिभ र एक पोजेटिभ देखाएको देखिन्छ। यसले नेगेटिभ देखाएका ३१४ मध्ये चार मात्रै पिसिआरले पोजेटिभ देखाएको बाँकी नेगेटिभ नै रहेको उल्लेख छ।

सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले डा दीक्षितको यो तथ्यांकसँग सहमत देखिदैनन्। उनले डा दीक्षितको पोस्टलाई कोट ट्विट गर्दै लामो 'लहरो' लेखेका छन्। कोरोना भाइरसको एन्टिजिन टेस्टका बारेमा डरलाग्दो गाइँगुइँ यहाँ मात्र होइन, अन्त पनि सुनेको उनले बताए। जसले फेरि कुन भड्खालोतिर जाक्न लागे भन्ने लागेर लेख्न बाध्य भएको भूमिकासहित उनी लेख्छन्, 'रगतमा विषाणुका 'टुक्रा' छन् कि छैनन् जाँच्ने र छिटो नतिजा दिने यो जाँचका विभिन्न कम्पनीले उत्पादन गरेका किटको सही नतीजा दिने क्षमता फरक–फरक छन्। सेन्सिटिभिटी (संक्रमितहरूमध्ये जाँच गर्दा कतिलाई पोजेटिभ देखाउँछ भन्ने मानक) सरदरमा ५०-५५ प्रतिशत मात्र छ। त्यसैले यो टेस्टले आधाजसो संक्रमितलाई पनि नेगेटिभ देखाउनेछ। त्यसैले यो टेस्ट गर्दा नेगेटिभ देखिएका जतिलाई रोग छैन भन्ने पक्का गर्न फेरि पिसिआर गर्नुपर्नेछ।' 

nimb
nimb
Ncell 2
Ncell 2
— Anup (@AnupSubedee) September 5, 2020

यति लेखेपछि उनले सँगै तथ्य प्रस्तुत गर्दै उल्लेख गरेका छन्, 'अर्कोतिर यसले ३ प्रतिशत जति संक्रमण नभएकालाई पनि पोजेटिभ देखाउनेछ।  त्यसैले, २ प्रतिशत व्यक्ति संक्रमित रहेको कुनै समूहको सय जनामा जाँच गरे २ संक्रमितमध्ये १ जनाको मात्र पहिचान हुनेछ। अनि ३ जना असंक्रमित पनि पोजिटिभ देखिनेछन्।' 

त्यसकारण यो जाँचले सही नतीजाभन्दा गलत नतिजा बढी दिने निष्कर्षमा उनी पुगेका छन्। जाँचबाट आधा संक्रमित छुट्ने थाहा भएकोले नेगेटिभ आएका ९६ जनालाई फेरि पिसिआर पनि गर्नुपर्ने उनको बताउँछन्। यसले गर्दा दाबी गरिएजस्तो पिसिआरको खर्च र समय नजोगिने दर्शाएका छन्। संक्रमण नभएका पनि पोजिटिभ देखिँदा अरू संक्रमितसँगै आइसोलेसनमा पुगे भने संक्रमण नै हुने डर कायम रहेको उनको बुझाइ छ।

उनी थप्छन्- 'केही रिपोर्टले त धेरै बढी प्रतिशत असंक्रमितलाई पोजिटिभ देखाउने बताएका छन्। जस्तो, अमेरिकाको भर्मोन्टको एक नगरमा एन्टिजेन टेस्टले पोजिटिव भनेका ६५ जनामध्ये १७ जना मात्र पिसिआरबाट वास्तविक पोजिटिभ देखिए। गलत पोजिटिव देखाउने दर ७३ प्रतिशत छ। 

यो आँकडा त युएसएको एफडिएसँग संकटको समयमा चलाउँदै गर्न अनुमति मागेर चलाइएका तुलनात्मक रुपमा राम्रा होलान् भनेर अनुमान गरिने किटको रहेको बताउँछन्। नेपालमा अहिले विभिन्न बिचौलियाले भित्र्याइसकेका, तराईका जिल्लामा ठगीमा प्रयोग हुन थालिसकेका भनेर सुनिएका किटको गुणस्तरमाथि उनको सन्देह छ। 

नेपालमा पनि यसको प्रयोग गर्नुपर्ने समय आउन सक्ने उनको भनाइ छ।  त्यसका लागि उनले ४ शर्त अघि सारेका छन्- पहिलो, हाम्रो दैनिक '१८ हजार पिसिआरको क्षमता'ले नभ्याएमा। दोस्रो,  ड्राइ स्वाब, डाइरेक्ट पिसिआर र पुल टेस्टिङ जस्ता पिसिआरलाई सस्तो, छरितो र आवश्यक किटको संख्या धेरै घटाएर फारो बनाउने उपायहरूको पनि अवलम्बन गरेर पनि नपुग्ने भएमा। तेस्रो, देशका ८० ठाउँमा मेसिन भएका, साधारण कोठामा पनि चलाउन सुरक्षित हुने, सामान्य तालिम भएका स्वास्थ्यकर्मीले चलाइरहेका जिनएक्स्पर्ट मेसिनमै पिसिआर जाँच गरेर १-२ घन्टामै रिपोर्ट निकाल्ने विकल्पमा प्रयास गर्दा पनि सकिएन भने। र चौथो, अहिलेका भन्दा धेरै बढी गुणस्तरका एन्टिजिन टेस्ट किट आएछन् भने।

'तर सरकारी विज्ञ, धुपौरेहरूले हामीले नबुझेको के कुरा बुझेर एन्टिजेन टेस्टप्रति यति साह्रो अपेक्षा जगाउँदै छन् त? कतै जुँघा चलेछ कि?' उनी टुंग्याउँछन्।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्