• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महाधिवेशनको मोडालिटी परिवर्तन गर्न कांग्रेसमा बहस सुरु

64x64
लिलु डुम्रे शुक्रबार, भदौ १९, २०७७  ०८:५१
1140x725

काठमाडौं-कोरोना संक्रमण जारी रहेकै अवस्थामा महाधिवेशन गर्ने नयाँ विकल्पमाथि कांग्रेसमा छलफल हुन थालेको छ। जिल्लादेखि केन्द्रसम्म भेला गरेर अधिवेशन गर्न असहज अवस्था रहेकाले नयाँ ‘मोडालिटी’तय गर्न नेताहरुले सुझाएका छन्।

जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले महाधिवेशनमा केन्द्रित रहेर गरेको भिडिओ संवादमा पदाधिकारी र केन्द्रीय सदस्यले फागुनमा महाधिवेशन सम्भव नरहेको बताएका हुन्। उपसभापति विमलेन्द्र निधिले तल्लो तहका अधिवेशनको मोडालिटी परिवर्तन गर्ने पक्षमा आफू सकारात्मक रहेको बताए।

नेपाल बार एसोसिएसनले गर्ने अधिवेशनकै मोडालिटीमा तल्लो तहका अधिवेशन गर्न सकिने विकल्प उनले सुझाए। उनले भने,‘१६५ निर्वाचन क्षेत्रमा अधिवेशन गर्न सकिन्छ। महाधिवेशनलाई रोक्न हुँदैन।’

गत महिना भएको पदाधिकारी बैठकमा फागुनमा महाधिवेशन हुन नसक्नेमा एकमत जस्तै बनेको थियो। महाधिवेशन सार्नै पर्ने अवस्थामा जेठभन्दा पर लैजान नहुने धेरै नेताको मत छ। जिल्ला अधिवेशनमा भीडभाड हुन नदिन अधिवेशनलाई विकेन्द्रीकरणको ढाँचामा लैजानुपर्ने नेताहरुको राय छ। नयाँ ढाँचाले तल्लो तहको अधिवेशन गर्ने निर्णय केन्द्रीय समितिबाट हुनुपर्ने उनले बताए।

महाधिवेशनको कार्यतालिका कार्यान्वयन नभएको निधिले स्वीकारे। निर्वाचन समितिलाई समायोजनको पूर्ण अधिकार प्रत्यायोजन गर्दासमेत संगठन समायोजन हुन नसकेको उनले बताए। निर्वाचन समितिले पठाएका प्रतिनिधिलाई जिल्ला कार्यसमितिले असहयोग गर्दा समायोजन हुन नसकेको उनको बुझाइ छ।

समायोजनमा विवाद उत्पन्न भए त्यसको निराकरण गर्ने अन्तिम निकाय पनि निर्वाचन समिति नै भएको निधिले बताए। समायोजन सक्न साउन १० सम्मको समयावधि निर्वाचन समितिलाई दिइएको थियो। प्रदेश २ का अधिकांश जिल्लामा समायोजनको काम सकिएको छैन। जिल्लाले समायोजन सकेका केही जिल्लामा विवाद पनि छ।

महामन्त्री डा शशांक कोइरालाले डेढ महिनाभन्दा पर महाधिवेशन सार्न नहुने मत राखेका छन्। महाधिवेशन कार्यतालिका अनुसार काम नहुनुमा पदाधिकारी मुख्य जिम्मेवार रहेको प्रश्न उठेपछि उनले कोरोनाको कारण देखाए।

नेता कृष्ण सिटौलाले महाधिवेशनको तयारीमा पदाधिकारीको सक्रियता नदेखिएको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

महाधिवेशन ढिलो हुँदा त्यसलगत्तै आउने निर्वाचनमा तयारीको अभाव हुने चिन्ता नेताहरुले गरेका छन्। आगामी भदाैसम्म महाधिवेशनको मिति पुर्‍याउँदा स्थानीय चुनावमा पार्टीको तयारी नपुग्ने नेता सिटौलाले बताए। कोरोनाको तत्काल खोप पत्ता लागेर कार्यान्वयनमा नआउने उल्लेख गर्दै उनले भने,‘महामारी सकेर महाधिवेशन गर्ने हो भने २/४ वर्ष कुनुपर्छ।’ महामारीकै क्रममा कतिपय मुलुकमा नियमित कार्य भएको सुनाउँदै पदाधिकारीको सक्रियताको अपेक्षा उनले गरे।

ठूलो संख्यामा भेला भएर अधिवेशन गर्न सम्भव नभएकाले तल्लो तहका अधिवेशनलाई अधिकतम रुपमा विकेन्द्रिकरण गर्न सुझाइएको छ।

अहिलेको पार्टीको गति हेर्दा आगामी भदौमा पनि महाधिवेशन हुनेमा नेता गगन थापाले शंका व्यक्त गरे। ‘प्रधानमन्त्री केपी ओलीलाई भोलि के हुन्छ नसोच्ने,तयारी नगर्ने हामीले भनिरहेका छौं। भोलि हामीलाई पनि सोधिनेछ।’ थापाले भने। नेकपाको सरकारले यो गरेन,त्यो गरेन भन्दै गर्दा कांग्रेसले आफूले चाहिँ अधिवेशन किन समयमा नगरेको प्रश्न उठ्ने उनले बताए। नेतृत्वलाई थापाले प्रश्न गरे। संकटका बेला पनि कांग्रेसले महाधिवेशन गर्न सकेको उदाहरण सरकारलाई देखाउनुपर्ने उनको तर्क छ।

जेठसम्म भेला भएर अधिवेशन गर्न नसकिने हुँदा विकल्प खोज्नुपर्ने उनले सुझाए। नेपाल बार एसोसिएनले गरेजस्तै अधिवेशन तल्लो तहमा गर्नुपर्ने उनले विकल्प अघि सारे। उनले भने,‘दुई हजार बढी भेला भएर जिल्ला अधिवेशनको त कल्पनै गर्न सकिन्न।’

जिल्ला अधिवेशन पनि वडा तहबाट गर्ने विकल्प उनले अघि सारे। अधिवेशन गर्ने विधि परिवर्तन बदल्न उनले केन्द्रीय समितिबाट निर्णय गराउन नेतृत्वसँग माग गरे।

कार्यतालिका अनुसार कार्यान्वयन नुहुनको मुख्य दोष पार्टी सभापतिको हुने उनले बताए। उनले भने,‘महाधिवेशन समयमा हुन सकेन भने सभापतिले मेरो असफलता हो भन्ने ठान्नुपर्छ।’ पार्टी सभापतिले पछिल्लो समयमा गरेका निर्णयले आसन्न महाधिवेशनको ‘फेयरनेश’मा शंका रहेको उनले बताए। 

नेता प्रदीप पौडेलले सिद्धान्त र विचार छाडेर पार्टीमा उम्मेदवार को बन्ने होडबाजी सुरु हुनु दु:खद पक्ष रहेको बताए।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  ०८:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्-‘आव्हान भइसकेको संसद् स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक... शुक्रबार, वैशाख २५, २०८३
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान प्रधानमन्त्री शाहले आज (शुक्रबार) बिहान ११ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र... शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, वैशाख २५, २०८३
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल शुक्रबार, वैशाख २५, २०८३
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान शुक्रबार, वैशाख २५, २०८३
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्