• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कोभिडका कारण बिमा कम्पनीको व्यापार घट्यो, नाफा प्रभावित हुने

64x64
अरुण सापकोटा शनिबार, भदौ १३, २०७७  १०:२०
1140x725

काठमाडौं-कोभिड-१९ का कारण बिमा कम्पनीहरुको व्यवसाय ४.१५ प्रतिशतले घटेको छ। यस अवधिमा कम्पनीले व्यवसाय विस्तार गर्न सकेनका छैनन् भने बिमितले पोलिसी नवीकरण पनि गर्न सकेका छैनन्। निर्जीवन बिमा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ३९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेकामा गत आव २०७६/७७ मा ८ अर्ब ९९ करोड रुपैयाँमात्रै आर्जन गरेका छन्।

कोभिडका कारण जीवन तथा निर्जीवन बिमा दुवै प्रभावित भएका छन्। 

कोभिडका कारण समग्र क्षेत्र बन्द हुँदा बिमा कम्पनीहरु पनि खुल्न सकेनन्। केही कम्पनीका कर्मचारीमा संक्रमण देखिँदा कार्यालय नै बन्द हुने अवस्था आयो। लकडाउन अवधिमा बिमा समितिले कम्पनीहरुलाई विद्युतीय प्रणालीबाट दाबी प्रक्रिया अपनाउन निर्देशन दिएको थियो। 

पहिलो चरणको लकडाउनमा सवारी साधन तथा हवाइ यातायात चल्न सक्ने अवस्था थिएन। कतिपय कलकारखाना पूर्ण रुपमा बन्द भएका थिए। जोखिम कम भएको भन्दै समितिले मोटर बिमामा एक तिहाइ छुट दिन निर्देशन दिएको थियो। 

कोभिडका कारण बिमितको सम्पत्ति बिमा नवीकरणमा सबैभन्दा धेरै समस्या देखिएको छ। अर्कोतर्फ व्यापार व्यवसाय नै ठप्प भएकाले प्रिमियम भुक्तानीमा पनि समस्या छ। लकडाउन अवधिमा नवीकरण गर्नु पर्ने पोलिसीलाई बिमा समितिले विलम्ब शुल्क नलाग्ने तथा लकडाउन अवधिमा बिमा पोलिसी जारी रहने व्यवस्था गरेको छ। 

उद्योगी व्यवसायीले बन्द अवस्थामा रहेका उद्योग कलकारखानाको बिमा शुल्क मिनाहा गर्न माग गरिरहेका छन्। बिमा जोखिमको व्यवसाय हो। लकडाउनका कारण धेरे जोखिम कम भएर गएका छन्। यसको प्रत्यक्ष प्रभाव बिमा व्यवसायमा पर्ने निश्चित छ।

बिमा कम्पनीको प्रिमियम घट्नुमा बन्द अवस्थामा रहेका मोटर, कलकारखानाको प्रिमियममा एक तिहाइ छुट दिन बिमा समितिले निर्देशन दिएको थियो। अर्कोतर्फ कम्पनीहरुले नयाँ पोलिसी बिक्री गर्न सक्ने  अवस्था भएन।

बिमा कम्पनीको 'कोर' व्यवसाय बिमा शुल्क आर्जन नै हो। बढ्दो क्रममा रहेको निर्जीवन बिमा व्यवसायमा कोभिडले ब्रेक लगाइदिएको छ। कोभिडको असर अझै बढ्दै जाने हो भने सबैभन्दा धेरै प्रभावित निर्जीवन बिमा कम्पनीहरु नै हुने छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै आफ्नो निश्चित आम्दानीबाट निश्चित रकम छुट्ट्याएर बिमा शुल्क तिर्ने बिमितले बिमालाई निन्तरता दिन सक्ने देखिँदैन। यसले भोलिका दिनमा ल्याप्सेस रेसियो बढेर जाने छ। बिमितले बिमा शुल्क तिर्न सकेनन् भने ल्याप्सेस रेसियो बढ्नुका साथै सरेण्डर पनि बढ्न सक्नेछ। बिमा व्यवसायमा ल्याप्सेस र सरेण्डर सबैभन्दा घातक सूचक हुन्। 

अधिकांश निजी कम्पनीले कर्मचारी कटौती गरेका छन्। होटल, पर्यटन व्यवसाय, ट्राभल एजेन्सी, यातायात क्षेत्र, आयात निर्यात कम्पनी, हवाइ सेवा कम्पनी, शैक्षिक क्षेत्र, स्कुल कलेजलगायतमा काम गर्ने नेपालीको रोजगार गुमेको छ। हिजो बिमा गर्दा उनीहरुको एक किसिमको आम्दानी थियो। कोभिडले बिमितको आम्दानीको श्रृंखलालाई तोडिदिएको छ। तलबबाट केही प्रतिशत बिमा शुल्क तिर्दै आएका बिमितले तत्काल तिर्न सक्ने अवस्था देखिँदैन।अवस्था अझै जटिल बन्दै गयो भने बीमितिले पोलिसी नै सेरेण्डर गरेर यस अगाडि तिरेको प्रिमियम पनि फिर्ता लैजाने जोखिम उच्च छ। 

कोभिडले सबैभन्दा धेरै असर बिमा कम्पनीको व्यवसाय विस्तारमा परेको छ। जीवन बिमा व्यवसाय प्रत्यक्ष भेटघाटबाट बढी हुन्छ। अभिकर्ताले मानिसहरुलाई भेटेर बिमा गर्न उत्प्रेरित गर्छन्। तर कोभिडले मानिसहरु सँग भेटघाट तथा प्रत्यक्ष कुराकानी गर्न सक्ने अवस्था छैन। यसले गर्दा अभिकर्ताले ल्याउने व्यवसायमा सबैभन्दा ठूलो असर गर्नेछ। अभिकर्ता स्वयं बँचेर हिड्नु पर्नेमा ‍उसले बिमित खोज्दै हिँड्नु अझ चुनौतीपूर्ण छ। 

लकडाउनका कारण कतिपय बिमितले दाबी भुक्तानीको प्रक्रिया सुरु गर्न सकेनन्। घटना भइसकेपछि सर्भेयरले मूल्यांकन गर्नुपर्ने हुन्छ। सर्भेयर स्वयं आफ्नो जीवन रक्षाका लागि चनाखो हुनु पर्ने अवस्थामा घटनास्थलमा गएर वास्तविक मूल्याङ्कन गर्नु चुनौतीपूर्ण छ। बिमा समितिले दाबी भुक्तानीका लागि इमेल, इन्टरनेट तथा फोनबाट जानकारी गराउन निर्देशन दिए पनि व्यावहारिक रुपमा यो कठिन थियो। यस अवधिमा कतिपय कम्पनीले दाबी भुक्तानी गरे पनि अवस्था भने सामान्य थिएन्। 

Xtrem

Xtrem

बिमा कम्पनीहरुले यस अवस्थालाई मध्यजनर गर्दै बिमालाई डिजिटलाइज गर्नुपर्ने आवश्यकता देखिएको छ। बिमा गर्दा डिजिटलाइज प्रविधिबाटै भौतिक प्रमाणपत्र हेर्न सक्ने तथा दाबी पनि डिजिटलाइज प्रविधिबाटै भएमा कम्पनी र बिमित दुवै पक्षलाई सहज हुनेछ।   

नेपालमा अझै पनि जीवन बिमा व्यवसाय डिजिटल प्रविधिबाट हुँदैन। अण्डराइटिङ गर्नु पर्ने भएकाले अनलाइनबाटै बिमा हुने र दाबी भुक्तानी हुने अवस्था छैन। नेपालमा जीवन बिमा व्यवसाय प्राय चैत मसान्तसम्मा ४० प्रतिशत र बाँकी ६० प्रतिशत बैशाख जेठ र असारमा हुने गरेको छ। कोभिडले सबैभन्दा धेरै असर गरेको हुँदा यस अवधिमा बिमा कम्पनीले खासै व्यवसाय ल्याउन सकेनन्।

बिमा समितिले लघुबिमाको रुपमा कोरोना बिमा पोलिसी ल्याएको थियो। समितिले कोरोनाको उच्च जोखिम बढ्दै गए पछि निम्न वर्गलाई राहत दिने भन्दै सस्तो प्रिमियममा कोरोना बिमाको पोलिसी ल्याएको थियो। कोरोनाको जोखिम उच्च हुँदै गए पछि यसमा सर्वसाधारणको आकर्षण ह्वात्तै बढ्यो। सरकारले पनि यो पोलिसीलाई साथ दिँदै बजेटमा नै उल्लेख गर्‍यो। तर महामारीको रुपमा फैलिँदै गरैको कोभिड–१९ ले धेरै प्रभावित हुने आँकलन गर्दै बिमा कम्पनीले यो पोलिसी बिक्री नगर्ने निर्णय गरेका थिए। 

नेपाल सरकारले आफ्नो बजेटमा पनि कोरोना बिमा कार्यक्रम राखिसकेको भन्दै दबाब दिएपछि कम्पनीले बाध्य भएर पोलिसी बिक्री गरिरहेका छन्। पछिल्लो समय बढ्दो संक्रमणका कारण कम्पनीमा दाबी आउने क्रम बढेको छ। यो पोलिसीले बिमितको जोखिमलाई कभरेज त गरेको छ तर कम्पनीहरु यही पोलिसीका कारण नोक्सानमा जाने खतरा पनि उत्तिकै बढेको छ। 

नेपाल सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको कोरोना बिमा गरिदिएको छ। साथै बैंक वित्तीय संस्था तथा बिमा कम्पनीहरुले आफ्ना कर्मचारीको बिमा गरिरहेका छन्। अर्कोतर्फ सर्वसाधारणले पनि यो पोलिसी खरिद गर्दा यसको दायरा थप फराकिलो हुँदै गएको छ। 

यदि कोरोनाले महामारीको रुप लिँदै गयो भने कम्पनीहरुले आफ्नो नेटवर्थले नभ्याउने गरि दाबी भुक्तानी गर्नु पर्नेछ। अर्कोतर्फ पुनर्बिमा कम्पनीहरुले यस्ता पोलिसीको पुनर्बिमा गर्न मान्दैनन्। जति जोखिम रहन्छ त्यो सबै बिमा कम्पनीहरु भित्रै रहन्छ। लघुबिमाको हकमा पुलमार्फत् काम गर्दा पुनर्बिमामार्फत् धेरै पैसा विदेशिन पाउदैन। तर यस्ता पोलिसीले कम्पनीहरु नै खतरामा पर्ने अवस्था रह्यो भने नेपाल सरकारले नै बचाउ गर्नु पर्ने हुन्छ। 

अहिले पुलमार्फत् सञ्चालन भइरहेको यो कार्यक्रममा २० वटा निर्जीवन बिमा कम्पनी रहेका छन्। उक्त पुलमा २० निर्जीवन बिमा कम्पनीले एक अर्ब, पुनर्बिमा कम्पनीले एक अर्ब, बिमा समितिले एक अर्ब र बिमा कम्पनीहरुको महाविपत्ति कोषबाट ५० करोड रुपैयाँसहित साढे तीन अर्बको कोष बनाइएको छ। संक्रमितको संख्या ३५ हजार नाघिसकेको छ। दाबी गर्ने साढे दुई सय नाघेका छन्। सरकारले सम्पूर्ण नेपालीको कोरोना बिमा गर्ने लक्ष्य लिँदा त्यसको दबाब बिमा कम्पनीमा पर्ने निश्चित छ। 

(नेपाल आर्थिक पत्रकार समाजसँगको सहकार्यमा।)

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्