• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बैंकहरुको ब्याजदर चार वर्ष यताकै सस्तो 

64x64
अरुण सापकोटा मंगलबार, भदौ ९, २०७७  १०:४९
1140x725
सांकेतिक तस्बिर संयोजन

काठमाडौं-बैंकहरुको ब्याजदर चार वर्ष यताकै न्यून देखिन थालेको छ। तरलता बढ्दै गएपछि बैंकहरुले ब्याजदर घटाउन थालेका हुन्। विगत चार वर्ष अवधिमा निक्षेपको ब्याजदर, कर्जाको ब्याजदर र आधार ब्याजदर सबैभन्दा कम रहेको छ। असार मसान्तसम्ममा निक्षेपको औसत ब्याजदर ६.०१ प्रतिशत, कर्जाको औसत ब्याजदर १०.११ प्रतिशत र आधार ब्याजदर ८.५० प्रतिशत थियो। 

यसअघि २०७३ मा निक्षेपको ब्याजदर ३.२८ प्रतिशत र कर्जाको ब्याजदर ८.८६ प्रतिशत थियो। तर यसको एक वर्षपछि बैंकमा तरलता अभाव उच्च देखियो। बैंकहरु कर्जा बिस्तारमा आक्रामक देखिए। फलस्वरुप निक्षेपको ब्याजदर दोब्बरले बढेर ६.१५ हुँदै ६.६० प्रतिशतसम्म पुग्यो। 

विगत ५ वर्ष अवधिको ब्याजदर (औसतमा)

त्यस्तै २०७३ सालमा कर्जाको ब्याजदर ८.८६ प्रतिशत रहेकोमा त्यसको एक वर्षपछि नै ११.३३ प्रतिशत पुग्यो। यो क्रम २०७६ मा १२.१३ प्रतिशत पुग्यो। वाणिज्य बैंकहरुले १६/१७ प्रतिशतसम्ममा कर्जा लगानी गरे। तीन वर्षको अवधिमै बैंकहरुले कर्जाको ब्याजदर अस्वाभाविक रुपमा बढाए। यस अवधिमा उनिहरुले अकुत नाफा आर्जन गरे तर ऋणीहरु मर्ने अवस्था आयो। ऋणीले बैंकको ब्याजदर महंगो भएको भन्दै आन्दोलन नै गर्नु पर्ने अवस्था आयो। 

कर्जा महंगो हुँदा नयाँ कर्जाको माग आउन छाड्यो। सरकारको कर असुल गर्ने नीति र अर्कोतर्फ महंगो ब्याजदरले लगानीकर्तालाई प्रोत्साहन गर्न सकेन। एक वर्षदेखि नै कर्जा जाने क्रम रोकिएको छ। सरकारले घरजग्गा प्लटिङ तथा हाउजिङ परियोजनामा कडाइ गर्दा बैंकको सबैभन्दा धेरै कर्जा प्रवाह हुने यस क्षेत्रमा दुई वर्षदेखि नयाँ कर्जाको माग छैन। 

सरकारले व्यवसायीलाई प्रोत्साहन गर्न नसक्दा कुनै पनि नयाँ व्यावसायिक परियोजना आउन सकेको छैन। तीन–चार वर्ष अगाडि जलविद्युत परियोजनाका लागि कर्जा सम्झौता हुने गरेका थिए। अहिले पुराना परियोजनामा तोकिएको कर्जा दिनेबाहेक नयाँ कर्जाको माग छैन। यसले बैंकमा कर्जाको माग ठप्प छ। 

नयाँ कर्जा जान रोकिरहेकै अवस्थामा कोभिड-१९ को प्रभाव नेपालमा पनि देखिन थाल्यो। कोभिड नियन्त्रण तथा रोकथामका क्रममा सरकारले लकडाउन तथा निषेधाज्ञा गर्नुपर्ने अवस्था आयो। यसले कर्जा प्रवाहमा ठूलो असर गर्‍यो। पुराना ऋणीले आफूसँग भएको निक्षेपलाई पनि कर्जा तिर्न प्रयोग गर्दा निक्षेप र कर्जा बिस्तार नै घट्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

बैंकहरुमा ब्याजदरको स्थिरता नहुँदा विचौलियाले मात्रै लाभ लिन सक्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको तर्क छ। दीर्घकालीन योजना बनाएर कर्जा लगानी गर्नेहरु महंगो ब्याजदरको चपेटामा पर्ने र उनीहरुको लागत बैंकको ब्याजदरकै कारणले मंहगिने गरेको छ। तर यस्तो समयमा घरजग्गा तथा शेयर बजारमा अल्पकालीन लगानी गर्नेले बढी लाभ लिन सक्छ। थोरै समय पैसा चलाउने र त्यसबाट उचित फाइदा लिन सक्नेबाहेक वास्तविक लगानीकर्ता यस्तो अवस्थामा सबैभन्दा धेरै प्रभावित हुन्छन्। 

अहिलेको अवस्थामा सस्तो ब्याजदर छ भनेर कर्जा लिने लगानीकर्ता अबको केही वर्षमा चर्को ब्याजदरको चपेटामा पर्छन्। अर्कोतर्फ चर्को ब्याजदर भएको समयमा ऋणीले नयाँ योजना नै बनाउन सक्दैनन्। यसले गर्दा दिगो आर्थिक विकासको लक्ष्यलाई नै बाधा पुर्‍याउँछ। 

ब्याजदर स्थिरताका लागि सरकारको नीति सबैभन्दा महत्वपूर्ण हुन्छ। यसका लागि सरकारले समयमा खर्च गर्न सक्नु पर्छ। आर्थिक वर्षको ९/१० महिना सुतेर बस्ने र बाँकी दुई तीन महिना एकै पटक खर्च गर्ने नीतिले अघिल्ला ९/१० महिना बजारमा तरलता अभाव रहने र पछिल्ला दुई-तीन महिना अधिक तरलता हुन्छ। यसले बजारमा तरलताको सन्तुलन हुन नसक्ने नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउछन्। 

सरकारले खर्च गर्न नसकेको पैसा तथा संकलित राजस्व पनि बैकिङ च्यानलमै रहने हो भने बजारमा पैसाको अभाव नहुने बैंकरहरुको तर्क छ। सरकारले खर्च गर्ने मोडालिटीमा परिवर्तन नगरुन्जेल बैंकहरुमा तरलताको अभाव हुनुका साथै ब्याजदरको उचारचढाव भइरहने शेरचन बताउँछन्। 

Xtrem

Xtrem

कोभिड-१९ का कारण निक्षेपकर्ताले मूल्यवृद्धिको तुलनामा कम ब्याजदर पाउने निश्चित छ। अर्थमन्त्री डा. युवराज खतिवडाको शब्दमा यसले निक्षेपकर्तालाई न्याय गर्दैन। उनीहरुले सामान्यतया मूल्यवृद्धिको अनुपातमा निक्षेपको ब्याजदर पाउनु पर्छ। अन्यथा उनीहरुले आफूसँग भएको निक्षेप अन्य क्षेत्रमा लैजान सक्ने जोखिम बढी हुन्छ। यस्तो लक्षण जेठ र असार महिनामा घट्दो निक्षेपले देखाइसकेको छ। 

गत चैत र बैशाख महिनामा घट्दो क्रममा रहेको कर्जा बिस्तार असार र साउन महिनामा बढेको छ। यस पछिल्ला दुई महिनामा सबैभन्दा धेरै शेयर कर्जामा बिस्तार भएको बैंकरहरु बताउछन्। यसले पनि अल्पकालीन लगानीकर्ताको ध्यान शेयर बजारतर्फ गइसकेको छ। परिणाम निषेधाज्ञाको अवधिमा पनि शेयर बजारमा अस्वाभाविक सुधार आइरहेको छ। 
 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्