फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा प्रदेश-५ का मूख्यमन्त्री शंकर पोखरेलले अध्यक्षद्वयको अग्रसरताले पार्टी एकताको रक्षा प्रयास सार्थक भएको बताएका छन्।
शनिबार राती फेसबुकमार्फत् एक स्टाटस लेख्दै उनले अध्यक्षद्वयको अग्रसरताले पार्टी एकताको रक्षा प्रयास सार्थक भएको र एकताको विकल्प उन्नतस्तरको एकता हो भन्ने सत्य प्रमाणित भइरहेको बताएका हुन्।
स्टाटसमा उनले लेखेका छन्‚ ‘अध्यक्षद्वयको अग्रसरताले पार्टी एकताको रक्षा प्रयास सार्थक भएको छ र एकताको विकल्प उन्नतस्तरको एकता हो भन्ने सत्य प्रमाणित हुँदैछ।’
पार्टीमा लामो समयदेखि चल्दै आएको विवाद समाधानका लागि गठन गरिएको ६ सदस्यीय कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको प्रतिवेदनले झण्डै दुई महिनादेखिको विवाद समाधान हुने संकेत देखिएपछि उनले आफ्नो फेसबुकमार्फत् यस्तो बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।