• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यदलको 'रोडम्याप'ले समाधानतिर नेकपाभित्रको विवाद

64x64
नेपाल लाइभ शनिबार, भदौ ६, २०७७  २०:२३
1140x725

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र लामो समयदेखि सतहमा आएको विवाद तत्कालका लागि साम्य हुने संकेत देखिएको छ। पार्टीभित्रको विवाद समाधान गर्न कार्यदलले शनिबार प्रतिवेदन बुझाएपछि झन्डे दुई महिनादेखिको विवाद साम्य हुने संकेत देखिएको हो। 

गत असार १६ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायत बहुमत सचिवालय सदस्यसहित ३० भन्दा बढी स्थायी कमिटी सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि विवाद चर्किएको थियो।

अध्यक्ष प्रचण्ड र नेपाल समूहले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने अडान राखेका थिए भने ओलीले कुनै हालतमा राजीनामा नदिने भन्दै अडिग भएपछि विवाद उत्कर्षमा पुगेको थियो। पार्टी विभाजनसम्मको अवस्थामा पुगेपपछि ओली-प्रचण्ड पार्टी विवादका सम्बन्धमा कार्यदल बनाएर हल खोज्ने निष्कर्ष पुगे। कार्यदलले आफ्नो प्रतिवेदन एक हप्ता लगाएर दुई अध्यक्षलाई शनिबार बुझाएपछि झन्डै दुई महिनादेखिको विवाद तत्कालका लागि टरेको हो।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिएरै पार्टीभित्रको विवाद समाधान हुने गरी प्रतिवेदन तयार गरिएको कार्यदलका एक जना सदस्यले नेपाल लाइभलाई बताए। ‘हामीले दुई अध्यक्षबीच यसअघि मंसिर ४ गते भएको सहमतिलाई थप व्याख्या गरेर जाने भनेका छौं। दुई अध्यक्षले आफ्नो अधिकारलाई प्रयोग गरेर अघि बढ्नु हुनेछ,’ ती सदस्यले भने, ‘मंसिर ४ गतेको सहमतिलाई व्याख्या गरेर दुवै अध्यक्षले सहमति पालना गरे पार्टीमा कुनै विवाद हुँदैन।’

गत मंसिर ४ गते ओलीले पाँचै वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्ष भई पार्टीको नेतृत्व गर्ने समझदारी भएको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टीका अधिकांश बैठकको अध्यक्षता अब प्रचण्डले गर्ने ती सदस्यको भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि ओलीले महाधिवेशन मंसिरमै गरेर पार्टीभित्रको विवाद समाधानको खोजी गर्नुपर्ने मत राखेका थिए। तर कार्यदलले केन्द्रीय समितिले चैत २५ गतेदेखि ३० गतेसम्म सहमतिमा एकीकृत महाधिवेसन गर्नुपर्ने सुझावसमेत दिएको छ।

प्रतिवेदनमा नसमेटिएपनि महाधिवेशनमा ओलीले प्रचण्डलाई सघाउने भद्र सहमति भएको हुनसक्ने कतिपय नेताहरूले विश्लेषण गर्न थालेका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपनि फेरि पुरानै अवस्थामा प्रचण्ड फर्किएकाले दुवै अध्यक्षबीच कुनै न कुनै समझदारी भएको हुन सक्ने नेपालपक्षीय एक नेताले बताए। तर, पार्टी विभाजनबाट रोकिएकाले यसैलाई उपलब्धि मान्नु पर्ने ती नेताको भनाइ छ।

कार्यदलले के-कस्तो सुझाव दियो भन्नेबारे जिज्ञासा राख्दा अध्ययन नगरी कुनै प्रतिक्रिया दिन नसकिने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए। ‘कार्यदलले दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको छ,' भुसालले भने, ‘मैले कार्यदलको प्रतिवेदन अध्ययन गर्न पाएको छैन। अहिले नै प्रतिक्रिया दिनु हतारो हुन्छ।’ 

कार्यदलले यसअघि स्थायी कमिटी बैठकमै समेटिएका एजेन्डालाई सुझावका रूपमा बुझाएको छ। सीमा विवादका विषयमा सरकारले कूटनीतिक ढंगले संवाद गरेर अघि बढ्नु पर्ने सुझाव दिएको कार्यदलका अर्का एक सदस्यले बताए। एमसिसीका विषयमा यसअघि वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावलाई थप छलफल गरेर टुंगो लगाउनु पर्ने सुझाव दिएको उनको भनाइ छ। कोरोना रोकथाम तथा नियन्त्रण र बाढी पहिरोको विषयमा सरकारलाई सुझाव दिएको ती सदस्यले उल्लेख गरे। संघ,प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा लथालिंग भएको भन्दै पार्टीले आवश्यक गृहकार्य गरेर अघि बढ्नु पर्ने भनिएको छ। स्थानीय र प्रदेश सरकार नेकपाकै बहुमत हुँदाहुँदै पनि प्रभावकारी काम गर्न नसकिएको भन्दै प्रभावकारी बनाउन सुझाव दिइएको छ। 

संघीय सरकारलाई प्रभावकारी बनाउन मन्त्रिमण्डल हेरफेर समेत गर्न सुझाव दिइएको बताइएको छ। प्रभावकारी काम गर्न नसकेका मन्त्रीलाई हटाउने र रिक्त भएका मन्त्रालयमा नयाँलाई जिम्मेवारी दिइने छ। प्रदेशका मुख्यमन्त्रीसमेत आवश्यक गृहकार्य गरी हेरफेर हुन सक्ने ती सदस्यले बताए। कार्यदलको प्रतिवेदनका विषयमा सचिवालय बैठकमा थप छलफल हुनेछ। सचिवालय बैठकपछि मात्रै स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्रको विवाद साम्य पारिने भएको छ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  २०:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल
मन्त्रिपरिषद् बैठक बस्दै
सम्बन्धित सामग्री
मन्त्रिपरिषद्ले गर्‍याे राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने निर्णय सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । सोमबार, वैशाख २८, २०८३
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल उनले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखा पर्न थालेको भन्दै प्रधानन्यायाधीश सिफारिसप्रति संकेत गर्दै पोखरेलले क... सोमबार, वैशाख २८, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । सोमबार, वैशाख २८, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद्ले गर्‍याे राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने निर्णय सोमबार, वैशाख २८, २०८३
सुनको मूल्य घट्यो सोमबार, वैशाख २८, २०८३
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल सोमबार, वैशाख २८, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २७, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्