• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बलात्कार र डिप्रेसनको शिकार भएकी महिलालाई योगले कसरी तनावमुक्त बनायो?

जान्हवी मूले शुक्रबार, भदौ ५, २०७७  ०७:३१
1140x725

एजेन्सी- नताशा नाेएलका लागि यो समय आफ्ना मनमा चलेका सबै द्वन्द्वसँग जुध्नु र तिनलाई पराजित गर्नुकाे विकल्प थिएन। तर उनको मनमा गहिरो चाेट थियो।

नताशा करीब साढे ३ वर्षकी हुँदा उनकै अगाडि आमाले आफैंलाई जलाइन्। बुबालाई मानसिक रोग (सिजाेफ्रेनिया)ले गर्दा सुधार केन्द्रमा पठाइयो। उनी आफ्ना हजुरबाहरूसँग बस्न थालिन्।

७ वर्षकाे हुँदा उनी बलात्कारको शिकार भइन्।तर यो कुरा उनले कहिल्यै पनि कसैलाई बताइनन्।

यसपछि पनि धेरै पटक उनले यस्ता हिंसा सहनुपर्‍यो। तर  कसैलाई पनि बताइनन्।

नताशाले बिबिसीसँग भनिन्, ‘मेरो सबै बालापन आफैंलाई दोषी र अभागी ठान्दै गयो। म हरेक दुर्घटनाको दोषी आफूलाई नै ठहर्‍याउँथें।’

‘मलाई मेरो जिन्दगीको एउटा हिस्सा नै दुःख हो झैं लाग्न लागिसकेको थियो। म आफैंलाई पीडितको संज्ञा दिन्थें। मेरो भाग्यमै पीडा लेखेको छ जस्तो लाग्थ्यो।’

एक किसिमले भन्दा उनी आफैंमा आत्मविश्वास हराइसकेको थियो। उनलाई आफैंमाथि भरोसा थिएन। एक समय यस्तो आयो, नृत्य गर्दा उनलाई आफू केही स्वतन्त्र भएको महसुस हुन थाल्यो। नृत्यबाट नै उनले बाँच्ने कलाहरू सिक्न थालेकी थिइन्।

त्यसपछि उनले मुम्बईको कुनै एक स्थानीय डान्स स्कूलमा ज्याज, बेली र कन्टेम्पोरेरी डान्स सिकिन्।

Ncell 2
Ncell 2
nimb
nimb

पछि घुँडामा चोट लाग्नाले यो इच्छालाई पनि उनले मनमै तुहाउनुपर्‍यो। अब उनी डान्ससमेत गर्न नसक्ने अवस्थामा पुगिन्।

यही बेला उनमा डिस्लेक्सिया (पढ्दा अक्षर चिन्न समस्या हुने एक मानसिक समस्या) भयो। जसले गर्दा उनले नचाहँदा नचाहँदै पनि विद्यालयमा विभिन्न साथीहरूबाट दुर्व्यवहार खेप्नुपर्‍यो र हाँसोकी पात्र बन्नुपर्‍यो।

जसोतसो गरेर उनले स्नातकको डिग्री लिइन्। यसपछि उनलाई पाल्दै आएकी हजुरआमाले उनलाई सुरक्षित मानिएकाे शिक्षक पेशामा आबद्ध हुने सल्लाह दिएकी थिइन्।

नताशालाई थाहा छ कि उनका परिवारले उनीमाथि दर्शाएको प्रेम अथाह थियो तर पनि कतै केही कमी महशुस भइरहेको थियो उनलाई।

‘यो सबै मेरै सोच थियो। म कहिले पनि केही स्वीकार गर्नका लागि तयार थिइनँ। मेरो मनभित्रको कुरा म कसैलाई बताउँदिन थिएँ’ उनी सुनाउछिन्, ‘तर मैले कुनै हालतमा पनि शिक्षक बन्न भने चाहेकी थिइनँ।’

नताशा ने कुछ वक्त पशु शेल्टर में भी काम किया

समयले सिकायो
यसपछि उनको जीवनमा एउटा महत्वपूर्ण घडी आयो, उनको ब्रेकअप भयो। यही कुराले पनि उनमा केही बदलाव ल्याउन सहयोग पुग्यो।

नताशा भन्छिन्, ‘अब अत्ति भयो। अब यसरी चल्दैन। मैले केही गर्नैपर्छ भन्ने भाव त्यसपछि आउन थाल्यो।’

योबीचमा उनले एक गहिरो कुरा सिकेकी थिइन्, ‘आफ्नो मानसिक स्वास्थ्यको ख्याल आफैं राख्नुपर्छ। अरू कसैले नराख्ने रहेछन्।’

उनी भन्छिन्, ‘मेरो विचारमा कसैप्रति चाहिनेभन्दा ज्यादा व्यवहार देखाउन खोज्छन् भने त्यसबाट उत्पन्न भएको मानसिक तनाव नै डिप्रेसन हो। कहिलेकाहीँ म यति खाना खान्छु कि मलाई सास फेर्नसमेत अप्ठ्यारो हुन्छ। यस्तो हुँदा कति पटक त मैले बान्तासमेत गरेकी छु। फेरि कुनै समय यस्तो पनि हुन्थ्यो कि म आफैंलाई केही समय भोको राखिरहेको हुन्थें। कुनै समय म सुतिमात्र रहन्थे जबकि कुनै समय केही रातसम्म पनि नसुती समय कटाउने गर्थें‌।’

हाम्रो समाजमा मानसिक स्वास्थ्यमा केही गडबडी आउनुलाई कलंकको रूमा चित्रित गरिएको छ। यसबाट पीडित मानिसलाई प्रोत्साहन दिनुको सट्टा नजरअन्दाज गर्नेहरू धेरैमात्रामा पाइन्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा हरेक ४ मध्ये १ व्यक्ति कुनै  न कुनै हिसाबले मानसिक समस्याले ग्रसित रहेका हुन्छन्। 

सानै उमेरदेखि नै नताशाले यसको बारेमा आफूले केही माध्यमबाट फेला पारेका विधिहरू अवलम्बन गर्न थालिसकेकी थिइन्। तर, यसपटक भने उनले आफूलाई केही फरक बाटो अपनाउने निर्णय गरिन्।

उनले हरेक दिन आफ्नो दैनिक जीवनमा घटेका विभिन्न घटनाहरू एउटा डायरीमा लेख्न थालिन्, सबै लेखिसकेपछि अन्तिममा उनी अहिलेसम्म जे भएको छ त्यसका लागि ईश्वरलाई धन्यवाद दिन्थिन्।

‘मेरो डिप्रेसन र तनावलाई जित्न धेरै हदसम्म यही कुराले मलाई सहयोग गर्‍यो,’ उनी सुनाउँछिन्, ‘म हरेक दिन आफ्ना लागि साना साना क्रियाकलापहरू गर्न थालेकी थिएँ। जस्तैः साँझमा थोरैमा पनि पाँच मिनेट घरबाट बाहिर निस्किएर कतै हिँड्ने गर्थें।’

 ‘म आफैंलाई भन्थें कि बेकामी हुनु कुनै अपराध होइन। कुनै गल्ती होइन। म एकपटक फेरि कोशिस गर्छु। त्योबेलासम्म मैले आफूले आफैंलाई प्रेम गर्न सिकिरहेकी थिएँ’ उनी भन्छिन्, ‘मलाई अझै पनि याद छ कि मलाई उपचार गर्ने मनोचिकित्सकले मलाई कस्तो छ भनेर सोध्दा म ठिक छु, बरू तपाईंलाई कस्तो छ? भनेको त्यो दिन।’

योगले सुधारेको जीवन
डिप्रेसन र तनावबाट छुटकारा पाउने कोशिसमा नताशाको जीवनमा योगको अहम् भूमिका रह्यो। बिस्तारै उनले मानसिक र शारीरिक स्वास्थ्यका लागि योगका विभिन्न मार्गहरू अपनाउन थालिन्। 

उनी भन्छिन्, ‘घुँडामा चोट लागेपछि शरीरलाई अप्ठ्यारो पर्ने कुनै पनि काम गर्न सकिनँ। तर सामाजिक सञ्जालमा विभिन्न महिलाहरूले आफूलाई फरक भावभंगीमा आफूलाई प्रस्तुत गरेको देख्थें। यस्तो देखेर मलाई आश्चर्य लाग्थ्यो।’

उनलाई पनि यत्तिको आत्मविश्वास आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। तर यसका लागि योगका साधारण आसनका साथसाथै आफ्नो श्वासप्रश्वासमा पनि नियन्त्रण ल्याउन जरूरी थियो।

नताशा नोएल


नताशा सुनाउँछिन्, ‘योगबाट मलाई आफ्नो मनलाई स्थिर राख्नका लागि मद्दत मिल्छ। यो प्रक्रिया केही ढिलो छ तर मेरा लागि यसले धेरै ठूलो सहयोग गरेको छ।’

करीब ५ वर्षको साधनापछि उनी आफैंमा धेरै परिवर्तन आएको बताउँछिन्। उनी भन्छिन्, ‘आजकल मेरो जिन्दगीमा चाहे जति नै ठूलो समस्या आओस् हरेक बिहान केही समयका लागि म योग गर्छु र केही समय ध्यान गर्ने गर्छु।’

अहिले उनी आफ्नो जीवनशैली सँगसँगै अरूको  जीवनशैली पनि सुधार गर्न व्यस्त छिन्। अहिले उनले आफूलाई योग शिक्षिकाको रूपमा स्थापित गरेकी छन्।

उनी अहिले २७ वर्षकी भइन्। अहिले पनि कतिपय चिन्ता आएभने यसै ध्यानकै माध्यमबाट सबै कुराको समाधान छन् भन्ने कुरामा विश्वास गर्छिन्।

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  ०७:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्