काठमाडौं- सर्वोच्च अदालतले किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यबाहक अध्यक्षबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले श्रेष्ठलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय कार्यान्वयन नर्गन भनेको हो।
सरकारले श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई कार्यबाहक अध्यक्ष नियुक्त गरेको थियो। त्यस विरुद्ध श्रेष्ठका तर्फबाट चेतनाथ धमलाले प्रेस काउन्सिल बोर्ड ऐन विपरीत श्रेष्ठलाई हटाएर भण्डारीलाई नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए।
सर्वोच्चले श्रेष्ठलाई कार्यबाहक अध्यक्षका रूपमा काम गर्न नरोक्नसमेत आदेशमा भनेको छ।
सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलाउँदै लिखित जवाफ पेस गर्नसमेत भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।