• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्रदेशमा बेथिति : सवा एक अर्बको सामान मनमौजी खरिद

64x64
उत्तम काप्री मंगलबार, भदौ २, २०७७  १३:०६
1140x725

काठमाडौं-सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(१) मा सार्वजनिक निकायले आर्थिक पारदर्शिताका लागि कुनै आयोजनाको काम र मालसामfन खरिद गर्दा प्रतिस्पर्धा गराउनुपर्ने व्यवस्था गरेको छ। नियमावलीमा सार्वजनिक निकायले १० लाख रूपैयाँभन्दा बढी लागत अनुमान भएको मालसामान वा सेवा खरिद गर्दा सार्वजनिक रुपमा खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने स्पष्ट उल्लेख गरेको छ। 

यसैगरी नियमावलीमा २० लाख रूपैयाँभन्दा बढी लागत अनुमान भएको निर्माण कार्य गराउँदा पनि बोलपत्रको माध्यमद्वारा प्रतिस्पर्धात्मक तरिका अपनाई काम गर्नु पर्ने उल्लेख छ।

तर, सात वटै प्रदेश सरकारले गठनकाे पहिलो आर्थिक वर्ष २०७५/०७६ मै १ अर्ब २६ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरका सामान खरिद तथा आयोजनाको काम विना प्रतिस्पर्धा कानुनविपरीत गरेको तथ्य खुलेकाे छ।

महालेखापरीक्षकको कार्यालयले केही समय अगाडि सार्वजनिक गरेको प्रादेशिक वार्षिक प्रतिवेदनमा विना प्रतिस्पर्धा सामान खरिद तथा आयोजनाको काम गरेको भन्दै प्रश्न उठाएको छ।

विना प्रतिस्पर्धा कुन प्रदेशले कति गरे खर्च
कर्णाली प्रदेश
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा कूल ८ करोड ७० रुपैयाँ बराबरको सामान सोझै खरिद गरेकाे छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१(१) अनुसार सार्वजनिक निकायले १०लाख रूपैयाँभन्दा बढी लागत अनुमान भएको मालसामान वा सेवा खरिद गर्दा वा २० लाख रूपैयाँभन्दा बढी लागत अनुमान भएको निर्माण कार्य गराउँदा बोलपत्रको माध्यमद्वारा प्रतिस्पर्धात्मक तरिका अपनाई खरिद गर्नु पर्ने उल्लेख छ। 

तर, कर्णाली प्रदेशसभा सचिवालय र ७ मन्त्रालयले सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत ८ करोड ७० लाखको सामान सोझै खरिद गरेको महालेखाको वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख छ।

गण्डकी प्रदेश
यसैगरी गण्डकी प्रदेश सरकारले पनि सार्वजनिक खरिद नियमावली २०६३ को नियम ३१ (१) विपरीत १४ करोड २१ लाख ९३ हजार रुपैयाँको सामान सोझै खरिद तथा आयोजनाको काम गरेको महालेखाको प्रतिवेदानमा उल्लेख छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ बमोजिम सार्वजनिक निकायले २० लाखभन्दा बढी रकमको खरिद गर्नु पर्दा खुला बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने उल्लेख छ। तर, त्योभन्दा बाहिर गएर काम भएको प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक खरिद नियमावलीको नियम ९(क) बमोजिम खरिदसम्बन्धी सम्पूर्ण काम एउटै खरिद सम्झौताबाट हुन सक्ने वा कामपिच्छे छुट्टै खरिद सम्झौता गर्नुपर्ने हो होइन यकिन गरेर मात्र खरिद गर्नुपर्ने व्यवस्था भए पनि पालन नभएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष २०७५/०७६ मा गण्डकी प्रदेश सरकारअन्तर्गतको ७ मन्त्रालयका ३५ निकायले मालसामानमा खरिदमा ६ करोड २ लाख, निर्माणमा १ करोड १० लाख ८० हजार र परामर्श सेवामा ७ करोड ९ लाख १३ हजारसमेत गरी १४ करोड २१ लाख ९३ हजार सोझै खरिद गरी खर्च गरेका छन्। यसरी सोझै खरिद गर्ने कार्यमा नियन्त्रण गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश १ 
प्रदेश १ सरकारले पनि आर्थिक वर्ष २०७५/०७६ मा विना प्रतिस्पर्धा कानुनविपरीत ८ करोड १६ लाख ८६ हजार रूपैयाँको निर्माण, मर्मतसम्भार, फर्निचर तथा कार्यालय सामानलगायतका सामान सिधै खरिद गरेको महालेखाको वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख छ।

प्रदेश १ सरकारका ७ मन्त्रालय र १ सचिवालयले ८ करोड १६ लाख ८६ हजारको निर्माण, मर्मतसम्भार, फर्निचर तथा कार्यालय सामान लगायतका सामान सिधै खरिद गरेको विषय नियमसम्मत नभएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। प्रचलित खरिद नियमको पालना गरेरमात्रै सामान खरिद तथा निर्माणकाे काम गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ।

प्रदेश २
यसैगरी प्रदेश २ सरकारले पनि सार्वजनिक खरिद नियमावलीविपरीत आर्थिक वर्ष २०७५/०७६ मा सोझै २५ करोड ७९ लाख ६ रुपैयाँ बराबरको निर्माण तथा सामान खरिद गरेको महालेखाको वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख छ। प्रदेश २ अन्तर्गतका १८ निकायले कानुनविपरीत  २५ करोड ७९ लाख ६ हजारको बराबरको निर्माण तथा सामान खरिद गरेको महालेखाले जनाएकाे छ।

प्रदेश ५
प्रदेश ५ सरकारले पनि आर्थिक वर्ष २०७५/०७६ मा कुल २२ करोड ८० लाख ७६ हजार रुपैयाँ बराबरको सामान तथा निर्माण सार्वजनिक खरिद नियमावलीभन्दा बाहिर गएर खर्च गरेको महालेखाको वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख छ। 

Xtrem

Xtrem

प्रदेशअन्तर्गतका ३ मन्त्रालय र १ सचिवालयले पटक-पटक गरी २ करोड ३ लाख ७७ हजारका फर्निचर, कम्प्यूटरलगायतका सामान सोझै खरिद गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

यसैगरी प्रदेश ५ अन्तर्गतकै  ४ मन्त्रालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय र प्रदेश सभा सचिवालयले वार्षिक खरिद योजनाबेगर २० करोड ७६ लाख ९९ हजारका फर्निचर, मेशिनरी, औजार र सवारी साधन खरिद गरेको प्रतिवेदनमा उल्लेख छ।

बाग्मती प्रदेश
बागमती प्रदेश सरकारले पनि आर्थिक वर्ष २०७५/०७६ मा सार्वजनिक खरिद नियमावली २०६४ भन्दा बाहिर गएर  सिधै ४२ करोड ३ लाख ८ हजार रुपैयाँ बरबरको निर्माण तथा सामान खरिद गरेको छ।

प्रदेशअन्तर्गतका मन्त्रालय र मातहतका ३४ कार्यालयले सामग्री खरिदमा१० करोड ७५ लाख ६९ हजार, निर्माणमा ५ करोड ७० लाख ६८ हजार र परामर्श सेवामा २५ करोड ५६ लाख ७१ हजारसमेत समेत गरी ४२ करोड ३ लाख ८ हजारको सिधै खरिद गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम सरकारले पनि आर्थिक वर्ष २०७५/०७६ मा सार्वजनिक खरिद नियमावली, २०६४  भन्दा बाहिर गएर ४ करोड ४७ लाख ९९ हजार बराबरको सामान सोझै खरिद गरेको महालेखाको वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख छ।

प्रदेशअन्तर्गतका ७ कार्यालयले सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत ४ करोड ४७ लाख ९९ हजार रुपैयाँ बराबरको सामान सोझै खरिद गरेका हुन्।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्