• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हटस्पट’ विराटनगर : अस्पतालले बिरामीको चाप धान्न सकेन, ९९ संक्रमित होम आइसोलेसनमा

दैनिक ५० देखि ६० जनासम्ममा संक्रमण पुष्टि, संक्रमितको संख्या ५२३ पुग्यो, मेयर भन्छन्–समुदायस्तरमा कोरोना फैलियो, स्थिति भयावह छ
64x64
प्रजु पन्त आइतबार, साउन ३२, २०७७  १२:०४
1140x725

काठमाडौं–विराटनगर महानगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ। मेयर भीम पराजुली विराटगरको अहिलेको स्थिति भयावह तथा त्रासदीपूर्ण रहेको बताउँछन्। ‘विराटनगरमा समुदायस्तरमा कोरोना फैलियो, स्थिति भयावह छ,’ मेयर पराजुलीले भने, ‘भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेका छौं।’

प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलका अनुसार महानगरमा अहिलेसम्म  ४ हजार ५ सय ९५ जनाको पिसीआर परीक्षण गरिएको छ भने संक्रमितको संख्या ५ सय २३ पुगेको छ। 

लकडाउन गर्नुअघि १ सय ४ जना संक्रमित रहेकोमा १०/१२ दिनमा नै संख्या तेब्बर पुुगेको हो। पोखरेलका अनुसार दैनिक ५० देखि ६० जना कोरोना संक्रमित देखिएका छन्। साउन ३२ मा मात्रै ४८ जना संक्रमित थपिएका छन्। 

‘दिनको डेढ सयजति परीक्षण गरेका छौँ,’ पोखरेलले भने, ‘औसत दिनको ५० देखि ६० जना संक्रमित थपिने गरेका छन्।’ अहिलेसम्म  निको भएर घर फर्केका बिरामी ६९ जना रहेका छन्।

मेयर पराजुलीका अनुसार महानगरमा सुविधासम्पन्न अस्पताल नहुँदा पनि ठूलो समस्या देखिएको छ। कोसी अस्पतालमा पनि ‘लेभल वान’ को मात्रै सुविधा छ। बिरामीलाई लेभल २ र ३ को सुविधा चाहियो भने धरानस्थित बिपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउनुपर्छ। 

‘विराटनगरमा एकदमै थोरै आइसीयु र ४ वटामात्र भेन्टीलेटर छन्,’ मेयर पराजुलीले भने, ‘दिन प्रतिदिन बिरामी थपिएका छन्। स्वास्थ्य सेवाको अभावमा बिरामीलाई अकालमै मर्नुपर्ने स्थिति सिर्जना भएको छ ।’

विराटनगरमा सबैभन्दा धेरै वडा नम्बर ९ मा ५९ जना संक्रमित छन् भने वडा नम्बर १९ मा भने अहिलेसम्म देखिएका छैनन्। 

आइसोलेसन अभावमा घरमै बास्न बाध्य
विराटनगर ८ हाटखोलामा भाडामा बस्ने ३२ वर्षे युवकलाई २५ साउनमा कोरोना संक्रमण भयो। ५ दिनअघि संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा छन्। उनको परिवारलाई कन्ट्याक्ट ट्रेसीङ त गरिएको छ तर घरबेटी लगायतका अन्य व्यक्तिको परीक्षण गरिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

उनी विराटनगर बजारमा खाद्यान्नका होलसेल व्यापारी हुन्। महानगरले पसलेहरुको परीक्षण गरेका बेला उनमा संक्रमण पुष्टि भएको थियो। अस्पतालबाट केही समस्या परे फोन गर्न भनिएको संक्रमितका आफन्तले बताइन्। ‘अस्पतालबाट हामीलाई फोन आएको थियो। बिरामीलाई केही समस्या परे अस्पताल लैजान फोन गर्नु भनिएको छ,’ उनले भनिन्, ‘अहिलेसम्म अवस्था सामान्य नै भएकाले अस्पतालमा हामीले फोन गरेका छैनौँ।’

महानगरका प्रशासकीय अधिकृत पोखरेलका अनुसार महानगरभर २ वटा ६० बेड क्षमताको आइसोलेसन छन् भने क्वारेन्टाइनको संख्या ३ वटा छ। मारबाडी सेवा समितिले चलाएको आइसोलेसनमा ३१ जना बिरामी राखिएका छन् भने वडा नम्बर १९ मा रहेको स्वास्थ्य चौकीमा २० जना बिरामी छन्। 

मेयर पराजुलीका अनुसार अस्पतालमा बेड नभएपछि विराटनगर महानगरपालिकाका ९९ जना संक्रमित होम आइसोलेसनमा छन्। ‘अस्पतालमा बेड छैनन्, गम्भीर बिरामीलाई बाहेक राख्न सक्ने अवस्था नै भएन,’ पराजुलीले भने, ‘आइसोलेसन नबनुन्जेल बिरामीलाई होम आइसोलेसनमा राखेका छौँ । उहाँहरुको हेरविचार महानगरले गरिरहेको छ ।’

प्रशासकीय अधिकृत पोखरेलका अनुसार महानगरसँग ३ वटा एम्बुलेन्स छन् जसमा एउटा एम्बुलेन्स कोरोना बिरामीका लागि छुटाइएको छ। होम आइसोलेसनमा समस्या देखिएका र कोरोनाको लक्षण देखिएका बिरामीलाई धरान पुर्‍याउन उक्त एम्बुलेन्स प्रयोग गरिने उनले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

परीक्षणको दायरा फराकिलो बनाइँदै  
महानगरले पटक–पटक सूचना निकालेर निश्चित समयमा मात्रै सामान किन्न आग्रह गरिरहेको छ। खाद्यान्न,तरकारी,फलफूल तथा औषधि पसलमा जाँदा मास्क लगाउने र सामाजीक दुरी कायम गरेर  निस्कन आग्रह गरिरहेको छ। समुदायस्तरमा कोरोना फैलिएपछि महानगरले सबै वडाका किराना पसल, चिया पसल, पान पसल तथा सैलुनमा परीक्षण गर्ने योजना बनाएको छ भने सरकारी कार्यालयहरुमा धेरै भिडभाड हुने नापी विभाग, मालपोत कार्यालय र विद्युत प्राधिकरणमा परीक्षण गर्ने योजना बनाएको मेयर पराजुलीले जानकारी दिए। 

‘लकडाउनसँगै परीक्षणको दायरा बढाउने, कन्टयाक्ट ट्रेसीङ गर्ने, अर्काे रेन्डम ट्रेसिङ गर्ने गर्छाैं,’ मेयर पराजुलीले भने, ‘अवस्था हेरेर एरिया सिल गर्ने र सिल गरेका एरियाका सबैको परीक्षण पनि गर्छाैं।’

कोरोना नियन्त्रणका महानगरले गर्‍यो ४ करोड विनियोजन, प्रदेशले सहयोग गरेन 
विराटनगर महानगरपालिकाले कोरोना रोकथाम,नियन्त्रण र न्युनीकरणका लागि ४ करोड विनियोजन गरेको छ। यो रकमले कोरोना परीक्षण गर्ने तथा आइसोलेसन  बनाउने तयारी छ। 

‘स्थानीय तहको काम/अधिकार क्वारेन्टाइन बनाउने हो,’ मेयर पराजुलीले भने, ‘तर खुकुरीको चोट अचानोलाई मात्र थाहा छ विराटनगर महानगरबासीको स्वास्थ्यमा हामी गम्भीर छाैं अब आफैं आइसोलेसन बनाउने तयारी गर्दैछौँ ।’ 

पराजुलीका अनुसार प्रदेश १ को राजधानी विराटनगर नै भए पनि प्रदेश सरकारले केही सहयोग गरेको छैन। प्रदेश अस्पतालअन्र्तगत कोशी अस्पताल भए पनि पर्याप्त आइसीयु र भेन्टीलेटरको व्यवस्था छैन  भने प्रदेश सरकारले कुनै सहयोग नगरेको दाबी गरे । आफूहरुले समन्वय गराै‌भन्दा पनि प्रदेश र केन्द्रले सहयोग नगरेको मेयर पराजुलीले गुनासो गरे। 

‘विराटनगर महानगरपालिका जनताको स्वास्थ्यमा गम्भीर छ दुई चारवटा बाटो नबनाऔँला, पुर्वाधार विकास नगराँैला,’ उनले भने, ‘जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छाैं।’

महानगरले प्रदेशले अस्पताल नबनाए ५० बेड क्षमताको अस्पताल आफैं बनाउने योजना बनाएको छ भने ७० बेड क्षमताको आइसोलेसन तत्काल बनाउने तयारी गरेको छ। 

‘कोसी अस्पताललाई कोभीड–१९ अस्पताल बनाइयोस्, निजीलाई पनि परीक्षण गर्न दिइयोस्’ 
कोसी अस्पताल पुरैलाई कोभिड अस्पताल बनाएर त्यही अनुसारको उपचार सुविधा पाए अहिलेको संकट व्यवस्थापन गर्न सकिने बताउँछन् विराटनगर महानगरका प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल। छुुट्टै स्थानमा कोसी अस्पताल अन्र्तगतकै १ सय बेड क्षमताको कोरोना बिरामीलाई जाँच गर्ने भए पनि अन्य स्थानमा गर्भवती, दीर्घरोगीको चाप पनि उस्तै हुन्छ।

ती बिरामीको अन्यत्र उपचार गरेर अहिलेको स्थितिमा कोसी अस्पताललाई नै पुरै कोभिड अस्पताल बनाउन सकिने उनको धारणा  छ। त्यस्तै सरकारीले मात्रै नथेगेको अवस्थामा निजी अस्पतालहरुले सरकारले अनुगमन गर्ने गरि कोभिड १९ को उपचार गर्न खुला गर्नुपर्ने पोखरेलले बताए। 

‘सरकारले अनुगमन गरोस्, कोरोना जाँच गराउनु पर्नेलाई निजी अस्पतालमा व्यवस्था गरियो भने सरकारीमा कम चाप हुन्छ,’ पोखरेलले भने, ‘सरकारीमा पुरै कोरोना बिरामीलाई राख्न सकिन्छ ।’

(यसअघि प्रकाशित मुख्य तस्बिर अन्यथा पर्न गएकाले सच्याइएको छ।सं)

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
काभ्रेको सेल्फीडाँडामा माइक्रोबस दुर्घटना, चालकसहित ३ जनाको उद्धार सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सोमबार, कात्तिक २, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने सोमबार, कात्तिक २, २०८३
ओमानसँग नेपाल भिड्दै, शीर्ष ६ मा पर्न जित आवश्यक सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्