• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हटस्पट’ विराटनगर : अस्पतालले बिरामीको चाप धान्न सकेन, ९९ संक्रमित होम आइसोलेसनमा

दैनिक ५० देखि ६० जनासम्ममा संक्रमण पुष्टि, संक्रमितको संख्या ५२३ पुग्यो, मेयर भन्छन्–समुदायस्तरमा कोरोना फैलियो, स्थिति भयावह छ
64x64
प्रजु पन्त आइतबार, साउन ३२, २०७७  १२:०४
1140x725

काठमाडौं–विराटनगर महानगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ। मेयर भीम पराजुली विराटगरको अहिलेको स्थिति भयावह तथा त्रासदीपूर्ण रहेको बताउँछन्। ‘विराटनगरमा समुदायस्तरमा कोरोना फैलियो, स्थिति भयावह छ,’ मेयर पराजुलीले भने, ‘भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेका छौं।’

प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलका अनुसार महानगरमा अहिलेसम्म  ४ हजार ५ सय ९५ जनाको पिसीआर परीक्षण गरिएको छ भने संक्रमितको संख्या ५ सय २३ पुगेको छ। 

लकडाउन गर्नुअघि १ सय ४ जना संक्रमित रहेकोमा १०/१२ दिनमा नै संख्या तेब्बर पुुगेको हो। पोखरेलका अनुसार दैनिक ५० देखि ६० जना कोरोना संक्रमित देखिएका छन्। साउन ३२ मा मात्रै ४८ जना संक्रमित थपिएका छन्। 

‘दिनको डेढ सयजति परीक्षण गरेका छौँ,’ पोखरेलले भने, ‘औसत दिनको ५० देखि ६० जना संक्रमित थपिने गरेका छन्।’ अहिलेसम्म  निको भएर घर फर्केका बिरामी ६९ जना रहेका छन्।

मेयर पराजुलीका अनुसार महानगरमा सुविधासम्पन्न अस्पताल नहुँदा पनि ठूलो समस्या देखिएको छ। कोसी अस्पतालमा पनि ‘लेभल वान’ को मात्रै सुविधा छ। बिरामीलाई लेभल २ र ३ को सुविधा चाहियो भने धरानस्थित बिपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याउनुपर्छ। 

‘विराटनगरमा एकदमै थोरै आइसीयु र ४ वटामात्र भेन्टीलेटर छन्,’ मेयर पराजुलीले भने, ‘दिन प्रतिदिन बिरामी थपिएका छन्। स्वास्थ्य सेवाको अभावमा बिरामीलाई अकालमै मर्नुपर्ने स्थिति सिर्जना भएको छ ।’

विराटनगरमा सबैभन्दा धेरै वडा नम्बर ९ मा ५९ जना संक्रमित छन् भने वडा नम्बर १९ मा भने अहिलेसम्म देखिएका छैनन्। 

आइसोलेसन अभावमा घरमै बास्न बाध्य
विराटनगर ८ हाटखोलामा भाडामा बस्ने ३२ वर्षे युवकलाई २५ साउनमा कोरोना संक्रमण भयो। ५ दिनअघि संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा छन्। उनको परिवारलाई कन्ट्याक्ट ट्रेसीङ त गरिएको छ तर घरबेटी लगायतका अन्य व्यक्तिको परीक्षण गरिएको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

उनी विराटनगर बजारमा खाद्यान्नका होलसेल व्यापारी हुन्। महानगरले पसलेहरुको परीक्षण गरेका बेला उनमा संक्रमण पुष्टि भएको थियो। अस्पतालबाट केही समस्या परे फोन गर्न भनिएको संक्रमितका आफन्तले बताइन्। ‘अस्पतालबाट हामीलाई फोन आएको थियो। बिरामीलाई केही समस्या परे अस्पताल लैजान फोन गर्नु भनिएको छ,’ उनले भनिन्, ‘अहिलेसम्म अवस्था सामान्य नै भएकाले अस्पतालमा हामीले फोन गरेका छैनौँ।’

महानगरका प्रशासकीय अधिकृत पोखरेलका अनुसार महानगरभर २ वटा ६० बेड क्षमताको आइसोलेसन छन् भने क्वारेन्टाइनको संख्या ३ वटा छ। मारबाडी सेवा समितिले चलाएको आइसोलेसनमा ३१ जना बिरामी राखिएका छन् भने वडा नम्बर १९ मा रहेको स्वास्थ्य चौकीमा २० जना बिरामी छन्। 

मेयर पराजुलीका अनुसार अस्पतालमा बेड नभएपछि विराटनगर महानगरपालिकाका ९९ जना संक्रमित होम आइसोलेसनमा छन्। ‘अस्पतालमा बेड छैनन्, गम्भीर बिरामीलाई बाहेक राख्न सक्ने अवस्था नै भएन,’ पराजुलीले भने, ‘आइसोलेसन नबनुन्जेल बिरामीलाई होम आइसोलेसनमा राखेका छौँ । उहाँहरुको हेरविचार महानगरले गरिरहेको छ ।’

प्रशासकीय अधिकृत पोखरेलका अनुसार महानगरसँग ३ वटा एम्बुलेन्स छन् जसमा एउटा एम्बुलेन्स कोरोना बिरामीका लागि छुटाइएको छ। होम आइसोलेसनमा समस्या देखिएका र कोरोनाको लक्षण देखिएका बिरामीलाई धरान पुर्‍याउन उक्त एम्बुलेन्स प्रयोग गरिने उनले जानकारी दिए।

परीक्षणको दायरा फराकिलो बनाइँदै  
महानगरले पटक–पटक सूचना निकालेर निश्चित समयमा मात्रै सामान किन्न आग्रह गरिरहेको छ। खाद्यान्न,तरकारी,फलफूल तथा औषधि पसलमा जाँदा मास्क लगाउने र सामाजीक दुरी कायम गरेर  निस्कन आग्रह गरिरहेको छ। समुदायस्तरमा कोरोना फैलिएपछि महानगरले सबै वडाका किराना पसल, चिया पसल, पान पसल तथा सैलुनमा परीक्षण गर्ने योजना बनाएको छ भने सरकारी कार्यालयहरुमा धेरै भिडभाड हुने नापी विभाग, मालपोत कार्यालय र विद्युत प्राधिकरणमा परीक्षण गर्ने योजना बनाएको मेयर पराजुलीले जानकारी दिए। 

‘लकडाउनसँगै परीक्षणको दायरा बढाउने, कन्टयाक्ट ट्रेसीङ गर्ने, अर्काे रेन्डम ट्रेसिङ गर्ने गर्छाैं,’ मेयर पराजुलीले भने, ‘अवस्था हेरेर एरिया सिल गर्ने र सिल गरेका एरियाका सबैको परीक्षण पनि गर्छाैं।’

कोरोना नियन्त्रणका महानगरले गर्‍यो ४ करोड विनियोजन, प्रदेशले सहयोग गरेन 
विराटनगर महानगरपालिकाले कोरोना रोकथाम,नियन्त्रण र न्युनीकरणका लागि ४ करोड विनियोजन गरेको छ। यो रकमले कोरोना परीक्षण गर्ने तथा आइसोलेसन  बनाउने तयारी छ। 

‘स्थानीय तहको काम/अधिकार क्वारेन्टाइन बनाउने हो,’ मेयर पराजुलीले भने, ‘तर खुकुरीको चोट अचानोलाई मात्र थाहा छ विराटनगर महानगरबासीको स्वास्थ्यमा हामी गम्भीर छाैं अब आफैं आइसोलेसन बनाउने तयारी गर्दैछौँ ।’ 

पराजुलीका अनुसार प्रदेश १ को राजधानी विराटनगर नै भए पनि प्रदेश सरकारले केही सहयोग गरेको छैन। प्रदेश अस्पतालअन्र्तगत कोशी अस्पताल भए पनि पर्याप्त आइसीयु र भेन्टीलेटरको व्यवस्था छैन  भने प्रदेश सरकारले कुनै सहयोग नगरेको दाबी गरे । आफूहरुले समन्वय गराै‌भन्दा पनि प्रदेश र केन्द्रले सहयोग नगरेको मेयर पराजुलीले गुनासो गरे। 

‘विराटनगर महानगरपालिका जनताको स्वास्थ्यमा गम्भीर छ दुई चारवटा बाटो नबनाऔँला, पुर्वाधार विकास नगराँैला,’ उनले भने, ‘जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेका छाैं।’

महानगरले प्रदेशले अस्पताल नबनाए ५० बेड क्षमताको अस्पताल आफैं बनाउने योजना बनाएको छ भने ७० बेड क्षमताको आइसोलेसन तत्काल बनाउने तयारी गरेको छ। 

‘कोसी अस्पताललाई कोभीड–१९ अस्पताल बनाइयोस्, निजीलाई पनि परीक्षण गर्न दिइयोस्’ 
कोसी अस्पताल पुरैलाई कोभिड अस्पताल बनाएर त्यही अनुसारको उपचार सुविधा पाए अहिलेको संकट व्यवस्थापन गर्न सकिने बताउँछन् विराटनगर महानगरका प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल। छुुट्टै स्थानमा कोसी अस्पताल अन्र्तगतकै १ सय बेड क्षमताको कोरोना बिरामीलाई जाँच गर्ने भए पनि अन्य स्थानमा गर्भवती, दीर्घरोगीको चाप पनि उस्तै हुन्छ।

ती बिरामीको अन्यत्र उपचार गरेर अहिलेको स्थितिमा कोसी अस्पताललाई नै पुरै कोभिड अस्पताल बनाउन सकिने उनको धारणा  छ। त्यस्तै सरकारीले मात्रै नथेगेको अवस्थामा निजी अस्पतालहरुले सरकारले अनुगमन गर्ने गरि कोभिड १९ को उपचार गर्न खुला गर्नुपर्ने पोखरेलले बताए। 

‘सरकारले अनुगमन गरोस्, कोरोना जाँच गराउनु पर्नेलाई निजी अस्पतालमा व्यवस्था गरियो भने सरकारीमा कम चाप हुन्छ,’ पोखरेलले भने, ‘सरकारीमा पुरै कोरोना बिरामीलाई राख्न सकिन्छ ।’

(यसअघि प्रकाशित मुख्य तस्बिर अन्यथा पर्न गएकाले सच्याइएको छ।सं)

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १२:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सुनको मूल्य सामान्य घट्यो मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
अर्थमन्त्रीले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्ने मंगलबार, भदौ ९, २०८३
प्रतिनिधि सभा बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्