• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ठूला ५ वाणिज्य बैंकको 'नेक टु नेक कम्पिटिसन', एनआईसी एशिया हरेक वर्ष छलाङ मार्दै तेस्रो स्थानमा

64x64
अरुण सापकोटा आइतबार, साउन ३२, २०७७  ०९:३०
1140x725

काठमाडौं–नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका २७ वाणिज्य बैंकमध्ये यस वर्ष पनि राष्ट्रिय वाणिज्य बैंक एक नम्बरमा रहेको छ।

गत वर्ष पाँचौ नम्बरमा रहेको एनआईसी एशिया बैंक यो वर्ष तेस्रो नम्बरमा छ। निजीस्तरको वाणिज्य बैंकको तर्फबाट एनआइसी दोस्रो स्थानमा उक्लिएको छ। पुँजी र जगेडा कोषका हिसाबले भने एनआईसी अरुभन्दा कमजोर छ। तर कर्जा विस्तार र निक्षेप संकलनमा भने सबैभन्दा आक्रामक रुपमा अगाडि बढिरहेको छ। यही स्वरुपले गर्दा एनआईसी एशिया अग्रपंक्तिमा देखिन सफल भएको हो।

लामो समयदेखि पहिलो नम्बरमा रहँदै आएको सरकारी स्वामित्वको वाणिज्य बैंक नाफाका हिसाबले सबैभन्दा अगाडि छ। नाफासँगै खुद व्याज आम्दानी, निक्षेप संकलन तथा कर्जा विस्तार, जगेडा कोष र प्रतिशेयर आम्दानीका हिसाबले सबैभन्दा अगाडि छ। यसकाे खराब पक्ष खराब कर्जा सबैभन्दा धेरै छ। सञ्चालन खर्च भने दोस्रो स्थानमा छ। 

दोस्रो नम्बरमा रहेको नविल बैंक नाफाका साथै जगेडा कोष तथा प्रतिशेयर आम्दानीमा मात्रै दोस्रो नम्बरमा छ। तर कर्जा विस्तार निक्षेप संकलन चुक्ता पुँजीतर्फ अन्य निजीस्तरका वाणिज्य बैंकले उछिनिसकेको छ। बैंकलाई दोस्रो स्थानमा टिकाउनमा सञ्चालन खर्च र कष्ट अफ फण्डले साथ दिइरहेकाे छ।

यसकाे सञ्चालन खर्च कम छ भने फण्डको लागत पनि कम छ। अन्यथा केही सूचकमा विग मर्जर गरेर आएको ग्लोबल बैंक र आक्रामक रुपमा अगाडि बढेको एनआइसी एशियाले उछिनिसकेको छ। नविल बैंकको खराब कर्जाले पनि आगामी दिनमा केही धक्का दिन सक्ने देखिन्छ। पुँजी बढाउन र थप व्यवसाय विस्तार गर्नतर्फ नविल बैंकलाई सबैभन्दा धेरै चुनौती छ। 

तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंक यस वर्ष तेस्रो नम्बरमा उक्लिएको छ। केही वर्ष अगाडि फ्रन्टलाइनमा नदेखिएकाे एनआईसी एशिया पुँजी वृद्धिपछि सबैभन्दा आक्रामक हिसाबले अगाडि बढेको हो। पुँजीले सिनर्जी प्रदान गरेको एनआईसी एशियाले व्यवस्था विस्तारका लागि आक्रामक हिसाबले शाखा सञ्जाल विस्तारमा ध्यान दिएको थियो। ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा नम्बर वान खेलाडीको रुपमा उत्रिएको यस बैंकलाई नेपाल राष्ट्र बैंकले निक्षेपको व्याजदरमा सीमा तोकिदिनु पर्ने अवस्था आयो। ठूला-ठूला कर्जामा मात्रै ध्यान दिँदा डुब्ने भन्दै राष्ट्र बैंकले सचेत गराएपछि साना-साना कर्जामा बैंक सबैभन्दा अगाडि देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अन्य बैंकको भन्दा चुक्ता पुँजी र जगेडा कोषका हिसाबले कमजोर एनआईसी एशिया निक्षेप तथा कर्जा विस्तारतर्फ तेस्रो स्थानमा छ। सबैभन्दा ठूला ५ वाणिज्य बैंकमध्ये एनआईसी एशियाको खराब कर्जातर्फ सबैभन्दा कम छ। सुरुवाति अवस्थामा महंगोमा निक्षेप तान्ने प्रतिस्पर्धामा उत्रिएको एनआईसीले पछिल्लो समय निक्षेप व्याज घटाएर कष्ट अफ फण्डलाई पनि घटाउन सफल भएको छ। विज्ञापन तथा शाखा सञ्जालमा सबैभन्दा अगाडि रहेको एनआईसी एशियाको सञ्चालन खर्च भने ग्लोबल पछाडि सबैभन्दा धेरै छ। 

जनता बैंक बैकलाई मर्ज गराएर ग्लोबल चौथो स्थानमा उक्लिएको छ। चुक्ता पुँजी, कर्जा लगानी, खुद व्याज आम्दानीमा पहिलो रहेको छ। मर्जपछि पुँजी निक्षेप कर्जा लगानी थपिए पनि बैंकको खर्च नियन्त्रण हुन सकेन। कष्ट अफ फण्ड ५ ठूला बैंकमध्येकै सबैभन्दा धेरै छ। सञ्चालन खर्चमा राष्ट्रिय वाणिज्यपछि दोस्रो नम्बरमा छ। मर्जपछि जुन हिसाबले बैंकले सिनर्जी पाउनु पर्ने हो यस वर्ष भने पाउन सकेन। नेपाललाइभसँगको अन्तर्वार्ताका क्रममा यस बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरले बैंकले सिनर्जी पाएको तर नतिजा आउन अझै केही समय लाग्ने बताएका थिए। 

Xtrem

Xtrem

बैंक एक्लै हुँदा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ रहेकोमा मर्जपछि घटेर १६ रुपैयाँमा झरेको छ। यसले पनि पुँजी बढे अनुसार बैंकले प्रतिफल पाउन नसकेको पुष्टि हुन्छ। खुद व्याज आम्दानीका हिसाबले अगाडि रहेको बैंकले आफ्ना सञ्चालन खर्च कटौती गर्दै अन्य आयस्रोतलाई बढाउने हो भने बैंक अगाडि आउने सम्भावना छ। 

एकताका सबैभन्दा अगाडि देखिने नेपाल इन्भेष्टमेन्ट बैंक केही कमजोर देखिँदै आएको छ। नविल बैंकसँग टक्कर गरेर अगाडि बढिरहेको याे बैंकलाई केही ठूला कर्जाले वृद्धिदरमा असर पारिरहेको छ। जसले गर्दा खराब कर्जा बढाएको छ। एकातिर वृद्धिदर खुम्चिँदै जाने, अर्कोतर्फ अन्य बैंक आक्रामक शैलीमा अगाडि बढ्दै जाने अवस्थाले नेपाल इनेभष्टमेन्ट हरेक वर्ष खुम्चिँदै छ। प्राय दोस्रो र तेस्रो स्थानमा देखिने इन्भेष्टमेन्टलाई आक्रमक रुपमा अगाडि बढेको एनआईसी एशिया र बिग मर्जर गरेर आएको ग्लोबलले उछिनेको हो। 

पुँजीका हिसाबले दोस्रो र जगेडा कोषका हिसाबले तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्टले कर्जा विस्तार र निक्षेप संकलनको वृद्धिदरलाई अझै अगाडि बढाउनु पर्ने देखिन्छ। खराब कर्जा सल्टिएकै अवस्थामा पनि बैंक अझै अगाडि आउने सम्भावना कम छ। यदि खराब कर्जा नसल्टिएकै अवस्थामा पनि उक्त कर्जालाई रिप्लेस गर्न सक्ने गरि आक्रामक रुपमा व्यवसाय विस्तार गर्न सक्नु पर्छ। 

खराब कर्जा 
कोभिड-१९ का कारणले गर्दा अधिकांश बैंकको खराब कर्जा बढेको छ। नेपाल सरकारले कोभिड नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउनले गर्दा ऋणीले समयमा कर्जा भुक्तानी गर्न सकेका छैनन्। नेपाल राष्ट्र बैंकले प्रोभिजनका पक्षलाई केही नीतिगत व्यवस्थासहित सहजीकरण गरिदिए पनि यसले अल्पकालीन रुपमा नाफामा र दीर्घकालीन रुपमा ऋण उठ्नै नसक्ने जोखिम बढाएको छ। 

खराब कर्जा घटाउने उच्च महत्वाकांक्षासहित अगाडि बढेको राष्ट्रिय बाणिज्य बैंकले अझै पनि सल्टाउन सकेको छैन। सबैभन्दा ठूला चार वाणिज्य बैंककै खराब कर्जा बढेको छ। खराब कर्जामा उचित व्यवस्थापन गर्दै सञ्चालन खर्च नियन्त्रण गरेर नाफा आर्जन गर्ने ठूला बैंकलाई यसले ठूलो धक्का पुर्‍याएकाे छ। 

कष्ट अफ फण्ड 
गत वर्ष तरलता अभावका कारण अस्वस्थ व्याजदरमा उत्रिएका वाणिज्य बैंकले यस वर्ष निक्षेपको व्याजदर घटाएका छन्। निक्षेपकर्ताको व्याजदरमा संकुचन आएसँगै बैंकहरु कष्ट अफ फण्ड नै घटेको हो। राष्ट्रिय वाणिज्य बैंकबाहेक चार वटै ठूला बैंकको फण्डको लागत बढेको छ। 
 

प्रतिशेयर आम्दानी 
नेपाल राष्ट्र बैंकले पुँजी बृद्धि योजना ल्याए पछि प्रतिशेयर आम्दानीमा संकुचन आएकोमा यस वर्ष कोरोनाका कारण बैंकको प्रतिशेयर आम्दानीमा पुनः संकुचन आएको हो। बोनस शेयरबाट पुँजी बढाए अनुसार नाफा बढ्न नसक्दा प्रतिशेयर आम्दानीमा संकुचन आएको हो। यस वर्ष अधिकांश बैंकको नाफामा संकुचन आएको छ। सबैभन्दा ठूला ५ वाणिज्य बैंक मध्ये एनआईसी एशिया र ग्लोबलको नाफा बढे पनि बाँकीको घटेको छ। ग्लोबलको मर्जले गर्दा नाफा बढे पनि प्रतिशेयर आम्दानीमा १० रुपैयाँले संकुचन आएको छ। 

यो सामग्री तयार पार्दासम्म कृषि विकास बैंकको वित्तिय विवरण सार्वजनिक नभएको समावेश गरिएको छैन।

 

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध शुक्रबार, असोज ९, २०८३
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’ शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्रीले विश्व समुदायलाई भने– ऋणभन्दा पर्याप्त अनुदान देऊ शुक्रबार, असोज ९, २०८३
‘हिमालयन सुनामी’ विश्वका लागि चेतावनी : प्रधानमन्त्री शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्