• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बिमा रकमको लोभमा श्रीमतीको हत्या, तर पाएनन् भुक्तानी

64x64
अरुण सापकोटा शनिबार, साउन ३१, २०७७  ०७:१५
1140x725

काठमाडौं–पोखरा चिप्लेढुंगाका रमेश नेपालीले बिमा रकम पाउनका लागि एक वर्षअघि आफ्नै श्रीमती लक्ष्मी नेपालीको सुनियोजित रूपमा हत्या गरे। अनुसन्धानका क्रममा नेपालीले नियोजित हत्या गरेको भन्दै बिमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी दिन मानेन। 

बिमा दावी भुक्तानी नगरेपछि मृतककी सासुले बिमा समितिमा दाबी भुक्तानी पाउँ भन्दै उजुरी हालेकी छिन्। करिब एक वर्षयता बिमा समितिमा यो मुद्दा अड्केर बसेको छ। लक्ष्मीकी छोरीहरूले बिमा रकम पाउनुपर्ने दावीसहित समितिमा उजुरी दिइएको छ। 

बिमा पोलिसी खरिद गर्दा ईच्छाइएको व्यक्तिका रूपमा रमेशको नाम उल्लेख गरिएको थियो। उनै रमेशले पत्नीको हत्या गरेकाले ईच्छाइएको व्यक्तिले हत्या गरेका कारण दावी भुक्तानी नहुने भन्दै बिमा कम्पनीले पैसा दिएको छैन। बिमा समितिले यो मुद्दा कहिले टुंग्याउँछ यकिन छैन। 

यो एउटा प्रतिनिधि उदाहरणमात्रै हो। बिमा समितिमा यस्ता १३५ वटा उजुरी अझै टुंगो लाग्न बाँकी छ। गत वर्ष बिमा कम्पनीले दाबी भुक्तानी नगर्दा समितिमा २२७ वटा उजुरी दर्ता भएका थिए। बिमा कम्पनीले निर्धारण गरेको दावी रकमप्रति चित्त नबुझेर उजुरी आउने गरेको बिमा समितिका प्रबन्ध निर्देशक विरोध भट्टले जानकारी दिए। 

दर्ता भएका उजुरीमध्ये समितिले ७१ वटा मुद्दाको मात्रै फैसला गरेको छ। समितिले बिमा कम्पनी र बीमितलाई बोलाएर १९ वटा मुद्दामा आपसी सहमतिमा सल्टाएको छ। समितिमा उजुरी परेपछि मुद्दाको प्रकृति हेरेर सकेसम्म दुवै पक्षलाई बोलाएर मिलाउने प्रयास हुने भट्टले बताए। गत वर्ष समितिले दुई वटा मुद्दालाई तामेलीमा राखेको छ। बाँकी १३५ वटा मुद्दाका चाङ समितिमा थुप्रिएर बसेका छन्।  
 

बिमा सम्भावित जोखिम न्यूनीकरणका लागि गरिन्छ। यसका लागि बिमितले कम्पनीहरुलाई वार्षिक शुल्क तिर्छन्। बीमितले नियमित रुपमा प्रिमियम भुक्तानी गरे पनि अनेक बहानामा कम्पनीहरुले दाबी भुक्तानीमा आलटाल गर्छन्। भुक्तानी भैहाले पनि विभिन्न बहानामा क्षतिको कम मूल्याङ्कन गरेर भुक्तानी गर्न खोज्दा बीमित आक्रोशित भएर समितिमा पुग्ने गरेका छन्। 

अर्कोतर्फ कानुनमा प्रस्ट नभएका घटना सिर्जना हुँदा पनि बिमा कम्पनीले दाबी भुक्तानी गर्दैनन्। यस्तो अवस्थामा समितिमा मुद्दा पर्ने गरेको छ। यसरी परेका मुद्दा उपर अध्ययन भैसकेपछि समितिले फैसला गर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कम्पनी र सर्भेयर मिलेर बीमितको क्षतिको कम मूल्यांकन गर्दा समितिमा उजुरी पर्ने गरेको भट्टले जानकारी दिए। उसै त सर्भेयरले समयमा रिपोर्ट बुझाउदैनन्। बुझाए पनि चित्तबुझ्दो गरि बुझाउदैनन्। त्यसपछि बीमित समितिको शरणमा पुग्छन्। तर समितिमा पनि उक्त मुद्दाको सुनुवाइ हुन एक वर्ष लाग्छ। 

एकातिर मुद्दाको चाङ, अर्कोतर्फ बेलाबखत बस्ने सञ्चालक समितिको बैठकले मुद्दा हेर्न भ्याउदैन। एक–एक हप्तामा बोर्ड बस्ने अभ्यास भए पनि एक महिनामा पनि बस्दैन। बोर्ड नबस्दा मुद्दाका फाइल चाङ लाग्दै जान्छन्। पीडित बीमितले न्याय पाउन कम्तिमा पनि एक वर्ष कुर्नु पर्ने अवस्था छ। 

कसरी हुन्छ मुद्दा फैसला?
बिमितले दावीप्रति चित्त नबुझेपछि बिमा समितिमा उजुरी दर्ता गर्न सक्छन्। बिमितले बुझाएको निवेदनलाई हेरेर समितिको कानुनी विभागले आवश्यक कागजपत्र तथा व्यक्तिहरु बोलाउँछ। सम्बन्धित बिमा कम्पनीलाई पनि बोलाउँछ। बिमा कम्पनी तथा बिमित दुवैतर्फबाट प्रमाण जुटाएपछि समितिका कानुनी विभागका कर्मचारीहरुले मुद्दा लेख्छन्। उक्त मुद्दा हेर्दा सहमति हुने देखियो भने समितिले दुवै पक्षलाई बोलाएर मिलापत्र गराउने प्रयास गर्छ। तर सबै मुद्दा सहमति गर्न लायक हुँदैनन्। 

कानुनी विभागले नै मुद्दाको अध्ययन गरेर फैसला प्रतिवेदन बनाउछ। विभागले बनाएको प्रतिवेदनलाई नै बोर्डले सदर गर्ने गरेको गरेको छ। बोर्डमा कानुन बुझेका एक जनामात्रै हुन्छन्। त्यो पनि कानुन मन्त्रालयका सहसचिव। त्यसबाहेक अरु वित्तीय क्षेत्रका व्यक्तिहरु हुन्छन्। यसले गर्दा अधिकांश फैसला कानुनी विभागले दिएको सुझाव अनुसार नै हुन्छ। कर्मचारीको फैसला नै अन्तिम हुने भएकाले यसको विश्वसनियताप्रति बेला–बेलामा प्रश्न उठ्ने गरेको छ। 

Xtrem

Xtrem

प्रस्तावित बिमा प्राधिकरण ऐनको मस्यौदा तयार पार्दा मुद्दा फैसलाका लागि छुट्टै न्यायाधीकरणको व्यवस्था गरिएको थियो। समितिमा आउने जति सबै मुद्दा उक्त न्यायाधीकरणमार्फत् हुन्छ। यसो गर्दा हालको समितिको बोर्ड कमजोर हुने आँकलनसहित उक्त अवधारणा हटाइएको थियो। 

विदेशमा बिमितको मुद्दा फैसला गर्न छुट्टै न्यायाधिकरणको व्यवस्था हुने गरेको छ। यसमा मुद्दा फैसलाका लागि न्यायाधीश तथा वकिल हुने व्यवस्था छ। जिल्ला अदालत सरहको मान्यता रहने बिमा समितिको फैसला गर्ने व्यक्ति भने प्रशासक हुन्छन्। उनीहरुसँग कानुनको प्राविधिक ज्ञानभन्दा पनि प्रशासनिक पूर्वाग्रही सोच हुन्छ। यसले गर्दा बीमितिले न्याय पाउने सम्भावना कम हुन्छ। 

बिमा समितिले गरेको फैसलाप्रति चित्त नबुझे सिधै पुनरावेदन अदालतमा पुनरावेदन गर्न सकिन्छ। यस्तो अवस्थामा पनि बिमा समितिले मुद्दा सुनुवाइका लागि छुट्टै विज्ञहरुको समूह बनाउन सकेको छैन। कानुन विभागका कर्मचारीले दिएको राय सुझावलाई नै अन्तिम मानेर बोर्डले फैसला गर्छ। 

बिमा विश्वासको व्यवसाय हो। यदि बीमितले विस्वास गुमाए पनि यो व्यवसाय पनि चल्न सक्दैन। पछिल्लो समय बिमा कम्पनी थपिएका छन्। कम्पनीले आफ्नो दायरा हरेक वर्ष बढाउदै छन्। यसअनुसार उजुरी पर्ने क्रम पनि बढ्दो छ। यस्तै अवस्था रहिरहने हो भने केही वर्षमा नै बिमा समितिले मुद्दा हेर्नसमेत नभ्याउन सक्छ। यसरी मुद्दा अड्काएर राख्नुभन्दा सरल र सहज बाटो अपनाएर फैसला भए धेरै बीमित लाभान्वित हुने थिए। 
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध शुक्रबार, असोज ९, २०८३
‘नेपालले जलवायु संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’ शुक्रबार, असोज ९, २०८३
प्रधानमन्त्रीले विश्व समुदायलाई भने– ऋणभन्दा पर्याप्त अनुदान देऊ शुक्रबार, असोज ९, २०८३
‘हिमालयन सुनामी’ विश्वका लागि चेतावनी : प्रधानमन्त्री शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्