• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

चालु आर्थिक वर्षमै गौतम बुद्ध विमानस्थललाई ‘अन्तर्राष्ट्रिय’ प्रमाणीकरण गरिँदै

64x64
उत्तम काप्री सोमबार, साउन २६, २०७७  १३:३२
1140x725

काठमाडौं–सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चालु आर्थिक वर्ष २०७७/०७८ भित्रै अन्तर्राष्ट्रिय विमानस्थल प्रमाणीकरण गर्ने भएको छ।

विमानस्थल निर्माणको काम गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९१ प्रतिशत भइसकेको छ। निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सरकारले चालु आवभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थल सञ्चालनको तयारीका लागि टीमसमेत खटाइसकेको छ।

प्राधिकरणले प्रतापबाबु तिवारीको संयोजकत्वमा विमानस्थल तयारीको काम थालेको छ।

विमानस्थल सञ्चालनको तयारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन  (आइकाओ) लगायत सरोकारवाला संस्थाहरुको समेत स्वीकृति लिई अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्ने लक्ष्य लिएको छ।

विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ। अहिले विमानस्थलमा उपकरण जडान र फिनिसिङको काम भइरहेको छ। 

सरकारले विमानस्थल निर्माणको समय पनि पुनः थप गर्दै २०२० को डिसेम्बरसम्म पुर्‍याइसकेको छ। सरकारले अब भने विमानस्थल निर्माणको काम तोकिएको समयमै सकिने दाबी गर्दै आएको छ।

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। उक्त समयमा पनि निर्माण सम्पन्न नभएपछि पुनः समय थप भएको छ। यो आयोजनाको कूल लागत ३० अर्बभन्दा बढी भइसकेको छ।
विमानस्थल निर्माणका लागि जग्गाको मुआब्जा वितरणमा मात्रै २३ अर्बभन्दा बढी खर्च भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमार्फत् दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थलको  निर्माण थालिएको थियो। विमानस्थलको रन–वे ३ हजार मिटरको हुनेछ। साथै विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवनोद्धार भवनलगायत सञ्चार तथा पथ प्रदर्शक सामग्री जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्ने उद्देश्य सरकारको छ।

दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एसियाली विकास बैंक एडिबीको सहयोग छ। यो परियोजना कूल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी–१ का लागि ७८।३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो। 

अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न के गुर्न पर्छ?
विमानस्थल निर्माणको काम  सम्पन्न भएपछि पनि अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न केही समय लाग्छ।  विमानस्थलको भौतिक संरचना निर्माणसँगै विमानस्थल सञ्चालनका लागि आवश्यक आइएलएस (इन्स्ट्रुमेन्टल्यान्डिङ सिस्टम), सञ्चार उपकरण, मौसम मापनलगायतका सबै उपकरण जडान पुरा हुनु पर्छ।

विमानस्थल सञ्चालनका लागि आवश्यक सबै भौतिक पूर्वाधार तथा उपकरण जडान भएपछि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय संगठन आइकाओमा आवेदन दिनु पर्ने छ।

निर्माणको काम सकिएपछि जडान भएका उपकरणको विषयमा सबैभन्दा पहिलो अध्ययन हुन पर्छ। जडित उपकरणको परीक्षण गर्न प्राधिकरणलाई ३० दिनको समय लाग्छ। त्यस समयमा प्रारम्भिक रिपोर्टमात्रै आउने हो। फाइनल रिपोर्ट आउन अर्को थप ३० दिनको समय लाग्छ।  यी काम सकिए पनि लगत्तै विमानस्थल सञ्चालनमा ल्याउन पाइँदैन। यसका लागि फेरि एआइपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) मा प्रकाशित हुनुपर्छ। यो प्रक्रियाका लागि ५६ दिनको समय लाग्छ।

चालु आवको के-के कामका लागि कति बजेट?
प्राधिकरणले चालु आर्थिक वर्ष गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका बाँकी जग्गा प्राप्ति र मुआब्जाका लागि २ अर्ब १६ करोड ८३ लाख रुपैयाँ छुट्याएको छ। 

यसैगरी प्राधिकरणले विमानस्थलको धावनमार्ग तथा टर्मिनल भवन निर्माणका लागि ३ अर्ब २८ करोड ३ लाख  रुपैयाँ विनियोजन गरेको छ। विमानस्थल सञ्चालनका लागि आवश्यक उपकरण खरिद तथा जडानका लागि ६० करोड र एक्सरे मेसिन खरिदका लागि  समेत प्राधिकरणले आवश्यक बजेट छुट्याएको छ।

यसैगरी प्राधिकरणले चालु आर्थिक वर्षभित्रै विमास्थलमा एडीएस बी तथा इएफएस जडानका  काम पनि गर्ने गरी बजेट विनियोजन गरेको छ। प्राधिकरणले फायर भेइकल खरिदका लागि ४१ करोड १० लाख रुपैयाँसमेत बजेट छुट्याएको छ।

सम्बन्धित समाचार

गौतम बुद्ध विमानस्थल २०२० भित्र सञ्चालनमा नआउने, कामकाे फेहरिस्त सार्वजनिक गरे मन्त्री भट्टराईले

गौतम बुद्ध विमानस्थल निर्माणको म्याद डिसेम्बरसम्म थपियो

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः चीनबाट उपकरण ल्याउने तयारी सुरु

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ४ अर्ब ७२ करोड

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
टर्किस एयरको विमानमा आगलागी : २७७ यात्रु, सबै सुरक्षित उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा आगो लागेपछि उद्... सोमबार, वैशाख २८, २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
११ महिनामा करिब ५ हजार पर्यटकले गरे फोक्सुण्डो तालको भ्रमण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यो अवधिमा ४ हजार ३६२ जना नेपाली, ५५ जना सार्क मुलुकका तथा ४६५ जना अन्य विदेशी पर्य... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो शुक्रबार, जेठ १, २०८३
कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत शुक्रबार, जेठ १, २०८३
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार, जेठ १, २०८३
‘कृषि नीतिमा ‘पोलिसी डिपार्चर’ आवश्यक’ : कृषि मन्त्री चौधरी शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्