काठमाडौं- सरकारले निर्माणकार्य अन्तिम चरणमा पुगेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्ष २०७७/७८ भित्रै निर्माण सम्पन्न गरी सञ्चालन गर्ने उद्घोष गरेको छ।
आगामी आर्थिक वर्ष २०७७/०७८ लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सञ्चालन गर्नका लागि ४ अर्ब ७२ करोड ५० अर्ब रुपैयाँ विनियोजन गरेका छन्।
यसअघि जेठ १५ गते संसदमा चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गर्दा पनि अर्थमन्त्री खतिवडाले चालू आवमै विमानस्थल सञ्चालनका लागि भन्दै ३ अर्ब ३३ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेका थिए। तर, चालू आवमा कोरोनाका कारण विमानस्थल निर्माणको काम नसकिएपछि पुनः सरकारले आगामी आर्थिक वर्षभित्रै विमानस्थल सञ्चालन गर्ने उद्घोष गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।