• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

डिलरको पैसामा आयातकर्ताले लिन्छन् वार्षिक ३ अर्ब नाफा

64x64
शिव बोहरा बुधबार, साउन २१, २०७७  ११:५१
1140x725

काठमाडौं- अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन एसेम्बल गर्नेबाहेक नेपालमा आफ्नै गाडी निर्माण गर्ने कम्पनी छैनन् भन्दा पनि हुन्छ। बजाज, टिभीएसका नेपाली आयातकर्ताले भारतीय ब्राण्डमा नै सानो स्केलमा मोटरसाइकलहरु एसेम्बल गरिरहेका छन्।

प्लान्ट स्थापना गर्न सरकारले कर सहुलियत दिएको छ। दुई पांग्रे सवारी साधन उत्पादन गर्न चाहनेलाई २५ प्रतिशत र चार पांग्रे एसेम्बल गर्न चाहनेलाई ५० प्रतिशत अन्त:शुल्क छुट दिइएको छ। यो सुविधाले खासै फरक नपारेकाले नेपालमा एसेम्बल प्लान्ट स्थापना हुन नसकेको आयातकर्ताले बताउने गरेका छन्।

नेपालमा कार र कमर्सियल गाडी एसेम्बल काम अघि बढेको छैन। नेपाली अटोमोबाइल व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट नेपालका लागि गाडी/मोटरसाइकल बिक्री गर्न डिस्ट्रिब्युटर/डिलरशीप लिने र ती मुलुकमा उत्पादन भएका सवारी साधन आयात गर्ने र आफैं तथा आफ्ना डिलर/सबडिलरमार्फत् बिक्री गर्ने गरेका छन्। नेपाली व्यवसायीले विदेशमा बनेका सवारी साधनमा भ्यालु एड नगरी कर जोडेर नाफा राख्दै बेच्ने गरेका छन्।

नेपाली बजारमा विदेशी ब्राण्ड भित्र्याउने आयातकर्ताले काठमाडौंमा मात्र एक वा बढीमा दुईवटा सोरुम आफैं सञ्चालन गरेका छन्। बाँकी सबै डिलरमार्फत मोटरसाइकल तथा स्कुटरहरु बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएका छन्।

नेपाली बजारमा टिभीएसका ११२, यामाहाका १०१, बजाजका ९७, होण्डाका ८१, हिरोका ७३, सुजुकीका ६० वटा आयातकर्ताका डिलरहरु छन्। डिलरहरुले सोरुम बनाउन लाग्ने सबै खर्च आफैं व्यहोरेका हुन्छन्। आयातकर्ताबाट मोटरसाइकल तथा स्कुटर लिन डिलरहरुले आयातकर्ताकै नाममा स्थानीय एलसी दिएर खरिद गर्छन्। कम्तीमा तीन महिनाको अग्रिम सेल्सको योजना बनाउन लगाएर सोहीअनुसार एलसी लिएर मात्र मोटरसाइकल तथा स्कुटर डिलरलाई उपलब्ध गराउँदै आएका छन्।

तर हिजोआज शत-प्रतिशत नगदमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकको संख्या पाँच प्रतिशत पनि छैन। त्यसैले डिलरहरुले आफूले बैंकबाट लिएको ओभरड्राफ्टबाट मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकहरुका लागि आफैं फाइनान्स गर्ने गरेका छन्।

काठमाडौं र पोखराका केही डिलरहरुलाई आयाकर्ताको हायरपर्चेज कम्पनीमार्फत् मोटरसाइकल/स्कुटर फाइनान्स गरे पनि अन्य सबै स्थानका डिलरहरु आफैंले सेल्फ फाइनान्स गर्ने गरेका छन्। यसको अर्थ के  भने अहिले डिलरहरूले नगदमा किनेर उधारोमा सवारी साधन बिक्री गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आयातकर्ताले मोटरसाइकल तथा स्कुटरको बजार मूल्य तय गर्छन्। अधिकतम खुद्रा मूल्य (एमआरपी) तय गर्ने काममा डिलरको भूमिका हुँदैन। आयातकर्ताले चाडपर्वहरुको समयमा वा विभिन्न सिजनमा फरकफरक स्किमहरु ल्याउने गर्दछन्। झट्ट हेर्दा आयातकर्ताले स्किम ल्याएको देखिए पनि उक्त स्किमको ५० प्रतिशतसम्म खर्च डिलरहरुले व्यहोर्नुपर्ने व्यवस्था गरिएको हुन्छ।

आयातकर्ताले लिन्छन् दोहोरो फाइदा
नेपाल लाइभको सम्पर्कमा आएका ५ जना डिलर सञ्चालकले आयातकर्ताले कसरी लाभ लिन्छन् भन्ने रहस्य खोलेका छन्। आयातकर्ताहरुले विभिन्न विज्ञापन एजेन्सी/आउटडोर एक्टिभिटी गर्ने एजेन्सी आदिबाट वास्तविक लागतभन्दा दोब्बर बढीको कोटेसन तथा बिल लिएर मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनीमा पठाउने गरेको उनीहरूले बताए।

'उत्पादक कम्पनीबाट उक्त बिल तथा कोटेसनको रकमको ५० प्रतिशतसम्म रकम निर्माता कम्पनीबाट लिँदै आएका छन्। साथै, यता आफ्ना डिलरहरुबाट पनि स्किमको खर्चको ५० प्रतिशत लिन्छन्,' उनीहरूको भनाइ छ, 'यसरी हेर्दा आयातकर्ताले विज्ञापन तथा स्किम निकालेर उल्टै लाग्ने खर्चको ५० प्रतिशत नाफा गर्ने गरेका छन्।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर डिलरहरु भने एउटा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दा पाउने ५ हजारदेखि बढीमा १० हजार रुपैयाँसम्मको कमिसनको भरमा आयातकर्ताको कुल बिक्रीको ९८ प्रतिशत बिक्री गरिरहेका छन्। उक्त कमिसनबाट आफ्ना स्टाफको खर्च, सोरुमको सञ्चालन खर्च, मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले फ्रिमा माग गर्ने हेलमेट, लेगगार्ड, डिस्काउन्ट, नगदमा लिएर उधारोमा बिक्री गर्दा लाग्ने बैंकको ब्याजको खर्च, बिक्री पछिको सेवा दिँदा लाग्ने खर्च, वारेन्टीमा स्पेयरपार्टस ग्राहकलाई तुरुन्तै दिने र महिनौंपछि मात्र आयातकर्ताबाट सोधभर्ना पाउने उनीहरूले बताए।

'यथार्थमा हेर्दा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दा लाग्ने सम्पूर्ण खर्च डिलरहरुले व्यहोरिरहेका छन् र एउटा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दा डिलरहरुलाई १ हजार रुपैयाँसम्म पनि नाफा नहुने अवस्था छन्,' एक डिलर सञ्चालकले भने। 

आयातकर्ताहरुले प्रत्येक मोटरसाइकल तथा स्कुटरमा खुद नाफा कम्तीमा १५ हजारदेखि ५० हजार रुपैयाँसम्म राख्ने गरेका छन्। आयातकर्ताले आफ्ना स्टाफ तथा सोरुम सञ्चालनको खर्च, स्टक मोटरसाइकल तथा स्कुटरको कष्टिङमा ओभरहेड कष्टको नाममा प्रत्येक मोटरसाइकल तथा स्कुटरको मूल्यमा नै जोडेका हुन्छन्। 

नेपालमा होण्डा मोटरसाइकल गत वर्ष करिब ५५ हजार वटा बिक्री भएको थियो। यो हिसाबले हेर्दा होण्डाको आयातकर्ता स्याकार कम्पनीले ५५ हजार मोटरसाइकल/स्कुटरमा प्रत्येकबाट १५ हजार रुपैयाँ राख्दा ८२ करोड ५० लाख रुपैयाँभन्दा बडी खुद नाफा गरेको छ। स्याकारले आयात गर्ने होण्डाका नेपालका ८१ वटा डिलरले बेचिदिएको उक्त मोटरसाइकल तथा स्कुटरबाट कम्पनीले सो आम्दानी गरेको हो।

त्यसैगरी गत वर्ष बजाजका करिब ५० हजार वटा मोटरसाइकल बिक्री भएको थियो। उक्त बिक्रीबाट बजाज मोटरसाइकलको आयातकर्ता हंशराज एण्ड हुलास कम्पनीले ७५ करोड रुपैयाँ खुद नाफा गरेको देखिन्छ। बजाजको यो बिक्रीमा नेपालका ९७ वटा डिलरको योगदान रहेको छ। तर उक्त ५० हजार वटा मोटरसाइकल बिक्री गर्ने ९७ वटा डिलरले जम्मा पाँच करोड खुदनाफा कमाएको छ। यसरी एउटा डिलरको भागमा ५ लाख १५ हजार रुपैयाँमात्र वार्षिक नाफा परेको छ।

त्यसैगरी टिभीएस मोटरसाइकल तथा स्कुटर गत वर्ष नेपालमा करिब ३० हजार वटा बिक्री भएको र यो व्यापारबाट टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालको आयातकर्ता जगदम्बा मोटर्सले ४५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। यो आम्दानी गर्न टिभीएसका ११२ वटा डिलरको योगदान छ। जबकि डिलरहरुको वार्षिक आम्दानी निकै कम छ।

त्यसैगरी हिरोका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा गत वर्ष करिब २५ हजार वटा बिक्री भएको तथ्यांक छ। यो संख्यामा मोटरसाइकल बिक्री गर्दा हिरोको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले एक वर्षमा ३७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको देखिन्छ। देशभर हिरोका ७३ वटा डिलर रहेका छन्। तर हिरोका डिलरहरुको आम्दानी पनि अन्यको जस्तै निक्कै न्यून रहेको छ।

यसरी हेर्दा आयातकर्ताका डिलरहरुले अग्रिम बिक्री योजना पेश गरेर, सो योजना अनुसारको अग्रिम एलसी दिएर सोरुमबाट बिक्री गर्नुपर्ने मोटरसाइकल तथा स्कुटर उधारोमा ग्राहकलाई दिएर बिक्री गर्दा लाग्ने सबै खर्च डिलरले ब्यहोरी दिएर आयातकर्ताहरुलाई धेरै नै राम्रो मुनाफा गराइदिएका छन्।

बिक्री योजनाअनुसारको एलसी कुनै डिलरले दिन सकेनन् भने आयातकर्ताले तुरुन्तै उक्त स्थानमा डिलर परिवर्तन गर्ने, एलसीको भुक्तानी दिन २/४ दिन मात्र पनि ढिला भयो भने १५ देखि १८ प्रतिशत ब्याज लगाउने, जबर्जस्ती स्टक थप्ने काम गर्ने गरेको कतिपय डिलर सञ्चालकले बताए।

त्यसैले, डिलरहरुको लगानीमा आयातकर्ताहरुले नाफामात्रै लिइरहेको डिलर सञ्चालकहरूले गुनासो गरेका छन्। ‘जब मोटरसाइकल तथा स्कुटरको बिक्रीको सबै जिम्मा डिलरहरुलाई लगाइन्छ भने आफैं आयातकर्ता किन नहुने? लगानी गरेर अरुलाई कमाई खाने अवसर कहिलेसम्म दिई रहने?,’ एक मोटरसाइकल डिलर सञ्चालकले भने, ‘साँच्चै नै अब डिलरहरुले सोच्ने बेला आइसकेको छ।’

यस्तो छ भारतको अभ्यास
भारतमा अटोमोबाइल उत्पादन कर्ताहरुको संस्था सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स एशोसिएशन (साइम) रहेको छ। यो संस्थासँग कमर्सियल गाडी निर्माताहरु, प्यासेन्जर कार निर्माताहरु र टू ह्विलर निर्माताहरु सबै आबद्ध छन्। साइमले उत्पादकहरुको हकहित तथा उनीहरुलाई परेको समयस्याको लागि भारत सरकारसँग आफ्ना कुराहरु राख्ने गर्छ।

भारतका निर्माताहरुले सोझै बजारमा आफ्ना प्रडक्ट बिक्री गर्दैनन्। बजारको अवस्था र आकार हेरेर हरेक अटोमोबाइल प्रडक्टका निर्माताहरुले विभिन्न डिलर नियुक्त गरेका छन् र तिनै डिलरमार्फत उत्पादन बिक्री गर्ने तथा बिक्रीपछिको सेवा दिँदै आएका छन्। 

त्यसैगरी भारतमा नै कमर्सियल गाडी निर्माता, प्यासेन्जर कार निर्माता र टू ह्विलर निर्माताका प्रत्येक सहरमा डिलर छन्। भारतमा गाडी/मोटरसाइकलको बिक्री मूल्य उत्पादकहरुले नै निर्धारण गर्ने गर्छन् भने डिलरहरुलाई उत्पादन कर्ताले ३ देखि ७ प्रतिशतसम्म कमिसन रकम बिक्री मूल्य भित्रैबाट दिने गरेका छन्।

डिलरहरुले उक्त रकमबाट र उत्पादकले तोकिदिएको सर्भिसको लेबर रेटमा रहेर र उत्पादकले नै तोकेको स्पेयरपार्टसको कमिसनभित्र रहेर आफ्नो कारोबार गर्ने गर्छन्। डिलरहरुको हकहितको संरक्षण गर्न र डिलरहरुका समस्या उत्पादन कर्ता तथा सरकारसँग राख्न फेडेरेसन अफ अटोमोबाइल डिलरर्स एशोसिएशन अफ इण्डिया (फाडा) स्थापना भएको छ। उत्पादक र डिलरहरुको हकहित तथा समस्या छुट्टाछुट्टै हुने भएकोले यी दुई संस्थाको आवश्यकता भएको हो भनेर भारतमा भन्ने गरिएको छ।

नेपालमा भने अटोमोबाइल उत्पादनहरु आयातकर्ताको हालीमुहाली रहने गरी ‘नाडा अटोमोबाइल्स एसोशिएशन अफ नेपाल’ले काम गरिरहेको छ। यसमा साना–साना पार्टस् पसल तथा आयातकर्ताका नेपालका विभिन्न क्षेत्रमा रहेका स–साना डिलर/सबडिलरहरु पनि सदस्यता लिएका छन्। 

भारतका अटोमोबाइल प्रडक्ट उत्पादकले वार्षिकरूपमा तय गरेको लक्षअनुसारको गाडी/मोटरसाइकल जसरी पनि खरिद गरेर आफ्नो देशमा लैजान नेपालका आयातकर्तालाई दबाब दिने गरेका छन्। आयातकर्ताले पनि आफ्ना डिलर/सबडिलरहरुलाई जसरी पनि गाडी/मोटरसाइकलहरु बिक्री गर्नुपर्छ भनेर आफ्नो स्टक ट्रान्स्फर गर्ने गरेका छन्।

नाडाको विकल्पको तयारी
आयातकर्ताको हकहित संरक्षणका लागि र तिनीहरुलाई परेको समस्या समाधानका लागि सरकार तथा अन्य निकायसँग सामूहिकरूपमा प्रतिनिधित्व गर्दै कार्य गर्न नाडा सक्रिय छ। तर आयातकर्ता तथा सरकारका तीनै तहसँग आफ्ना माग अगाडि सार्न डिलर/सबडिलरको कुनै प्रतिनिधिमूलक संस्था नभएको भन्दै कार कम्पनी, मोटरसाइकल कम्पनी र कमर्सियल गाडीका डिलर/सबडिलरहरुले नयाँ संस्था दर्ताका लागि तदर्थ समिति नै बनाइसकेका छन्।

नयाँ संस्था भारतमा रहेको ‘फाडा’ जस्तै हुने तदर्थ समितिका एक सक्रिय सदस्यले बताए। नयाँ संस्थाले नाडाको प्रतिस्थापन नगर्ने तर डिलर र सबडिलरहरुको समस्यालाई केन्द्रित गरेर समाधानका उपायहरुको खोजी गर्न संस्था लाग्ने ती सखस्यको भनाई छ।

नयाँ सस्था आएपछि भने आयातकर्ताहरुको अनुचित दबाबका कारण आफ्नो घरखेत जाने गरी प्रताडित नहुने र आफ्नो कार्यक्षेत्रमा आफ्नो गल्ती नभए पनि डिलरशीप जाने भयले दैनिकरूपले आउने दबाबको अवस्था अन्त्य हुने जानकारी अर्का एक डिलर सञ्चालकले दिए।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कार्यसमितिले दुई पांग्रे र चार पांग्रेको भिन्दाभिन्दै डिलर संयोजक तोकेको थियो। तर त्यसरी संयोजक तोकिएको भन्दै कार्यसमितिका उपाध्यक्षसहित चार जनाभन्दा बढीले लिखित रूपमै असहमति पेश गरेका थिए।

जीवन्त संस्थामा छलफल बहस हुने भए पनि अर्को संस्था खुल्ने अवस्थामै पुगेजस्तो आफूलाई नलागेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए। ‘छलफल बहसहरु भइरहेका छन्,’ उनले भने, ‘सबै साथीहरुलाई मिलाएर लैजान हामी भरपुर कोसिस गरिरहेका छौं।’ 

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  ११:५१
  • #डिलर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्