• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

'आधा पेट खाएरै कट्यो लकडाउन, पेटभर खान अझै चिन्ता छ'

64x64
निर्मला घिमिरे मंगलबार, साउन २०, २०७७  १०:००
1140x725

काठमाडौं-गुलाबी टिसर्ट। पछाडि फर्काएर लगाएको सेतो रंगको क्याप। हातमा बेल्चा। निन्याउरो अनुहार। अनुहारभरि चिट्चिट् पसिना। काठमाडौं चन्द्रागिरीका प्रताप लामा १० वर्षदेखि यसरी नै पसिना बगाएर मानिसहरुको घर सुन्दर बनाउँदै आएका छन्।  

सोमबार अनामनगर चोकबाट केही भित्र छिरेपछि एउटा बन्दै गरेको नयाँ भवनमा भेटिए प्रताप। बेलुका छाक टार्न पैसाको जोहो गर्दै थिए उनी। लकडाउनका कारण करिब ५ महिना उनको हातमुख जोर्ने बाटो बन्द भएको थियो। पहिले काम गरेर केही रकम जम्मा गरेका थिए र जेनतेन त्यसले नै लकडाउन अवधि काट्न सहयोग गर्‍यो। 

‘पहिले काम गरेको केही पैसा थियो त्यसैले मुस्किलले खर्च चलाइयो। काम सुरु हुने अनिश्चित भएपछि आधा पेट नै खाएर भए पनि बाँचियो। १० दिन भयो काम थालेको। अझै पनि ढुक्क छैन,’ प्रताप भन्छन्। 

बिहान ७ बजेदेखि ५ बजेसम्म काममा खट्दा उनले दैनिक १५ सय कमाइ गर्छन्। तर काम नियमित हुँदैन। बाफलबाट अनामनगर आउन र जान दैनिक गाडीभाडा ६० रुपैयाँ लाग्छ। अहिले काम गरेर पनि उनलाई खर्च टार्न मुस्किल छ। 

कोरोनाले काम र दैनिकीलाई अनिश्चित  बनाइदिएपछि श्रीमतीसँग कोठा भाडामा लिएर बस्दै आएका उनले ढुक्क भएर पेटभर खान सकेका छैनन्। फेरि लकडाउन भयो भने कसरी छाक टार्ने भन्ने चिन्ताले उनलाई सताउँछ। त्यही चिन्ताले आधा पेट खाएर बाँच्न बाध्य छन् उनी। 

‘आफूलाई समस्या पर्‍यो भने कसैले हेर्दैन। सरकारले राहत दिन्छ रे भन्ने सुनेर साह्रै अप्ठ्यारो भएपछि लकडाउनको बेला वडामा गएको थिएँ। भीडभाड भन्दै प्रहरीले लखेट्यो। त्यसपछि जति छ, त्यति पुर्‍याएर खाइयो,’ उनले सुनाए। 

छाक टार्न ऋण र सापटी 
आधा पेट खाएर बाँच्न बाध्य मजदूर प्रताप एक्ला भने होइनन्। उनीजस्तै दिनभर काम गरेर बिहान बेलुका छाक टार्ने हजारौँ मजदूरले आनन्दले पेट भर्न नपाएको थुप्रै भएको छ। 

प्रतापको जस्तै समस्याले थिलथिलो बनाएको छ, ज्यामी काम गरेर गुजारा चलाउँदै आएकी कमला राईको परिवारलाई। ‘लकडाउनले त मर्नु न बाँच्नु बनाएको थियाे, धन्न केही संघसंस्थाहरुले राहत दिएर छाक टार्न जसोतसो पुग्यो,’ कपडा धुँदै गर्दा भेटिएकी कमलाले सुनाइन्।

Ncell 2
Ncell 2
nimb
nimb

राहतले पेटभर खान त कहाँ पाउनु? तर जसोतसो छाक त टर्‍यो। राहतले नपुगेपछि साथीभाइसँग सापट मागेर पनि उनले घर खर्च चलाइन्। ज्यामी काम गर्दागर्दै श्रीमान् पनि बितेपछि एक्लै ५ छोराछोरी हुर्काउँदै आएकी कमला ज्यामी काम गरेर दैनिक ९ सय कमाइ गर्थिन्। 

छोरोछोरी पढाउन नपुगे पनि खान चाहिँ पुगेकै थियो। लकडाउनले काम ठप्प भएपछि छाक टार्न पनि डर मान्नु पर्ने अवस्था आयो। ‘खान मन लागे जति खानलाई त कहाँ पाउनु। सापटी मागेर जसोतसो खान पुगेको छ’ कल ठेल्दै कमलाले भनिन्। 

लकडाउनका कारण काम ठप्प भएपछि दैनिक ज्याला मजदूरी गर्दै आएकी जिना मगर र उनका श्रीमानले पनि सापटी मागेर छाक टार्न बाध्य भए। 

‘घरबेटीले कोठाभाडा पनि छुट गरिदिनु भएन। खानलाई समस्या भएपछि सापटी मागेर अहिलेसम्म खाइरहेका छौँ,’ जिनाले सुनाइन्।लकडाउनकै बीचमा पनि दुई दिन जति जिनाले ढलानको काम पाइन्। उनका श्रीमान् पनि कहिलेकाँही काममा जान्छन्। तर यस्तै अवस्था रहिरह्यो भने कसरी छाक टार्ने भन्ने चिन्ता उनीहरुमा थपिएको छ। 

घर खर्च चलाउन ऋण 
ज्यामी काम गरेर टेकुस्थित सुकुम्बासी बस्तीमा परिवारसँग बस्दै आएका ५५ वर्षीय भीमसेन खड्का छाक टार्न मुस्किल भएपछि ऋण नै लिन बाध्य भएको बताउँछन्। 

‘हामी दिनभर मजदूरी गरेर बिहान बेलुका छाक टार्ने मान्छेलाई लकडाउनले त ऋणमा डुबायो। काम नभएपछि मुखमा लगाउने माड नै भएन के गर्नु ?’ उनले भने। 

खाना खर्चकै लागि भनेर भीमसेनले साथीसँग १० हजार ऋण लिए। भन्छन्, ‘हामी गरिबलाई १० हजार भनेको ठूलो ऋण हो। त्यो ऋण उधारो लकडाउनले त चुर्लुम्मै डुबायो। काम पनि छैन।’

मजदूरलाई के थियो सरकारको राहत?  
सरकारले पहिलो चरणमा असंगठित क्षेत्रका मजदूरलाई लकडाउन अवधिभरका लागि राहत प्याकेज उपलब्ध गराउने घोषणा गरेको थियो। अनौपचारिक क्षेत्रका ज्याला मजदूरी गर्ने श्रमिकहरुको वडा कार्यालयबाट सिफारिस आएमा परिवारको संख्याका आधारमा सरकारले खाद्यान्न उपलब्ध गराउने उल्लेख गरिएको थियो।  

दोस्रो चरणको राहत प्याकेजमा सरकारले असंगठित क्षेत्रमा कामविहीन मजदूरहरुलाई स्थानीय तह, प्रदेश वा संघीय सरकारमार्फत् सञ्चालन हुने काममा लगाउने र दैनिक ज्याला उपलब्ध गराउने घोषणा गरेको थियो। 

४ महिना लकडाउन, ५ किलो राहत 
राहतका सम्बन्धमा नेपाल लाईभले श्रमिकहरुसँग प्रतिक्रिया लिँदा सरकारबाट बल्लतल्ल ५ किलो मात्र पाएकाे बताएका छन्। कतिपयले त त्यो ५ किलो राहत पाउन पनि मुस्किल परेको गुनासो गरेका छन्।

सरकारले उपलब्ध गराएको ५ किलो चामलमात्रै पाएको बताउँछिन् मजदूर प्रेमा खवास। ‘सरकारले त एक पटक ५ किलो चामल दिएको थियो। सरकारको भरमा पर्नुपर्ने भए त उहिल्यै मरिने,’ प्रेमाले सुनाइन्। 

क्लिनरको रुपमा कार्यरत माया तामाङ सरकारबाट आफूले राहत नपाएको बताउँछिन्। ‘हामीलाई बरु अरु संघसंस्थाले राहत उपलब्ध गरायो। तर सरकारबाट राहत पाइएन। आफ्नो मान्छे ठाउँमा हुनेहरुले पायो। नहुनेहरु हेरेको हेर्‍यै,’ मायाले नेपाल लाइभसँग गुनासो गरिन्। 

सरकारले उपलब्ध गराएको राहत राजनीतिक पहुँच र पार्टीका कार्यकर्ताका भान्छासम्म पुगे पनि वास्तविक श्रमिकहरुसम्म नपुगेको धेरैको गुनासो छ। 

रोजगारी गुमाएका मजदूरका लागि के छ कार्यक्रम? 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि दैनिक ज्यालादारी गर्ने मजदूरका लागि भनेर छुट्टै राहत प्याकेज ल्याएको छैन। यो वर्ष पनि दैनिक ज्यालादारी गर्नेहरुको न्यूनतम पारिश्रमिक दैनिक ५१७ नै कायम हुने भएको छ। दैनिक ज्यालादारी तथा उद्योग कलकारखानामा काम गर्ने श्रमिकहरुको ज्याला नबढ्ने श्रम मन्त्रालयले जनाएको छ। 

तर मन्त्रालयले अतिविपन्न बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् रोजगारी उपलब्ध गराइने उल्लेख गरेको छ। 

लकडाउनका कारण देशभित्र रोजगारी गुमाएका तथा विदेशबाट रोजगारी गुमाएर फर्किएका श्रमिकहरु प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल भएर काम गर्न सक्ने मन्त्रालयका सहसचिव सुमन घिमिरे बताउँछन्। 

‘लकडाउनका कारण देशभित्रै रोजगारी गुमाएर समस्यामा परेका श्रमिकहरु प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ। अन्य मन्त्रालयहरुसँग समन्वय गरेर पनि हामीले रोजगारी उपलब्ध गराउने तयारी गरिरहेका छौँ,’ घिमिरे भन्छन्। 

कृषि, उद्योगलगायत अन्य मन्त्रालयहरुसँग समन्वय गरेर कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकहरुका लागि रोजगारी उपलब्ध गराइने तयारी गरिएको मन्त्रालयले जनाएको छ। 

सरकारले चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख बेरोजगार युवाहरुलाई १ सय दिनको रोजगारी उपलब्ध गराउने जनाएको छ। 

 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान शुक्रबार, असोज २, २०८३
जनमत महाधिवेशन : अध्यक्षमा राउत निर्विरोध, उपाध्यक्षमा १४ उम्मेदवार शुक्रबार, असोज २, २०८३
जेन्जी सांसदसँग प्रधानमन्त्री बालेन्द्रको विशेष अन्तरक्रिया, प्रविधि र युवा रोजगारी मुख्य एजेन्डा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्