• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका लागि सरकारले व्यहोर्‍यो १ अर्ब ११ करोड

64x64
निर्मला घिमिरे आइतबार, साउन १८, २०७७  २२:३३
1140x725

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका लागि सरकारले १ अर्ब ११ करोड ६६ लाख रुपैयाँ व्यहोर्ने भएको छ। कोषमा योगदान गर्न सुरु गरेका श्रमिकहरुको लकडाउन अवधिको योगदानबापत जम्मा हुनुपर्ने रकम सरकारले नै तिरिदिन लागेको हो। 

कोषमा सूचीकृत श्रमिकले मासिक रुपमा आधारभूत पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत गरी कूल ३१ प्रतिशत रकम योगदान गर्नुपर्ने कानुनी प्रावधान छ। लकडाउनका कारण उद्योग तथा कलकारखाना बन्द भई रोजगारी ठप्प भएसँगै कोषमा आबद्ध भएर योगदान रकम जम्मा गर्न सुरु गरेकाहरूको सामाजिक सुरक्षाका लागि जम्मा गर्ने योगदानबापतको ३१ प्रतिशत रकम सरकारले व्यहोर्ने निर्णय गरेको थियो।

चैत महिनाको १८ करोड ६६ लाख श्रमिकको खातामा
चैत महिनाको योगदान रकमबापत १८ करोड ६६ लाख श्रमिकहरुको खातामा जम्मा गरिदिइसकेको कोषले जनाएको छ।

‘चैतको योगदानबापतको रकम श्रमिकहरुको खातामा जम्मा भइसकेको छ। बैशाख, जेठ र असारको योगदानबापतको ९३ करोड रकमका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेका छौँ,’ कोषका प्रवक्ता विवेक पन्थीले नेपाल लाइभसँग भने।

अर्थमन्त्रालयले रकम भुक्तानी गरेपछि श्रमिकहरुको खातामा पठाउने कोषले जनाएको छ।

१२ हजार रोजगारदाता र १ लाख ६९ हजार श्रमिक सूचीकृत
हालसम्म कोषमा १२ हजार ५ सय २९ रोजगारदाता र १ लाख ६९ हजार ४ सय ४५ श्रमिक सूचीकृत भएका छन्। लकडाउन अवधिमा मात्रै २ सय रोजगारदाता र करिब ३० हजार श्रमिक कोषमा सूचीकृत भएको कोषका प्रवक्ता पन्थीले बताए।

कोषमा आबद्ध श्रमिकहरुले  के- के सुविधा पाउँछन्? 
२०७५ मंसिर ११ गते नयाँ युगको सुरुवात नारासहित सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत श्रमिकहरुका लागि ४ किसिमका स्किमहरु अगाडि सारिएको छ। जसअन्तर्गत औषधि उपचार तथा मातृत्व सुरक्षासम्बन्धी योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना रहेका छन्।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सम्बन्धी योजनामा के-के छन् सुविधा?
कोषमा योगदान गर्ने श्रमिकले औषधि उपचारको हकमा एक वर्षमा बढीमा एक लाख रुपैयाँ पाउँछन्। योगदानकर्ताले यो सुविधा लिन कूल दाबी रकमको २० प्रतिशत आफैं खर्च व्यहोर्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी योजनाअन्तर्गत अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने अवस्थाबाहेक योगदानकर्तालाई चिकित्सकको प्रिस्क्रिप्सन बमोजिम वार्षिक ५० हजार रुपैयाँसम्म पाउँछन्।

औषधि उपचारभित्र नै मातृत्व सुरक्षाको विषय समावेश गरिएको छ। यो योजनामा महिला योगदानकर्ता सुत्केरी भएको अवस्थामा आधारभूत तलबको ३८ दिनको एकमुष्ट तलबको ६० प्रतिशत रकम पारिश्रमिकका रुपमा सुत्केरीले पाउँछिन्। पुरष श्रमिक योगदानकर्ता भएको हकमा पत्नी सुत्केरी भएको समयमा शिशु स्याहार बापत एक महिनाको आधारभूत तलब पाइन्छ। तर, श्रीमान्‌ श्रीमती नै योगदानकर्ता भएको हकमा भने एकतर्फबाट मात्रै सुविधा लिन पाइनेछ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा के सुविधा पाउँछन् श्रमिकले? 
कामको सिलसिलामा भएको दुर्घटनाको हकमा उपचार गर्दा सम्पूर्ण खर्च कोषले बेहोर्छ। कार्यालयकाे कामको सिलसिलाभन्दा बाहिर भएको दुर्घटनाको हकमा भने ७ लाख रुपैयाँसम्मको उपचार खर्च कोषले बहोर्छ।

यो सुविधा भने योगदानमा आधारित भएको दिनदेखि सुरु हुन्छ। योगदान गर्न छाडेपछि यो सुविधा पाइँदैन। तर, रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण अस्थायी रुपमा पूर्ण असक्षमता भएको योगदानकर्ताले भने आधारभूत तलबको ६० प्रतिशत रकम मासिकरुपमा काममा नफर्कंदासम्म पाउँछन्। स्थायी रुपमा असक्षमता भएको अवस्थामा भने उसले पाउँदै आएको पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनभर निवृत्तिभरण सुविधा मासिक रुपमा पाउनेछ।

आश्रित परिवार सुरक्षा योजनाका सुविधा के-के छन्? 
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले ल्याएको तेस्रो स्किम आश्रित सुरक्षा योजना हो। यो योजनाभित्र पनि ४ वटा क्षेत्र रहेका छन्। पति वा पत्नीले पाउने निवृत्तीभरण, सन्ततिले पाउने शैक्षिक वृत्ति, आश्रित बाबुआमाले पाउने सुविधा र अन्तिम संस्कार (किरिया) खर्च रहेकाे छ।

जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको श्रीमान् तथा श्रीमतीले योगदानकर्ताको अन्तिम आधारभूत तलबको ६० प्रतिशत रकम आजीवन पाउनेछन्। योगदानकर्ताको जनुसुकै कारण मृत्यु भएपछि उसको आश्रितले कोषमा जम्मा भएको रकम र त्यसको प्रतिफल प्रक्रिया पूरा गरे निकाल्न पाउँछन्। योगदानकर्ताको मृत्यु भएमा निजको परिवारले अन्तिम संस्कार खर्चबापत २५ हजार रुपैयाँ एकमुष्ट पाउँछन्।

यस्ता छन् वृद्धावस्था सुरक्षा योजनामा सुविधा
यो योजनाअन्तर्गत पेन्सन र अवकाश योजना अगाडि सारिएको छ। २०७६ असार मसान्तपछि रोजगारीमा आएका श्रमिकले भने विद्यमान कानुनअनुसार अनिवार्यरूपमा पेन्सनमा जानुपर्छ। तर, २०७६ असार मसान्तभन्दा अगाडि नै रोजगारीमा आएकाहरूले भने दुईमध्ये एक अफर रोज्न पाउनेछन्।

यो योजनामा सहभागी हुन श्रमिक सूचीकृत भएपछि न्यूनतम १५ वर्ष अर्थात् १ सय ८० महिना कोषमा योगदान गरेको हुनुपर्छ। व्यक्ति आफैं पनि एकलरुपमा यसमा सूचीकृत हुन सक्छ।

कोषमा जम्मा भएको श्रमिकको ३१ प्रतिशत रकममध्ये २८ दशमलव ३३ प्रतिशत रकम यो योजनामा जम्मा हुने प्रावधान छ। योगदानकर्ताले कोषमा जम्मा गरेको रकम र त्यसको प्रतिफललाई एकमुष्ट मानेर त्यसलाई १ सय ८० ले भाग गरेर आउने भागफललाई मासिक रुपमा पेन्सन प्रदान गरिन्छ। अवकाश सुविधा पनि ६० वर्षपछि नै लिन पाउने वृद्धावस्थामा सुरक्षा योजना अन्तर्गतको एउटा पाटो हो। यो सुविधा २०७६ असार मसान्तअघि नै रोजगारीमा आएका श्रमिकले मात्रै लिन पाउँछन्।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  २२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
इजरायलमा केयरगिभरका लागि खुल्यो एक हजार ४६४ लाई रोजगारी, मासिक तीन लाख तलब आवेदन दिएकाहरूको आवश्यक परीक्षणपछि अन्तिम छनाेट सूची प्रकाशन गरी इजरायल पठाउने र रोजगादारताहरूले लक्की ड्रमार्फत कामदार छनाेट गर्ने... मंगलबार, भदौ २३, २०८३
देशभरका म्यानपावर कम्पनी बन्द‚ वैदेशिक रोजगारीमा श्रमिक नपठाउने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ। सोमबार, भदौ १, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान शुक्रबार, असोज २, २०८३
जनमत महाधिवेशन : अध्यक्षमा राउत निर्विरोध, उपाध्यक्षमा १४ उम्मेदवार शुक्रबार, असोज २, २०८३
जेन्जी सांसदसँग प्रधानमन्त्री बालेन्द्रको विशेष अन्तरक्रिया, प्रविधि र युवा रोजगारी मुख्य एजेन्डा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्