• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २२, २०८३ Fri, Jun 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

संसदीय समितिको निर्देशन विपरीत काभ्रेमा विमानस्थल बनाउन फेरि बजेट विनियोजन

64x64
उत्तम काप्री आइतबार, साउन १८, २०७७  १८:५४
1140x725
विमानस्थल निर्माणका लागि स्थलगत निरीक्षण गर्न काभ्रेको नागीडाँडा पुगेको तत्कालीन मन्त्री स्व रवीन्द्र अधिकारीसहितको टोली।

काठमाडौं- संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन विपरीत नेपाल नागरिक उड्ययन प्राधिकरणले काभ्रेमा आन्तरिक विमानस्थल निर्माणका बजेट विनियोजन गरेको छ।  करिब २० महिना अगाडि समितिले दिएको निर्देशन लत्याउँदै प्राधिकरणले काभ्रेमा विमानस्थल निर्माणका लागि रकम विनियोजन गरेको हो। 

समितिले २०७५ असोजमा काभ्रेमा आन्तरिक विमानस्थल निर्माणको काम तथा प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको थियो। तर,  प्राधिकरणले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट विनियोजन गर्दा काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्न भन्दै बजेट विनियोजन गरेको हो।

प्राधिकरणका एक बोर्ड सदस्यका अनुसार काभ्रेका सांसद्‍ तथा पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटको दबाबका विमानस्थल निर्माणका विस्तृत अध्ययन गरी ठाउँ पहिचान गर्न भन्दै १ करोड रुपैयाँ बराकरको बजेट विनियोजन भएको छ।

प्राधिकरणले चालु आवका लागि बोर्डबाट स्वीकृत गरको ४१ अर्ब रुपैयाँको बजेट मध्येबाट काभ्रेमा विमानस्थल निर्माणका लागि अध्यनय गर्न र स्थान पहिचान गर्न १ करोड रुपैयाँ विनियोजन गरेको हो।

काभ्रेको ठूलीचउरमा आन्तरिक विमानस्थल निर्माण असम्भव रहेको ठहर गर्दै नागीडाँडा वा अन्य कुनै उपयुक्त ठाउँमा विमानस्थल निर्माणको विषय अध्ययन गर्न रकम विनियोजन भएको बोर्डका ती सदस्यले बताए।

काभ्रेमा विमानस्थल निर्माण गर्ने भन्दै प्राधिकरणले विभिन्न समयमा विस्तृत अध्ययनका लागि भन्दै रकम खर्च गर्दै आएको छ। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो एयर ट्राफिक जाम कम गर्न काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषय उठान भएको धेरै वर्ष भइसकेका छ,’ ती बोर्ड सदस्यले भने, ‘अहिले पनि आवश्यक नै नभएको ठाउँमा पुनः विमानस्थल निर्माण गर्ने भन्दै रकम विनियोजन भएको छ। विमानस्थल निर्माण आवश्यक छैन। तर। राजनीतिक दबाब थेग्न नसकेपछि फेरि बजेट विनियोजन भएको छ।’

उक्त स्थानमा विमानस्थल निर्माण गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई पनि सन्तृष्ट छैनन्। तर, माथिल्लो तहबाटै दबाब आएपछि पुनः प्राधिकरणले एक वर्ष अगाडि नै आफ्नो नीति तथा कार्यक्रम र बजेटबाटै ‘आउट’ गरेको विमानस्थल निर्माणका लागि बजेट छुटाएको स्रोतको दाबी छ।

काभ्रको ठूलीचउरमा विमानस्थल निर्माण सम्भव नभएपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारकारले काभ्रेको नागीडाँडामा विमानस्थल बनाउने योजना गरेका थिए। अधिकारीले आफ्नो पालामा काभ्रेमा विमानस्थल बनाउनका लागि २५ करोड रुपैयाँ विनियोजन गर्न प्राधिकरणलाई दबाब दिएका थिए। तर, अधिकारी आफैंले बनाएको विमानस्थल सम्बन्धित अध्ययन कार्यदलले उक्त ठाउँमा विमानस्थल आवश्यक नहरेको ठहर सहितको प्रतिवेदन बुझाएको थियो। अध्ययन प्रतिवेदनपछि मन्त्री अधिकारी काभ्रेमा विमानस्थल निर्माण गर्ने विषयबाट पछि हटेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

फेरि गोकुल बाँस्कोटा मन्त्री बनेसँगै काभ्रेमा विमानस्थल निर्माणको विषयले चर्चा पाउन थालेको थियो। मन्त्रीबाट हटे पनि बाँस्कोटाले सम्बन्धित स्थानमा दबाब दिन कम गरेका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उनको सम्बन्ध राम्रो रहेकाले उनी काभ्रेमा विमानस्थल बनाउने जोडबलमै रहेको बताइन्छ। 

संघीय सरकारको गत आर्थिक वर्ष २०७६/०७६ को नीति तथा कार्यक्रम र बजेटमा काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषय हटाइएको थियो। आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भने तत्कालीन मन्त्री अधिकारीले काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषय समावेश गराउन सफल भएका थिए।

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा काभ्रेकै सांसद् बाँस्कोटाको दबाबमा काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषयले प्रवेश पाएको थियो। नीति तथा कार्यक्रममा प्रवेश पाएको सो विषयले चालु आवको बजेटमा भने स्थान पाएको थिएन। अन्ततः बाँस्कोटको दबाबमा प्राधिकरणले बजेटमा उल्लेख नै नभएको काभ्रे विमानस्थलको विषय आन्तरिक स्रोतबाट निमार्ण गर्ने भन्दै बजेट विनियोजन गरेको हो।

हवाई विज्ञहरुले काभ्रेका आन्तरिक विमानस्थल आवश्यक नरहेको भन्दै सुझाव दिँदै आएका छन्। यस्तै विज्ञ समूहको अध्ययनले समेत निर्माणका चरणमा रहेका र सञ्चालनमा रहेका विमानस्थल सबल, नाफामूलक र व्यवस्थित गर्न सुझाएको थियो। अहिले सञ्चालनमा रहेका ३० मध्ये ७ वटा मात्रै विमानस्थल नाफामा छन्।

काभ्रेका आन्तरिक विमानस्थल निर्माणको काम अघि नबढाउन निर्देशन दिनुअघि संसदीय समितिले देशभरको विमानस्थलको अवस्थाको बारेमा अध्ययन गरेको थियो। अध्ययन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा उपसमिति गठन भएको थियो। नेपालको उपसमितिले काभ्रेमा विमानस्थल निर्माणको विषय अगाडि बढाउन नहुने सुुझाव दिएको थियो। सोही समयको आसपासमा नै तत्कालीन मन्त्री अधिकारीले गठन गरेको हवाई विज्ञहरुको कमिटीले निर्माणका क्रममा रहेका र निर्माण भई सञ्चालनमा नरहेका विमानस्थल सञ्चालन गर्नुपर्ने तर तत्काल विमानस्थल थपिहाल्नुपर्ने आवश्यकता नभएको सुझाव दिएको थियो।

संसदीय समितिको अध्ययनपछि अध्ययन उपसमितिका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रतिवेदन बुझाउँदै काभ्रेमा विमानस्थल बनाउने काम तत्काल रोक्न भनेका थिए। 

‘कमिसनको खेलमा किन विमानस्थल बनाउने? यो कार्य तत्काल बन्द गर्नुपर्छ। जसलाई जहाँ चाहियो त्यही विमानस्थल किन बनाउने?,’ उनले भनेका थिए,  'सरकार तथा मन्त्री फेरिए लगत्तै उनीहरुले जे भन्यो त्यहीअनुसार अध्ययनका नाममा किन करोडौं रुपैयाँ खर्च गर्ने?'

उनले अन्तर्राष्ट्रिय विमानस्थल भएकै स्थानमा आन्तरिक विमानस्थल हुनुपर्ने धारणा राखेका थिए। 'अन्तर्राष्ट्रिय यात्रुले एक ठाउँमा झरेर आन्तरिक उडानका लागि अर्को ठाउँमा जाने कुरा हुँदैन। आवश्यकता हेरेर विकास गर्नुपर्छ। तर, जसले जे भन्यो त्यहीअनुसार विकास निर्माण सम्भव हुँदैन,' उनले भनेका थिए, 'विकास विरोधीले नेपालमा ठूला आयोजना सफल हुन नदिएका उदाहरण धेरै छन्। सरकार तथा जनप्रतिनिधि विकासप्रेमी हुनुपर्छ। वातावरणप्रेमी पनि हुनपर्छ।’ नेपालले जसलाई जहाँ चाहिएको महसुस हुन्छ त्यहीँ विमानस्थल बनाउनु उचित नहुने भन्दै काभ्रेमा विमानस्थल बनाउने विषयको विपक्षमा खुलेर धारणा राखेका थिए। 

संसदीय उपसिमितिले समितिमा बुझाएको प्रतिवेदनअनुसार नै सरकारलाई निर्देशन दिइएको थियो। तर संसदीय समितिको निर्देशन विपरीत मात्र नभएर विज्ञ समूहको सुझावसमेत लत्याउँदै राजनीतिक दलका नेताको एकोहोरो दबाबमा काभ्रेमा आन्तरिक विमानस्थल निर्माणका लागि प्राधिकरण बजेट विनियोजन गर्न बाध्य भएको छ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
‘प्रतिनिधि सभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियो’ : पूर्व प्रधानमन्त्री कार्की शुक्रबार, जेठ २२, २०८३
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ २२, २०८३
‘कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ’ : मुख्यमन्त्री कँडेल शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
राप्रपा छाेडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्