• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

राप्रपामा पदको अवसर नपाएर कांग्रेस प्रवेश गरेको होइन : सुनीलबहादुर थापा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, साउन १६, २०७७  १७:५८
1140x725

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक सूर्यबहादुर थापापुत्र सुनीलबहादुर थापा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आफ्नै पिताले स्थापना गरेको दलप्रति मोहभंग भएपछि उनले प्रमुख प्रतिपक्षी दलबाट राजनीति तय गर्ने निधो गरेका छन्। पदीय जिम्मेवारीको टुंगो नलाग्दा थापाको कांग्रेस प्रवेश रोकिँदै आएको थियो। कांग्रेसमा सहमहामन्त्री प्राप्त गरेका थापासँग नेपाल लाइभका लिलु डुम्रे र पुष्पा केसीले गरेको संवाद:

आफ्नै पिता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। आफ्नै पिताले जन्माएको पार्टीप्रति किन मोहभंग भयो?

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई त्यागेको हुँ। राष्ट्रिय प्रजातन्त्र पार्टीमा संयुक्तको एकता भइसकेपछि त्यसलाई मैले बहिष्कार गरेको थिएँ। सैद्धान्तिक विमति भएर एकता प्रक्रियामा भाग लिइनँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता पनि मैले लिएको छैन।

राजनीति सैद्धान्तिक निष्ठाका आधारमा गरिनुपर्छ। भावनाले राजनीति हुँदैन। २०७४ मा राप्रपा र राप्रपा नेपालको एकता भएको थियो। त्यसै दिनदेखि राप्रपामा विचलन सुरु भएको थियो। नेपालको संविधानलाई राप्रपाले स्वीकारेका हो। संविधानलाई राप्रपामा फरक रुपमा बुझ्न सुरु भएपछि मतभेद सुरु भएको थियो।

पार्टी गठनका बेला मूलभूत दुई कुरा उठेका थिए। संस्थापक नेता सूर्यबहादुर थापाले परिवर्तनलाई आत्मसाथ गर्दै हिड्नुपर्छ भन्ने थियो। दोश्रो कुरा, संविधान आइसकेपछि त्यसलाई हामीले मानेका छौं भने अहिले आएर ‘यु टर्न’ हुन हामी मिल्दैन। सैद्धान्तिक कारणले म नअटेका कारणले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको हुँ।

पिताले गठन गरेको दल छाडेर उहाँले परिकल्पना गरे अनुसारको सिद्धान्त नेपाली कांग्रेसमा पाउनुहुन्छ?

अघि पनि भनेँ नि। राजनीति भावनाले चल्दैन। सिद्धान्तले नै चल्नुपर्छ। जुन पार्टीले सूर्यबहादुर थापाले अबलम्बन गरेको नीति तथा सिद्धान्तलाई छाडेर उल्टो बाटो हिड्न थाल्नु भयो। सूर्यबहादुर थापा, राजेश्वर देवकोटा, पद्मसुन्दर लावती, जोगमेहर श्रेष्ठले परिकल्पना गरेको पार्टीको मूलभूत कुरा नै बिर्सेर झण्डा बनाइयो। उहाँले बनाएको नीति बिर्सेर पार्टी एकता गरियो।

एकतापछिको पार्टीमा बस्नुपर्ने कुनै आवश्यकतै देखिनँ। सूर्यबहादुर थापाले बनाएको पार्टी, झण्डाजस्ता कुराहरु नै त्यो ठाउँमा नरहेपछि रहनुपर्ने आवश्यकता देखिनँ। विरासत म जहाँ हुन्छु, त्यहीँ जान्छ। बलियो विरासतलाई थन्काउन म कांग्रेसमा गएको होइन, अझै सशक्त बनाउन कांग्रेस प्रवेश गरेको हुँ।

Ncell 2
Ncell 2
nimb
nimb

सूर्यबहादुर थापा कांग्रेसनजिक रहेरै राजनीति गर्नुभयो। पञ्चायतअघि र पञ्चायतपछि पनि उहाँले उदार राजनीति गर्नुभएको थियो। डेमोक्र्याट्सलाई उहाँले सहयोग गरेकै हो। पछिल्लो समय नेपालमा साम्यवाद र निरंकुश हाबी हुन खोज्दा उहाँले पनि राप्रपा छोडेर वृहत प्रजातान्त्रिक सम्मेलनको माग गर्नुभएको थियो।

वृहत प्रजातान्त्रिक शक्तिको गठबन्धनको पक्षमा हुनुहुन्थ्यो पिताजी। त्यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ भनि उहाँले बारम्बार भनिरहनुभएको थियो। जुन पार्टीलाई उहाँले लोकतान्त्रिक गठबन्धन बनाउन भनिरहनुभएको थियो, त्यही पार्टीमा बसेर नीति ‘फूलफिल’ गर्न सकिन्छ। सैद्धान्तिक र पार्टीमा ऊर्जा दिनका लागि मेरो तर्फबाट हुने सबै सहयोग पुर्‍याउन कांग्रेसमा प्रवेश गरेको हुँ।

कांग्रेस प्रवेश गर्ने कार्य सही समयमा गरेको जस्तो मलाई लाग्छ। कठोर, भावपूर्ण र अप्ठ्यारो अवस्थामा मैले निर्णय लिएको हुँ। मेरो मनोबललाई जिल्ला–जिल्लाका साथीहरुले साथ दिइरहनुभएको छ। आ–आफ्नो ठाउँबाट साथीहरुले सहयोगका लागि काम पनि गर्नुभएको छ।

Xtrem

Xtrem

कठोर निर्णय गरेको भन्नुभयो। वर्षौं रहेको दल छाड्दा पीडा पनि अवश्य भयो होला?

बाउले बनाएको घर छाडेर अर्कोमा जादा पीडा त हुन्छ नै। मूल घर छाड्दा पीडा पनि हुन्छ। माया पनि लागिरहेको हुन्छ। तर, कठोर पीडाले आफ्नो राजनीतिक जीवन नचल्ने रहेछ।

मूल घरमा बसेर केही नहुने देखेपछि अहिले प्रवेश गर्ने उपयुक्त दल कांग्रेस नै हो भन्ने लाग्यो। ‘सेन्ट्रल पावर अफ व्यालेन्स’ गर्नका लागि म कांग्रेस प्रवेश गरेको हुँ।

राप्रपाका तीन घटकको एकता सभामा उपस्थित हुनुभएको थिएन। पदीय जिम्मेवारी पनि कारण थियो कि सैद्धान्तिक मतभेदमात्रै? 

पदको कुरै थिएन। राप्रपामा महामन्त्री बनेकैं थिएँ। एकतापछि उपसभापति दिने पनि कुरा थियो। म पदको लोभमा कांग्रेस गएको होइन।

अन्तरात्माले बुझेर राप्रपाले अपनाएको नीति र आदर्श मेरा लागि घातक हुने बुझें। किनभने हिजोको समय धनकुटाका जनताले सुनील थापा गणतन्त्रको पक्षमा, संघीयताको पक्षमा उभिन्छ भनेर जिताएर पठाएका हुन्। त्यही अनुसार संविधान पनि लेख्यौं। राप्रपा र राप्रपा नेपालले संविधानको स्वागत गरेका थिए। तत्कालीन उपप्रधानमन्त्रीले ठाउँ–ठाउँमा गएर संविधानको पक्षमा बोल्नु पनि भएको थियो।

हाम्रै अध्यक्ष पशुपतिशमसेरले पनि संविधान बनाउने चार घटकमध्ये हामी पनि एक हौं भन्दै स्वागत गर्नुभएको थियो। सैद्धान्तिक पक्षलाई पछाडि राखेर क्षणिक रमाइलोका लागि कांग्रेस प्रवेश गरेको होइन।

हिजोको व्यवस्था हामीले फालेको होइन। जनताले मन नपराएर हटाएका हुन्। जनताले नै त्यो व्यवस्थालाई इन्कार गरेका हुन्। जनताले फेरि त्यही चाहन्छन् भने परिवर्तनलाई आत्मसाथ गर्न हामीलाई कुनै गार्‍हो छैन। अहिले आफैंले लेखेको र हस्ताक्षर गरेको संविधानकै परिधिभित्र बसेर हामी अघि बढ्नुपर्छ।

अझै स्पष्ट रुपमा भन्नुपर्दा कुन-कुन कारणले राप्रपाप्रति चित्त नबुझेको?

हिजो हामीले हस्ताक्षर गरेको डकुमेन्ट संसद भवनमा छ। प्रधानमन्त्री कार्यालयमा होला। अकाईभ छ। नेपालको संविधानप्रति हाम्रो पनि स्वामित्व लिएका छौं। मैले हिजोको समय सपथ लिँदा पनि गणतन्त्र नेपालकै लिएको हुँ।मैले आज कसरी त्यो विरासत त्याग्न सक्छु? त्यो सपथलाई बिर्सन त भएन नि। 

त्यही संविधान मान्छु भनिसकेपछि त्यसको ‘लजिकल इन्ड’ नहुने बेलासम्म त मान्नु पर्‍यो नि। सामाजिक पक्षमा कुनै मतभेद थिएन। मूल कुरा सैद्धान्तिक नै हो। जनताको खिलाफमा जान सकिँदैन। जनता सबै सुझबुझ भएका छन्। जनताको चाहनाविपरीत गए हामी समाप्त हुन्छौं।

राप्रपा राजतन्त्र र हिन्दुराज्यको पक्षमा छ। कांग्रेसमा पनि कतिपयको सोही मागसँग सहमति छ। धर्मलाई राजनीतिकरण गर्न खोजिएको पनि छ। भविष्यमा कांग्रेसले हिन्दु राज्यको वकालत गर्‍यो भने कांग्रेस छोड्नुहुन्छ?

छोड्दिन। कांग्रेसले वकालत गर्ने होइन के। मुद्धा जनताबाट अनुमोदन हुनुपर्छ। परिवर्तनलाई आत्मसाथ गर्ने भनिसकेपछि जनताले अनुमोदन गरेको कुरालाई स्वीकार्नुपर्छ। ती विषय जनतामै छोडिदिने हो।

राष्ट्रिय जनशक्ति पार्टीले आफ्नो दस्तावेजमा जनताले अनुमोदन गरेको व्यवस्थालाई स्वीकार्ने भन्ने थियो। संविधान सभाको पहिलो बैठकमा हाम्रो दलबाट प्रतिनिधित्व गर्ने प्रकाशचन्द्र लोहनीलगायतका नेताले संसदमा गणतन्त्रको मुद्धालाई ‘इन्डोर्स’ गर्नुभएको थियो। त्यतिखेरको राप्रपाले पनि गणतन्त्र स्वीकारेकै हो।

राप्रपाका तीन घटकको एकता कार्यक्रममा तपाईं अनुपस्थित भएपछि कांग्रेस प्रवेश गर्ने विषय त्यतिबेलै उठेको थियो। प्रवेशमा किन ढिलो भयो?

कहिलेकाहीं शंकाको लाभ पनि दिनुपर्छ। घटनाक्रमले स्पेस पनि दिनुपर्छ। राप्रपामा स्पेस हुने देखिएन। नीति तथा झण्डा हाम्रो केही रहेन। पहिलेकै विन्दुमा पुग्नु थियो भने किन फुटेको त? त्यही झण्डा, विधि, नीति मान्ने भए किन विगतमा सैद्धान्तिक कारण देखाउँदै फुटेको? पुरानै विन्दुमा पुग्ने हो भने हाम्रो तीन वर्ष खेर गयो। सबैकुरो अर्कालाई बुझाएपछि हामीसँग के नै रह्यो र?

तपाईंले सुरुमा महामन्त्री पदको माग गर्नुभएको चर्चा थियो। प्रवेश गर्ने क्रममा सहमहामन्त्रीमै चित्त बुझाउनुपर्‍यो ?

हामी निशर्त कांग्रेसमा छिरेको हो। भिजन र मिसन लिएर प्रवेश गरेको हो। लोकतान्त्रिक शक्तिलाई नेपालमा बलियो बनाउनपर्छ भनि हामी कांग्रेस प्रवेश गरेका हौं। कांग्रेसमा आबद्ध भएर शक्ति बलियो बनाउन प्रवेश गरेका हौं। कांग्रेस बलियो भयो भने नेपालको राजनीति सन्तुलनमा रहन्छ। होइन भने देशमा साम्यवाद र अधिनायकवादतर्फ अघि बढ्छ।

आगामी चुनावमा जनताको अपेक्षाअनुसार कांग्रेसलाई पहिलो पार्टी बनाउन हामी आएका हौं। कांग्रेसका पूर्व सभापति सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवाको मन्त्रिमण्डलमा रहेर काम गरें। मेरो र साथीहको क्षमता कति छ भन्ने उहाँहरुलाई थाहा छ।
पहिले पद देऊ वा पदको चिठी पहिले दिएर आउँछौं भनि शर्त राखेका होइनौं। निस्वार्थ रुपमा प्रवेश गरेका हौं।

तपाईंका पिताले वृहत लोकतान्त्रिक गठबन्धनको कुरा उठाइरहनुहुन्थ्यो। तपाई कांग्रेस प्रवेश गरेपछि पिताको इच्छा पुरा हुने भयो त?
पुरा हुन्छ। लोकतान्त्रिक शक्ति बलियो हुनुपर्छ भन्ने उहाँको चाहना हो। नेपाली कांग्रेसले लोकतान्त्रिक शक्ति एक बनाउने कार्यको नेतृत्व लिन बुबाले कांग्रेसलाई भन्दै आउनुभएको  पनि हो। उहाँले इच्छा गरेकै पार्टीमा मेरो प्रवेश भएपछि त मनोकांक्षा पुरा हुने भयो नै।

तपाईंको शक्ति नेपाली कांग्रेसमा कति हो भन्ने स्पष्ट देखिएन। केन्द्रीय सदस्य तपाईको समूहले कति प्राप्त गर्ने हो?

पदका लागि हामी गएकै होइनौं। स्वार्थ लिएर गएकै होइनौं। बार्गेनिङले हामी नै कमजोर हुन्छौं। कमजोर मनस्थितिले गएका होइनौं। शक्ति प्रदर्शन गर्न पनि गएका होइनौं। दलमा सहकार्य गरेर अघि बढ्न नै प्रवेश गरेका हौं। राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमुनि हामी रहन चाहन्छौं।

तपाईंको भूमिका सहमहामन्त्रीमा हुने आइसक्यो। तपाईंसँगै प्रवेश गरेका केन्द्रीय नेताले पनि भूमिकाको खोजी गरेका त हुन्छन नि?
हामीले पदको बार्गेनिङ गर्न हुँदैन। पदीय जिम्मेवारीको निर्धारण गर्ने कार्य सभापति र उहाँका साथीहरुलाई दिनुपर्छ। बार्गेनिङ गर्दा हामी कमजोर हुन्छौं। सभापति र उहाँका साथीहरुलाई हाम्रो कति क्षमता छ सबै थाहा छ। 

कति केन्द्रीय सदस्य हामीले ‘व्लाक एण्ड व्हाइट’ मा सहमति गरेका छैनौं। कांग्रेस प्रवेश गर्दा सदस्यताको जुन रसिद दिनुभयो, त्यही नै हो ‘व्लाक एण्ड व्हाइट’। बाहिर आएको कुरा सबै हल्ला हुन्। कति भन्ने निश्चित भएको होइन।

तपाईंको प्रवेशसँगै आरोप लागेको छ-१४ औ महाधिवेशनमा आफू बलियो हुन सुनील थापालाई भित्राइयो। तपाईंको झुकाव पार्टी सभापति शेरबहादुर देउवातिर हो?

होइन। मेरो झुकाव नेपाली कांग्रेस पार्टीप्रति हो। अहिले उहाँ पार्टीको सभापति हुनुहुन्छ। म कार्यकर्ता भएको छु। म कांग्रेस किन छिरेको भने यसको सिद्धान्तमा लाग्न हो। उहाँले नै पार्टीमा स्वागत गर्ने हो। 

महाधिवेशन नजिकै छ। तपाईं देउवातिर ढल्कने आशंका मानिसहरुले गरेका छन्। कसै न कसैलाई समर्थन गर्नैपर्ला नि? 

हामी यो पार्टीमा इच्छुक नै भएर आएका हौं। अहिले नै यो वा त्यो त्यो समूहमा लाग्ने कुरा छैन। हामी आएपछि पार्टीमा ऊर्जा आउँछ, त्यो साँचो कुरा हो। 

तपाईंले अहिले भागबन्डा वा समूहमा नलाग्ने भन्नु भएको छ। तर पछि कुनै समयमा आफूनिकटका लागि भागबन्डाको राजनीति गर्नुहुन्छ कि हुँदैन?

म अवसर नपाएर आएको होइन। बाउले बनाएको पार्टीमा सबै भाग लिएर बस्न सक्थेँ। तर त्यसलाई छाडेर सिद्धान्तको राजनीति गर्न आएको हुँ। मैले राप्रपामा रहँदा पनि एक व्यक्ति एक पद हुनुपर्छ भन्दै आएको हुँ।  जुनसुकै पार्टीमा राजनीतिमा किचलो छ। आफूमात्र त्यसबाट कसरी पर बस्ने भन्ने हो। यसरी किचलोमा नमिसिँदा राजनीतिक भविष्य बन्दैन भन्ने तर्क आउला तर निष्ठावान राजनीतिको पनि महत्व छ। 

कांग्रेसभित्रको गुट आजदेखिको होइन। तपाईं यसबाट मुक्त हुनुहोला त? 

म पार्टीभित्र छिर्नै बाँकी छ। अहिले भर्खर ढोकामा मात्र पुगेको छु। ढोकामा पुग्नेबित्तिकै घर यस्तो छ भनेर कसरी भन्न सकिएला र? पहिले घरभित्र जाउँ, त्यहाँभित्रका सबै कुरा बुझौं। अनिमात्र म यो प्रश्नको जवाफ दिन योग्य हुन्छु होला। 

तपाईं पक्षका मानिसहरुको क्रियाशील सदस्यबारे केही मापदण्ड बनाउनु भएको छ? किनकि नेपाली कांग्रेसमा धेरै समयदेखि यसको विवाद छ। 

यसमा विवाद गर्न जरुरी छैन। अब जिल्लाका साथीहरुसँग बसेर कुरा गर्नुपर्छ। कस्ता व्यक्ति आएका छन् कति सम्भावना छ र कसरी गर्ने भन्ने कुरा छलफलबाटै हुन्छ। मन र वचनले पार्टीमा काम गर्ने भएपछि क्रियाशील सदस्यमा विवाद गर्न जरुरी छैन। 

तपाईंं नेपाली काग्रेसमा नयाँ हुनुहुन्छ। यो पार्टीमा प्रवेश गरेपछि कस्तो अनुभव गर्नु भएको छ? 

मलाई नेपाली कांग्रेसमा लाग्दा नौलो अनुभव भएको छैन। किनकि मैले पहिलेदेखि नै नेपाली कांग्रेसलाई चिनेको छु। मेरो बुबा सूर्यबहादुर थापा पहिलेदेखि नै नेपाली काग्रेसका साथीहरुसँग परिचित भएकाले कुनै अप्ठेरो मान्नु पर्ने अवस्था भएन। देशभरका नेपाली कांग्रेसका मानिससँग घुलमिल हुने अवसर पाएको थिएँ। जुन दिन सूर्यबहादुर थापा अस्ताए सोही दिन प्रजातन्त्रको एउटा मियो अस्ताएको भनिएको थियो। मैले यसलाई राप्रपामै रहेर बचाउने प्रयास गरेँ। तर नसकेपछि म नेपाली कांग्रेसमा आएको हुँ। 

मैले नेपाली कांग्रेसका नेता बिपी कोइराला र सुवर्णशमशेरलाई भेट्ने मौका पाइनँ। तर, अन्य सबै नेतासँग भेटेको छु। मेरो सानैदेखि नेपाली कांग्रेसमा लगाव थियो।  पहिलो संविधान सभामा संविधान बनाउँदा नेपाली कांग्रेसका साथीहरुसँग सहकार्य गर्न पाइयो। म दुई पटक मन्त्री हुँदा नेपाली काग्रेसका साथीसँग नजिकै भएर काम गरेको थिएँ। 

तपाईंले कहिल्यै नेपाली कांग्रेसमा पुगिन्छ र त्यहाँबाट राजनीति गरिन्छ भन्ने सोच्नु भएको थियो?

मैले सोचेको थिइनँ। म राप्रपामा नेतृत्व गरेर धेरै समय राजनीति गर्ने सोचका साथ आएको थिएँ। त्यो क्षण र परिस्थितमा पुगिन्छ भन्ने आशंकासमेत थिएन। 

पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले  भन्नु भएको थियो-नव प्रवेशीहरुलाई पेलिएको अनुभव गर्न नपरोस्। उहाँ आफै पेलिएको अनुभव गरेर तपाईंहरुलाई यस्तो भन्नु भएको देखिन्छ। भोलिका दिनमा आत्मसम्मानका साथ काम गर्न पाउने कति अपेक्षा गर्नु भएको छ?

म र मेरो साथीहरुलाई जसरी सबै मिलेर स्वागत गर्नुभयो यसले आत्मसम्मानपूर्वक पार्टीमा काम गर्ने वातावरण हुने अनुमान हामीले गरेका छौं। पेलिने या नपेलिने आफूमा भर पर्ने हो। चुप लागेर केही काम नगरी बसेमा पेलिन्छ त्यो स्वाभाविक पनि हो। एउटा कार्यालयमा त काम गर्ने र नगर्नेका बीचमा विभेद हुन्छ। काम नगर्नेलाई पेलिन्छ भने पार्टीमा पनि त्यस्तै हो। मेरो लागि चाहिँ धेरै काम गर्ने अवसर हो। मैले यसलाई ठूलो अवसरको रुपमा यसलाई प्रयोग गर्ने सोच बनाएको छु। 

भोलिको नेतृत्वलाई चुनौती दिने लक्ष्य लिनु भएको छ?

त्यसो पनि हैन। म भर्खर आएको हुँ। अहिले सहकार्य गर्ने हो। चुनौती दिने कुरा त नयाँ जोगीले खरानी घसे झैं हुन्छ। जिल्लाका साथीहरु देखि सबैमा परिचित हुनुप¥यो। जिल्लाका सहित सबै साथीहरुसँग घुलमिल भएपछि यो पार्टीभित्र काम गर्न सहज हुन्छ। अहिले मेरो सोच भनेको नेपाली कांग्रेसका लागि काम गर्नेमात्र हो। 

नेपाली कांग्रेसले २००७ सालदेखि पटक–पटक आन्दोलन गरेर प्रजातन्त्र बचाएको छ। त्यसैले म अब जीवन रहेसम्म यहीभित्र रहेर राजनीति गर्ने छु। 

अहिले जुन अवस्थामा नेपाली कांग्रेस छ यसैमा सन्तुष्ट हुनुहुन्छ?

अब नेपाली कांग्रेसको हैसियत देखिन महाधिवेशन आउनुपर्छ। यसलाई थप बढाउनु पर्छ। अहिले धनकुटाको अवस्था के छ भन्नु भयो भने म शून्यमा छु। किनकि अघिल्लो निर्वाचनमा मेरो हैसियत देखियो र अब निर्वाचन आएपछि नेपाली काग्रेससँगको निर्वाचनमा मेरो हैसियत देखिन्छ। 

कुन ठाउँमा पुर्‍याउँछ भन्ने कुरा अब महाधिवेशनले देखाउँछ। एक घर छोडेर अर्को घरमा जाँदा दु:ख लाग्छ। तर यसरी पनि हुँदैन। राजनीतिक सिद्धान्तमा अडिनु पर्छ। म मेरो राप्रपाका साथीहरुलाई वृहत लोकतान्त्रिक शक्ति एक हुन आग्रह गर्दछु। मसँग आउन नसक्नु भएका साथीहरुलाई भनि आभार र धन्यवाद दिन चाहन्छु। 


 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्