• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

आन्तरिक श्रम बजारमा कामदार कटौती‚ आर्थिक समस्या देखाउँदै कामदार निकाल्दै

64x64
निर्मला घिमिरे बिहीबार, साउन १५, २०७७  १७:५६
1140x725

काठमाडौं– डिभाइन स्ट्रिम प्रालिले कोरोनाका कारण कम्पनी सञ्चालन गर्न कठिनाइ भएको भन्दै गत वैशाख ४ गते ३१ जना कामदारलाई निकाल्यो। कम्पनीले निकालेका विजय महर्जन समेत ३१ जनाले साउन ४ गते श्रम अदालतमा उजुरी दिएका छन्।

सेक्युरिटी गार्ड कम्पनी जी फरेस्टले एकैपटक ८ सय १० जना कामदार कामबाट हटाएको छ। साझा यातायातले करारका केही कामदार कामबाट निकालेको पाइएको छ। 

नेपाल वायुसेवा निगमले नै वर्षौंदेखि कार्गो, काउन्टर तथा स्टेशनमा करारमा कार्यरत १ सय ४५ श्रमिकहरुलाई कामबाट हटायो।

श्रम अदालतमा मात्रै साउन २ गतेदेखि १४ गतेसम्म कामदार कटौती तथा विभिन्न बहानामा अवकासलगायत गरी १२ दिनमा १२ वटा उजुरीहरु परेका छन्। 

पछिल्लो समय विश्वमा महामारीका रुपमा फैलिएको कोभिड- १९ का कारण कति श्रमिक कटौती भए भन्ने यकीन तथ्यांक मजदूर संगठनहरुसँग पनि छैन। तर पछिल्लो समय कोरोनाको कारण देखाउँदै श्रमिक कटौती गर्ने प्रवृति बढेको मजदूर संगठनहरुको दाबी छ। 

आर्थिक कारण देखाउँदै कामदार कटौती गर्ने प्रवृति बढेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का महासचिव जनक चौधरीले बताए। 

‘कोरोनाको कारण देखाउँदै रोजगारदाताहरु व्यापक रुपमा कामदार कटौतीको दाउमा थिए। यसमा हामीले बरु श्रम कटौती गरौं‚ श्रमिक कटौती नगरौं भनेर रोजगारदाताहरुसँग छलफल गरिरह्यौं‚ जसले अहिले अधिकांश श्रमिकहरु आलोपालोमा भए पनि काम पाइरहनु भएको छ‚’ महासचिव चौधरीले नेपाल लाइभसँग भने।

तर कतिपय रोजगारदाताहरुले कम्पनी नै बन्द गर्नुपर्ने अवस्था भएको कारण देखाउँदै कामदार कटौती गरिरहेको महासचिव चौधरीको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

गत मंगलबार मजदूर संगठन तथा रोजगारदाताहरुबीच श्रमिकहरुलाई कामबाट ननिकाल्ने तर आलोपालो काममा लगाउने गरी सहमति भएको छ।  सहमतिपछि पनि श्रमिक कटौती गर्ने प्रवृति भने रोकिएको छैन।

‘श्रम बजारमा श्रमिक कटौती गर्ने प्रवृति बढेको छ तर अहिले पीडित श्रमिकहरु अदालतसम्म आइसकेका छैनन्’ अदालतका श्रेष्तेदार जीवन भण्डारीले नेपाल लाइभसँग भने। 

कतिपय श्रमिकहरु उपत्यका बाहिर रहेका कारण पनि अदालतसम्म उजुरी नआइपुगेको उनको भनाइ छ। 

श्रम कार्यालयसम्म आइपुगेका छैनन् पीडित 
कोरोनाको कारण देखाउँदै श्रमिक कटौती गर्ने प्रवृति बढे पनि श्रम कार्यालयहरुमा उजुरी भने आइनपुगेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मनिनाथ गोपेले बताए। 

‘नेपालका विराटनगर, विरगञ्ज, काठमाडौंलगायतका सहरहरुमा रोजगारदाताले कामदार कटौती गर्ने क्रम बढेको अनौपचारिक जानकारीहरु आएका छन्। तर अहिलेसम्म औपचारिक रुपमा श्रम कार्यालयहरुमा उजुरी आइसकेका छैनन्’ निर्देशक गोपेले नेपाल लाइभसँग भने। 

कोरोना संक्रमणको अवस्था कायमै रहेको तथा अझै पनि सबै उद्योग तथा कलकारखाना सञ्चालनमा नआइसकेकाले उजुरी लिएर श्रमिकहरु कार्यालयसम्म नआइपुगेको विभागले जनाएको छ। 

आर्थिक समस्या देखाउँदै कामदार निकाल्दै 
श्रम ऐन २०७४ ले आर्थिक समस्यामा परेका, गाभिएका, बन्द गर्नुपर्ने अवस्थामा पुगेका प्रतिष्ठानहरुले श्रमिक कटौती गर्न पाउने व्यवस्था गरेको छ। 
ऐनले आर्थिक समस्यामा परेका प्रतिष्ठानहरुले श्रमिक कटौती गर्न पाउने व्यवस्था भएसँगै रोजगारदाताहरुले आर्थिक समस्या देखाउँदै कर्मचारी कटौती गर्ने प्रवृति बढेको विभागका निर्देशक मनिनाथ गोपे बताउँछन्। 

‘ऐनमा कामदार कटौती गर्न पाउने व्यवस्था भए पनि ती प्रतिष्ठानले कटौती गर्नुअघि आधिकारीक ट्रेड युनियन, तथा श्रम कार्यालयलाई जानकारी गराउनुपर्ने हुन्छ। आर्थिक समस्या देखाउँदै बिनाजानकारी कामदार कटौती गरेको पाइएमा ती प्रतिष्ठानलाई कारबाही हुन्छ’ निर्देशक गोपेले भने। 

कामदार कटौती गर्नुपर्ने अवस्था आएमा कम्पनीमा विदेशी श्रमिक भए सबैभन्दा पहिले विदेशी श्रमिकहरु कटौती गर्नुपर्ने ऐनमा उल्लेख छ। विदेशी श्रमिक कटौती गरिसकेपछि अरु स्वदेशी श्रमिक पनि कटौती गर्नुपर्ने अवस्था सिर्जना भएमा खराब आचरण भएका तथा एउटै प्रकृतिको काम गर्नेमा पनि सबैभन्दा पछि नियुक्त भएका श्रमिकबाट कटौती गर्नुपर्दछ।

कटौती गर्दा एक वर्ष पूरा गरेका श्रमिकलाई प्रत्येक वर्षको एक महिनाको आधारभूत पारिश्रमिक बराबर बोनस एकमुष्ट प्रदान गर्नुपर्नेछ। कामदार कटौती गरिसकेपछि पुनः सोही योग्यता भएका श्रमिकलाई नियुक्ति दिन पाइँदैन। 

तर नेपालका रोजगारदाताहरुले आर्थिक समस्या देखाएर ट्रेड युनियन तथा श्रम कार्यालयमा बिनाजानकारी श्रमिक कटौती गरेको पाइएको छ। बिनाजानकारी आफूहरुलाई कामबाट निकालिएको भन्दै श्रम अदालतमा श्रमिकहरुले उजुरी दिएका छन्। 

आधा पारिश्रमिकमा समझदारी 
महामारीको समयमा श्रमिक कटौती गर्न नपाइने तर अप्ठ्यारो अवस्था सिर्जना भएमा श्रम कटौती गरेर आलोपालो काममा लगाउनुपर्ने गरी मजदूर संगठन र रोजगारदाताहरुबीच समझदारी भएको छ। 

‘हामीले काममा उपस्थित हुन नसकेका श्रमिकहरुलाई बरु थोरै पारिश्रमिक दिने तर कटौती गर्न नपाउने गरी रोजगारदाताहरुसँग समझदारी गरेका हौं’ जिफन्टका महासचिव चौधरीले भने। 

समझदारीअनुसार रोजगारदाताहरुले सबै श्रमिकहरुलाई गत चैत महिनाको शत प्रतिशत पारिश्रमिक दिनुपर्नेछ। गत जेठ र बैशाख महिनाको पारिश्रमिक भने काममा उपस्थित हुन नसकेका श्रमिकहरुलाई उनीहरुले पाइरहेको पारिश्रमिकको ५० प्रतिशत दिनुपर्ने समझदारीमा उल्लेख छ। 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
विभिन्न दल र नागरिक समाजसँग छलफलमा छौं, सरकारविरुद्ध आन्दोलनको तयारी हुँदैछ : प्रचण्ड शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
युक्रेनसँगको युद्धपछि रुसमा पहिलोपटक संसदीय निर्वाचन, कब्जा गरेको भूभागमा पनि मतदान शुक्रबार, असोज २, २०८३
जनमत महाधिवेशन : अध्यक्षमा राउत निर्विरोध, उपाध्यक्षमा १४ उम्मेदवार शुक्रबार, असोज २, २०८३
जेन्जी सांसदसँग प्रधानमन्त्री बालेन्द्रको विशेष अन्तरक्रिया, प्रविधि र युवा रोजगारी मुख्य एजेन्डा शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्