• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बहुमत हुँदा पनि प्रचण्ड-नेपाल समूह निरीह

64x64
वीरेन्द्र ओली मंगलबार, साउन १३, २०७७  २१:४०
1140x725

काठमाडौं- नेकपामा स्थायी कमिटी बैठक चलेको मंगलबार ठ्याक्कै ३४ दिन भयो। यी ३४ दिनमा जम्मा ६ दिन मात्रै बैठक बसेको छ। नेकपामा यति लामो समय लिएर अन्य बैठक बसेका थिएनन्।

पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायत बहुमत सचिवालय र स्थायी कमिटी सदस्यहरुले अर्का पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको दुवै पदबाट राजीनामा मागेका छन्। तर, ओलीले एउटा पदबाट पनि राजीनामा नदिने स्पष्ट पारेका छन्।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठक पटक गरी १३ पटकसम्म स्थगित भइसकेको छ। १३ पटकसम्म ओली समूहले बैठक स्थगित गराएपछि भने प्रचण्ड र नेपाल समूहले मंगलबारको बैठक चलाएका हुन्।

पार्टी सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमत हुँदा समेत ओेली इतर समूहले कुनै ठोस निर्णय गर्न सकेका छैनन्। उनीहरु निरीह देखिएका छन्। पार्टीदेखि संसदसम्म बहुमत हुँदा समेत सो समूह अनिर्णित हुन पुगेको छ।

आफूमा बहुमत भएको दाबी गर्ने प्रचण्ड-नेपाल समूहका नेताहरु प्रधानमन्त्री ओलीको दृढताको अघि लाचार भएको देखिन्छ। बरु अल्पमतमा परेका ओलीले एकपछि अर्को अस्त्र देखाएर सो समूहलाई तर्साउँदै ठेगान लगाउन थालेका छन्। ओलीकै सम्भावित अस्त्रकै कारण सो समूहका केही नेताहरु मंगलबारको बैठकमा सहभागी भएनन्।

गहिरिँदो आन्तरिक संकटका बीच पार्टीमा सहमति गर्न प्रधानमन्त्री ओलीभन्दा प्रचण्ड-नेपाल समूहका नेता सक्रिय देखिन्छन्।  ओलीले पार्टी नै विभाजन गर्न सक्ने भएकाले आफूहरु जिम्मेवार हुनु परेको सो समूहका कतिपय नेताहरुको भनाई छ।

अब लामो समय नलिई पार्टीले केही दिनभित्रै निर्णय गरी एउटा निष्कर्षमा पुग्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सहमति गर्न अध्यक्ष प्रचण्डलाई नै जिम्मा दिइसकेकाले केही सकारात्मक नतिजा आउनसक्ने उनको अनुमान छ।

कतिपय नेताहरुको  भनाईमा अबका केही दिन ओलीसँग संवाद गर्ने र त्यसपछि भने बहुमतकै आधारमा अघि बढ्ने योजना प्रचण्ड-नेपाल पक्षको  छ।  स्थायी कमिटी मात्रै होइन, केन्द्रीय कमिटी र संसदीय दलमा पनि बहुमतकै आधारमा निर्णय गर्ने र आफ्नो समूह अनुकूल परिस्थिति सिर्जना गर्ने तयारी छ।

nimb
nimb
Ncell 2
Ncell 2

प्रचण्डलाई थाहै नदिई बैठक स्थगित
साउन ९ गतेपछि ओली प्रचण्डबीच चार दिनको अवधिमा फोन संवाद भए पनि भेटघाट भने भएन। दुई नेताबीच भेटघाट नभएपछि मंगलबार बिहान सातै बजे महासचिव विष्णु पौडेल खुमलटार पुगे। ‘वान टू वान’ संवाद गरेर सहमतिको मिलन बिन्दु खोज्न प्रचण्डलाई आग्रह गरे। प्रचण्डले ‘वान टू वान’ नभई सामूहिक रुपमा आफूले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको प्रचण्ड निकट एक नेताले बताए। ‘उहाँ(प्रधानमन्त्री)ले आफ्नो अडानमा टसमस हुनुहुन्न। गएर ‘वान टू वान’ छलफल गर्नुको के अर्थ छ र! म जान्नँ। ‘वान टू वान’ होइन, सामूहिक छलफल गरौँला’, प्रचण्डको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘बरु आजको बैठक बसौं। सीमा समस्या समाधान र कोरोना महामारीमा सरकाले गरेका कामको समीक्षा गरौँला।’

अध्यक्ष प्रचण्डलाई भेटे लगतै महासचिव पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।

बिहान पौन ११ बजे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा पार्टीका दुई अध्यक्षबीच आवश्यक सरसल्लाह गरी सचिवालयका निर्णय र निर्देशनको प्रस्ताव तय गर्न बाँकी भएकाले बैठक स्थगित भएको सार्वजनिक गरे। पार्टी महासचिव विष्णु पौडेलले पार्टी कार्यालय सचिवलाई फोन गरी अर्को सूचना नआउँदासम्म बैठक स्थगित भएको सूचना प्रवाह गर्न निर्देशन दिएका थिए। महासचिवको सूचनालाई आधिकारिक रुपमा प्राप्त गरेपछि स्थायी कमिटी नेतालाई बैठक स्थगितबारे मोबाइलमा सन्देश पठाउन थाले। प्रचण्ड र नेपाल पक्षका नेताहरुले भनेपछि मात्रै कार्यालय सचिवले एकलौटी ढंगले बैठक स्थगित भएको थाहा पाए।

प्रचण्ड बिहान बहुमत सचिवालय सदस्यहरुको भेला सकेर ११ बजेतिर खुमलटारबाट बालुवाटार जाँदै थिए। जब ललितपुरको सातदोबाटो पुगे, त्यसपछि मात्रै अचानक बैठक स्थगित भएको सूचना पाए। ओलीले प्रचण्डलाई बैठक स्थगितको सुइँको समेत नदिई स्थगित गरेका थिए। प्रचण्डले यसअघि नै यस्तो भवितव्य आउनसक्ने भएकाले बैठक स्थगित भए पनि रोक्न नदिने निर्णय गरिसकेका थिए। त्यसैले त्यही मनोविज्ञानमा प्रचण्ड र नेपाल समूहका स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगेका थिए।

साउन ६ गते बैठक स्थगित भएपछि ओली प्रचण्डले साउन ९ गते एक दिन मात्रै ‘वान टू वान’ संवाद गरेका थिए। बालुवाटार ओली र प्रचण्डले झण्डै एक घण्टा मात्रै भेटेर ४२ औँ पुष्पलाल स्मृति सभामा भाग लिन तुलसीलाल अमात्य स्मृति भवन ललितपुर पुगेका थिए। ‘वान टू वान’ संवादमा ओलीले आफ्नो अडान छोड्न नमानेपछि त्यही संवादको रिफ्लेक्सन प्रचण्डले स्मृति सभामा व्यक्त गरे। पार्टी ठीक ढंगले नचलेको बताउँदै प्रचण्डले उस्तै परे पार्टी विभाजित हुने बताए। पार्टी संकटमा भएकाले एकता कायम गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाई थियो।

तर्साउँदै ओली, झस्किँदै प्रचण्ड-नेपाल
पार्टी र संसदमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनाल र नेपाल लगायतलाई अनेक उपायद्वारा तर्साउँदै आएका छन्। आफूलाई पदबाट हटाउँछन् भन्ने भयले विभिन्न फण्डा गरेर प्रचण्ड-नेपाल समूहलाई तर्साउने गरेको एक स्थायी कमिटी सदस्यले बताए। गत वैशाख ८ गते दल फुटाउन सजिलो हुनेगरी ल्याएको अध्यादेश, एमाले पार्टी निर्वाचन आयोगमा दर्ता गराउने देखि अरु थुप्रै गतिविधि तर्साउने अभिप्रायले गरिएको उनको दाबी छ। प्रमुख प्रतिपक्ष दल कांग्रेससँगको बढ्दो भेटघाट पनि सत्तामा टिक्ने रणनीतिकै निरन्तरता भएको विश्लेषण पनि हुने गरेको छ।

प्रधानमन्त्रीका गतिविधिलाई नजिकबाट नियालेका प्रचण्ड-नेपाल समूहका नेताहरु उनले पार्टी फुटाउन सक्ने बताउन थालेका छन्। तर, पार्टी फूट्न सक्ने उनीहरुमा त्रास देखिन्छ। यसले उनीहरुलाई कठोर निर्णय लिन हच्काउने गरेको छ।

यति धेरै मेहनत गरेर एकता गरेको पार्टी प्रधानमन्त्री ओलीले फुटाउँछन् भन्ने आफूलाई रत्तीभर विश्वास नभएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। ‘यो पार्टी बनाउन केपी ओलीको पनि भूमिका छ। यो पार्टीको उहाँलाई पनि माया छ’, नेपाल लाइभसँग पन्तले भनेका थिए, ‘केपी ओली पक्षका नेता पनि पार्टी फुटाउने दिशातिर लाग्छन् भन्ने लाग्दै लाग्दैन।’

आफूहरु पार्टीमा बहुमत भएकाले पार्टीलाई विधि विधानमा चलाउन लागिपर्ने पन्तले बताए।

प्रचण्ड समुहका चार नेता अनुपस्थित
स्थायी कमिटी बैठकमा प्रचण्ड समूहबाट चार जना नेता अनुपस्थित भए। जसमा सचिवालय सदस्य एवम गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट छन्। बैठकमा सहभागी हुन ती नेताहरुलाई आग्रह गरिएको थियो।  प्रचण्ड नजिकका नेताहरुले आफनो कित्ता क्लियर गर्न अनुरोध गरेका थिए। तर, बैठक सकिने बेलासम्म ती नेताहरु सहभागी भएनन्।

गृहमन्त्री बादल बैठकमा सहभागी नहुने भन्दै आफ्ना मन्त्रालयका कार्यक्रममा व्यस्त भए। प्रचण्डले बोलाउने एकाध गोप्य भेलामा सहभागी हुने गरे पनि मंगलबारको स्थायी कमिटी बैठकमा सहभागी भएनन्। सोमबार प्रचण्डले बोलाएको खुमलटार भेलामा सहभागी नभएका बादल मंगलबार बिहानको भेलामा भने सहभागी भएका थिए। बादल ओली र प्रचण्ड दुवै अध्यक्षको विश्वास जित्न सफल भएका छन्।

ओली समूहका नेताहरुले बादललाई आफ्नो कित्ताको भन्दै गोप्य भेला र छलफलमा समेत सहभागी गराउँदै आएका छन्। यस्तै अर्का स्थायी कमिटी सदस्य रायमाझी र थापाले पार्टी विभाजन गर्न नहुने भन्दै दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्ने मत राख्दै आएका छन्। पछिल्लो समय रायमाझी र थापा प्रचण्डभन्दा ओलीतिर नजिकिँदै गएका छन्। अर्का स्थायी कमिटी सदस्य लेखराज भट्ट प्रचण्डलाई पूर्ण रुपमा छोडेर ओली कित्तामा लागिसकेका छन्।

प्रचण्डले स्थायी कमिटी सदस्य भीम रावललाई नजिक राख्न थालेपछि भट्ट बिच्किएर ओली कित्तामा पुगेका हुन्। प्रचण्डले कैयौ पटक फोन सम्पर्क मार्फत भेट्न बोलाउँदा समेत उनी खुमलटार गएका छैनन्।

यस्तै, स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेशकुमार भट्टराई बालुवाटार बैठकमा सहभागी भई फर्किएका थिए। माधव नेपाल पक्षका नेता भट्टराई मन्त्रालयमा महत्वपूर्ण मिटिङ भएकाले स्थायी कमिटी बैठकमा केही बेर बसेर बाहिरिएका थिए। आजै उनले अर्थपूर्ण ट्विट गरेका छन्- दुर्घटना नजिक देखिन्छ। सबै रोकिऔँ। सल्लाहा गरौँ।

बालुवाटारमा दिनभर के भयो 
मंगलबार बिहान ११ बजे बैठक बस्ने भनेर गत साउन ६ गते केही बेर बसेको स्थायी कमिटी नै निर्धारण गरेको थियो। सोही अनुसार, बैठकमा सहभागी हुन धेरै नेता बालुवाटारतर्फ जाँदै थिए। त्यसैबखत बैठक स्थगित भएको सूचना सार्वजनिक भयो।

तर, बैठक स्थगित गर्नेबारे अर्का अध्यक्ष प्रचण्डलाई भने कुनै जानकारी नै थिएन। प्रचण्डले बैठक स्थगित भएको सूचना बालुवाटार आईपुग्न नपाउँदै सातदोबाटोमा पाएका थिए। प्रचण्ड र माधव नेपाल निकट नेताहरुलाई पनि जानकारी थिएन। मंगलबार बिहान छलफल गर्ने भनिएको ओली र प्रचण्डबीच पनि भेट नै भएको थिएन।

ओलीले एकलौटी ढंगले स्थगित गरेको बैठक बस्नैपर्ने उनी इतर समूहले ठहर गर्‍यो।

केहीबेरको अन्यौलग्रस्त अवस्थापछि ओली पक्ष इतरका नेताहरु बालुवाटारमा जुट्दै गए। त्यसपछि बैठक बस्ने सुरसार हुनथाल्यो। बैठक चल्दै गर्दा कम्तीमा एक पटक ओलीलाई बैठकमा बोलाउनुपर्‍यो भन्दै फ्लोरबाट आवाज उठ्यो। प्रचण्डले एक्लै के जाने, अर्को एक जना भए हुन्थ्यो भनेपछि झलनाथ उठेर म जान्छु भने। त्यसपछि ओलीलाई सोध्न प्रचण्ड र झलनाथ खनाल गए। त्यहाँ ओली, प्रचण्ड, खनाल र बिष्णु पौडेलबीच छलफल चल्यो। प्रचण्डले बैठकमा सहभागी हुन र बैठकलाई अगाडि बढाउन अनुरोध गरे। तर उनले अस्वीकार गरिदिए।

त्यसपछि ओली इतरका बालुवाटारमा उपस्थित स्थायी कमिटी सदस्यले बैठक अघि बढाए। त्यहाँ २९ जना स्थायी कमिटी सदस्य र दुई जना आमन्त्रित सदस्यको उपस्थितिमा बैठक चल्यो। ओली निकटका नेताहरु बालुवाटारमै भएर पनि बैठकस्थलमा गएनन्।

बैठकमा प्रचण्डले ओलीसँगको भेटवार्ताको ब्रिफिङ गरे। साथै, आफूले नेतृत्व गरिरहेको बैठकलाई स्थायी कमिटी बैठकको रुपमा नबुझ्न अनुरोध गरे। उनले बहुमत स्थायी कमिटी सदस्यको बैठकको रुपमा अर्थ्याए। बैठकमा वामदेव गौतमले आफूले अध्यक्षद्वयलाई पेश गरेको प्रस्ताव पार्टी विग्रह रोक्ने उपयुक्त उपाय भएको बताए। त्यस्तै, भीम रावलले आफ्नो टाउको देखाएर शिर्ष नेताहरुले पदको बार्गेनिङ गरेको भन्दै असन्तुष्टि जनाए। पार्टीलाई विधि पद्धतिमा हिँडाउने कुरा गरेकोमा व्यक्ति हटाउने विषय नै नभएको प्रष्टीकरण दिए।

बैठकले केपी ओली पक्षइतरका स्थायी कमिटी सदस्यहरुको बैठकले छिटो बैठक राख्ने पहलकदमी लिने जिम्मा प्रचण्डलाई दिएको छ। बैठकले केपी ओलीले बैठक स्थगित भएको सूचना प्रशारित गर्नु उचित नभएको ठहर गरेको छ। ’आजको स्थायी कमिटीको बैठको मिति र समय यसअघिको स्थायी कमिटीको बैठकले नै निर्णय गरेको थियो’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ’आजको बैठक केपी शर्मा ओलीले विधि विपरित स्थगित भएको सूचना प्रशारित गर्नु उचित थिएन।’

प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  २१:४०
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है ! पहिले पत्रकार हुँद... मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री शाहले आज इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भए... मंगलबार, जेठ १२, २०८३
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्‍यो इरानमा हवाई आक्रमण मंगलबार, जेठ १२, २०८३
१५ दिनभित्र बहाल नबुझाए ग्यालेक्सी टेलिभिजन लिलाम गरिने मंगलबार, जेठ १२, २०८३
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ मंगलबार, जेठ १२, २०८३
सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
क्यानले गर्‍यो ६३ क्रिकेटरलाई पाँच समूहमा वर्गीकरण, कसको तलब कति? सोमबार, जेठ ११, २०८३
न्यायाधीश पोखरेलको आग्रहः सार्वजनिक चासोका मुद्दाको पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्