• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपा स्थायी कमिटी : २७ दिनमा ६ बैठक, ११ पटक स्थगित
64x64
वीरेन्द्र ओली मंगलबार, साउन ६, २०७७  २२:१५
1140x725

काठमाडौं- साउन २ गते अकस्मात् नेकपा स्थायी कमिटी बैठक स्थगित भएपछि नेता सुरेन्द्र पाण्डेले ‘अब कति सर्ने हो! लाजैमर्दो भो’ भन्दै दिक्क मान्दै ट्विट गरे। बिहान १२ बजे स्थगित भएको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको भएपनि नेता पाण्डेले दिक्दारी व्यक्त गरेका थिए।

बैठक बस्ने र स्थगित हुने बारम्बारको खबरले स्थायी कमिटीका धेरै नेतालाई आजित बनाएको छ। नेकपाका कुनै पनि समितिका बैठक हत्तपत्त बस्दैनन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठक बोलाउन पनि हत्तपत्त राजी हुँदैनन्। बैठक सुरु भइहाले पनि छिनभरमा सुरु हुने र निमेषभरमा अन्त्य हुने खबरले स्थायी कमिटी बैठक कति बेला बस्छ र कति बेला स्थगित हुन्छ धेरै नेताहरूलाई पत्तो हुँदैन।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक २७ दिनमा ६ दिन मात्रै बैठक बसेको छ। यही अवधिमा ११ पटक त स्थगित नै भएको छ। असार १० गतेदेखि सुरु भएको बैठकको पहिलो दिन ११ गतेसम्मलाई स्थगित गरिएको थियो। १२ र १३ गते स्थायी कमिटी बैठक चलाएर १४ गते मदन जयन्ती र १५ गते धान दिवस मनाउन भन्दै दुई दिन बैठक स्थगित भयो।

असार १४ मा मदन जयन्तीका दिन प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन गरी नयाँ नक्सा जारी गरेपछि सरकारविरुद्ध दिल्ली र काठमाडौंका कोठाचोटामा षड्यन्त्र भएको अभिव्यक्ति दिए। यसपछि नेकपामा चर्किएको विवाद पुन उत्कर्षमा पुग्यो। असार १६ गते बसेको  बैठकमा अध्यक्ष प्रचण्डसहित ६ सचिवालय सदस्य ३० भन्दा धेरै स्थायी कमिटी सदस्यले ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि विवादले शिखर चुम्यो।

सुरुदेखि नै प्रधानमन्त्री तथा अध्यक्ष ओलीका गतिविधि आलोचना गर्दै आएका अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई ओलीको अभिव्यक्ति मसाला बन्न पुग्यो। त्यही विषयलाई लिएर नेकपामा विवाद चर्किँदै जाँदा स्थायी कमिटी बैठक त्यसको शिकार भएको छ। पार्टीमा चर्किएको विवाद टुंगो लगाउन एकपक्षीय र बहुपक्षीय रूपमा दर्जनभन्दा धेरै पटक छलफल भएपनि विवाद 'ज्युँका त्युँ' छ।  

पटकपटक बैठक स्थगित हुँदा आफूलाई सबैभन्दा धेरै गाह्रो भएको गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले बताए। लामो समयदेखि बैठक स्थगित हुने र चल्ने भईरहँदा पोखरा र काठमाडौंको आवतजावत यहीबीचमा मात्र ८ पटक भएको गुरुङले बताए।

‘बैठक सुरु हुँदा आर्थिक वर्षको अन्तिम अन्तिम बेला थियो। क्याबिनेट बैठक गरेर सुल्झाउनु पर्ने थियो। अरु महत्वपूर्ण विधेयक पनि अल्झिरहेका थिए। फुकाउन प्रतिपक्षी दलका नेतासंग छलफल गर्नुपर्ने थियो,’ नेपाल लाईभसँग कुराकानी गर्दै मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य गुरुङले भने, ‘काठमाडौं-पोखरा आउँदैजाँदै काम गरेँ। अहिलेसम्म बैठकको बीचमा मात्रै ८ पटक आउने जाने भएछ।’

बैठककै बीचमा गण्डकी प्रदेशमा बाढी पहिरोबाट जनधनको ठूलो क्षति हुँदा समस्या भएको गुरुङले सुनाए। ‘यही बीचमा यति धेरै बाढी पहिरो आयो कि बाढीपहिरोबाट सबैभन्दा धेरै प्रदेश प्रताडित भयो। म्याग्दीका गाउँगाउँमा पुग्नु थियो,’ गुरुङले भने, ‘म्याग्दीबाट पोखरा र्झन पाएको थिएन, बैठक भयो भनेर बोलाइयो। काठमाडौँ दौडिएर आएँ।’

Ncell 2
Ncell 2

बाढीपहिरोबाट तनहुँ, स्याङजा लमजुङलगायत क्षेत्रमा आफैँ घटनास्थल पुग्न नपाउँदा उकुसमुकुस भएको गुरुङले सुनाए।

000 

कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकको महत्व नेताहरुले नै नबुझेको स्थायी कमिटी सदस्य गणेश साहको धारणा छ। स्थायी कमिटी बैठकलाई अनिर्णयको बन्दी बनाएको भन्दै साहले तीतो पोखे।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले शीर्ष नेतृत्वबीच सहमति कायम नहुँदासम्म बैठक समापन नहुने बताए। पार्टीमा  जति छिटो सहमति हुन्छ, त्यति छिटो बैठक सकिने श्रेष्ठको भनाई छ।

२७ दिनमा ११ पटक बैठक स्थगित
अध्यक्ष ओलीले बैठक नै राख्न नमानेपछि बैशाख १० गते २० स्थायी कमिटी सदस्यहरुले दुवै अध्यक्षलाई पत्र लेखे। नेताहरुले स्थायी कमिटी बैठक निरन्तर माग गरेपछि असार १० गतेदेखि स्थायी कमिटी बैठक सुरु भयो। पहिलो दिन अध्यक्ष ओली प्रचण्डले मात्रै धारणा राखेर १२ गतेसम्म बैठक स्थगित भयो। असार १२ गते बसेको बैठक असार  १४ र १५ गते स्थगित भयो। १६ गते बैठक सुरु भयो।

असार १६, १७ र १८ गते स्थायी कमिटी बैठक बसी १९ गते स्थगित गरी २० गतेका लागि बैठक  बोलाइयो। पार्टीमा सहमति हुन नसकेपछि पुनः असार २२ गतेसम्मका लागि स्थगित भयो। असार २२ गते बैठक बस्न नसकेपछि २४ गतेका लागि बोलाइयो। फेरि असार २४ गते पनि बैठक बस्न नसकेपछि असार २६ गतेका लागि तय भएको थियो।

असार २६ गते बाढी पहिरो आएको भन्दै साउन २ गते बिहान ११ बजे बैठक बोलाइयो। शुक्रबार बिहान ११ बजे बैठक बस्न नसकेपछि दिउँसो ३ बजेका लागि बैठक सारियो। ३ बजे पनि बैठक बस्न नसकेपछि आइतबार दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित भयो।

साउन ४ गते बैठक बस्न नसकेपछि साउन ६ गते बिहान ११ बजे बस्ने तय भयो। बिहान ११ बजे बैठक बस्न नसकेपछि दिउँसो एक बजे बैठक बोलाएपनि एक घण्टा बस्न नपाउँदै बाढीपहिरोबाट जनधनको क्षति भएकाले साउन १३ गतेसम्म बैठक स्थगित गरिएको जानकारी गराइएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  २२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग जसपा मधेशकी उपाध्यक्ष निर्मला यादवले आज जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष यादवमाथि लगाइएको झुठा मु... शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ। बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य... शुक्रबार, असार २७, २०८२
बामदेव गौतम एकीकृत समाजवादीमा जाने, साउन २ मा घोषणा अध्यक्ष नेपाल र गौतमले शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिपत्रमा साउन २ गते एकता घोषणा गर्ने उल्लेख... शुक्रबार, असार २७, २०८२
ताजा समाचारसबै
मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग शुक्रबार, असार २७, २०८२
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्