• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रधानमन्त्रीलाई दुवै पद छाड्नुस् भन्दा अतिवाद हुन्छ : देवेन्द्र पौडेल [अन्तर्वार्ता]

64x64
वीरेन्द्र ओली सोमबार, साउन ५, २०७७  १४:४३
1140x725

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत बहुमत सचिवालय सदस्यसहित स्थायी कमिटी सदस्यहरुले राजीनामा मागेपछि विवाद सुरु भएको छ। ओलीले दुवै पदबाट मात्रै नभई एक पदबाट समेत राजीनामा नदिने अडान कायमै राखेका छन्। अर्को पक्षले भने कम्तीमा एक पदबाट राजीनामा दिनुपर्ने बताइरहेका छन्। दुवै पक्ष आ–आफ्नो अडानमा टसमस नभएपछि स्थायी कमिटी बैठक आठौं पटकसम्म स्थगित भइसकेको छ। पार्टीमा सहमति गराउन दोस्रो र तेस्रो तहका नेताहरु निक्कै सक्रिय छन्। तर, अझैसम्म विवादको निरुपणको मिलनबिन्दु भेटिएको छैन। यसै सन्दर्भमा केन्द्रित भई स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः

नेकपा स्थायी कमिटी बैठक स्थगित भएपछि अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहुपक्षीय छलफल जारी छ। यसरी बैठक स्थगित गरेर कहिलेसम्म संवाद जारी राख्ने हो?
यसको कुनै पात्रो छैन। कुनै तिथिमिति र पात्रो हामीले बनाएका छैनौं। कुनै नियमावलीमा यसरी छलफल गरेर यहाँ पुर्‍याउने भन्ने सूत्र छैन। जतिबेलासम्म सहमति जुट्दैन, त्यतिबेलासम्म वार्ता जारी रहन्छ। र, रहनु पर्छ। हाम्रो कुरा मिलेन भनेर आ–आफ्नो बाटो लाग्ने स्थिति छैन। देशको अहिलेको अवस्था, कार्यकर्ता र जनताको चाहना र मतदाताको चहनाले आ–आफ्नो बाटो हिँडौं भन्ने स्थिति छैन। त्यसकारण वार्ता, सहमति र संवादको अधिकतम प्रयत्न गरेर निकास निकाल्नुको विकल्प छैन। विकल्प नभएरै उहाँहरु छलफल गरिरहनु भएको छ। 

नेकपामा कहिले सहमति भयो भनेर शिर्ष नेताहरुले नै सार्वजनिक गर्छन्। फेरि सहमति नै भएन भन्ने पनि गरिन्छ। किन यस्तो भइरहेको छ?
हामीले संविधानको प्रस्तावनामै समाजवाद उन्मुख व्यवस्था हुने छ भनेका छौं। दुई पार्टी एक भई जनतालाई अपिल गरेर झण्डै दुई तिहाई बहुमत प्राप्त सरकार बनाएका छौं। सबै तहका सरकारहरु कार्य गरिरहेका छन्। जनताले त्यसमा प्रश्न गरेका छन्। संविधानमै लेखिएको समाजवाद उन्मुख राज्य प्रणाली, संविधानमै लेखिएको मौलिक हक प्रत्याभूति गर्न पाएनौं भनेर जनताले प्रश्न गरिरहेका छन्। जनताले सोध्दै छन्, कहिलेदेखि सुरु हुन्छ? कसरी प्राप्त हुन्छ? हामीले कहिले पाउँछौं? जनताले भनी नै रहेका छन्। अहिलेसम्म पार्टीको बहसले जनताको चासो र सरोकार प्रकट गरेको मलाई अनुभूति छैन। स्वयं मलाई पनि सोध्नुहुन्छ भने केही कार्यशैलीगत प्रश्न छन्। जिम्मेवारीका प्रश्न छन्। कार्यविभाजनका प्रश्नहरु छन। 

प्रधानमन्त्री केपी ओलीले एउटा मात्रै होइन, दुवै पदबाट राजीनामा दिन्नँ भन्दै आउनुभएको छ। अर्का अध्यक्ष प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल लगायत नेताहरुले दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने अडान लिनुभएको छ। नेताहरुको यस्तो तानातानमा नेकपा चुँडिने सम्भावना पो देखियो त?
जसले मुख्य जिम्मेवारीको भूमिका निर्वाह गरेको हुन्छ, समस्या आएपछि सुल्झाउने जिम्मेवारी पनि उही व्यक्तिकै हुन्छ। हामीले समस्याको थुप्रो मात्रै लगाउने होइन। हामीले द्वन्द्ववाद पढेका छौं। अन्तरविरोधको सिद्धान्त पढेका छौं। सम्भवतः प्रधानमन्त्रीज्यूले पनि पढ्नुभएको होला। त्यो अन्तरविरोधको थुप्रो लगाउने होइन। समस्याहरु पैदा भइसकेपछि समस्याको निकास दिनु नै नेता हो। समस्या केन्द्रिकरण गर्ने, अप्ठ्यारो पार्ने र अल्झाउनेलाई नेता भनिदैन। नेता भनेको निकास दिने हो। नेतृत्व गर्ने हो। पहलकदमी लिने हो। अप्ठ्यारा जन्जिरहरुलाई छिचोलेर नेतृत्व गर्ने भूमिकामा रहनेलाई नेता भनिन्छ। पदले बोकेको भारी सम्हाल्न सक्नुपर्छ।

मैले यो कुरा किन जोड्न खोजेको भने बल प्रधानमन्त्रीको कोर्टमा छ। सम्माननीय प्रधामन्त्री कार्यकारी पदमा हुनुहुन्छ। उहाँकै भाषामा पार्टीको पहिलो नम्बरको अध्यक्षको रुपमा उहाँ हुनुहुन्छ। साथीहरुले पार्टी कमिटीमा उठाएको कुरा, सचिवालयमा उठाएको कुरा, भारतसँग सीमा समाधानमा वार्ता गरेर सुल्झाउने कुरा, देशका विविध मुद्दाहरु सुल्झाउने कुरा प्रधानमन्त्रीकै मुख्य जिम्मेवारी हो।

पार्टीभित्रको समस्या सुल्झाउने पनि प्रधानमन्त्रीज्यूको जिम्मेवारी हो। पार्टीका साथीहरुले उठाएका कुरा सुल्झाउने, गल्ती गरेका छन् भने यो-यो गल्ती बोल्यौ भनेर खण्डन गर्ने। सही कुरा उठाएका छन् भने ठिकै कुरा गर्‍यौ भनेर भन्ने। यदि आफ्नै पार्टीका नेताहरुले बोलेका पुगेन भने तिमीहरुका यी कुरा पुगेनन् भन्ने। मेरा यी कुरा पुगेनन्, तिम्रा यी कुराहरु पुगेनन्, आऊ सबै मिलेर सच्याऔं भनेर जान सक्नुपर्‍यो।

अहिलेको विवादमा प्रधानमन्त्रीज्यूले कसरी निकास दिन सक्नुहुन्छ?
यो कुनै पार्टीको निर्णय भएर भनेको होइन। व्यक्तिगत रुपमा प्रधानमन्त्रीलाई दुवै पदबाट छोड्नुस् भन्दा अर्को अतिवादतिर जान्छ। केही साथीहरुले भन्नुभयो। उहाँले यो सुने पनि मलाई कुनै अप्ठ्यारो छैन। फेरि प्रधानमन्त्रीले सबै जिम्मा आफैं लिन्छु, तिमीहरु समर्थन मात्रै गर, खुरुखुरु मैले भनेको कुरा मान भन्ने कुरा पनि उहाँबाट आउने अतिवादी कुरा हो। हामीले दुवै तर्फका साथीहरुसँग कुरा गरेका छौं। प्रधानमन्त्रीको वकालत गर्ने साथीहरुसँग पनि कुरा भएको छ। यस्तो बेला निकास निकाल्ने 'विनविन' स्थितिमा हो। त्यो भनेको सबैलाई बराबरी हो। बराबरी भनेको एक जनाले सरकार चलाउने, एक जनाले पार्टी चलाउने। यति सजिलो विषय पार्टीमा अल्झाएर निकास दिइएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीले आफ्नो अनुकूलतामा एक पद छोड्दा हुन्छ। आफूलाई कुन पद लिँदा प्रभावकारी हुन्छ, त्यही पद लिए हुन्छ। उहाँ (प्रधानमन्त्री) ले रोजेर एक पद लिए हुन्छ। अर्को जिम्मेवारी कुनै अर्को कमरेडलाई दिए। पार्टी गतिशील भएर जान्छ। त्यसपछि सरकार पनि चल्छ। एकले अर्कालाई सर्पोट गर्ने। यही त होला विधि। कम्युनिस्ट पार्टीको कुरा छोड्नुस्, भारतमा विजेपीको प्रधानमन्त्री मोदी हुनुहुन्छ। पार्टी अध्यक्ष अरु नै हुनुहुन्छ। दुई जनाले सहकार्य गरेर काम गर्नुभएको छ। त्यसरी गरियो भने पार्टी र सरकार दुवै व्यवस्थित रुपमा चल्छ।

प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल लगायत सचिवालय सदस्यहरुले 'हामीले जति ओलीलाई तपाईंले चिन्नुभएको छैन त्यसैले दुवै पदबाट राजीनामा गराउनुपर्छ' भनिरहनु भएको छ नि?
प्रधानमन्त्रीलाई उहाँहरुले नै बढी चिन्नु भएको होला। हाम्रो निकै छोटो सहकार्य हो। हामी अलगअलग पार्टीमा हुँदा केही पटक भेटेको थिएँ। उहाँले बाहिरबाट माओवादीप्रति कटाक्ष गर्दा र भेट्दा फरक पाएको हुँ। मैले धेरै साथीहरुलाई भनेको पनि थिएँ। भेटेर कुरा गर्दा उहाँलाई फरक पाएँ। आफ्ना कुरा अत्यन्तै सरलतापूर्वक सन्दर्भ मिलाएर राख्नुभयो। त्यस प्रकृतिका भेट बाहेक झलनाथ र माधवजीले जस्तोगरी चिनेका छैनौं। त्यो सत्य हो। उमेरका दृष्टिकोणले उहाँ पाको हुनुहुन्छ। हामीले अढाई वर्ष उहाँको कामलाई हेर्‍यौं।

अहिले बैठकमा विषयवस्तु राख्ने, एजेण्डा प्रस्तुत गर्ने, बैठकमा भाग लिने, पार्टीको प्रवृत्तिलाई सम्बोधन गर्ने कुरामा तादम्यता नमिलेको पाएँ। उहाँका अरु कतिपय राम्रा पक्षहरु पनि छन्। कतिपय विषयमा सामान्य जानकारी भए पनि धेरै अध्ययन गर्नुभएको छ। हामी माओवादीले मार्क्सवादी, लेनिनवादी, स्टालिनवादी र  माओवादी साहित्य र संस्कृति पढेका छौं। उहाँले पूर्वीय दर्शनका उदाहरण दिने गरेको पाइन्छ। सबै प्रकृतिको अध्ययन गरेको पाइन्छ। भाषाको पनि राम्रो ज्ञान छ। नेपाली ठेट भाषा र झर्रा भाषाको प्रयोगमा माहिर हुनुहुन्छ। ती सबै भएकाले नै प्रधानमन्त्रीसम्म पुग्नुभयो। नभए अरु जुनसुकै व्यक्ति प्रधानमन्त्री भइहाल्थ्यो। पार्टीभित्रको अन्तरविरोध र समस्या हल गर्ने सवालमा उहाँको भूमिका र सक्रियता नपुगेर हो कि? सीमित साथीहरुको घेरामा पर्नुभयो कि? लेनिनले एक पटक भन्नु भएको छ, ‘आलोचनाको स्वतन्त्रता र काम कारबाहीमा एकरुपता।’ अर्थात् अभिव्यक्तिको स्वतन्त्रता। ती सबै कुराहरु दुवै अध्यक्षले पालना गर्नुपर्‍यो। त्यसपछि सबैले पालना गर्छन्। त्यसो भए पार्टी पूरै सिस्टममा गइहाल्छ।

प्रधानमन्त्री सहमतिका लागि टसमस हुनुभएको छैन। तपाईंहरु आफैं पार्टीलाई विभाजनबाट रोक्न साम्य हुनुपर्ने अवस्था आएको हो?
हामीले  हाम्रा दुवै अध्यक्षलाई भनेका छौं, अझै बढी प्रचण्डलाई भनेका छौं। तपाईंले अध्यक्ष भएर त्यो भूमिका निभाउनुपर्छ भनेर हामीले दबाब दिइरहेका छौं। त्यो मान्छे मात्रै नेता हुन्छ, जो संकटमा नेतृत्व गर्न सक्छ। प्रचण्डले निकै सक्रियताका साथ यो पार्टी एकता कायम राख्न लागिरहनु भएको छ। हामी दोस्रो तहका नेताहरुले पनि उहाँलाई पार्टी एकता कायम गर्न लाग्नुपर्नेमा दबाब सिर्जना गरिरहेका छौं। अहिलेको समस्या भनेको गतिशिलताको हो। कोही अति धेरै गतिशील हुने र कोही आफ्नो अडानमा टमकोमस नहुने हुँदा समस्या भइरहेको हो। 

Xtrem

Xtrem

पार्टी एकता हुँदादेखि प्रचण्ड जति सक्रिय हुनुहुन्थ्यो, अहिले पनि त्यही रुपमा हुनुहुन्छ। त्यो समयमा सबै कुरा लिखित रुपमा सहमति भएका थिए। प्रतिवेदन कमिटिमा म पनि थिएँ। मिल्ने कुरा यहीँ मिलाउने र बाँकी महाधिवेशनमा गर्ने भनिएको थियो। तत्कालीन समयमा साक्षी राखेर आलोपालो गर्ने सहमतिमा पनि प्रचण्डले म पार्टीमा केन्द्रित हुन्छु, तपाईं ५ वर्ष सरकार सञ्चालन गर्नुस् भनेर भन्नुभएको हो। तत्कालीन समयमा पाँच वर्षकै लागि केपी ओलीलाई प्रधानमन्त्री दिइएको हो। त्यसपछि सहमति अनुसार भूमिका नपाएपछि असन्तुष्टि देखिएको हो। कार्यकारी भएर चलाउनु भनियो तर कार्यकारी कहाँ लेखिएको छ भनेर निहुँ खोज्न थालियो। प्रचण्डको कोणबाट सहमतिको अधिकतम प्रयास गरिएको थियो।

दोस्रो तहका नेताहरु एकता कायम गर्न निक्कै सक्रियताका साथ लागिरहनु भएको छ तपाईंहरुका बीचमा के काम भइरहेको छ? कसरी नेतृत्वलाई दबाब सिर्जना गरिरहनु भएको छ?
हामी पनि लागि रहेका छौं। पार्टी एक बनाउने कुरामा हामी गम्भीर छौं। हामीलाई पनि जनताले  गाली गरिरहेका छन्। दुई तिहाई भएर पनि किन झगडामात्र गरेर बसेको? सरकार राम्रोसँग किन चलाउन नसकेको भनेर जनताले गाली गरिरहेका छन्। हामी यही कुरा नेतृत्वलाई भनिरहेका छौं। हामी तपाईंहरुको स्थानमा जान्छौं छोड्नुस् भन्ने हैसियत हाम्रो होइन रहेछ। त्यसैले तपाईंहरु मिल्नुस् भनेर दबाब दिइरहेका छौं। हामी निकै चिन्तित भएर सुझाव दिएका छौं। पार्टीको निर्णय त जतिसुकै ठूलो पद भएकोले पनि मान्नुपर्छ। र, अर्को इमान्दारीता हुनुपर्छ। होइन भने अब नयाँ सहमति हुनुपर्छ। अहिलेको समस्या भनेको यी तीनै कुरा नहुनु हो। यही कुरालाई ध्यानमा राखेर हामी दोस्रो तहका नेताहरु लागिरहेका छौं। मैले विष्णु पौडेल र ईश्वर पोखेरेलसँग कुरा गरिरहेका छु। हामीले राष्ट्रपतिलाई महाभियोगको हल्ला आएपछि प्रष्ट पार्न भनेका थियौं। उहाँहरु जानुभयो र त्यसलाई प्रष्ट पारेर भ्रमबाट मुक्त पार्नु भएको छ।

बैठक चलेको धेरै भयो। यसैगरी ६ महिना जाने त होइन?
यो अब धेरै लम्ब्याउनु हुँदैन। मिलाउनु पर्छ। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले लचकता देखाउनुपर्छ। उहाँले पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र झलनाथ खनाललाई पनि मनाउनुपर्छ। अनि त्यसभन्दा बाहेकका अरु भए पनि सहमति गराउनुपर्छ। सधैं झगडा गरेर र अरुसँग मिलेर केही गर्छु भन्ने हो भने पनि दुःखद र गलत हुने छ। हामीले पनि प्रधानमन्त्रीलाई पनि यही कुरा भनेका छौं। माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई पनि सहमतिमा ल्याउन भनेका छौं।

शिर्ष नेताहरुका बीचमा सहमति भएन भने के हुन्छ?
सहमति नभई हुदैन। करेसाबारी र आँगन अलग गर्न थाले हामी कोही रहँदैनौ। कालापानी लिपुलेक जस्ता भू-भाग कुटनीतिक वार्तावाट समाधान गर्नु छ। एमसिसी जस्ता एजेन्डाहरु टुंग्याउनु छ। जनतासँग हिजो गरेका वाचाहरु पूरा गर्नुपर्ने छ। यी सबै एजेन्डा पूरा गर्न नेकपा एक नभई हुँदैन। पार्टी तलमाथि भएमा यसको नेतृत्व कसले गर्ने भन्ने हुन्छ। इतिहासमा हामीले अहिले नसके फेरि जनतामा जान नैतिक धरातल हुन्छ?

आलोचना सहने बानी बसाउनु पर्छ। आलोचना हुने भनेको काम गर्ने मानिसको हो। यो दश वर्षमा सबैभन्दा धेरै आलोचना र प्रशंसा पाउने व्यक्ति प्रचण्ड नै हो। प्रधानमन्त्रीमा आफ्ना कुरा राख्ने र अरुको कुरा सुन्ने धैर्य कमि हो कि भन्ने देखिएको छ।

कम्युनिस्ट पार्टीको कुरा र काम गराई मिलेको देखिन्छ त?
यो मिल्दैन। कम्युनिस्ट पार्टीको सरकार यस्तो हुँदैन। कोरोना महामारी, सलह, बाढी पहिरो चलिरहेको छ। समाजवाद भन्दा हामी परै छौं। तर सरकार यो विषयमा छैन। पार्टीभित्र पनि यो विषयमा छलफल छैनं। प्रधानमन्त्रीको पक्षमा २५ जना होइन, सडकमा होइन लाखौं आउनु पर्छ। देशको राष्ट्रभक्त प्रधानमन्त्रीको पक्षमा दश बीस हजार आउनु पर्दैन? विदेशमा सडकमा लाखौंको संख्यामा आएका छन् नि। जनता सडकमा आएका छैनन्। त्यसैले समस्या सुल्झाउने र समाधान गर्ने काम प्रधानमन्त्रीको हो।

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्