• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

२०७६/७७ को शेयर बजार : बुलिस ट्रेण्डमा अगाडि बढेको बजारलाई कोरोनाको धक्का,९७ दिन बन्द

अर्थतन्त्र कमोजर भएका बेला बढ्ने शेयर बजार यस पटक के होला?
64x64
अरुण सापकोटा बुधबार, असार ३१, २०७७  १५:२४
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको अन्तिम दिन शेयर बजार १४.९० अंकको सुधार सहित बन्द भयो। आर्थिक वर्षको पहिलो कारोबार पनि १५.८४ अंकको सुधार सहित सुरु भएको थियो। समग्रमा यस वर्ष १०३ अंकको सुधार देखिएको छ। यस वर्ष सबैभन्दा धेरै १६३२ सम्म पुग्यो भने सबैभन्दा तल ११०९ अंकसम्म तल झर्‍यो। 

आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९ ले दोस्रो बजार ९७ दिन बन्द भयो। नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि लक डाउन गर्ने क्रममा दोस्रो बजार पहिलो पटक चैत १० गतेदेखि वैशाख २९ गतेसम्म बन्द भयो। वैशाख ३० र ३१ गते बजार खुल्दा घट्दो क्रममा सर्किट लागेपछि पुनः शेयर बजार बन्द गरियो। जेठ एक गतेदेखि बन्द शेयर बजार असार १५ गतेदेखि मात्रै खुल्यो। 

बजार विश्लेषकहरुले यो आर्थिक वर्षदेखि बुलिस ट्रेण्ड सुरु हुने विश्लेषण गरेका थिए। विगत तीन चार वर्षदेखि लगातार घट्दो क्रममा रहेको बजारले केही राहात दिने अपेक्षा गरिएको थियो। गत मंसिर १० गते वियरिस ट्रेण्डको तल्लो बिन्दु रहेको प्राविधिक विश्लेषण गरिएको थियो। मंसिर १० गते तीन चार वर्षकै न्यून बिन्दु ११०९.१७ अंकसम्म तल झरेको थियो। यहीबाट बुलिस ट्रेण्ड सुरु भएको विश्लेषण गरिएको थियो। 

नेपालको शेयर बजारमा ८/८ वर्षको साइकल हुने गरेको प्राविधिक विश्लेषकहरु बताउँछन्। यस पटकको बियरिस ट्रेण्ड अन्त्य भएसँगै नेप्से सूचक यसअघिको अधिकतम बिन्दु १८८१ अंकभन्दा माथि पुग्ने अनुमानले गर्दा लगानीकर्ता हौसिएका थिए। यसै क्रममा फागुन १५ गतेसम्ममा ५२३ अंकको सुधार भयो। 

तर यसै अवधिमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को प्रभाव नेपाली शेयर बजारमा देखियो। फागुन १५ गतेदेखि लकडाउनभन्दा अगाडिसम्ममा शेयर बजार ३८० अंकले तल झर्योर। सरकारले चैत ९ गतेदेखि कोभिड नियन्त्रण तथा रोकथामका लागि भन्दै २५ जनाभन्दा धेरैको भिडभाडलाई रोक लगायो। यसले गर्दा लगानीकर्ताहरु बजार बन्द गर्नुपर्योभ भन्दै आन्दोलनमा उत्रिएका थिए। यसै अवधिमा चैत ११ गतेदेखि नेपाल सरकारले पूर्ण रुपमा लकडाउन गर्दा शेयर बजार पनि निर्धक्कले बन्द भयो। 

सरकारले वैशाख २६ गतेदेखि लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गर्यो१। यसै क्रममा सरकारले सामाजिक दूरी काम गरी बैंक तथा वित्तीय संस्था र शेयर बजार पनि आंशिक रुपमा खुला गर्ने निर्णय गरेको थियो। सरकारको यस्तो निर्णय गरेपछि नेपाल धितोपत्र बोर्डले सर्किट ब्रेकको नियम परिवर्तन गरी वैशाख ३० गतेदेखि बजार खुला गर्ने निर्णय गर्योग। वैशाख ३० र ३१ गते शेयर बजारमा नकारात्मक सर्किट लागेपछि लगानीकर्ताले चर्को विरोध गरे। लगानीकर्ताको चर्को विरोधपछि नेप्सेले पुनः अनिश्चित कालका लागि शेयर बजार बन्द गरेको थियो। 

नेपाल सरकारले असार एक गतेदेखि लकडाउनलाई खुकुलो बनायो। तर बजार घट्न सक्ने डरले गर्दा नियामक र नेप्से बजार खुलाउन सहमत भएनन्। अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बजार खोल्नका लागि ग्रिन सिग्नल दिन सकेनन्। लकडाउन खुला भएको १५ दिनपछिमात्रै शेयर बजार खुला गरियो। 

अर्थतन्त्र कमोजर भएका बेला बढ्ने शेयर बजार यस पटक के होला?
असार १५ गतेदेखि खुला भएको बजार लगातार सुधार भइरहेको छ। नेपालमा जब जब आर्थिक मन्दि तथा लगानीका अवसर खुम्चिदै जान्छन् तब तब शेयर बजार उकालो लाग्ने गरेको पाइन्छ। देश माओवादी द्वन्द्वले आक्रान्त भएको बेला शेयर बजार भने सुधार देखिएको थियो। त्यस्तै २०७२ सालको विनाशकारी भूकम्पले आक्रान्त पारेको समयमा शेयर बजार भने उच्च अंकले सुधार भएको थियो। कोरोनाले अर्थतन्त्रलाई नै थिलोथिलो पारेको बेला नेप्से सूचक अहिलेसम्मकै उच्च १८८१ अंकसम्म पुग्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले पनि कोभिड १९ ले गर्दा नेपालको अर्थतन्त्र कमजोर भएको छ। गएका वर्षमा ६ देखि ८ प्रतिशतको आर्थिक वृद्धिदर यस वर्ष कोरोनाको कारणले एक प्रतिशतमा सिमित हुने अनुमान गरिएको छ। तर असार १५ गतेदेखि खुलेको शेयर बजार भने उच्च अंकले सुधार भइरहेको छ। नेपालको शेयर बजारको गति र आर्थिक वृद्धिदरको दिशा उल्टो देखिने गरेको मर्चेन्ट बैंकर एसोसिएनका अध्यक्ष ध्रुव तिमिल्सिना बताउँछन्। 

यस्तो समयमा अन्य लगानीका क्षेत्र नहुने र उक्त लगानी शेयर बजारमा प्रवेश गर्ने गरेको उनी बताउँछन्। माओवादी द्वन्द्वको समयमा अन्यत्र लगानी गर्ने अवस्था थिएन। तर काठमाडौंभित्र बसेर शेयर बजारमा लगानी गर्दा सुरक्षित देखिएपछि उनीहरुको पैसा शेयर बजारमा आएको थियो। 

त्यस्तै २०७२ को विनाशकारी भूकम्पका कारण सबै जना लगानी गर्न डराइरहेका थिए। नयाँ लगानी गर्नुभन्दा आफूसँग भएको पैसा बैंकमा जम्मा गर्नु लगानीकर्ताले उचित ठाने। यसले गर्दा बैंकमा पैसा थुप्रियो। बैंकमा पर्याप्त तरलता हुँदा लगानी गर्ने ठाउँ भएन। जसले गर्दा ब्याजदर मूल्य वृद्धिदरभन्दा पनि तल झर्योा। यस्तो अवस्थामा लगानीकर्ताले बैंकमा पैसा जम्मा गर्नुभन्दा शेयर बजारमा लगानी गर्न उचित ठाने। 

तिमिल्सिनाका अनुसार बैंक ब्याजदर कम हुँदा शेयर बजार बढ्ने र ब्याजदर उच्च हुँदा बजार घट्ने सामान्य सिद्धान्त हो। लकडाउन तथा कोरोनाको कारणले नयाँ लगानीका ढोका बन्द छन्। बैंकमा पैसा थुप्रिदै गर्दा दिनदिनै बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर घटाउन थालेका छन्। यसले गर्दा पनि आगामी दिनमा शेयर बजार बढ्ने विश्लेषण गरिएको छ। 

Xtrem

Xtrem

साउनको पहिलो सातादेखि बैंकहरुले नयाँ कर्जा लगानी गर्न सुरु गर्नेछन्। लकडाउनको अवधिमा मात्रै बैंकमा एक खर्ब ३४ अर्ब रुपैयाँभन्दा माथिको निक्षेप थुप्रिएको छ। तर कर्जा लगानी भने ऋणात्मक छ। अहिलेसम्म बैंकमा नयाँ कर्जाको माग छैन। वैदेशिक रोजागारीमा गएका तथा युरोप अमेरिकामा अध्ययनका लागि गएका नेपालीले पठाउने रेमिट्यान्समा सामान्य गिरावट छ। जसले गर्दा बैंकमा निक्षेप थुप्रिने सम्भावना अझै छ। 

बैंकरहरुका अनुसार अग्रिम रुपमा संझौता भएका कर्जा बाहेक नयाँ कर्जा जान सक्ने अवस्था छैन। नयाँ कर्जा नजाने अवस्था रहेसम्म बैंकको ब्याजदर घट्नेछ। यसले गर्दा केही पैसा शेयर बजारमा आउने अपेक्षा गरिएको छ। साथै सस्तो ब्याजदरमा बैंकमा पैसा जम्मा गर्नुभन्दा बढ्दो क्रममा रहेको बजारमा लगानी गर्दा बढी प्रतिफल आउने अपेक्षाले दोस्रो बजारमा लगानीकर्ता थुप्रिने विश्लेषण गरिएको छ। 

अर्कोतर्फ नेपाली बजारमा प्राविधिक विश्लेषकहरुको चक्रिय विश्लेषणले पनि केही हदसम्म काम गर्ने गरेको छ। अबको चार वर्ष नेपालको शेयर बजार बुलिस ट्रेण्डमा रहने उनीहरुको विश्लेषणले पनि बजारमा कन्फिडेन्ट बढाउदै लगेको देखिन्छ। कोरोनाजस्तै अन्य अवरोध नआए बजार सुधार हुने अपेक्षा गर्न सकिन्छ। 

No description available.

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्