• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

२०७६/७७ को शेयर बजार : बुलिस ट्रेण्डमा अगाडि बढेको बजारलाई कोरोनाको धक्का,९७ दिन बन्द

अर्थतन्त्र कमोजर भएका बेला बढ्ने शेयर बजार यस पटक के होला?
64x64
अरुण सापकोटा बुधबार, असार ३१, २०७७  १५:२४
1140x725

काठमाडौं- चालु आर्थिक वर्षको अन्तिम दिन शेयर बजार १४.९० अंकको सुधार सहित बन्द भयो। आर्थिक वर्षको पहिलो कारोबार पनि १५.८४ अंकको सुधार सहित सुरु भएको थियो। समग्रमा यस वर्ष १०३ अंकको सुधार देखिएको छ। यस वर्ष सबैभन्दा धेरै १६३२ सम्म पुग्यो भने सबैभन्दा तल ११०९ अंकसम्म तल झर्‍यो। 

आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९ ले दोस्रो बजार ९७ दिन बन्द भयो। नेपाल सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि लक डाउन गर्ने क्रममा दोस्रो बजार पहिलो पटक चैत १० गतेदेखि वैशाख २९ गतेसम्म बन्द भयो। वैशाख ३० र ३१ गते बजार खुल्दा घट्दो क्रममा सर्किट लागेपछि पुनः शेयर बजार बन्द गरियो। जेठ एक गतेदेखि बन्द शेयर बजार असार १५ गतेदेखि मात्रै खुल्यो। 

बजार विश्लेषकहरुले यो आर्थिक वर्षदेखि बुलिस ट्रेण्ड सुरु हुने विश्लेषण गरेका थिए। विगत तीन चार वर्षदेखि लगातार घट्दो क्रममा रहेको बजारले केही राहात दिने अपेक्षा गरिएको थियो। गत मंसिर १० गते वियरिस ट्रेण्डको तल्लो बिन्दु रहेको प्राविधिक विश्लेषण गरिएको थियो। मंसिर १० गते तीन चार वर्षकै न्यून बिन्दु ११०९.१७ अंकसम्म तल झरेको थियो। यहीबाट बुलिस ट्रेण्ड सुरु भएको विश्लेषण गरिएको थियो। 

नेपालको शेयर बजारमा ८/८ वर्षको साइकल हुने गरेको प्राविधिक विश्लेषकहरु बताउँछन्। यस पटकको बियरिस ट्रेण्ड अन्त्य भएसँगै नेप्से सूचक यसअघिको अधिकतम बिन्दु १८८१ अंकभन्दा माथि पुग्ने अनुमानले गर्दा लगानीकर्ता हौसिएका थिए। यसै क्रममा फागुन १५ गतेसम्ममा ५२३ अंकको सुधार भयो। 

तर यसै अवधिमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को प्रभाव नेपाली शेयर बजारमा देखियो। फागुन १५ गतेदेखि लकडाउनभन्दा अगाडिसम्ममा शेयर बजार ३८० अंकले तल झर्योर। सरकारले चैत ९ गतेदेखि कोभिड नियन्त्रण तथा रोकथामका लागि भन्दै २५ जनाभन्दा धेरैको भिडभाडलाई रोक लगायो। यसले गर्दा लगानीकर्ताहरु बजार बन्द गर्नुपर्योभ भन्दै आन्दोलनमा उत्रिएका थिए। यसै अवधिमा चैत ११ गतेदेखि नेपाल सरकारले पूर्ण रुपमा लकडाउन गर्दा शेयर बजार पनि निर्धक्कले बन्द भयो। 

सरकारले वैशाख २६ गतेदेखि लकडाउनलाई केही खुकुलो बनाउने निर्णय गर्यो१। यसै क्रममा सरकारले सामाजिक दूरी काम गरी बैंक तथा वित्तीय संस्था र शेयर बजार पनि आंशिक रुपमा खुला गर्ने निर्णय गरेको थियो। सरकारको यस्तो निर्णय गरेपछि नेपाल धितोपत्र बोर्डले सर्किट ब्रेकको नियम परिवर्तन गरी वैशाख ३० गतेदेखि बजार खुला गर्ने निर्णय गर्योग। वैशाख ३० र ३१ गते शेयर बजारमा नकारात्मक सर्किट लागेपछि लगानीकर्ताले चर्को विरोध गरे। लगानीकर्ताको चर्को विरोधपछि नेप्सेले पुनः अनिश्चित कालका लागि शेयर बजार बन्द गरेको थियो। 

नेपाल सरकारले असार एक गतेदेखि लकडाउनलाई खुकुलो बनायो। तर बजार घट्न सक्ने डरले गर्दा नियामक र नेप्से बजार खुलाउन सहमत भएनन्। अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बजार खोल्नका लागि ग्रिन सिग्नल दिन सकेनन्। लकडाउन खुला भएको १५ दिनपछिमात्रै शेयर बजार खुला गरियो। 

अर्थतन्त्र कमोजर भएका बेला बढ्ने शेयर बजार यस पटक के होला?
असार १५ गतेदेखि खुला भएको बजार लगातार सुधार भइरहेको छ। नेपालमा जब जब आर्थिक मन्दि तथा लगानीका अवसर खुम्चिदै जान्छन् तब तब शेयर बजार उकालो लाग्ने गरेको पाइन्छ। देश माओवादी द्वन्द्वले आक्रान्त भएको बेला शेयर बजार भने सुधार देखिएको थियो। त्यस्तै २०७२ सालको विनाशकारी भूकम्पले आक्रान्त पारेको समयमा शेयर बजार भने उच्च अंकले सुधार भएको थियो। कोरोनाले अर्थतन्त्रलाई नै थिलोथिलो पारेको बेला नेप्से सूचक अहिलेसम्मकै उच्च १८८१ अंकसम्म पुग्यो। 

Ncell 2
Ncell 2

अहिले पनि कोभिड १९ ले गर्दा नेपालको अर्थतन्त्र कमजोर भएको छ। गएका वर्षमा ६ देखि ८ प्रतिशतको आर्थिक वृद्धिदर यस वर्ष कोरोनाको कारणले एक प्रतिशतमा सिमित हुने अनुमान गरिएको छ। तर असार १५ गतेदेखि खुलेको शेयर बजार भने उच्च अंकले सुधार भइरहेको छ। नेपालको शेयर बजारको गति र आर्थिक वृद्धिदरको दिशा उल्टो देखिने गरेको मर्चेन्ट बैंकर एसोसिएनका अध्यक्ष ध्रुव तिमिल्सिना बताउँछन्। 

यस्तो समयमा अन्य लगानीका क्षेत्र नहुने र उक्त लगानी शेयर बजारमा प्रवेश गर्ने गरेको उनी बताउँछन्। माओवादी द्वन्द्वको समयमा अन्यत्र लगानी गर्ने अवस्था थिएन। तर काठमाडौंभित्र बसेर शेयर बजारमा लगानी गर्दा सुरक्षित देखिएपछि उनीहरुको पैसा शेयर बजारमा आएको थियो। 

त्यस्तै २०७२ को विनाशकारी भूकम्पका कारण सबै जना लगानी गर्न डराइरहेका थिए। नयाँ लगानी गर्नुभन्दा आफूसँग भएको पैसा बैंकमा जम्मा गर्नु लगानीकर्ताले उचित ठाने। यसले गर्दा बैंकमा पैसा थुप्रियो। बैंकमा पर्याप्त तरलता हुँदा लगानी गर्ने ठाउँ भएन। जसले गर्दा ब्याजदर मूल्य वृद्धिदरभन्दा पनि तल झर्योा। यस्तो अवस्थामा लगानीकर्ताले बैंकमा पैसा जम्मा गर्नुभन्दा शेयर बजारमा लगानी गर्न उचित ठाने। 

तिमिल्सिनाका अनुसार बैंक ब्याजदर कम हुँदा शेयर बजार बढ्ने र ब्याजदर उच्च हुँदा बजार घट्ने सामान्य सिद्धान्त हो। लकडाउन तथा कोरोनाको कारणले नयाँ लगानीका ढोका बन्द छन्। बैंकमा पैसा थुप्रिदै गर्दा दिनदिनै बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर घटाउन थालेका छन्। यसले गर्दा पनि आगामी दिनमा शेयर बजार बढ्ने विश्लेषण गरिएको छ। 

साउनको पहिलो सातादेखि बैंकहरुले नयाँ कर्जा लगानी गर्न सुरु गर्नेछन्। लकडाउनको अवधिमा मात्रै बैंकमा एक खर्ब ३४ अर्ब रुपैयाँभन्दा माथिको निक्षेप थुप्रिएको छ। तर कर्जा लगानी भने ऋणात्मक छ। अहिलेसम्म बैंकमा नयाँ कर्जाको माग छैन। वैदेशिक रोजागारीमा गएका तथा युरोप अमेरिकामा अध्ययनका लागि गएका नेपालीले पठाउने रेमिट्यान्समा सामान्य गिरावट छ। जसले गर्दा बैंकमा निक्षेप थुप्रिने सम्भावना अझै छ। 

बैंकरहरुका अनुसार अग्रिम रुपमा संझौता भएका कर्जा बाहेक नयाँ कर्जा जान सक्ने अवस्था छैन। नयाँ कर्जा नजाने अवस्था रहेसम्म बैंकको ब्याजदर घट्नेछ। यसले गर्दा केही पैसा शेयर बजारमा आउने अपेक्षा गरिएको छ। साथै सस्तो ब्याजदरमा बैंकमा पैसा जम्मा गर्नुभन्दा बढ्दो क्रममा रहेको बजारमा लगानी गर्दा बढी प्रतिफल आउने अपेक्षाले दोस्रो बजारमा लगानीकर्ता थुप्रिने विश्लेषण गरिएको छ। 

अर्कोतर्फ नेपाली बजारमा प्राविधिक विश्लेषकहरुको चक्रिय विश्लेषणले पनि केही हदसम्म काम गर्ने गरेको छ। अबको चार वर्ष नेपालको शेयर बजार बुलिस ट्रेण्डमा रहने उनीहरुको विश्लेषणले पनि बजारमा कन्फिडेन्ट बढाउदै लगेको देखिन्छ। कोरोनाजस्तै अन्य अवरोध नआए बजार सुधार हुने अपेक्षा गर्न सकिन्छ। 

No description available.

प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्