• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाको दुई तिहाई मत त ओली सरकारले खाई नै सक्यो : झलनाथ खनाल

64x64
नेपाल लाइभ सोमबार, असार २९, २०७७  २०:३९
1140x725
फाइल फोटो

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारको काम र नीतिहरुको चर्को आलोचना गरेका छन्। साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार साँझ आयोजित ‘नेकपाको आजको समस्या के हो? सम्भावना के हो?’ विषयक अन्तरक्रियामा बोल्दै खनालले पार्टीलाई पुनर्गठन गर्नु अत्यन्त आवश्यक रहेको बताए।

उनले ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै गलत नीतिहरु अनुशरण गरेको बताए। ‘तीन वर्षको अवधिमा तीन वटा बजेट आए। तर हाम्रा आर्थिक नीति के हुने, बजेट कसरी वितरण गर्ने, मुलुकको अर्थतन्त्रलाई कसरी विकास गर्ने, मौद्रिक नीतिहरु के हुने भन्ने जस्ता विषयमा पार्टीमा छलफल हुनसकेन’, उनले भने, ‘हामी समाजवादको दिशातर्फ अघि बढ्ने अवस्थामा आमी आइपुगेका थियौं।  त्यसका लागि कस्तो अर्थतन्त्र चाहिन्छ? के नवउदारवादको बाटोबाट हामी अगाडि बढ्न सक्थ्यौं। तीनवटा बजेटलाई हेर्‍यौं भने नवउदारवादको बाटोबाट बजेट कतै दायाँबायाँ गरेको देखिँदैन। समाजवादको कदम चालेको देखिँदैन।’

उनले यस बीचमा भएका नियुक्तिहरुमा पनि पार्टीको नीति र निर्णयलाई मतलब नराखिएको बताए। ‘एकलौटी नियुक्ति भए। एउटा गुटको हैसियतले काम गरियो’, उनले भने।

उनले केपी ओलीको  नेतृत्वमा एउटा गुट खडा भएको तथा पार्टी एकातिर र गुट अर्कोतिर भएको बताए। ‘गुट र पार्टीका बीचमा अन्तरविरोधहरु खडा हुँदै गए। गुट र पार्टीका बीचमा अहिले अन्तरविरोध खडा भएका छन्’, उनले भने।

उनले सरकार गठन भएदेखिका अढाइ वर्षका अनुभव अत्यन्त तीता भएको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

खनालले अहिलेको ठाउँबाट हेर्दा पार्टीको तीनवटा भविष्य देखिने बताए। प्रस्तुत छ, उनकै शब्दमा उनले देखेका सम्भावनाहरुः

पहिलो, यथास्थितिमा जाने। पार्टी फुट्ने पो हो कि भन्ने डरले, केपी ओलीले विभिन्न त्रासहरु देखाइरहनुभएको छ, त्यसबाट त्रसित भएर उहाँलाई नै हामीले राखिछाडौं, उहाँलाई नै प्रधानमन्त्री र अध्यक्ष बनाइराखौं, पार्टीमा अरु केही पनि नगरौं, उहाँले जे जे गर्नुहुन्छ, त्यही फलो गरेर जाऔं, उहाँलाई पाँचौं वर्षसम्म त्यो पदमा रहिरहन दिऔं, भनेर हामी जाने हो भने हामी ‘रुट आउट’ हुँदैछौं। हाम्रो जुन जनमत हो, त्यो समाप्त हुँदैछ। विगतमा हामीले जुन खालको जनमत प्राप्त गरेका थियौं, यो अढाइ वर्षमा त्यो आधाले खुम्चिसकेको छ।

जताततै अहिले सरकारको विरोध बढिरहेको छ। एकपछि अर्का अनियमितलाई सरकारले नियन्त्रण गर्न सकेको छैन। भ्रष्टाचारको काण्डलाई नियन्त्रण गर्न सकेको छैन। त्यसले गर्दा जनतामा सरकारको अलोकप्रियता निरन्तर चुलिँदै गएको अवस्था छ। हामीले जवाफ दिनसक्ने अवस्था छैन। प्रधानमन्त्रीले कुनै किसिमको अनियमितता भएको छैन भनेर जवाफ दिनुहुन्छ। त्यस्ता जवाफले आम जनताका जिज्ञासाहरु मेटिँदैन। अहिलेकै अवस्थाबाट अगाडि जाने हो भने हाम्रो भविष्य अन्धकार देखिन्छ। त्यसैले हामीले नयाँ ढंगले नसोची  हुँदैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

दोस्रो, हामीले रिफर्म गर्नुपर्छ। सुधार गर्नुपर्छ। पार्टीभित्रै सुधार नगरी हुँदैन। सरकारलाई सुधार नगरी हुँदैन। हाम्रो नीति, प्रक्रिया र पद्धतिहरुमा सुधार नगरी हुँदैन। सुधार गरेर अघि बढ्यौं भने सरकारलाई क्रमशः पुनर्गठन गर्ने, नीतिहरुलाई पुनर्गठन गर्ने, कार्यक्रमहरुलाई पुनर्गठन गर्ने, नयाँ गतिका साथ पार्टीलाई परिचालन गर्ने गरेर अघि बढ्यौं भने पार्टीलाई पुनर्जीवन दिनसक्ने सम्भावना प्रवल छ। त्यसरी गयौं भने मात्रै आउने निर्वाचनमा फेस गर्न सक्ने अवस्थामा पुग्छौं। र फेरि नेकपाले बहुमत ल्याउन सक्ने अवस्थामा पुग्छौं।

अहिले हामीसँग दुई तिहाई बहुमत छ। त्यो मत त वर्तमान कमरेड केपी ओलीको सरकारले खाई नै सक्यो। फेरि दुई तिहाइको बहुमत तत्काल हामी कल्पना गर्न सक्दैनौं। यदि हामीले पार्टीलाई पुनर्जीवन दियौं। त्यही सिलसिलामा अर्को पटक बहुमत ल्यायौं भने पनि गनिमत भयो।

तेस्रो, हामीले सुधार नगरेर यथास्थितिवादबाटै अघि बढ्यौं भने अनिश्चित भविष्यतर्फ लाग्छौं। हाम्रो देश विश्वको महत्त्वपूर्ण देशको रुपमा चित्रित भइरहेको छ। स्थापित भइरहेको छ। किनकि हाम्रो देश तीनवटा शक्तिको प्रतिस्पर्धाको केन्द्र बन्दै गइरहेको छ, भारत, चीन र अमेरिका। भूराजनीतिक अवस्थितिलाई ध्यानमा राखेर हामीले ठीक ढंगका नीति लिएर अगाडि बढ्न सकेनौं भने कम्युनिस्ट पार्टी मात्रै होइन। अरु कुनै पनि राजनीतिक शक्ति टिक्न गाह्रो हुन्छ। त्यस्तो बेलामा शक्ति राष्ट्रहरुले भूमिका खेल्ने र परिणामस्वरुप नेपालचाहिँ अस्थिरताको कुचक्रबाट अगाडि बढ्ने सम्भावना हाम्रोसामु छन्।

विभिन्न सम्भावनाहरुलाई केलाउँदै हामीले सुधारको बाटो हिँड्दै पार्टीलाई पुनर्गठन, सरकारलाई पनि त्यही ढंगले पुनर्गठन गर्नुपर्छ। अब अढाई वर्ष बाँकी छ, त्यसबीचमा असल कामहरु गरेर हामीले आफूलाई नयाँ ढंगले स्थापित गर्नुको कुनै विकल्प छैन। 

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  २०:३९
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
सम्बन्धित सामग्री
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु उनले कारागारमा रहँदा आफूले गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा जान लागेको जानकारी दिएका छन् । शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्