• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन १२, २०८३ Tue, Jul 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपाको दुई तिहाई मत त ओली सरकारले खाई नै सक्यो : झलनाथ खनाल

64x64
नेपाल लाइभ सोमबार, असार २९, २०७७  २०:३९
1140x725
फाइल फोटो

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारको काम र नीतिहरुको चर्को आलोचना गरेका छन्। साहना प्रधान प्रतिष्ठानद्वारा सोमबार साँझ आयोजित ‘नेकपाको आजको समस्या के हो? सम्भावना के हो?’ विषयक अन्तरक्रियामा बोल्दै खनालले पार्टीलाई पुनर्गठन गर्नु अत्यन्त आवश्यक रहेको बताए।

उनले ओलीको नेतृत्वमा सरकार गठन भएदेखि नै गलत नीतिहरु अनुशरण गरेको बताए। ‘तीन वर्षको अवधिमा तीन वटा बजेट आए। तर हाम्रा आर्थिक नीति के हुने, बजेट कसरी वितरण गर्ने, मुलुकको अर्थतन्त्रलाई कसरी विकास गर्ने, मौद्रिक नीतिहरु के हुने भन्ने जस्ता विषयमा पार्टीमा छलफल हुनसकेन’, उनले भने, ‘हामी समाजवादको दिशातर्फ अघि बढ्ने अवस्थामा आमी आइपुगेका थियौं।  त्यसका लागि कस्तो अर्थतन्त्र चाहिन्छ? के नवउदारवादको बाटोबाट हामी अगाडि बढ्न सक्थ्यौं। तीनवटा बजेटलाई हेर्‍यौं भने नवउदारवादको बाटोबाट बजेट कतै दायाँबायाँ गरेको देखिँदैन। समाजवादको कदम चालेको देखिँदैन।’

उनले यस बीचमा भएका नियुक्तिहरुमा पनि पार्टीको नीति र निर्णयलाई मतलब नराखिएको बताए। ‘एकलौटी नियुक्ति भए। एउटा गुटको हैसियतले काम गरियो’, उनले भने।

उनले केपी ओलीको  नेतृत्वमा एउटा गुट खडा भएको तथा पार्टी एकातिर र गुट अर्कोतिर भएको बताए। ‘गुट र पार्टीका बीचमा अन्तरविरोधहरु खडा हुँदै गए। गुट र पार्टीका बीचमा अहिले अन्तरविरोध खडा भएका छन्’, उनले भने।

उनले सरकार गठन भएदेखिका अढाइ वर्षका अनुभव अत्यन्त तीता भएको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

खनालले अहिलेको ठाउँबाट हेर्दा पार्टीको तीनवटा भविष्य देखिने बताए। प्रस्तुत छ, उनकै शब्दमा उनले देखेका सम्भावनाहरुः

पहिलो, यथास्थितिमा जाने। पार्टी फुट्ने पो हो कि भन्ने डरले, केपी ओलीले विभिन्न त्रासहरु देखाइरहनुभएको छ, त्यसबाट त्रसित भएर उहाँलाई नै हामीले राखिछाडौं, उहाँलाई नै प्रधानमन्त्री र अध्यक्ष बनाइराखौं, पार्टीमा अरु केही पनि नगरौं, उहाँले जे जे गर्नुहुन्छ, त्यही फलो गरेर जाऔं, उहाँलाई पाँचौं वर्षसम्म त्यो पदमा रहिरहन दिऔं, भनेर हामी जाने हो भने हामी ‘रुट आउट’ हुँदैछौं। हाम्रो जुन जनमत हो, त्यो समाप्त हुँदैछ। विगतमा हामीले जुन खालको जनमत प्राप्त गरेका थियौं, यो अढाइ वर्षमा त्यो आधाले खुम्चिसकेको छ।

जताततै अहिले सरकारको विरोध बढिरहेको छ। एकपछि अर्का अनियमितलाई सरकारले नियन्त्रण गर्न सकेको छैन। भ्रष्टाचारको काण्डलाई नियन्त्रण गर्न सकेको छैन। त्यसले गर्दा जनतामा सरकारको अलोकप्रियता निरन्तर चुलिँदै गएको अवस्था छ। हामीले जवाफ दिनसक्ने अवस्था छैन। प्रधानमन्त्रीले कुनै किसिमको अनियमितता भएको छैन भनेर जवाफ दिनुहुन्छ। त्यस्ता जवाफले आम जनताका जिज्ञासाहरु मेटिँदैन। अहिलेकै अवस्थाबाट अगाडि जाने हो भने हाम्रो भविष्य अन्धकार देखिन्छ। त्यसैले हामीले नयाँ ढंगले नसोची  हुँदैन।

दोस्रो, हामीले रिफर्म गर्नुपर्छ। सुधार गर्नुपर्छ। पार्टीभित्रै सुधार नगरी हुँदैन। सरकारलाई सुधार नगरी हुँदैन। हाम्रो नीति, प्रक्रिया र पद्धतिहरुमा सुधार नगरी हुँदैन। सुधार गरेर अघि बढ्यौं भने सरकारलाई क्रमशः पुनर्गठन गर्ने, नीतिहरुलाई पुनर्गठन गर्ने, कार्यक्रमहरुलाई पुनर्गठन गर्ने, नयाँ गतिका साथ पार्टीलाई परिचालन गर्ने गरेर अघि बढ्यौं भने पार्टीलाई पुनर्जीवन दिनसक्ने सम्भावना प्रवल छ। त्यसरी गयौं भने मात्रै आउने निर्वाचनमा फेस गर्न सक्ने अवस्थामा पुग्छौं। र फेरि नेकपाले बहुमत ल्याउन सक्ने अवस्थामा पुग्छौं।

अहिले हामीसँग दुई तिहाई बहुमत छ। त्यो मत त वर्तमान कमरेड केपी ओलीको सरकारले खाई नै सक्यो। फेरि दुई तिहाइको बहुमत तत्काल हामी कल्पना गर्न सक्दैनौं। यदि हामीले पार्टीलाई पुनर्जीवन दियौं। त्यही सिलसिलामा अर्को पटक बहुमत ल्यायौं भने पनि गनिमत भयो।

तेस्रो, हामीले सुधार नगरेर यथास्थितिवादबाटै अघि बढ्यौं भने अनिश्चित भविष्यतर्फ लाग्छौं। हाम्रो देश विश्वको महत्त्वपूर्ण देशको रुपमा चित्रित भइरहेको छ। स्थापित भइरहेको छ। किनकि हाम्रो देश तीनवटा शक्तिको प्रतिस्पर्धाको केन्द्र बन्दै गइरहेको छ, भारत, चीन र अमेरिका। भूराजनीतिक अवस्थितिलाई ध्यानमा राखेर हामीले ठीक ढंगका नीति लिएर अगाडि बढ्न सकेनौं भने कम्युनिस्ट पार्टी मात्रै होइन। अरु कुनै पनि राजनीतिक शक्ति टिक्न गाह्रो हुन्छ। त्यस्तो बेलामा शक्ति राष्ट्रहरुले भूमिका खेल्ने र परिणामस्वरुप नेपालचाहिँ अस्थिरताको कुचक्रबाट अगाडि बढ्ने सम्भावना हाम्रोसामु छन्।

विभिन्न सम्भावनाहरुलाई केलाउँदै हामीले सुधारको बाटो हिँड्दै पार्टीलाई पुनर्गठन, सरकारलाई पनि त्यही ढंगले पुनर्गठन गर्नुपर्छ। अब अढाई वर्ष बाँकी छ, त्यसबीचमा असल कामहरु गरेर हामीले आफूलाई नयाँ ढंगले स्थापित गर्नुको कुनै विकल्प छैन। 

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  २०:३९
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
सुनसरी घटनामा रास्वपाले भन्यो  : सरकारले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस मंगलबार, साउन १२, २०८३
सुनसरी घटनामा रास्वपाले भन्यो  : सरकारले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ मंगलबार, साउन १२, २०८३
काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन मंगलबार, साउन १२, २०८३
समस्याग्रस्त सहकारी : हालसम्म ११ हजार बचतकर्ताको ७१ करोड फिर्ता मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्