• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

समाजशास्त्रीय दृष्टिमा भानुभक्तका कृति

सन्दर्भ : भानु जयन्ती
सरोजराज पन्त सोमबार, असार २९, २०७७  ०७:३६
1140x725

संसारमा जन्मने र मर्ने प्रक्रिया निरन्तर चलिरहन्छ। मृत्युपछि धेरैजसो बिर्सिइन्छन्। तर यहाँ यस्ता थोरै मानिस छन्, जो मरेर पनि अमर छन्। समाज र राष्ट्रका लागि पुर्‍याएको उत्कृष्ट योगदानकै कारण उनीहरुलाई पुस्तौं पु्स्ताले सम्झिरहन्छन्।

तीमध्ये एक हुन् आदिकवि भानुभक्त आचार्य। उच्च वर्गको ब्राह्मण परिवारमा विसं १८७१ साल असार २९ मा जन्मिएका आचार्यले जीवनको वास्तविकतालाई उजागर गर्दै भाषा, साहित्यको सृजनामा महत्वपूर्ण योगदान पुर्‍याए। त्यसैको परिणामस्वरुप आजसम्म हामी भानुभक्त आचार्य चिन्दछौँ। उनका अमर कृतिहरु हाम्रा स्मरणमा आइरहेका छन्।

जीवनको पूर्वार्द्धदेखि नै संघर्षमय जीवनबारे बोध गरिसकेका भानुले हजुरबुबा श्रीकृष्ण आचार्यबाट घरमै शिक्षा लिएका थिए। त्यसपछि उनी बागलुङ पुगी पण्डित बद्रिनाथ पन्तको आश्रममा बसेर अध्ययन गरेको पाइन्छ। उनका बुबा धनन्जय आचार्य सरकारी अधिकारी थिए र जनरल अमरसिंह थापाको पालामा पाल्पाको गभर्नर थिए।

घरमा बुबा नबसे पनि हजुरबुबा श्रीकृष्ण आचार्यले दिएको शिक्षा र घाँसीबाट पाएको प्रेरणाले आफ्नो छोटो जीवनमा उनी आदिकवि बने। घाँसीले समाजलाई केही दिन सकूँ भनेर एउटा कुवा निर्माण गर्न दिनहुँ घाँस काटिरहेको संकल्पबाट प्रेरित भएर अमूल्य साहित्य सिर्जना गरे र नेपाल र नेपालीको मन–मुटुमा बस्न सफल बने।

त्यो समयमा साहित्यका प्रत्येक अंश र श्लोक संस्कृत भाषामा लेखिन्थे र आम मानिसहरू लेखपढ गर्न नजान्ने भएकाले संस्कृत भाषा बुझ्न सक्दैनथे। त्यसो त केवल शिक्षा ब्राह्मण वर्गमा मात्र सीमित थियो।  त्यो समाजलाई परिवर्तन गर्न उनले नेपाली भाषामा कविताहरु लेख्न थाले। उनी भगवान रामका भक्त थिए। सोहीकारण उनले संस्कृत भाषाको रामायणलाई नेपालीमा अनुवाद गरे। किनकि उनी रामायण सामान्य व्यक्तिले पनि पढेको र बुझेको देख्न चाहन्थे। 

उनलाई आदिकवि भनिन्छ। यद्यपि पहिलो नेपाली कवि वीरशाली पन्त हुन् भनेर चर्चा गरिएको छ।  भानुभक्त आचार्यले नेपाली भाषालाई साहित्य र रचना लेखनमा प्रयोग गर्न सकिने भाषा बनाए। उनमा कविताको माध्यमबाट भित्री सार बुझ्ने गरी व्यक्त गर्ने क्षमता रहेको स्पष्ट हुन्छ। उनी जीवित हुँदा आफ्नो कामको कुनै लाभ प्राप्त गरेनन्।  तर मृत्युपछि उनी प्रसिद्ध भए। यसमा मोतीराम भट्टको योगदान रहेको छ। मोतीराम भट्टले आचार्यका पाण्डुलिपीहरू फेला पारे र प्रकाशित गराए। त्यसपछि भानुको चर्चा भयो। 

दुर्गाकवच, चण्डी, लघुकौमुदी, वेद, रुद्रीसहित ज्योतिष विधा तथा वेदान्त दर्शनको अध्ययन गरेकाले छोटो जीवनकालमा पनि भानुभक्त आर्चायले प्रश्नोत्तर, बधुशिक्षा, भक्तमाला, रामगीता, बिन्तिपत्र, कान्तिपुर, बालाजी वर्णन, गिरीधारीको झेललगायतका ४० भन्दा बढी फुटकर कविताहरु रचना गर्न सफल भए। यसैगरी संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरी त्यसका शब्द र भाव सबै नेपालीले बुझ्ने सरल भाषा र शैलीमा प्रस्तुत गरे। 

कोही जन परस्त्रीमा रत हुनन् कोही त हिंसा महाँ ।
देहलाई त आत्मा जानि रहनन् नास्तिक पशु झैं, तहाँ ।।
ब्राह्मण भैकन वेद बेचिरहनन् कोही पढुन् तर पनि ।
धन ठूलो छ पनि भन्या सहज धन आर्जन गरौंला भनी ।।
काममा चाकर झैँ भएर रहनन् स्त्रीलाई द्मौतासरी ।
मान्नन् पितृ र मातृलाई बुझी खुब शत्रु सरीका गरी ।। 

Ncell 2
Ncell 2
nimb
nimb

उनका यी स्मरणीय कविता अहिले पनि नेपाली समाज र संस्कृतिको यथार्थ चित्रण गर्न सफल रहेका छन्। अहिलेको नेपाली समाजमा बाबु, आमालाई बेवास्ता गर्ने परस्त्री, परपुरुषमा लत बसाल्ने वा लालायीत हुने र ब्राम्हमण भएर पनि वेदको महिमा नबुझ्ने, धनका लागि जस्तोसुकै कुकर्म गर्न पनि पछि नपर्ने प्रवृत्तिको गहन रुपमा चित्रणमात्र गरेनन्, भविष्यवाणी गर्नसमेत सफल भएका छन्। 
यसैगरी ‘जिउदैँ मर्‍याको भनि नाम कसको, उद्यम बिना बित्तछ काल जसको’ भनि काम नगरी बस्ने अल्छी मानिसलाई जाँगरिलो, जोसिलो, कर्मशील बन्न उनका कविताले सदैव प्रेरित गर्दछन् । 

उनले घाँसीबाट प्रेरणा पाएको सन्दर्भमा कविता सृजना गर्दै यस्तो भाव पोखेका छन्ः 
‘घाँसी दरिद्री घरको तर बुद्धि कस्तो 
 मो भानुभक्त भै कन आज यस्तो ।'

आफ्नो जीवनमा उनले घाँसीबाट कवि बन्न प्रेरणा पाए। घाँसीले समाजलाई केही दिन सकूँ भनेर एउटा इनार निर्माण गर्न दिनहँु घाँस काटिरहेका थि । उनी घाँसीको त्यही संकल्पबाट प्रभावित भएर नेपालका आदिकवि बने। घाँसी, जो आफैँ दुःख-पीडामा छ, उसको कुवा खनेर सबैलाई पानी खुवाउने तीव्र इच्छा हुनु तर आफूमा यति पनि विवेक, बुद्धि नआउनु धिक्कार छ भनेर आत्मालोचना गरेको पाइन्छ। यसबाट अहिले हामीले आत्ममूल्यांकन गर्न, सबै पेशा व्यवसायलाई समान दृष्टिले हेर्न र सम्मान गर्न, विकासमा सहभागी हुनुपर्छ भन्ने लगायतका धैरै कुरा सिक्न जरुरी छ।

‘रोज् रोज् दर्शन पाउँछु चरणको 
ताप् छैन मन्मा कछू । 
रात्भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयनमा मछु
लाम्खुटेहरु उपिँया उडुस् इ संगी छन् 
इन्कै लहडमा बसी
लाम्खुटेहरु गाउँछन् र इ उपियाँ नाच्छन् 
म हेर्छु बसी’

Xtrem

Xtrem

तत्कालीन समयमा राणा शासनको कारणले भोग्नु परेका दुःख, पीडा, कष्टसँगै सामाजिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक पक्षहरुको सचित्र उजागर गरेका छन् उनले। जेलकाे अवस्थाप्रति व्यंग गर्दै रातभर उपियाँ र लामखुटे साथीको रुपमा रहेकाले उनैसँग बसेर समय बिताएको विषयलाई उल्लेख गरेका छन्। 

यसबाट पनि दुःखमा समेत साहित्य र सिर्जना संगी बन्न सक्छ भन्ने भाव प्रस्तुत गरेका छन्। यसैगरी भोलि–भोलि भनेर दुःख, कष्ट दिने र पीडा बोध गराउने प्रवृत्तिको विरोध गर्दै समयमै न्याय दिन र  साहित्यको माध्यमबाट दबाब दिन उनले ‘भोलि भोलि हुदैँमा, सब घर बिति गो बक्सियोस् आज झोली ।’ भनेर कविता सिर्जना गरेका थिए। यसबाट समयमा निर्णय लिनुपर्छ, ढिलासुस्ती गर्नु हुँदैन भन्ने सन्देश दिएका छन्।

जीवनमा भोगेका अनेकौं प्रसंगलाई उल्लेख गर्ने कम्रमा किसानका दुःख, कष्ट र वास्तविकतालाई पनि उनले सिर्जनामार्फत् व्यक्त गरेका छन्ः 

‘जागिर छैन, धनी म छैन घरको केवल कुदालो खनी
खान्थ्याँ दुःख गरेर चाकरी गर्‍याँ मान् पाउँला कि भनी ।’

यसमा उनले आफ्नो पारिवारिक यथार्थता, आर्थिक अवस्था, जीविकोपार्जनका जटिलताहरुलाई सुक्ष्म रुपमा उजागर गरेका छन्। यद्यपि नारीवादी दृष्टिकोणले विश्लेषण गर्दा उनलाई नारीविरोधी कविता रचना गर्ने, नारीलाई अलिक हेयको दृष्टिले हेर्ने, ममताको ख्याल नगर्ने कविको रुपमा पनि लिने गरेको पाइन्छ जसमाः 

‘गजाधर सोतीकी घरबुढी अलच्छिनकी रहिछन् ।
नरक् जानलाई सबसित बिदाबादी भइछन्।’
‘हास्नुछैन कदापि नारीहरुले वैश्यै हुन्या हास्ँतछन् ।
वैश्या लौ नहुउन् तथापि घरका काम्ता सभै नास्तछन्।’

यी कवितामा तत्कालीन समयमा नारीलाई फरक दृष्टिकोणले हेर्ने, नारी चरित्रको अपव्याख्या गरेको, विवादित विषय उठाएको, धार्मिक आस्थाका आधारमा नारीलाई दमन गर्नेजस्ता तथ्यलाई उजागर गर्नुले नारीविरोधी कविको रुपमा चर्चित छन् ।

‘मरेर क्यै लानु छैन गरौँ काम कीर्ति राख्नलाई
हतपत नआओस् काल धोको पुर्‍याई छाड्नलाई ।’

यसरी जीवनको छोटो अवधिमा आफूले भोगेका, देखेका र बुझेका विषयवस्तुलाई टपक्क टिपेर साहित्य, सिर्जना गर्न सफल भानुभक्त आचार्यले हतपत काल नआओस् भने पनि अल्पायुमै वि.सं १९२५ मा उनको मृत्यु भएको थियो । 

हामी आज आफ्ना लागिमात्र ज्युँन सिकेका छौँ। समाजका लागि केही नगरी अरुले गरेको कामको टिकाटिप्पणी  गरेर समय बर्बाद गरिरहेका छौं। अरुलाई दोषी देख्ने प्रवृत्ति हामीमा छ। आज जननी माताको काखमा बसी पसिना बगाउनुभन्दा विदेशिन विवश हुनु परेको छ। 

आफूलाई बाहेक अरुलाई नचिन्ने आजका युवाको प्रवृत्तिका कारण मोबाइल, ल्यापटप, टिभी आदिमा व्यस्त भई समाज र संसार त्यसैलाई ठान्नु परेको छ । यो परिवेशमा भानुभक्त आर्चायको जीवनका बुझाइ, भोगाइ र हेराइलाई आत्मसात् गर्न सकेमा नेपाली समाजको श्रीवृद्धि हुनेछ।

 संसार अथाह छ, यसलाई बुझ्न मैदानमा उत्रन जरुरी छ। उनले मानव समाजलाई पुर्‍याएको निःस्वार्थ सेवालाई अंगीकार गरी भाषा, साहित्य र सामाजिक परिवर्तनका क्षेत्रमा क्रियाशील हुन सकेमा युवा जमात, पेशाकर्मी, नागरिक समाज, राजनीतिज्ञ, कर्मठ सबै नेपालीले सकारात्मक सोच बनाएर अगाडि बढ्न सक्छौं। अनिमात्र समाज र देशको मुहार फेर्न सकिन्छ ।

पन्त धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा कार्यरत छन् ।

प्रकाशित मिति: सोमबार, असार २९, २०७७  ०७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्