काठमाडौं-नेपाल राष्ट्र बैंकले कुमारी बैंक र देवः विकास बैंकलाई असार २८ गते आइतबारदेखि संयुक्त कारोबार गर्न अनुमति दिएकाे छ। कुमारी बैंकले देवः विकास बैंकलाई एक बराबर ०.८६ को अनुपातमा प्राप्ति गरेको थियो।
दुबै बैंकले जेठ १४ गते विशेष साधारणसभा गरेर मर्जरको विशेष प्रस्ताव पारित गराएका थिए। राष्ट्रिय स्तरको विकास बैंकलाई गाभेर कुमारीले आफ्नो सिनर्जी थप्ने भएको हो। देवःलाई प्राप्ति गरेसँगै कुमारीको चुक्ता पुँजी साढे १२ अर्ब नाघ्ने छ। निक्षेप संकलन १२० अर्ब नाघ्नेछ भने कर्जा लगानी १०५ अर्ब नाघ्नेछ। शाखा सञ्जाल २०९ वटा पुग्नेछ।
पछिल्लो समय वाणिज्य बैंकहरु राष्ट्र बैंकले मर्जरका लागि दिएको सुविधा उपभोग गर्न विकास बैंक तथा फाइनान्स प्राप्त गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।