काठमाडौं- एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबार ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँ सम्मबाट सुरु हुने भएको छ। संस्थाले नेपाल स्टक एक्सचेन्जमा यस अगाडि निष्काशन गरेको एक करोड ४८ लाख कित्ता सूचिकृत गरेको छ।
संस्थाले असार १० गतेदेखि १४ गतेसम्म सर्वसाधारणतर्फको ४४ करोड ४३ लाख कित्ता प्राथमिक सेयर निष्काशन गरेको थियो। प्राथमिक सेयरमा आवेदन दिने जति सबैले प्राप्त गरेका थिए।
निष्काशन हुँदा तीन लाख ९९ हजार १३१ आवेदकले २ करोड १६ लाख १२ हजार कित्ताको लागि आवेदन दिएका थिए। सबैले १० कित्ता पाउँदा ४६ हजार ५७९ जनाले गोला प्रथाबाट थप १० कित्तासमेत २० कित्ता प्राप्त गरेका थिए। सार्वजनिक निष्काशनमा ४.८८ गुणा बढी आवेदन परेको थियो। असार ३० गतेदेखि सर्वसाधारणले नेप्सेमा कारोबार गर्न सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।