काठमाडौं- एनएमबी बैंकमा फिक्स्ड डिपोजिट गर्नेले आफ्नो नाममा बिरुवा रोपाउन पाउने भएका छन्। बैंकले 'प्रत्येक खातासँग तपाईंको आफ्नै एउटा बिरुवा' नारासहित एनएमबी ग्रिन फिक्स्ड डिपोजिट सुरु गरेको छ। ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबी ग्रिन फिक्स्ड डिपोजिटसँगै आफ्नो नाममा बिरुवा रोपाउन सक्ने बैंकले जनाएको छ।
वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ।
जसमा उच्च ब्याजदर, लचिलो समायवधि, फिक्स्ड डिपोजिट रकमको १०० प्रतिशत कर्जा प्रदान गरिने बैंकले जनाएको छ। एनएमबी फिक्स्ड डिपोजिट व्यवसाय र हाम्रो वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास गरिएको बैंकले उल्लेख गरेको छ।
यस योजनाले बैंकको मूल्यवान ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्नेमात्रै नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।