काठमाडौं- असार महिनाको दोस्रो र तेस्रो सातामा वाणिज्य बैंकहरुले कर्जा विस्तार गर्न सकेका छैनन्। लकडाउन यता बैंकहरुको कर्जा विस्तार घट्दो क्रममा छ। तर असारको दोस्रो र तेस्रो साता भने स्थिर देखिएको छ। त्यस्तै असारको तेस्रो सातामा मात्रै २२ अर्बले निक्षेप बढेको छ। बैंकहरुमा कर्जा विस्तार हुन नसके पनि निक्षेप भने थुप्रिरहेको छ।
असारमानिक्षेप तथा कर्जा लगानी |
महिना | निक्षेप | कर्जा लगानी |
गत वर्ष | वृद्धि | जम्मा | गत वर्ष | वृद्धि | जम्मा |
05/03/2077 | 3165 | 129 | 3294 | 2710 | 101 | 2811 |
12/03/2077 | 3176 | 126 | 3302 | 2709 | 99 | 2809 |
19/03/2077 | 3200 | 123 | 3324 | 2713 | 96 | 2809 |
नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लकडाउन गरेको थियो। लकडाउन यता वाणिज्य बैंकहरुमा एक खर्ब ३४ अर्ब रुपैयाँले निक्षेप बढेको छ भने यसै अवधिमा ३६ अर्ब रुपैयाँले ऋण विस्तार खुम्चिएको छ। नयाँ कर्जाको माग नआउँदा बैंकहरुको कर्जा विस्तार रोकिएको हो। कर्जा लिएका ऋणीमध्ये केहिले कर्जा भुक्तानी गर्दा कर्जा विस्तार ऋणात्मक देखिएको हो।
वैदेशिक रोगजारीमा गएका नेपालीहरुले पठाएको रेमिट्यान्स र अत्यावश्यकीय सेवा अन्तर्गतका व्यवसायले निक्षेप सुधार भएको हो। वैशाख र जेठ महिनामा कर्जा विस्तारको वृद्धिदर ऋणात्मक देखिए पनि असारमा भने स्थिर देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।