• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वैकल्पिक शिक्षा : विद्यालयसँग स्रोत छैन, सरकारले छुट्याएको पैसा स्थानीय तहले दिँदैनन्

64x64
प्रजु पन्त शुक्रबार, असार १९, २०७७  ११:५४
1140x725

काठमाडौं-सरकारले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेपछि प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालयले विद्यार्थी पहिचान र वर्गीकरण गर्न विद्यालयमा अध्ययनरत करिब साढे ४ सय  विद्यार्थीलाई टेलिफोन सम्पर्क गर्‍यो। उद्देश्य थियो-अनलाइन कक्षा चलाउने।

तर अनलाइन कक्षामा २० प्रतिशत पनि विद्यार्थी सहभागी हुन नसक्ने देखेपछि काठमाडौं वरपरका विद्यार्थीलाई पाठ्यपुस्तक दिएर सम्भव भए काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको रेडियो कक्षा र एनटिभी प्लसबाट प्रसारण भइरहेको कक्षामा सहभागी हुन आग्रह गर्‍यो। 

‘सरकारको निर्देशिकाबमोजीम रेडियो, टिभी र अनलाइन के-केमा पहुँच छ भनेर अधिकांश विद्यार्थीलाई सोधेका थियौं,’ पद्मोदयका सहायक प्रधानाध्यापक नारायणप्रसाद गौतमले भने, ‘२० प्रतिशतमा टेलिभिजनको पहुँच पनि रहेनछ, १० देखि २० प्रतिशतमा मात्रै अनलाइन सुविधा रहेछ। रेडियो सबै विद्यार्थीको पहुँचमा भएकाले रेडियोबाट सुन्न र टिभी हुनेले टिभीबाट पढ्न भनेका छौँ।’

प्रविधिको पहुँचविहीनता पद्मोदय माविको मात्र  समस्या हैन टंगालस्थित टंगाल माध्यमिक विद्यालयमा पनि उस्तै रहेछ। गत वर्ष विद्यालयमा कक्षा १ देखि १२ सम्म १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत थिए। यो वर्ष पनि त्यही हाराहारीमा हुने विद्यालयको अनुमान छ। 

सरकारको वैकल्पिक अध्ययन प्रणाली अपनाउन निर्देशिका जारी गरेपछि टंगाल माविले पनि विद्यार्थीको पहुँचबारे सोधखोज गरेको थियो। तर धेरै विद्यार्थी सम्पर्कमै आएनन्। जो सम्पर्कमा आए उनीहरुको पनि प्रविधिमा सहज पहुँच नदेखिएको टंगाल माविका प्रधानाध्यापक राजेन्द्र अधिकारीले बताए। 

‘हामीले कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्‍यौं,’ अधिकारीले भने, ‘तर हरेक कक्षामा २० देखि २५ प्रतिशत विद्यार्थीमात्रै सहभागी भए।’ 

नेपाल लाइभले काठमाडौंका पदमोदय मावि, नक्सालस्थित नन्दी मावि, टंगालस्थित टंगाल मावि, डिल्लीबजारस्थित विजयस्मारक मावि र ज्यावहालस्थित नवयुग माविका अधिकारीहरुसँग कुरा गर्दा अधिकांश विद्यालयको समस्या विद्यार्थी सम्पर्कमा नआउनु, अधिकांश निम्न आयस्रोत भएका परिवारका सदस्य भएकाले अनलाइन कक्षामा सहज पहुँच नहुनु, विद्यालय प्रविधिमैत्री नहुनु, पढाउने शिक्षकलाई तालिमको अभाव हुनु तथा शिक्षकहरुमा कसरी पढाउने भन्ने अन्योल रहेको देखियो।

विजयस्मारक माविका प्रधानाध्यापक डिल्लीराज शर्माका अनुसार, विद्यालयले कक्षा सात देखि १० सम्म अनलाइन कक्षा लिन थालेको थियो। तर जम्मा ९ विद्यार्थी सम्पर्कमा आएपछि अनलाइन कक्षाले निरन्तरता पाउन सकेन। हरेक कक्षामा करिब ८०-९० जना विद्यार्थी अध्ययनरत थिए। विद्यार्थीको ठूलो संख्या सहभागी हुन नसक्ने देखिएपछि विद्यालयले अनलाइन कक्षा नै बन्द गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हाम्रा अधिकांश विद्यार्थी न्यून आर्थिक हैसियतका छन्,’ प्रधानाध्यापक शर्माले भने, ‘धेरैका अभिभावकले जागिर गुमाएका छन्। उनीहरुले इन्टरनेट जोड्न सक्ने कुरै आएन। त्यही भएर पढाइएन।’

नक्सालस्थित नन्दी माविले अलग तरिका अपनाएको देखियो। उसले फरक-फरक दिनमा विद्यार्थीलाई बोलाएर गृहकार्य दिने र फरक–फरक दिनमा बुझाउन आउनुपर्ने नियम बनाएको छ। नन्दी माविमा ४ सय विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक बलराम पाण्डेका अनुसार ७५ प्रतिशत विद्यार्थी विद्यालयको सम्पर्कमा छन्। सम्पर्कमा आएका जतिलाई विद्यार्थीको पहुँच अनुसार पढाइरहेको छ। 

‘कक्षा ९ र १० का विद्यार्थीलाई पालै अनुसार अनलाइन पढाइरहेका छौं,’ प्रधानाध्यापक पाण्डेले भने, ‘अरु कक्षाका विद्यार्थीलाई भने रेडियो, टिभीमा पढेका विषयको गृहकार्य विद्यालयमा बुझाउन आउनुपर्ने नियम राखिदिएका छौँ।’ 

नन्दी माविकै रात्रिकालीन कक्षामा भने २ सय विद्यार्थीमा २० जनामात्रै सम्पर्कमा आएका छन्। उनीहरुलाई सहजीकरण भइरहेको शिक्षक कृष्ण लुइँटेलले जानकारी दिए।

Xtrem

Xtrem

७० प्रतिशत पहुँच बाहिर

शिक्षा विकास तथा समन्वय इकाइ (साविकको जिल्ला शिक्षा कार्यालय) काठमाडौँले आर्थिक वर्ष २०७५-०७६ मा गरेको सर्वेक्षण अनुसार काठमाडौँ जिल्लाभर २ सय ७२ सामुदायीक विद्यालय छन् भने ११ सय ४२ वटा निजी विद्यालय छन्। जहाँ ५ लाख १० हजार विद्यार्थी अध्ययनरत छन् जसमा सामुदायीक विद्यालयमामात्रै २१ प्रतिशत छन्।

इकाइका प्रमुख नन्दलाल पौडेलका अनुसार सामुदायीक विद्यालयमा मात्र नभई निजी विद्यालयमा पढ्नेहरुको पनि प्रविधिमा सहज पहुँच देखिएको छैन। काठमाडौँभर नै ३० देखि ३५ प्रतिशत विद्यार्थीमात्रै प्रविधिको पहुँचमा रहेको उनले बताए।

‘आधा घण्टा डाटा चलाएर सामाजिक सञ्जाल चलाउनुलाई प्रविधिको पहुँचमा पुगेको मान्ने हो भने त धेरैमा नै पहुँच पुगेको मानिएला,’ पौडेलले भने, ‘नत्र निजी र सरकारी दुवैतिर पढ्ने विद्यार्थीमध्ये ३० देखि ३५ प्रतिशतको मात्रै प्रविधिमा पहुँच देखिएको छ।’

महानगरको बेवास्ता 

संविधानअनुसार विद्यालय तह स्थानीय तह मातहत हो। शिक्षाको गुणस्तरदेखि शिक्षकलाई तलब खुवाउनेसम्मको जिम्मेवारी स्थानीय तहलाई छ। तर यो संकटमा अवरुद्ध भएको शिक्षालाई कसरी अगाडि बढाउने भन्नेमा उनीहरु नै अलमलमा देखिए। 

नेपाल लाइभ पुगेका पाँचै विद्यालय काठमाडौँ महानगरपालिकाअन्तर्गत पछन्। यी विद्यालयहरुमा महानगरले कुनै सहयोग गरेको पाइएन। ज्यावहालस्थित नवयुग माविका शिक्षक सुरज साउदका अनुसार महानगरले वैकल्पिक शिक्षणका लागि सहयोग गरेको छैन। 

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले नेपाल लाइभसँगको कुराकानीमा वैकल्पिक शिक्षणका लागि संघीय सरकारले ५० वटा सामुदायिक विद्यालय भएको पालिकालाई ३ लाख रुपैयाँ, ५० देखि सयसम्म विद्यालय भएकालाई ४ लाख र  सयभन्दा माथि विद्यालय भएका पालिकालाई ५ लाख रुपैयाँ पठाएको बताएका थिए।

‘महानगरले रेडियोबाट पढाएको छ तर अन्य विधिबाट पढाउन हामीलाई सहयोग गरेको छैन,’ साउदले भने, ‘निर्देशिकाबमोजिम पाठ्यपुस्तक बाँड्ने, सम्पर्कमा आएका विद्यार्थीलाई रेडियोमा पढेका कुरा गृहकार्य गर्न भन्नबाहेक केही गर्न सकिएको छैन।’

काठमाडौँ  महानगरका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले त्यो बजेट उपयोग नभएको बताए। ‘सायद त्यो बजेट फ्रिज हुन्छ होला,’ उनले भने, ‘त्यति थोरै बजेट कुन विद्यालयलाई  दिने, कुनलाई नदिने?’

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  ११:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्