काठमाडौं- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले महामारीको समयमा सरकार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै यसको विरोध गरेको छ।
बुधबार नेवि संघ अध्यक्ष राजिव ढुंगानाले एक विज्ञप्ति जारी गर्दै यसरी कोरोना महामारीको बीचमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिनसमेत आग्रह गरिएको छ।
‘यस अवस्थामा सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु भनेको नेपाली जनताको दुखिरहेको घाउमा मल्हम लगाउनुको सट्टा नुनचुक छर्किनुसरह हो’ जारी विज्ञप्तिमा भनिएको छ‚ ‘यो समय जनताको दुःख तथा पिडामा सरकारले साथ दिने र सहयोग गर्ने समय हो, झन पीडा दिने होइन।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।