काठमाडाैं- ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
सेलपे, सेलकम प्रालिद्वारा संचालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। यसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्ने गरेकाे छ।
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको जनाइएकाे छ। सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुने गरेकाे छ।
ग्राहकले सेलपेमा आवद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबल आईएमई बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने छन्। मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन/पाउन, बिमा रकम भुक्तानी, इएमआइ भुक्तानी, बिमा रकम भुक्तानी, कोविड- १९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने छ।
सन् २०१२ मा स्थापना भएको ग्लोबल आईएमई बैंकले २५७ शाखाहरु, ३८ एक्सटेन्सन काउन्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र २४३ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पुर्याउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।